Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दङ्गाग्रस्त क्षेत्र घोषित, के के अधिकार पाउँछन् सुरक्षाकर्मीले?

Posted on August 24, 2015August 24, 2015 by Salokya

राजधानी काठमाडौँ वैशाख १२ को भूकम्पका कारण अझै संकटग्रस्त क्षेत्र नै घोषित रहेको बेला तराईका केही जिल्ला भदौ ७ गतेदेखि दङ्गाग्रस्त क्षेत्र घोषित भएका छन्। कैलालीमा एसएसपीसहित सात जना सुरक्षाकर्मीको प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु भएपछि त्योसहित अरु जिल्ला पनि दङ्गाग्रस्त क्षेत्र घोषित भएको छ। दङ्गाग्रस्त क्षेत्रमा सेनासमेत परिचालन गर्न सकिन्छ भने सुरक्षाकर्मीलाई बिना पूर्जी पक्राउ गर्ने, खानतलासी गर्ने, नजरबन्दमा राख्नेदेखि हिंसात्मक तथा विध्वंसात्मक कार्य गर्नेलाई देख्ने बित्तिकै गोली हान्न सक्ने असीमित अधिकार दिइएको छ। हेर्नुस् स्थानीय प्रशासन ऐन २०२८ मा यससम्बन्धी के छ व्यवस्था ?





danga1
Fullscreen capture 8242015 112002 PM

कहाँ कहाँ दङ्गाग्रस्त क्षेत्र घोषणा? कहाँ कहाँ कर्फ्यु? नक्सामा क्लिक गरी हेर्नुस्-

आइतबार मात्रै कैलालीमा यस्तो सहमति भएको थियो।
Sadhvab

तर भोलिपल्टै यस्तो अप्रिय खबर आयो

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षको समाचार
नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षको समाचार




6 thoughts on “दङ्गाग्रस्त क्षेत्र घोषित, के के अधिकार पाउँछन् सुरक्षाकर्मीले?”

  1. bk gkl says:
    August 26, 2015 at 2:22 pm

    “सर्वे भवन्तु सुखिन
    सर्वे सन्तु निरामया
    सर्वे भद्रानी पश्च्यन्तु
    माकश्चिद दुख भाग्भावेत”
    म, तपाई अनि कैलाली को विभत्स घटनामा आफ्ना अमुल्य इश्वर प्रद्धत जीवन जनसेवामा उत्सर्ग गर्ने वीरहरु या साम्प्रदायक आबेगमा आएर मानवता लाई बिर्सिनेहरु, चाहे घटना बाट मर्माहत पक्ष वा कारक पक्ष, विरोधीहरु तथा समर्थकहरु तमाम विवादास्पद घटनाहरुका साक्षी दर्शकहरु हामी सम्पूर्ण नेपालीहरु शरीर र सम्प्रदायको आधारमा चाहे जुन सुकै परिचयात्मक आवरनको खोल हामीले ओढेका हौला तर मूल एवं शाश्वत रुपमा हामी उनै दया, करुणा, क्षमा, शान्ति- आनन्द-प्रेम का सागर सर्वशक्तिमान इश्वर पिताका अबिनासी आत्मिक सन्तानहरु हौँ अतः हाम्रो पनि मूल नैसर्गिक स्वभाव दया, करुणा, क्षमा अनि शान्ति र प्रेम हो तेसैले विविध बाह्य कारनले क्षणिक भावाबेसमा आएर हुनजाने गलत कार्य पश्चात हामी पश्चताप वा भय महसुस गर्छौं…वास्तबमा आदरणीय आत्मिय बन्धुहरु हामी न कोहि हिन्दु नत कोइ मुश्लिम नै नत कोइ ब्राह्मण नत शुद्र न कुनै बिहारी, मधेसी, पहाडी वा हिमाली नै न कोहि नेपाली न त कुनै हिन्दुस्तानी या त अमेरिकन नै ….यथार्थमा भन्नुपर्दा यी त हामी अजर, अमर, अविनाशी आत्माहरुले आफ्नो पुर्व संचित कर्म र संस्कार अनुसारको अविनाशी कर्म सिद्धान्त अनुसार प्राप्त गरेका कर्मका साधनहरु हुन्. तसर्थ सर्बप्रथम त हामी सबै एकै सर्बशक्तिमान परमात्मा पिताका अविनाशी सन्तान अति सुन्दरतम रचना एकै विश्व परिवारका सदश्यहरु हरु हौ देवताहरुका वंशज सबश्रेष्ठ मानवात्माहरु हौ तेस्पछि मात्र नेपाली अतः हिमाली पहाडी मधेसी को संकुचित साम्प्रदायिक तथा जातीय बिल्ला भिरेर इश्वर पिताका एक सन्तानले अर्को सन्तान अर्थात् आफ्नै भाई को बिभत्स हत्या गर्ने जस्तो क्रुर दानवीय खेल अर्थात् जघन्य अपराध अनि महापापमा सहभागी भई नेपालको गौरवशाली इतिहासमा अमीट कालो धब्बा नबनौ…..विविध सुगन्धित पुष्पहरूद्वारा सुसज्जित संसारकै सुन्दर फुलबारी देश, देव भुमि नेपाललाई भयङ्कर तीक्ष्ण काडाहरुको अनकन्टार जंगल मा परिणत नगरौ …..आफ्नो साश्वत आध्यात्मिक पहिचान बाट वसुधैवकुटुम्बकमको महामंत्रलाई शिरोधार्य गर्दै सुख,शान्ति र भातृत्वले सुशोभित एक सभ्य आदर्श र समुज्ज्वल समाज को निर्माणमा सबैले आजै देखि जुटौ इश्वरका सर्वश्रेष्ठ रचना हामीहरुले इश्वर पिताको सिर लज्जाले झुक्ने कुनै दुष्प्रयास संकल्प मात्रै पनि नगरौ …हवस्त.. विदा लिने अनुमति चाहे
    धन्यवाद!?/,.:

    Reply
  2. bibek dhakal says:
    August 25, 2015 at 5:56 pm

    आस गरम नेपाली सेनाले संयमता अप्नाओस र कुनै आन्दोलनकारी वा सुरक्षाकर्मी को ज्यान गुमेको समाचार सुन्न नपरोस. सुरक्षाकर्मी लाएर संघियता दबिन्न अब. हिजो माओवादी द्वन्दकालमा संबिधानसभा र गणतन्त्रको नाम सुन्न नचाहने नेपालीहरु आफैले गणतन्त्र लेराएर छोडे , अहिले संघियताको कुरा नि यस्तै हो. सबै को हक अधिकार सुनिस्चित होस्. एउतै देशमा दोश्रो दर्जाको नागरिक भएर बस्नु पर्ने, देशको स्रोत, साधन, राजनीति र प्रशाशन कुनै ठाउँ विशेष वा जात विसेश्ले ओगटेर बस्ने परिपाटी अन्त्य होस्…

    Reply
  3. Durga Adhikari says:
    August 25, 2015 at 8:25 am

    नेपालको इतिहासमा अर्को यौटा कालो दिन/ सबैलाई सान्तिपूर्ण ढंगले अगाडी बढ्न अनुरोध छ/ यौटा नेपालीले अर्को नेपालीलाई मारेर केहि हुदैन/ संयमताका साथ नेपालको सुनौलो भबिस्यको रेखा कोर्दै नया इतिहासको सुरुआत गरौ/

    Reply
  4. शैलेन्द्र says:
    August 25, 2015 at 8:02 am

    कसैलाइ थाहा छ? 
    कसैलाइ थाहा छ भोलि के समेत हुन सक्छ? 
    भ्रस्टाचार अनि घुस्खोरीले खोक्रो भैसकेको यो देशमा जब नेपाली नेपाली लड्नु सुरु गर्छन। विभिन्न वाहिरी शक्तिहरु येहि मौका छोपेर नेपाल आउछन।विभिन्न छाद्द नामबाट नेप्टे र चुच्छे काले र गोरे हिन्दु र गैर हिन्दुको बीचमा उत्तेजना फैलाइ झगडा गराउने छन। झगडा मिलाउने नाममा शान्ति सेना के के अन्य सेना हातहतियार समेत आउने छ्न। मिलयेको जस्तो गरि बिस्तारै यिनिहरुले हाम्रा घुस्यहा नेताहरु किन्ने छन। अनि हामी माथी राज गर्ने छन। अवाज उठाउनेलाई हाम्रै अगाडी गोलि ठोक्नेछन।हामी हाम्रै देशमा दास बन्ने छौ।हाम्रा सम्पुर्ण अधिकारहरु खोसिने छन। बोल्नेहरुलाइ आतंककारी भनेर मारिने छन। हामी आफ्नै नेपाली दाजुभाइलाई एकअर्काको रगतको भोको बनाउने छन। जुधौन सम्म जुधौने छन। देशको सरकार शून्य बन्नेछ। देशका सबै जमिन बाझो बस्ने छन अनि सबै उधोग कलकार्खना बन्द हुनेछन। अनि अलि अलि बचेको पनि लुटपाट हुनेछन।केटा केटी भुरा भुरी खान नपाइ मर्ने छन। अनि सुरु हुन्छ बास्तबिक खेल। हाम्रा लागि सन्सारभर डोनेशन सन्कलन हुनेछन। तेस्को केही पैसाले हाम्रो लागि हेलिकप्टरबाट पाउरोटी खस्ने छन।अनि तेहि भिडियो देखयेर चन्दा सन्कलन गर्ने बिदेशीहरु मालामाल हुनेछन। हाम्रो नेपाली रुपिया कागजको भाउ हुनेछ। हाम्रो देश्मा बिदेशी डलर मात्र चल्ने छ। अनि तेइ डलरले हामीलाई दास बनाइ हमिमाथी बिदेशिले शासन गर्नेछन। हामी जात अनि धर्मको लागि लडने नेपाली भनेर सन्सार भरी बद्नाम गर्नेछन्। हाम्रो देशमा कति मान्छे मर्यो भनेर cnn, bbc लाई समाचार बन्ने छ। हामी मरेको मर्यै सन्सार हेरेको हेर्यै। जतततै बिदेशी पत्रकार अनि बिदेशी सेना। 
    अहिलेको जमानामा जात र धर्मको कुरा गर्नु नै मुर्खता हो। येदि गर्नु नै छ भने नि सकारात्मक कुराहरु मात्र गरौ। एकले अर्कालाइ सम्मान गरौ। आपतको बेलामा सहयोग गरौ। नेपाली नेपाली बिचको माया अनि आस्था जोगाउ। बिरोध भ्रस्टाचार को गरौ। बिरोध नाताबादको गरौ। बिरोध कुसस्कार को गरौ। कुनै जात धर्म अनि कुनै समुदाये बिरोध कहिले नगरौ। हिमाल पहाड तराई कोहि होइन पराइ। शान्ति अनि मेलमिलापबाट असल नेतृत्व चुनौ। आफ्नो कमजोरी सच्याउ अनि द्रुत बिकासको लागि तैयार हौ। घुस नदिने /नलिने कसम खाउ। सरकारी काम इमानदारीसाथ जागर देखायेर गरौ। स्वोदेशी उत्पादनलाई पहिलो प्रथमिक्ता दिउ। सके सम्म अफ्ना समस्याहरु आफै समाधान गरौ। कर तिरौ। बिदेशबाट फर्कदा तेहा सिकेका सीपहरु स्वदेशमा सदुपयोग गरौ। बिदेश पढ्न गयेकाहरु नेपालमै आयेर सेवा गरौ। फजुल खर्च कम गरौ। समये बर्बाद नगरौ। खेत बाझो नछोडौ। नेताको पछि नदौडौ। असक्षमलाई दोस्रो मौका नदिम।
    हामी नेपाली ,हाम्रो प्यारो नेपाल !!

    अबको नया शक्ति “आशा नयापुस्ता नेपाल (ANGN)

    Reply
    1. Rosham says:
      August 25, 2015 at 8:23 pm

      सैलेन्द्र सरको कति सरल कति मिठो सब्दहरु | सबैले मनन गर्नु पर्ने |

      Reply
  5. Shankar says:
    August 25, 2015 at 7:29 am

    येस्पाली पक्कै दमन हुनेछ , पहिले जस्तो स्थिति हैन यो | पहिले गिरिजा ले सफ्ट कर्नर राख्यो बिहारी प्रति , किनकि उ आफै बिहारी पुत्र थ्यो( जन्म बिहार ) |
    एता राजेन्द्र महतो को उग्र भासन सबैले सदन मा सुने , उता पहाडिया पुलिस हरु निर्मम मारिए , अब इन्डिया बाट आन्दोलन मा हेल्प गर्न आएका भनिएका बिहारी हरु
    कालो पलास्तिक ले बेरिएर सुट केस मा गुडेर फर्किन्छन जस्तो छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme