Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लाज पचेका बौद्धिक चोरहरु : नोबेल प्राइजको प्रेस रिलिज एसोसिएट प्रोफेसर डा. खड्काले यसरी चोरे

Posted on August 29, 2015August 29, 2015 by Salokya

त्यसो त त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. तीर्थ खनियाँमाथि नै बौद्धिक चोरी अर्थात् plagiarism को गम्भीर आरोप लागेको छ। तर यस्तो गम्भीर आरोपमा जस्तो किसिमको गम्भीरता सबै क्षेत्रमा देखिनुपर्ने हो, त्यो देखिएको छैन। जबकि मिडियामा आरोप हैन लगभग पुष्टि नै हुने प्रमाण आइसके। (हेर्नुस् अनलाइनखबर) यसै क्रममा त्रिभुवन विश्वविद्यालयका अर्का एक एसोसिएट प्रोफेसरले बौद्धिक चोरी गरेको प्रमाण फेला परेको छ। उनी हुन् नेपाल केमिकल सोसाइटीका अध्यक्ष डा. देवबहादुर खड्का। उनी त्रिभुवन विश्वविद्यालय, केन्द्रीय केमेस्ट्री विभागका एसोसिएट प्रोफेसर पनि हुन्। सन् २०११ मा नेपाल केमिकल सोसाइटीको बुलेटिन सन् २०११ सेप्टेम्बर १७ मा उनले नोबल प्राइजको प्रेस रिलिज हुबहु कपिपेस्ट गरेका हुन्। हेर्नुस् प्रमाण-

dr1 dr2 dr3 dr4

नोबल प्राइजको प्रेस रिलिजको लिङ्क यहाँ क्लिक गरी पढ्नुस्
डा. खड्काको आर्टिकल यहाँ क्लिक गरी पढ्नुस्

नानीदेखि लागेको बानी?

दुई वर्षअघि विश्वविद्यालय अनुदान आयोगले भविष्यमा अनुदान लिन अयोग्य साबित गर्दै कालो सूचीमा राखेका तीन विद्वानमध्ये एक थिए डा. खड्का। हेर्नुस् त्यतिबेलाको प्रेस विज्ञप्ति
UGC press release

तर त्यसलाई चुनौति दिएको थियो सेन्ट्रल डिपार्टमेन्टले यसरी (साभार : नेपालकेमेस्ट्री)
CDC press release

तपाईँलाई पनि थाहा छ? जानकारी दिनुस्
गम्भीर आरोप लागेकाहरु नै उच्च पदमा पुग्ने हाम्रो जस्तो देशमा अब सार्वजनिक रुपमा त्यसबारे सबैलाई जानकारी दिएर ‘लाज पचेकाहरु’ भन्न सकिन्छ। यदि तपाईँलाई पनि कसैले गरेको केही plagiarism बारे जानकारी छ भने प्रमाणसहित [email protected] मा जानकारी पठाउनुस्। शुद्धताको यो अभियानमा सहयोग गर्नुस्।




28 thoughts on “लाज पचेका बौद्धिक चोरहरु : नोबेल प्राइजको प्रेस रिलिज एसोसिएट प्रोफेसर डा. खड्काले यसरी चोरे”

  1. Krishna Hari Baskota says:
    September 7, 2015 at 1:03 pm

    TU का हामी बिद्यार्थी लाइ कसले पदौचा नि यी सबलाई कारबाही गरेर, धेरै talent त बिधेश मा हरिया dollar गनेर बस्यक्षन , के गर्क्षौ त साथी हाम्रो देश को भाग मा यिनै परेक्षन पदौनालाई ; बुल्लेतींन मा आफ्नै लेख राम्रोसंग हालेको भए येति गहकिलो लेख हामीले पदना पौन्नाथियेउ, लेट्स बि positive

    Reply
  2. Pingback: बौद्धिक जगतमा चोरी र ठगीका धन्दा « Mysansar
  3. PS says:
    September 1, 2015 at 3:03 pm

    The Royal Swedish Academy of Science needs to be informed for such intellectual property infringement.

    Reply
    1. Krishna Hari Baskota says:
      September 7, 2015 at 1:06 pm

      आफ्नै देश को बेइजात गरेर चुक्ली नि लौक्षन, कस्तो बुद्दि तिम्रो , घरको समस्या घरमै पो समाधान गर्ने हो त

      Reply
  4. PS says:
    September 1, 2015 at 1:01 pm

    This blog with needs to be sent to ” The Royal Swedish Academy of Sciences (www.kva.se) ” ([email protected]) by the blog author. The Royal Swedish Academy of Sciences, should take actions of such intellectual property infringement.

    Reply
    1. Girish says:
      September 3, 2015 at 6:54 pm

      What is preventing you from forwarding it to the referred organisation? Please send it. You already have their website. मैले त् पठाईदिए, तपाइ हामी सबैले पठायौ भने थप प्रभावकारी हुनेछ भन्नु छैन खालि अर्कालाई यो गर र त्यो गर भन्दै अह्राउन मात्र जानेको छ आफुले चै सानो जिम्मेवारी पनि लिन नसक्ने| सरकारी कर्मचारीको मानसिकता|
      मैले पठाईसके|

      Reply
      1. PS says:
        September 4, 2015 at 12:27 pm

        It is my response to the article, not my reaction.

        Reply
  5. Birodh Rijal says:
    September 1, 2015 at 11:54 am

    कानुन हातमा लिएर चोरी गर्ने विद्वान हरु | अदालतको आदेश पालना नगरेको भनेर मानहानी को मुद्दा र क्षतिपूर्तिको धाक दिदै बिज्ञप्ति जारि गर्ने | यिनको सम्पूर्ण प्रमाणपत्र हरु खोसेर कुनै पनि सेवाको लागि अयोग्य ठहर गर्नु पर्छ सरकारले अनि मात्र शिक्षामा सुधार होला नभए यी चोरहरुले खत्तम पार्ने भए यो क्षेत्र | आफुलाई प्रोफेसर भन्ने अनि चोरेर लेख प्रकाशित गर्ने त कट्टु खोलेर हिड्नु भन्दापनि घटिया हो |

    Reply
  6. ekraj says:
    September 1, 2015 at 5:27 am

    When all leaders, ministers, academics, judges and chief of Government offices have one single objective of corruption, misleading,furgery, plagarism and every other lower position holders will follow them. This has become a culture of Nepalese society’s governabce. We have exeperieced whole country’s judicial, adiministrative, educational and security system is completely in down hill direction.
    Who can you trust within government, education and law and order maintainers rank in Nepal?

    Reply
  7. Roshan says:
    August 31, 2015 at 9:56 pm

    copy paste गरेको नमिलेको मात्र होला

    Reply
  8. Kamal says:
    August 31, 2015 at 9:38 pm

    अलिकति पनि इज्जतको ख्याल छ भने खनिया सरले खुरुक्क राजिनामा दिईहाल्न पर्यो| कत्ति अटेर गर्न सकेको त्यत्रो बेइज्जत हुँदा पनि|
    स्टुडेन्टहरुलाई कुन मुख देखाउने हो?
    खोइ हाम्रा बुद्धिजीवी र नागरिक समाजले आवाज उठाएको?
    सुशील कोईरालाले पनि शरम मान्न पर्ने हो, तर लाज त् उनको पो पचेको रहेछ|
    केदार प्रसाद घिमिरेको पत्र दुधको साक्षी बिरालो सरह हो| उनले पनि तुरन्त राजीनामा गर्नपर्छ|

    Reply
  9. samir says:
    August 31, 2015 at 4:01 pm

    This is not plagiarism. The article has reference list. Please see any research paper.

    Reply
    1. Shankar says:
      September 1, 2015 at 1:17 pm

      Still copying line by line is not allowed my friend.

      Reply
    2. Ritika says:
      September 1, 2015 at 6:24 pm

      Even reference list is copied. Have you ever seen such research paper?
      References are given to clarify something and refer to read further on that reference.
      It’s completely intellectual property theft . Do not try to justify. Do some googling to find what is plagiarism.

      Reply
    3. Narhari says:
      September 2, 2015 at 11:46 pm

      यी महाशयले पनि त्यस्तै काम गरेको हुनसक्छ वा यँहा आरोपित बौद्धिक चोरका कोहि नाता परने हुनसक्छ|
      अर्काको सामान हुबहु नक्कल गर्नेले कि भन्सारमा, सॆडिओ कार्यालय, भुमि मालपोत र कर कार्यालयमा जागिर खान पर्ने, नेपाली जनतालाई लुट्ने गिरोहसंग|
      फेरी पनि दोष चै हाम्रो नेताहरुलाई नै दिन्छु जसले नियुक्ति दिए|
      आज र भोलि भन्दै सेलाएर जाने हो भनेर मौन बसेका होलान| सुशील र ओली अर्को चुनावमा चट हुनेछन|

      Reply
    4. Alina says:
      September 3, 2015 at 12:01 am

      This is plagiarism. If you copy someone else’s text, you need to quote it and mention the source right there. Providing reference list at the end is not enough.

      Reply
  10. सावित्री says:
    August 31, 2015 at 1:44 pm

    यी तीर्थ खनिया त चितवनको बीरेन्द्र क्याम्पस प्रमुख हुँदा भ्रस्टाचार गरेकोमा समातिएका पनि थिए |

    Reply
  11. Krishn Luitel says:
    August 31, 2015 at 11:12 am

    PHD पनि कति चोरेको होला चेकक गर्नु पर्यो if we could find his thesis.

    Reply
  12. Hari Krishna Shrestha says:
    August 31, 2015 at 9:26 am

    Obviously, the corrupt Chemistry Department of Tribhuvan University thought that they have conducted a perfect crime with no proof left behind to catch them. Such an old and criminal mentality. Even when caught red handed with complete proof, they still go to court and release press release to confuse people. Such a shame. But again, they were brought up in this corrupt environment in TU where a person becomes professor not by his/her academic and research activities but by being slavishly affiliated with a particular political party.

    Reply
  13. Rohini says:
    August 31, 2015 at 4:56 am

    अमेरिका तथा यूरोपियन देशहरुमा यस्तो हुन्थ्यो भने तुरुन्त जागिर चट् हुन्थ्यो | अब नेपालमा त जे गरे पनि छुट |

    Reply
  14. BS says:
    August 30, 2015 at 7:07 pm

    To me, the letter from TU signed by Prof. Dr. shows conflict of interest. He is one of the co-authors of the article and it is biased to defend the work co-authored by himself. There should be some independent and honest panel to investigate it.

    Reply
  15. Dhirendra Pratap says:
    August 30, 2015 at 2:51 pm

    यस्तो गम्भीर आरोपमा हाम्रा जे कुरामा पनि बक बक गरिहाल्ने सत्तासीन र सत्ता उन्मुख नेताहरु किन बोल्दैनन?
    त्यसका यी कारणहरु हुन्
    १. पहिले आफैले त्यस्ता आरोप लगाएकाहरुलाई नियुक्ति दिएर भुल गरेका छन्|
    २. दोस्रो, नाता आफन्त र पार्टीकै समर्थक परेका छन्|
    चोरेका र कीर्ते गरेकाहरुले शैक्षिक संस्थानहरु भरिभराउ छन्| निजामति सेवा, न्याय सेवा, पुलिस, सेना र
    शिक्षा सेवामा नियुक्ति र बढुवामा कीर्ते र खरिद गरेका प्रमाण पत्र पेश गर्नेहरुको खोजी गरियो भने लहरो तान्दा पहरो गर्जने
    डर नेताहरुलाई हुन्छ|
    नेपाललाई खाने धमिरा र घुन हुन् यिनीहरु| उज्यालोको डर लाग्दा हुन् यी भ्रष्टहरुलाई|
    के को प्राइभेसी? पारदर्शीता र निष्पक्षताको लागि सरकारी जागिर खाने र नया नियुक्ति गरिने सबैको अब सबैको डिग्री र प्रमाणपत्र वेबसाईटमा राख्न पर्यो| जनतालाई नदेखाउने हो भने नी एउटा निष्पक्ष कमिटि बनाएर हेर्नुपर्ने देखिन्छ|
    त्रिभुवन विश्वविद्यालयमा टाउके देखि किन करप्ट रहेछन|
    एमाले रिसाएको चाँही बौद्धिक चोर भयो भनेर होइन रहेछ| संधै भागबण्डामा नियुक्ति हुने यसपाला चै कांग्रेसले थालमा नपस्की एमालेलाई जुठो खान नदिई आफैमात्र भाँडा बाटै खपाखप चोरेर खाएछ्न|
    यो मुलुकलाई पार्टीहरुले आफ्नो मान्छे नियुक्ति गर्न यस्तरी भागबण्डा गर्दा चाँही चित्र बहादुर केसी किन नबोलेको हँ? के बोलोस् बबुरो आफ्नै जिल्ला फ़टाईदियो| देशलाई भावनात्मक रुपमा यसरि भागभन्दा गरेपछि भूगोल त् हुने भयो नै|
    खनिया, बनिया र बेदबहादुर खड्का जस्ता बौद्धिक चोरहरुलाई कठघरामा लैजान पर्ने हो तर कठैबरा, न्याय दिनेहरु पनि त्यस्तै रोगले पीडित छन् भने हाम्रो मुलुकको कसले उद्दार गर्ने?

    Reply
    1. punya prashad says:
      September 1, 2015 at 10:32 pm

      “नियुक्ति दिएर भुल …??”
      घण्टा भुल !! जानी जानी गरेको काम नि भुल हुन्छा ?

      Reply
  16. jitu says:
    August 30, 2015 at 8:22 am

    सालोक्य जी लाई धन्यवाद, अन्वेषण गरि प्रकाशित गर्नुभायाकोमा . थुइक्क लाज पचेका नकचरोहरु .

    Reply
  17. Mk says:
    August 29, 2015 at 10:41 pm

    मान्छे को जातै छोटो वाटो हिड्न खोज्छ , चाहे जहाँ का होस् / नियेम कानुन को रेख देख तथा कारयान्वएन गराउने काम सरकार को हो / सरकार चलाउने चालकहरु नै बेठिक भए पछि , तेस्ता कुसंस्कार ले बढवा पाउने नै भयो /

    Reply
  18. Sunita Nepali says:
    August 29, 2015 at 9:25 pm

    शक्ति सम्पन्न एउटा ग्रुप (कमिटि समिति होइन नि ) बनाएर केरकार नै गरेर खोजमुलक अनुसन्धान गरियो भने यहाँका ९०% भन्दा बढी पी.एच.डी. डक्टरहरुको रिपोर्ट यो भन्दा पनि घिन लाग्दो आउने छ , त्यस माथि झन् नेता र मन्त्री भै खाकाहरुको त ९९.९९% plagarism छ , कसैको आँट छ चेक गरेर कारबाही गर्ने .. त्यो पनि हदै सम्म को कडा कारबाही …

    Reply
    1. Ritika Sharma says:
      September 3, 2015 at 1:50 pm

      What is your source? How can you say so confidently? Are you one of those?

      Reply
  19. Shankar says:
    August 29, 2015 at 6:51 pm

    भैरब अर्याल को कबिता
    ”चोरी चकारी न गरि चतुर्याई हुन्न
    दंगा फसाद न गरे इज्जतै रहन्न्
    सोजा र सज्जन कबै न लिनु दलै मा
    पार्टी चलाउनु सधै छल और बलैमा” लाइ अनुसरण गरे जस्तो छ देश ले ,र देश का बौद्दिक चालक , नेता हरु सब ले | हुन् त् उनले यो हास्य व्यंग को रुप मा लेखेका थिए |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme