Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट आउनेले सुटुक्क सामान ल्याउन नपाउने भन्ने ब्लग ४ वर्षअघिको हो है

Posted on September 9, 2015September 9, 2015 by Salokya

अब विदेशबाट आउनेले सुटुक्क सामान ल्याउन नपाउने शीर्षकमा अधिका‍ंश र अरु यस्तै मिल्ने हेडलाइन राखेका ब्लगस्पट एड्रेस भएका ब्लगहरुको लिङ्क यतिबेला फेसबुकमा खुबै भाइरल भइरहेको छ। त्यसमा लेखिएको हुन्छ- ‘आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ। विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ।’ अनि विदेशमा बस्ने वा विदेशमा गएर फर्कन लागेका सबैलाई चासो भइहाल्छ। तर त्यसमा लेखिएको आइतबार यो हप्ताको आइतबार चाहिँ होइन। यो माइस‍‍ंसारमा मैले चार वर्षअघि अर्थात् मे २७, २०११ मा लेखेको ब्लग हो। यहाँ क्लिक गरी हेर्नुस् पुरानो ब्लग यही ब्लगबाट कपि गरेर धेरैले पेस्ट गरेर मान्छे झुक्याउने काम गरेछन्। तपाईँ वा तपाईँले चिनेजानेका कोही पनि झुक्किनुभएको छ भने यो ब्लगको लिङ्क उहाँहरुलाई पढ्न लगाइदिनुस् है।

कपिपेस्ट गरेर सेयर गर्नेहरुले मूल स्रोत उल्लेख नगर्नु र त्यसको लिङ्क नदिनु नै यो सब भ्रम फैलनुको कारण हो। कपिपेस्टवालाहरु आफूमात्र झुक्किएनन्, दुनियाँलाई झुक्याउँदैछन्।

कम्तिमा ती कपिपेस्टवालाहरुले त्यसमा लेखिएको भन्सार विभागका महानिर्देशकको नाम याद गर्नुपर्ने। त्यसमा लेखिएको थियो ट‍ंकमणि शर्मा। अहिले त शिशिरकुमार ढु‍ंगाना हुन्।

पुरानो ब्लगका कुरा कति सान्दर्भिक छन् त?
त्यो पुरानो कुरा भयो। अहिले त्यसरी विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छैन। त्यतिबेला तपाईँ सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न थियो।

निजी गुन्टा झिटी भारीको सुविधा भने हालसम्म कायमै छ। स‍ंक्षिप्त प्रज्ञापनपत्रको फाराम अहिले यस्तो छ

विदेशमा बस्ने अधिका‍ंशलाई चासो हुने विषय टिभीको हो। यसबारे पनि मैले दुई वटा ब्लग लेखिसकेको छु। तल क्लिक गरी पढ्न सक्नुहुन्छ-

विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ

कति इञ्चको टिभी ल्याउँदा भन्सार महसुल रकम र सेवा शुल्क गरी ठ्याक्कै कति तिर्नुपर्छ, सूचि हेर्नुस्

अब तपाईँहरुलाई एउटा अनुरोध- यस्तो पुरानो ब्लग कपिपेस्ट गरेर राखेको कुनै साइटको लिङ्क अहिले आएर कुनै फेसबुक पेजले सेयर गरेको रहेछ भने तपाईँलाई फेरि फेरि पनि त्यो पेजले त्यसरी नै झुक्याएर गलत सूचना दिनसक्छ। त्यसैले त्यस्ता पेजलाई तपाईँले दिने सजाय भनेको उसको पेजमा तपाईँले गरेको लाइक फिर्ता लिनु हो। यो कसरी गर्ने त ?

unlike

गलत खबर दिने फेसबुक पेजमा जानुस्, लाइक्ड लेखिएको ठाउँमा कर्सर लगेर क्लिक गर्नुस् र ड्रप डाउन मेनुमा अनलाइक क्लिक गर्नुस्।

तपाईँको फेसबुक वालमा पनि यो पुरानो ब्लगको लिङ्क नयाँ जस्तै गरेर खबर बनाएर कसैले राखेको थियो? त्यो पढेर तपाईँ पनि झुक्किनु भएको थियो कि? कसैले यसबारे तपाईँलाई सोधेको पो थियो कि? सही कुरा थाहा पाएपछि त्यसवापत् तपाईँले पनि कुनै फेसबुक पेज अनलाइक गर्नुभयो कि? कुन पेज? आफ्नो अनुभव तल कमेन्टमा सेयर गर्नुस् है

4 thoughts on “विदेशबाट आउनेले सुटुक्क सामान ल्याउन नपाउने भन्ने ब्लग ४ वर्षअघिको हो है”

  1. Keshab Ghimire says:
    September 11, 2015 at 11:01 am

    कपि गर्नेले पनि हैरानै पार्छन, चर्चामा आउन जुन पायो त्यहि कपि गरिदिन्छन र भ्रम फैलाई दिन्छन,

    Reply
  2. ravin says:
    September 9, 2015 at 8:06 pm

    सहि जानकारी को लागि धन्यवाद

    Reply
  3. Anup says:
    September 9, 2015 at 1:39 pm

    Thank you very much Salokya Ji for your valuable information.

    Reply
    1. himal says:
      September 10, 2015 at 7:05 am

      बिदेशबाट अाउने मान्छे संग एउटा ल्यापटप र एउटा माेबाईल त पहिलानै हुनेगर्छ । थप एउटा ल्यापटप वा माेबाईल भन्सार नतिरी ल्याउन पाईन्छ कि पाईदैन , ब्यबस्था के कस्ताे छ हाेला ??

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme