Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो संविधान लागू हुँदैछ असोज ३ गतेदेखि, हेर्नुस् संशोधनसहित पास भएका धाराहरुसहितको संविधान

Posted on September 17, 2015 by Salokya

संविधान भदौ ३० गते राति नौ बजे दुई तिहाईभन्दा बढी मतले पारित भयो। यसअघि कुनै धारा सर्वसम्मतिले र कुनै धारा बहुमतले र कुनै धारा प्रमुख तीन दलले राखेको संशोधन प्रस्ताव अनुसार बहुमतले पारित भए।

त्यसो भए असोज ३ गतेदेखि लागू हुने संविधानको अन्तिम रुप कस्तो भयो त? अहिले तपाईँ कतै पनि आधिकारिक रुपमा त्यो हेर्न पाउनु हुन्न। किनभने संविधानसभाले हिजो बनाएको आनुसांगिक समितिले भदौ ३१ गते तीन बजे बल्ल पास भएको संशोधन अनुसार मूल प्रति (नेपालको संविधानको परिमार्जित विधेयक) को धारा क्रम आदि मिलाएर सच्याएर संविधान सभा अध्यक्षलाई बुझाउँछ र त्यस अनुसार अध्यक्षले फाइनल गरिसकेपछि नेपाली कागजमा पाँच प्रति छापिन्छ। त्यही प्रतिमा शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासद्हरुले साइन गर्दैछन्।

तर हामीलाई त संविधान कस्तो बन्यो हेर्न हतार हुन्छ नि त हैन? कस्तो बन्यो त संविधान? यही चासो लागेर हिजोदेखि आजसम्म मैले परिमार्जित विधेयक र त्यसमाथि प्राप्त संशोधन प्रस्तावहरुको एकीकृत विवरणबाट पास भएका प्रस्तावहरु अघि राख्दै रुजु गर्दै तयार फाइनल प्रति तयार पारेर भित्र राखेको छु। यो आधिकारिक भने होइन। आधिकारिक त सभाध्यक्ष नेम्वाङले फाइनल गरे पछि हुन्छ।

3 thoughts on “यस्तो संविधान लागू हुँदैछ असोज ३ गतेदेखि, हेर्नुस् संशोधनसहित पास भएका धाराहरुसहितको संविधान”

  1. amit rayamajhi says:
    September 18, 2015 at 12:59 pm

    सविंधान आउने कुरा नै खुशीको कुरा हो। केहि कुराहरु दलहरुले आफ्नो हितको लागि राखेछन प्रधानमन्त्रि हुनको लागि योग्यता नतोक्नु,योग्यता राख्दा अहिले भएका नेताहरु को चान्स आऊला जस्तो थिएन ।
    अनि यउटै व्यत्ति कतिपटक सम्म प्रधानमन्त्री चुनिन पाउँछ? कि फेरि तेहि बुढो अनुहार बारम्बार देखिरन पर्ने हो।

    Reply
  2. amit rayamajhi says:
    September 18, 2015 at 12:53 pm

    सविंधान आउने कुरा नै खुशीको कुरा हो। केहि कुराहरु दलहरुले आफ्नो हितको लागि राखेछन प्रधानमन्त्रि हुनको लागि योग्यता नतोक्नु,योग्यता राख्दा अहिले भएका नेताहरु को चान्स आऊला जस्तो थिएन ।
    अनि यउटै व्यत्ति कतिपटक सम्म प्रधानमन्त्री चुनिन पाउँछ?

    Reply
  3. Shankar says:
    September 17, 2015 at 5:03 pm

    उही लोक सेवा दिनेबेला र सायद बैंक हरुको जांच मा न पढ्ने हो यो संबिधान |
    नत्र त् ये आएछ मात्र भन्ने हो अधिकांश ले |

    संबिधान आएको त् खुसि छदैछ तर तिन दल आपस मा मिलेर काम गरेको देख्दा अति सुन्दर लाग्यो |
    तर यो प्रचंडे को ठेगान हुदैन , कुन बेला को सग सुटुक्क सम्झौता गर्ने हो , कसलाई लात हान्ने हो | आर्को रहस्य मय सड्यन्त्र को आभास पनि मिल्छ |
    किनकि बिहारी नेताको सरण मा पुगेका र भारतीय दुतावास ले समेत आफ्नै ठान्ने यी मदिसे नेताहरु सम्बोधन भएको छैन | खालि ये पख पख पहिले यो पहाडिया हरुलाई राजा फाल्ने संबिधान आउँन दे तेस्पछि तिमीहरुको पालो आउछ भने जस्तो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme