Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अस्तिको बन्द नसेलाउँदै फेरि बन्द

Posted on August 23, 2015 by Salokya

संविधान ल्याउने तयारी भइरहँदा प्रदर्शन र बन्दका गतिविधिहरु झन् चर्किएको छ। तराईका लगभग सबै जिल्लामा थारु र मधेस केन्द्रित दलहरुले साउन ३१ र ३२ को बन्दपछि अनिश्चितकालीन बन्द जारी राखेका छन्। सर्लाही, रुपन्देही, कैलाली आदि ठाउँमा कर्फ्यु लगाउनु परेको छ। तीन दल प्राइभेट लिमिटेडले कर्णालीलाई अलग्गै प्रदेश बनाएर उनीहरुका माग सम्बोधन गरे पनि थारु र मधेस केन्द्रित दल अनि आदिवासी जनजातिहरुको मागलाई थाती राख्यो। त्यही भएर फेरि अर्को बन्द आइतबार खेप्नु परेको छ। यो पनि दुई दिने बन्द रे। अनि आयोजक आदिवासी जनजाति महासंघ जसका अध्यक्ष नगेन्द्र कुमाललाई नेपाली कांग्रेसले सभासद् मनोनीत गरेको हो।

काठमाडौँलाई एक साता नबित्दैको अर्को बन्दले दिक्क बनाएको छ। बाहिरका जिल्लाहरुमा के हालत होला? जहाँ अहिलेसम्म बन्दको बन्दै छ।

सात प्रदेशको नयाँ सहमतिले झन् असहमति बढाएको छ। अब गच्छदारसमेत आन्दोलनमा जाने भन्दैछन्। चार दलको अहिलेसम्मको एकता टुटेको छ। यसै पनि अन्य मधेसकेन्द्रित दलहरु सडकमा छँदै थिए। गच्छदारलाई मनाउनका लागि आइतबार बिहान उनीसँग वार्ता गर्ने भनिएको छ। गच्छदार आठ प्रदेशको अडानमा छन्।

कर्णालीको आन्दोलनले ६ प्रदेशबाट ७ प्रदेशमा सहमति हुन पुग्यो। के अब गच्छदारको आन्दोलन वा आन्दोलनको चेतावनीले आठ प्रदेश बन्ला त? खै के भन्न सकिन्छ र। यो प्रदेशको संख्या पनि नेताको लहड जस्तै भइसक्यो। कहिले आठ प्रदेशमा सहमति गरेको छ। कहिले हैन हैन छ भनेका छन्। फेरि त्यसलाई होइन सात पो त भनेका छन्।

आन्दोलन बढ्दै गर्दा यता संविधानको प्रक्रिया पनि अघि बढ्ने भइसकेको छ। आइतबार साँझ ६ बजे संविधानसभाको बैठक राखिएको छ जसमा मस्यौदा समितिले सात प्रदेशसहितको परिमार्जित मस्यौदा प्रतिवेदन पेश गर्नेछ। अब यसमा छलफल हुनेछ र संशोधन राख्न पाइनेछ। यो नै अन्तिम अवसर हुनेछ संविधानमा सच्याउने। त्यसैले त्यतिन्जेल सहमतिको प्रयास र सम्भावना पनि जारी रहनेछ।

8 thoughts on “अस्तिको बन्द नसेलाउँदै फेरि बन्द”

  1. nisan says:
    August 24, 2015 at 11:17 am

    मैले नाबुजेको कुरा ..यो बन्द को थालनी कहिले बाट भएको होला ?एसको विकल्प के हुन सक्छ ?बिस्व मा एस्तो पनि देश हरु छन् जहाँ बन्द को नाम पनि सुनिन?बन्द लै सधैको लागि बन्द गरौ …….जसरि बस लै नचलाई कन राख्यो भने खिया लागेर काम नलाग्ने हुन्छा नि Nepal लै नि बन्द गरेर चल्न दिएन भने देश बिग्रिन्छा ,,,,,,,,चेतना भया …………..जय नेपाल

    Reply
  2. Saurav Rawal says:
    August 23, 2015 at 9:46 pm

    हचुवा को भर मा परदेश को सिमांकन गरेपछि येस्तई हो !

    Reply
  3. krishna says:
    August 23, 2015 at 6:49 pm

    The better solution will be to let the 5 development regions as 5 states of Nepal. And I guess everybody will agree with this.

    Reply
  4. dor prasad says:
    August 23, 2015 at 5:15 pm

    कुमाल प्रदेश, राना प्रदेश, थापा प्रदेश, शर्मा प्रदेश, नेउपाने प्रदेश , यादव प्रदेश, थारु प्रदेश, धिमाल प्रदेश, लिम्बु प्रदेश, देउबा प्रदेश, महतो प्रदेश, आदि यितादी …. जे प्रदेश बनाए पनि देश विकास गर्न , हात मुख जोड्न, केटाकेटी पढाउन, औसधि उपचार गर्न काम गर्नु पर्छ | देश मा कामचोर को बिगबिगी रहे सम्म र काम गर्ने संस्कार न रहे सम्म के हुदैन !

    एक दिन बन्द गर्दा कति आथिक नोक्सान हुन्छ र छिमेकी भारत र चिन ले १ दिन मै कति प्रगति गर्छन भन्ने यी पटमुर्ख नेता लै के थाहा ! बन्द भाहेक अर्रुकिसिम ले पनि बिरोध गर्न सकिन्छ, कहिले बुद्धि आउने, धिक्कार छ !!!!

    Reply
  5. अभागी कान्छा गाउले says:
    August 23, 2015 at 12:20 pm

    हैन हौ नेपाल तेस्को बाउको बिर्ता हो र जहिले पनि बन्द को बन्दै !!!???
    बन्दले देश बन्दैन . कुकुरलाई नि बोलायो भने भनेको मान्छे, हामीले पालेको कुकुरले त किन हो फिटिक्कै मान्दैन ! साला गु मात्र खाएका कुताहरु परेछन ! थुक्क….
    त्यहि पाच बिकास क्षेत्रलाई नै बरु प्रदेश बनाउनु नि ! अलिकति भए नि बिकासमा नेपाल अघि त बढ्थ्यो होला !!!

    साला भन्न नि अब त आफैलाई शब्द खर्चिनुमा बेकार लाग्न थालि सक्यो यार ! गु खानेलाई के थाहा बिकास भनेको के हो ???

    जुन जुन पार्टीले अब बन्द गर्छ त्यसको नाइके नेतालाई चरी जस्तै ढाल्नु पर्छ ! घैटे जस्तै प्याट फोड्नु पर्छ ! अनि जति नि छन् हरुवा चरुवा सबैलाई ३ दिन सम्म दाना न पानी बन्द गरेर सक्नु पर्छ ! अनि आफै खानाको लागी राम्रो काममा अघि बद्छन नत्र त उही हो नेपाल….. बन्दैन, बन्दै बन्दले…….

    [email protected]
    JHAPA

    Reply
  6. Mk says:
    August 23, 2015 at 8:31 am

    सवै लाइ मन्जुर हुने संबिधान असम्भव छ / तेसैले , ‘न हुने मामा भन्दा कानो मामा निको’ भने झैं , जे जस्तो भएपनि सुरुमा जारी गर्नु पर्छ , र पछि संसोधन गर्दै, परिमार्जित गर्दै जाने हो /

    Reply
  7. Durga Adhikari says:
    August 23, 2015 at 7:33 am

    बन्ध गर्ने बादरहरुको सत्यानास होस्/

    Reply
  8. दिनेश छेत्री says:
    August 23, 2015 at 6:46 am

    अब जुनसुकै तरिकाले प्रदेश बनाएपनि बिरोध हुन्छ !!! संघियेताको बिसयमा जनमत संग्रह गरेर फैसला लिनुपर्छ अब !!!! हिमाल, पहाड र तराई एक आर्काका परिपुरक छन् !!!! संघियेतामा जानुनै छ भने पनि हरेक प्रान्तले उत्तर दक्षिण छुने गरेर, बिज्ञ हरु संग सल्लाह गरेर नेपाल लाइ सम्ब्रिधीमा लाने गरेर , ततस्त नाम भएका बढीमा ४ प्रदेश बनाउनुअर्छ !!!! हैन भने ५ बिकास छेत्रलाई नै ५ वोटा प्रदेश बनाउनु पर्छ !!! यो मात्र कम बिबादित हुन्छ !!! संकीर्ण जातीय पहिचान भन्दा पनि नेपाली पहिचानमा गर्ब गरौ !!! जय नेपाल, जय नेपाली

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme