Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्ता लाग्यो : कहाँ जाँदो रहेछ त ओर्जिनल स‍ंविधानका पाँच प्रति?

Posted on September 18, 2015September 19, 2015 by Salokya

ADP_3183
स‍ंविधान भनेको चानचुने किताब होइन। यो अरु किताब जस्तो अरुले छाप्न पाउँदैनन्। जति छापिन्छ, सरकारले छाप्छ। देशको स‍ंविधान त सबै जनताको हो नि, हामीले छाप्न नपाउने? भन्ने लाग्ला कसैलाई। तर होस गर्नुस् है। कानून तथा न्याय मन्त्रालयको स्वीकृति नलिई नेपाल कानूनको मुल वा अनुवादित पाठ प्रकाशन गर्न मिति २०३३।११।१७ को नेपाल राजपत्रको सूचना बमोजिम रोक लगाइएको छ। कानुन किताब व्यवस्था समितिबाहेक कसैले यो विपरीत प्रकाशन गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कारवाही हुन्छ। समितिले छाप्ने संविधान सबै नक्कल हो। ओर्जिनल त आज असोज १ गते सभासद्हरुले साइन गरेको र संविधान सभा अध्यक्षले प्रमाणिकरण गरेको नेपाली कागजमा छापिएको पाँच प्रति हो।
LbOuumK

यो पाँच प्रति कहाँ कहाँ जाँदो रहेछ त ?

मिडियामा आएका समाचारमा भने चार ठाउँमा पठाउने कुरा मात्रै छ। सरकारी समाचार एजेन्सी राससले पनि चार ठाउँमा पठाउनेलाई मात्रै समाचार बनाएको पाइयो-

घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखिने छ भने अरु एकप्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।

यसैलाई आधार मानेर हिजो एउटा ब्लग लेखेर बाँकी एक प्रति चाहिँ कहाँ जान्छ होला अनुमान लगाउन भनिएकोमा पाठकहरुले गजब गजबका अनुमान लगाए। कसैले सर्वोच्च अदालतमा जान्छ भने कसैले युएनमा जान्छ भनेर ठोकुवा नै गरे। कसैले मुद्रण विभाग भने त कसैले राष्ट्रिय अभिलेखालय।

रमाइला अनुमान लगाउनेको पनि कमि थिएन। मदन राजले लेखे, कता जान्छ ?? पशुपतिमा राखेर पूजा गर्ने होला कि ? त्यस्तै डोरप्रसादले लेखे, मोदीका दूतले दिल्ली लग्ने भनेर लिएर जान्छन्, तर बाटैमा उपेन्द्र यादवले “अरे भैया ये तो हमरा काम लगेगा, जलाने के लिए” भनेर माग्न बेर छैन।

खासमा यो पाँच प्रति जान्छ कहाँ त ? स‍ंविधानसभाको रिपोर्टिङ गर्ने साथी मनोज सत्यालले बुझ्दा थाहा भयो, बाँकी सबै ठीक रहेछ जाने ठाउँ, सं‍सदले दुई प्रति राख्ने रहेछ। एउटा सचिवालयमा, एउटा सचिवालयको कानुन महाशाखाको विधेयक शाखाको अभिलेखालयमा।
dXQCkAT
यो अनुसार खासमा पाँच कपि जाने ठाउँ यो रहेछ-
१) राष्ट्रपति कार्यालय
२) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३) कानुन, न्याय, स‍ंविधानसभा तथा संसदीय मामिला मन्त्रालय
४) संसद सचिवालय
५) संसद सचिवालयको कानुन महाशाखा अन्तर्गत रहने विधेयक शाखाको अभिलेखालय

यो भयो संसद सचिवालयबाट प्राप्त जानकारी। कानुन मन्त्रीले पनि यसबारे ट्विट गरेका छन्। उनका अनुसार एउटा राष्ट्रिय अभिलेखालयमा राखिनेछ-

सभासद्का रुपमा #संविधानको मूल ५ प्रतिमा हस्ताक्षर गरें। हस्ताक्षर भएका ५ प्रति निम्न ठाउँमा सुरक्षित राखिन्छन् – pic.twitter.com/6LrnMwpmPc

— Narahari Acharya (@NarahariA) September 18, 2015

यो पनि हेर्नुस्-
यस्तो छ असोज ३ गतेदेखि लागू हुन लागेको संविधान, हेर्नुस् संशोधन प्रस्ताव पारित भएको धारासहितको संविधान

2 thoughts on “पत्ता लाग्यो : कहाँ जाँदो रहेछ त ओर्जिनल स‍ंविधानका पाँच प्रति?”

  1. Nepali Engineer says:
    September 22, 2015 at 12:55 pm

    If the original copies also have the same look and feel like the ones shown in the picture, then I can clearly see possibilities of forgery such as replacing the pages, adding pages etc.,
    Therefore, for the books with such enormous importance, government also needs to look into preventing forgery such as by
    – gluing all the pages
    – sealing with official stamp the pages on all sides
    etc.,
    What do y’all say?

    Reply
  2. Pingback: कहाँ जान्छ एक प्रति ‘ओर्जिनल’ संविधान ? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme