Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्याउनुस्, बैँकबाट करोडौँ करोड कुम्ल्याउँदा पनि कसैलाई थाहै भएन

Posted on August 27, 2015 by Salokya

agriculture-bank यो अनौठो बैँकिङ कसुरको केस सार्वजनिक भएको धेरै भएको छैन। कृषि विकास बैँकबाट करोडौँ करोड निकालेर कुम्ल्याउँदा पनि महिनौँ महिना कसैलाई थाहै भएनछ। झण्डै ३४ करोड निकालिसकेपछि बल्ल कुरो बाहिर आयो।

असारमा यो कुरा चाल पाउने बित्तिकै सुरु भएको अनुसन्धानले अन्ततः ९ जनालाई फन्दामा पार्‍यो। केन्द्रीय अनुसन्धान ब्युरोले पुनरावेदन अदालतमा उनीहरुलाई पेश गरेपछि बल्ल पूरा विवरण सार्वजनिक गरेको छ।

यो सुन्दा पनि अचम्म लाग्ने केसको विवरण यस्तो छ। गत वर्ष असोज महिना कृषि विकास बैँकको स्वयम्भू शाखामा चार जना मानिसहरुले काल्पनिक नाममा कीर्ते कागजात पेश गरी रेमिट खाता खोल्छन्। त्यो खातामा शाखा अधिकृत केदारप्रसाद गौतमको अथराइजर र लेखापाल गीता पन्तको इन पुटर पासवर्ड प्रयोग गरी देशका विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रेमिट्यान्सका रुपमा रकम आएको देखाई रकम जम्मा गरिन्छ।

त्यो जम्मा भएको रकमलाई कृषि विकास बैंककै उपत्यकाका विभिन्न ७ शाखामा त्यसैगरी काल्पनिक नाममा कीर्ते नागरिकता प्रमाण-पत्र पेश गरी खोलिएका १० खाताहरुमा ट्रान्स्फर गरिन्छ। कृषि विकास बैंक बाहेकका अन्य ७ वटा बैंकहरुमा त्यसैगरी खोलिएका नक्कली खाताको नाममा चेक जारी गरी रकम निकालिन्छ।

२०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेकमार्फत् रकम भुक्तानी लिई बैंकलाई कुल रु. ३३,८२,००,५७८/४२ (तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा) हानी-नोक्सानी पुर्‍याएका रहेछन्।

यी हुन् पक्राउ परेका ९ जना

pakrau
पक्राउ परेका मध्ये जेनी श्रेष्ठ र सम्झना पोखरेल केदारप्रसाद गौतमका श्रीमतीहरु रहेछन्।

गीता पन्त स्वयम्भू शाखाकी लेखापाल, भरत बहादुर बानियाँ सोही शाखाका शाखा प्रबन्धक रहेछन्। सुमन भुजेल चाहिँ केदारको पैसा लुकाउन-छिपाउन सहयोग गर्ने सहयोगी रहेछन्। सूर्यबहादुर लिम्बु नक्कली खातावाल बनी रु. ६ करोड भन्दा बढी भुक्तानी लिएका व्यक्ति रहेछन् भने सन्दिप गुप्ता र राम कुमार कुम्हार रकम हुण्डी मार्फत भारत पठाउन सहयोग गर्ने सहयोगीहरु रहेको आरोप सिआईबीले लगाएको छ।

केदारप्रसाद गौतम, जेनी श्रेष्ठ, सम्झना पोखरेल र सुर्य बहादुर लिम्बुलाई झापा, काकडभित्ता स्थित नेपाल-भारत सीमा इलाकाबाट तथा अन्यलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा पक्राउ गरिएको थियो।

कसरी संभव भयो यस्तो अपराध? अनुसन्धानबाट खुलेका तथ्यहरु

नक्कली खाताहरु, खातावाल तथा रकम भुक्तानी सम्बन्धी

• कृषि विकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतम र रामेछाप जिल्ला डडुवा गा.वि.स.वडा नं. १ घर भई हाल भारत बस्ने राजीव थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजना रहेछ यो। योजना अनुसार केदार प्रसाद गौतम कार्यरत रहेको स्वयम्भू शाखामा २०७१ असोज महिनामा केही दिनको अन्तरालमा ४ वटा नक्कली खाता खोलिएको थियो।

• योजना अनुसार उल्लेखित खाताहरुमा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी केदार प्रसाद गौतमले तथा खातावालहरुको बन्दोबस्त गर्ने जिम्मेवारी कृष्णहरि थापाले एकापसमा बाँडफाड गरेका रहेछन्।

• कृष्णहरि थापा विगत १४ वर्षदेखि भारतमा बसोबास गरी त्यहींको रासनकार्ड धारी समेत भएकाले उनैले भारतमा बसोबास गर्ने गरेका नेपाली मूलका व्यक्तिहरु पहिचान गरी खातावाल बन्न प्रेरित गरेका रहेछन्।

• पछि अनुसन्धानको क्रममा खातावालहरु Trace नहुन् भन्नका लागि सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी नक्कली नागरिकता प्रमाण-पत्र खडा गरी KYC Form मा झूठो विवरण भरी भराई बैंकमा खाता खोलाएका रहेछन् ।

• KYC Form मा प्रयोग भएको हाते अक्षर प्राय एउटै व्यक्तिको रहेको, सम्पर्क नंबर र अस्थायी ठेगाना समेत एउटै रहेको, लगभग एकै समयमा खाता खोलिएको भेटियो।

• नागरिकता प्रमाण-पत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झूठो देखिएको, केही नागरिकता प्रमाण-पत्रको जारी मिति समेत मिल्न गएको, नागरिकतामा उल्लेखित गा.वि.स. वास्तविक रुपमा अस्तित्व मै नरहेको, जारी भएको भनिएको सम्बन्धि जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा तहाँबाट जारी नभएको पाइएको थियो।

• केदार प्रसाद गौतम र गीता पन्तको पासवर्ड प्रयोग गरी उल्लेखित खाताहरुमा देश भित्रकै विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाई बदनियत तवरले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मंगलबजार, न्यूरोड, रत्नपार्क लगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रे लगायतका अन्य ७ वटा बैंकहरुमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेक मार्फत रकम भुक्तानी लिई बैंकलाई कुल रु. ३३,८२,००,५७८/४२ ( तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा) भुक्तानी लिई बैंकलाई हानी-नोक्सानी पुर्यािएको भेटियो।

• स्वयम्भू शाखामा खोलिएका ४ वटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंक कै उपत्यकाका रत्नपार्क, पुतलीसडक, मंगलबजार, सातदोबाटो लगायतका ७ वटा शाखाहरुमा विभिन्न १० वटा नक्कली खाताहरु खोलिएको थियो।

• यसैगरी मेगा, सिभिल, नेपाल इन्भेष्टमेन्ट, लुम्बिनी, माछापुच्छ्रे लगायतका ७ वटा बैंकहरुमा पनि नक्कली खाताहरु खोली कृषि विकास बैंकबाट जारी भएको चेक ECC (Electronic Cheque Clearance) मार्फत रकम भुक्तानी लिइएको थियो।

• खातावालले रकम भुक्तानी लिइसकेपछि समझदारी अनुरुपको केही रकम खातावाललाई दिई केदार प्रसाद गौतम र कृष्णहरि थापाले बाँकी रकम आफुहरुले बाँडफाड गर्ने गरेका रहेछन्।

• २०७२ असार १० गते केदार प्रसाद गौतम, राजिब थापा भन्ने कृष्णहरि थापा, विभिन्न खातावालहरु बैंकलाई लगभग रु. ३४ करोड नोक्सानी गराई फरार भएका थिए।

यति चलाख थिए केदार, कसरी झुक्याउन खोजे?

• केदार प्रसाद गौतमले आफ्नी श्रीमती सम्झना पोखरेललाई अमेरिकी डि.भी. चिठ्ठा परेको र केही समयपछि कार्यालयबाट राजिनामा गरी सपरिवार अमेरिका जाँदैछौं भनी आफू कार्यरत स्वयम्भू शाखा, कृषि विकास बैंकको मुख्य कार्यालयका सहकर्मी तथा आफ्ना नजिकका आफन्तहरुलाई जानकारी गराएका थिए।

• योजना मुताबिक नै २०७१ चैतमा श्रीमती सम्झना पोखरेल र छोराछोरीसमेत अमेरिका तर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बंगाल राज्यको दार्जलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहींको स्कूलमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएका थिए ।

• राजिव थापा भन्ने कृष्णहरि थापाको सहयोगमा आफूले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको र त्यसैको आधारमा बैंक खाता समेत खोलेको तथा जग्गा जमिन समेत खरीद गरेको हुनसक्ने।

• श्रीमतीलाई भारतमा पठाएपछि आफू लाजिम्पाट, काठमाडौंमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेका थिए केदार।

• पोर्चुगलको Resident Card धारी झापाकी जेनी श्रेष्ठसँग विवाह गरी तेजबहादुर थापा कै नामको राहदानी मार्फत युरोप जाने तयारीमा रहेको तर आफन्तजन र साथीहरुलाई आफू अमेरिका जाँदैछु भन्ने सन्देश दिन आफ्नो तथा श्रीमतीको नाममा रहेको चल, अचल सम्पत्ति बिक्री गरेको, सापटी लिएको रकम केही फिर्ता गरेको ।

• जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेज बहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी प्राप्त गरी आफुलाई केदारप्रसाद गौतमबाट तेजबहादुर थापामा परिणत गरेको ।
• तेज बहादुर थापा कै नाममा केदार प्रसाद गौतमले सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली रु. ३५ लाख भन्दा बढी रकम जम्मा गरेको ।

रकम यसरी खर्च गरेका थिए

• खातावालले भुक्तानी लिएको रकमको व्यवस्थापन गर्न केदार प्रसाद गौतम निरन्तर जसो काठमाडौं-भद्रपुरको उडान मार्फत पूर्व जाने तथा त्यहींबाट भारत, सिलिगुढी जाने गरेको।

• राजिब थापा भन्ने कृष्णहरि थापा पनि रकमको व्यवस्थापन गर्न राम कार्कीको नाममा नियमित जसो नै काठमाडौं-भद्रपुरको उडानबाट पूर्व गई त्यहीबाट भारत, सिलिगुढी जाने गरेको।

• केदारप्रसाद गौतम तथा उनकी श्रीमती सम्झना पोखरेलले केही जग्गा-जमिन सुमन भुजेलको नाममा पास गरिदिएको, ठूलो रकम सापटी दिएको तथा आफ्नो गाडी समेत सुमन भुजेलको नाममा नामसारी गरिदिएर भुजेल मार्फत कसूर गरेको सम्पत्ति लुकाउने-छिपाउने गरेको।

• केदारप्रसाद गौतमले विशालबजार स्थित ओम गोल्ड हाउस, पसल नं १४, का प्रोप्राइटर सन्दिप गुप्ता तथा भारत राजस्थान निवासी राम कुमार कुम्हार मार्फत पटक-पटक गरी रु. ३ करोड हुण्डी गरी भारत, सिलिगुढी पठाएको।

• सन्दिप गुप्ताले रु. ३५ लाख भन्दा बढी रकम तेज बहादुर थापाको नामको सेन्चुरी बैंकमा जम्मा गरी कसूरबाट प्राप्त सम्पत्ति लुकाउन-छिपाउन सहयोग गरेको।

• यसका अतिरिक्त केदारप्रसाद गौतमको खर्चालु जीवनशैली, गरगहना खरीद, सापटी लिएकाहरुलाई फिर्ता गरेको, कर्जा तिरेको आदि कारणबाट केही रकम मासिसकेको अनुमान गरिएको ।

३४ करोड कुम्ल्याएको, १ करोडमात्र रिकभर भएको

• बरामद भएका गरगहना, रकम, प्रतिवादी केदार प्रसाद गौतमसँग सापटी लिएका मानिसहरु मध्येबाट असल नागरिकको हैसियतले फिर्ता गरेको रकम, तेज बहादुर थापाको नामको खाता रोक्का राखी त्यहाँ जम्मा भएको रकम समेत गरी हालसम्म रु. १ करोड अनुसन्धानको क्रममा Recovery भएको । बाँकी करोडौँ रकम अझै रिकभर गर्न सकिएको छैन।

अन्ततः कानुनको कठघरामा

• प्रतिवादी केदार प्रसाद गौतम, जेनी श्रेष्ठ, सम्झना पोखरेल, गीता पन्त, भरत बहादुर बानियाँ, सुर्य बहादुर लिम्बु, सुमन भुजेल, सन्दिप गुप्ता र राम कुमार कुम्हारलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न सम्मानित पुनरावेदन अदालत, वाणिज्य इजलास, पाटनमा आज मिति २०७१/०५/१० गते पेश गरिएको ।

• राजीव थापा भन्ने कृष्णहरि थापा अझै पक्राउ परेका छैनन्। उनी भारतमै रहेको अनुमान गरिएको छ। कहाँ होलान् उनी? लुटेको धनमा मस्ती गरिरहेका होलान्। तर एक दिन अवश्य पर्लान् नि कानुनको हातमा। लुटको धनले एक दिन त पोल्ला नि उनलाई, कि कसो?




15 thoughts on “पत्याउनुस्, बैँकबाट करोडौँ करोड कुम्ल्याउँदा पनि कसैलाई थाहै भएन”

  1. ekraj says:
    August 31, 2015 at 4:16 am

    The gang of politicians in Nepal is no different from these looters gand.
    That is the reason why Nepal is going in the direction it is in.
    Lots of organisational employees are acting very much like dons and politicians.

    Reply
  2. Roshan says:
    August 30, 2015 at 11:08 pm

    यिनी हरुको सजाय र कति जरिवाना हुन्छ त्यो पनि पोस्ट गर्न अनुरोध गर्दछु .!!!!
    नेपाल मा खाली अपराध को समाचार मात्र भन्ने पछि सजाय को समचार र बिच मा कति सजाय भोग्दैछ नबताउने हुना ले मान्छे हरुमा अपराध गरेर केहि हुदैन भन्ने सोच छ र यो बद्द्द्दै छ !!!! जय नेपाल

    Reply
  3. mahim says:
    August 30, 2015 at 10:12 am

    त्यो Geeta ले त केहि पाएको देखिदैन . उसले आफ्नो password प्रयोग गरेको भएर हो ? तर seniors को command पालना गर्दा त्यस्तो भएको हो कि . Just wanted to know if she is innocent कि के हो तथ्य …
    Thanx

    Reply
  4. Sunil says:
    August 29, 2015 at 5:22 pm

    बेखा जी, बाहुनले नराम्रो काम गर्यो भन्छन, तर ठुलो भाग खाने बेलामा चाही बाहुनले नराम्रो बुद्धि बनाए पनि सबैलाई(मधेशी , लिम्बु , छेत्री , नेवार, भुजेल ) स्वीकार्य हुदोरहेछ त !!! आफ्नो फाइदा छ भने बाहुन राम्रो , आफुलाई फाइदा छैन भने बाहुन गलत….नेता देखि चोर फटाहा सबैको सिध्दान्त येस्तै छ !!!

    Reply
  5. bibek dhakal says:
    August 28, 2015 at 9:48 pm

    खै के चालक भन्नु यी केदार जी लाइ. छोरा/छोरी लाइ ‘तेरा बाप चोर है’ भन्ने ट्याग भिडाए. आज नभए भोलि पक्राउ परिहल्छन किनकि समय अहिले पहिला जस्तो एउटा अपराध गरेर कुनै टाढा को बस्तिमा गैर लुकेर बसम भन्ने खालको छैन. यहाँको र उताको प्रहरीबीच समन्वय भएर तत्काल पक्राउ गर्न बेर लाग्दैन. आफु त डुब्यो डुब्यो, परिवारलाई पनि डुबायो. यस्तो एकछिनको रोमाञ्च को लागि आफ्नो र परिवारको भविस्य डुबाउने कुबुड्डी कसैलाई नाअओस. त्यस्तै रोमाञ्च चहियॆ हिमाल चढ्न गए हुन्छ.

    Reply
  6. punya prashad says:
    August 28, 2015 at 7:42 pm

    नेता हरु ले देश लुटेको एउटा replica जस्तो हो यो /
    नेता हरु ले देश येस्तै समाबेशी सरकार गठन गरेर लुट छन् .. तिमि पनि खाउ म पनि खान्छु … कुनै को भाग थोरै भयो भने जतायिता, धर्म , …. येस्तै येस्तै हल्ला मा सर्बसाधारण लाइ प्रयोग गर्छन | बास्तव मा नेता हरु ले त समाबेसी भएर नै लुटेका छन् देश … तिनी हरु को न कुनै जात भात छ न, कुनै धर्म न कुनै समुदाय …

    नेता हरु (अपराधी हरु ) को कुनै जति , धर्म , मर्म , समुदाय हुदैन, पार्टी , विचार, … हुदैन .. उनीहरु को एउतै लक्ष्य अपराध (देश मा लुट तन्त्र गरेर आफ्नो स्वार्थ पुरा गर्ने ) गर्ने हो / उनि हरु को यो लक्ष्य पुरा गर्नु पर्दा केहि बाधा आयो भने … उनीहरु कैले पार्टी परिबर्तन गर्छन कैले समुदाय परिबर्तन गर्छन त कैले फेरी बोलि परिबर्तन गर्छन …

    Reply
  7. कुन्जना says:
    August 28, 2015 at 10:48 am

    यो कुरा अलि बुझाउनु न है | ल खाता र नक्कली खोलिए, खातामा पैसा जम्मा भएपछि चेक मार्फत भुक्तान पनि भयो |
    तर खातामा रकम कहाँबाट आयो त ? अनि कुनै १-२ बैंकमा त नक्क्कली नागरिकताले खाता खोले होलान | त्यत्र सबै बैंकमा त्यसरी नै खाता खोल्न कसरी सम्भब भयो त ?

    Reply
    1. Bhumi says:
      August 28, 2015 at 7:53 pm

      Online transfer vayo, remittance bata.

      Reply
  8. Krishna p SåPkÖTä says:
    August 28, 2015 at 4:09 am

    नेपाल को बैंक हरु la customer लाही धरै लुत्चन तसैला बैंकलाही नै
    आफ्नो लगानीको secure गर्न मापदण्ड बनौन पर्छ
    नकी customer लाही tension दिनहुदैन

    Reply
  9. गोपी says:
    August 28, 2015 at 12:00 am

    फासिको सजाय नहुनाले यो हिम्मत जुरेको हो ,,
    यहि कहानीको सिखो गरेर बैंकिंग काम गर्ने
    अरुले यो भन्दा ठुलो उपद्रो नगर्लान भनेर
    बिश्वास गर्न सकिन्न ,,
    लुट ,, लुट ,, तिम्री आमाका छोराहरु ,,,,
    बिभिन्न बहाना गरि , विभिन्न तरिकाले
    सबैले लुटेरै सक्ने भए नेपाल ..
    नाम फेरेर नेपालको लुटपाल पो राख्नु पर्छ कि के हो ,,

    Reply
  10. Satya says:
    August 27, 2015 at 11:41 pm

    लाै जा हाम्रा दाजुभाइहरू पनी यस्ता भइ सके तैट नेपालकाे बिजाेग

    Reply
  11. jasmine says:
    August 27, 2015 at 11:31 pm

    हेर्नुस त खान त सबै मिल्दा रहेछन..को छैन यिहा? पहाडे मधेशी , जनजाती, महिला पुरुष सबै मिलेर खाएछन..

    Reply
  12. Rohini says:
    August 27, 2015 at 10:39 pm

    हैन किन यस्ता मानिसहरु नेपालमै जन्मिन्छन् ?

    Reply
  13. indra says:
    August 27, 2015 at 10:32 pm

    लुटेरा को टीम समाबेसी रहेछ. जनजाती, मधेशी, बाहुन छेत्री नेवार सबै

    Reply
    1. bekha says:
      August 29, 2015 at 9:35 am

      तर चोर बुद्धि त बाहुनले नै बनाउनु पर्ने रहेछ जनजाती तथा मधेसीले खान लाइ | हा हा हा

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme