Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द, मधेसी मोर्चाको भन्सार नाका ठप्प पार्ने घोषणा : पढ्नुस् असोज ६ का प्रमुख घटना

Posted on September 24, 2015 by Salokya

२०७२ असोज ६, बुधबार
प्रधानमन्त्रीको इच्छा पूरा भएन : विश्व मञ्चमा आफ्नो नेतृत्वमा संविधान बनेको खबर दिने र उपचार पनि गराएर फर्किने प्रधानमन्त्री सुशील कोइरालाको इच्छा अन्ततः पूरा हुन सकेन। उनी बुधबार कतार हुँदै अमेरिका जाने कार्यक्रम थियो। तर भारतले दिइरहेको टेन्सन र आन्दोलनरत मधेसी मोर्चासित वार्ता प्रयास सफल हुन नसकेपछि भ्रमण रद्द गर्नुपर्‍यो। भ्रमणलाई नै ध्यानमा राख्दै चालु संसद अधिवेशन हतार हतार अन्त्य गराइएको थियो। नत्र नयाँ संविधान अनुसार संसद चालुु रहेको अवस्थामा सात दिनभित्र नयाँ प्रधानमन्त्री चुनिसक्नुपर्थ्यो। उपप्रधानमन्त्री प्रकाशमान सिंह अमेरिकातिर गए। प्रधानमन्त्रीले विदेश भ्रमण रद्द गर्नुअघि भारत बोलाइएर फर्किएका भारतीय राजदूत रणजित रायसँग भेटेका थिए। भेटमा राजदूतले उताका प्रधानमन्त्रीलाई गलत सूचना दिइएको भन्दै हाम्रा प्रमले गुनासो गरेका रहेछन्।

मधेसी मोर्चाको पो नाकाबन्दी भारतले नाकाबन्दी गर्न खोजेको हल्लामात्रै भए पनि राजविराजमा भएको आन्दोलनरत मधेसी मोर्चाको बैठकले भन्सार नाकाकेन्द्रित आन्दोलन चर्काउने निर्णय गरेको छ। बैठक पछि जारी विज्ञप्तिमा वित्तीय संस्थाहरु र भन्सार नाका बन्द गरी आर्थिक नाकाबन्दी गर्ने भनिएको छ-
Scan
Scan1

फोटो सौजन्य : अन्नपूर्ण पोस्ट
फोटो सौजन्य : अन्नपूर्ण पोस्ट

चीनको झण्डा जलाउँदा संविधानको स्वागत गरेको भन्दै सुनसरीको इनरुवामा चीनको झण्डा जलाइएको समाचार अन्नपूर्णमा छापियो। मधेसी मोर्चाको बैठकमा यसबारे विवाद भयो र वक्तव्यमा त्यसो विरोध गरियो।

भारतीय संशोधन प्रस्ताव, खण्डन र सत्य भारतले नेपालको संविधानमा चाहेको संशोधन बारे सात बुँदे प्रस्ताव सार्वजनिक भयो। साँझ त्यसको खण्डन भारतीय विदेश मन्त्रालयका प्रवक्ताले गरे। तर त्यो भारतीय दूतावासकै अधिकारीबाट चुहाइएको राति यसरी प्रमाणित भयो।

हट्यो दङ्गाग्रस्त क्षेत्र कैलाली घटनापछि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र मध्यरात १२ बजेदेखि हटाइयो। खासमा प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुसार एक महिनासम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार हुँदो रहेछ। योभन्दा बढी समयका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न मन्त्रालयको आदेश आवश्यक पर्दो रहेछ। त्यसैले आज राति १२ बजेदेखि दङ्गाग्रस्त क्षेत्र हटाइएको हो। दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय भएपनि ती क्षेत्रमा परिचालित नेपाली सेना भने फिर्ता नहुने त्यहाँका प्रजिअले बताए।

5 thoughts on “प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द, मधेसी मोर्चाको भन्सार नाका ठप्प पार्ने घोषणा : पढ्नुस् असोज ६ का प्रमुख घटना”

  1. dor Prasad says:
    September 24, 2015 at 8:09 pm

    नाकाबन्दी नाकाबन्दि नै हो – जसले गरे पनि – आखिर मधेसी र भारत को आत्मा येउतै रहेछ भन्ने कुरो प्रमाणित भै सक्यो !

    थारु हरु मदेशी होइनन मदेसी ले थारु लै नराम्रो संग उपयोग गरे — सोजा थारु जाल मा परे – जिउदै जलाउने बात लाग्यो ! थारु मा अझै मौका छ देश भक्ति देखाउने ! नेपाल को तराई उत्तर प्रदेश को भाग बन्दा थारु को हित हुन्छ ?

    Reply
  2. Jaleshwar says:
    September 24, 2015 at 7:30 pm

    महन्त ठाकुरले हामीलाई बिहारी र भारतीय नभन्नु भनेका छन्| त्यसो किन भनेका हुन् पहिले र अहिलेको घटनाले स्वत प्रमाणित भैसकेको छ| अब उनीहरु स्वयमले पोतेका यो कलंक मेटाउन युगौ नलागे पनि धेरै समय सम्म रहीरहनेछ|
    ल मेरो काउन्टर प्रश्न छ; तीन पुस्ता पहाडी मदेशमा बस्दा पनि मधेसी नहुने र हिज बिहार युपीबाट आएको र आनाजाना गरेको चै खाँटी मधेसी हुने? सारा रासोबासो चलनचल्ती बोली लवज व्यवहार मधेस र मधेसी भएका कोइराला मधेसी कसरि होइन एई?
    भारतीय गृह मन्त्रि राजनाथ सिंहले एक करोड भारतीय नागरिक भन्दिएका छन्| महन्त ठाकुर नपरे पनि उनका पार्टीका धेरैजसो परेका छन्| उपेंद्रेको पनि त्यही हालत छ|
    उपेंद्रे र महतो लाई हामीले नचिनेको हो र? पहाडी हुन् पर्दैन नेपाली हुन्| तर एउटा सच्चा नेपालीको हैसियत देखाउ, भारतलाई आफ्ना देशको संबिधान बनाउदा गुहारेर कसैलाई फायदा छैन| ओलीको हात मर्काउ, ब्रेन खेलाऊ, संबिधान लेख्ने रकमीहरु देखि होशियार होऊ| नरहे नेपाल रहन्न नेपाली भन्नेले हृदयमा घोच्छ कि घोच्दैन|

    Reply
  3. TENZING GABA says:
    September 24, 2015 at 1:41 pm

    नाका ठप्प पार्ने ?
    ल ल गर गर,
    भन्सार, नाका सिमाना सबै बन्द गर ठप्प नै पार किन त्यति मात्र चरो-मुसो-धोति केहि पनि नछिर्ने गरेर सधै को लागि पुरै सिमाना नै बन्द गर न, सधै को लागि गर्न सक्दैनौ भने पनि कम्तिमा पनि १० बर्षको लागि मात्रै भए नि गर न,

    म छाती ठोकेर भन्छु
    त्यति भित्रमा नेपालले काचुली फेर्छ, नेपाल सच्चि कै सुन्दर अनि बिकसित हुन्छ

    Reply
  4. Shankar says:
    September 24, 2015 at 12:26 pm

    नेपाल को राजनीतिमा धेरै हस्तछेप गर्ने भारतीय दुतावास र युरोपियन दुतावास लाइ पोखरा तिर सारे हुने | हिमाल,ताल हेर्थे बस्थे , नत्र अति दुख दिने भए |

    Reply
  5. prem says:
    September 24, 2015 at 11:52 am

    देशप्रेमी मधेशी/थारु दाजु भाइहरु, जायज मागहरु सम्बोधन गराउन बिदेशीसंग सहकार्य गर्नुभयो भने तपाइहरुको आन्दोलनलाइ नै backlash हुनेछ | भारतले सिधै नाकाबन्दी गर्न कुटनीतिक हिसाबले नमिलेको अवस्थामा मधेशी नेताहरुले च्यानल मिलाए जस्तो छ, आफैले नाकाबन्दीको नाटक गरेर | तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु जस्तै हो यो | यसरि सम्पूर्ण जनताहरुलाई सकस दिएर माग पुरा हुन गारो हुन्छ | मधेशलाइ “क्रैमिया” बनाउन बाट रोक्नुहोस, यस्तो कदमले सबैलाइ दुख हुन्छ |

    “टाउकोमा ताकेर” गोलि हान्नु र ज्यानको भिख माग्दै गरको जागिरेलाइ आँखामा भाला रोप्नु दुवै निन्दनीय हुन् | दुवैमा मानव नै मरेको छ, या अझ मानवता नै मरेको छ | पुलिसहरुलाई निर्मम तरिकाले हत्या नगरेको भए शायद ज्यान गुमाउने सर्वसाधारणहरु प्रति ठुलो सहानुभूति आउने थियो | आन्दोलन हिश्रक र अराजक हुदा अन्य समुदायको सहानुभूति घट्दै जान्छ |

    मेरो विचारमा मधेशी जनताको आन्दोलन आत्मसम्मानको लागि हो | देशमा पहाडिया या अरुबाट हेपिनु नपरोस भन्ने हो | यो गम्भीर सामाजिक समस्या हो | तर मधेशी नेताहरुको आन्दोलन भने आफ्नो राजनीतिक भविश्यको हो | इन्डियाको मिडियामा छ्याप्छ्याप्ती देख्न पाइन्छ आजकल कि मधेशीहरु इन्डियन मूलको भएकोले उच्च तहमा जान नपाइने ब्यबस्था छ हालको संबिधानमा | आफै भन्नुहोस — यो सहि हो कि गलत हो | मधेशीहरु उच्च तहमा पहिला पनि थिए, अहिले पनि छन् र भविश्यमा पनि रहनेछन् | यो अंगिकृतलाइ देश-प्रमुख बनाउन पाउनु पर्छ भन्ने माग चाही गलत नै छ तर यो जनताको नभई नेताको हो र कसलाई खुशी बनाउन हो यस्तो माग राखेको थाह भएन |

    मधेशी जनताका जायज मागहरुमा पहाडिया जनताको समर्थन रहन्छ | तर “देशकै नक्शा बदलिन सक्छ” जस्ता घुर्की लगाउंदै जाने हो भने बिस्तारै त्यो सहानुभूति पनि गुम्ने डर हुन्छ | मिलेर समस्याको समाधान गरौँ | बिदेशी भारतलाइ च्यापेर स्वदेशी पहाडियालाइ नभडकाउँ | एक आपसमा लडेर कसैले कसैको आत्म-सम्मान पाउंदैन, पाउछ त केवल दुख — र त्यहि दुखमा रमाउछन नेता !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme