Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रोक मृत्यु शृङ्खला! फेरि चार वर्षका बालक मारिए प्रहरीको गोलीबाट

Posted on September 16, 2015September 16, 2015 by Salokya

जनकपुरमा शव यात्राको दृश्य। फोटो : शुभक महतो
जनकपुरमा शव यात्राको दृश्य। फोटो : शुभक महतो

जनकपुरमा भदौ २५ गते गोली लागि मारिएका तीन जनाको शवयात्रासहित अन्त्येष्टि भएकै दिन फेरि एउटा नराम्रो खबर भैरहवाबाट आयो। भदौ २९ बाल दिवस हो। तर चार वर्षका बालक चन्दनकुमार पटेलले प्रहरीको गोली खाएर ज्यान गुमाए। रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच आज भएको झडपमा प्रहरीको गोली लागेर अरु चार जना पनि सिकिस्त परेका छन्। मृत्यु हुनेको संख्या त्यसैले बढ्न सक्छ। पूर्वाग्रही आँखाहरुले तराई मधेसका जिल्लाहरुमा ज्यान गुमाउनेहरुलाई नै दोषी देख्न सक्छन्। आन्दोलनलाई नियन्त्रणमा लिन पानीको फोहरा, अश्रुग्यास त्यसले पनि नियन्त्रणमा लिन नसके घुँडामुनि गोली हान्ने अन्तर्राष्ट्रिय अभ्यास अहिले हामीकहाँ लागू भइरहेको देखिन्न। छातीमा र टाउकोमा गोली लागेर मान्छे मरेका छन्। चार वर्षका बालक मारिएका छन्। उता, आन्दोलनकारीको नाममा एम्बुलेन्सबाट घाइते निकाली सुरक्षाकर्मीको हत्या गर्नेसम्मका कार्यसमेत भएका छन्। यी द्वन्द्वलाई अझ फैलन रोक्न संविधान जारी गर्ने प्रक्रियासँगै उनीहरुका मागका सम्बन्धमा वार्ताको गम्भीर पहल हुनुपर्नेमा जेसुकै होस् भनेर छाडेको जस्तो देखिनु दुर्भाग्य हो।

जनकपुरमा भदौ २५ गते मारिएका निकु चौधरी, सञ्जय चौधरी र दीलिप यादवको अन्त्येष्टि गर्ने क्रममा बारह बिघा, जानकी मन्दिर, जनक चौक, शिव चौक, भानु चौक, मिल्स एरिया, पिराडी चौक र बाबा पेट्रोल पम्प हुँदै भएको शवयात्राका केही दृश्य

Janakpur_Sab_Yatra (1)

Janakpur_Sab_Yatra (2)

Janakpur_Sab_Yatra (3)

Janakpur_Sab_Yatra (4)

Janakpur_Sab_Yatra (5)

Janakpur_Sab_Yatra (6)

Janakpur_Sab_Yatra (7)

Janakpur_Sab_Yatra (11)

Janakpur_Sab_Yatra (10)

Janakpur_Sab_Yatra (9)

Janakpur_Sab_Yatra (8)

Janakpur_Sab_Yatra (12)



Janakpur_Sab_Yatra (13)

Janakpur_Sab_Yatra (14)

Janakpur_Sab_Yatra (15)

Janakpur_Sab_Yatra (16)

1 thought on “रोक मृत्यु शृङ्खला! फेरि चार वर्षका बालक मारिए प्रहरीको गोलीबाट”

  1. bir nepali says:
    September 16, 2015 at 2:41 am

    अपराधी पनि मारिनु हुन्न भन्ने संबिधान जारी गर्न लागेको देशको नागरिकहरु गोलि खाएर वा भालाले रोपिएर वा जिउन्दै जलायिएर मारिएका खबर सुन्नु पर्नु सारै नै दुखद हो. आन्दोलनकारी ,सुरक्षाकर्मी वा आतंककारी कसैको ज्यान नाजावोस नत्र फेरी लासको राजनीतिमा नेता देखि पत्रकार सम्मको सबैको स्वार्थ छाताल्छुतुल भएर पोखिन्छन.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme