Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिमालयन जाभा कफी सपका सञ्चालक यसकारण पक्राउ परे

Posted on August 6, 2015 by Salokya

himalayanकाठमाडौँका कफी पारखीहरुले चिनेकै नाउँ हो हिमालयन जाभा। हिमालयन जाभाका काठमाडौँका धेरै ठाउँमा पसल छन्। त्यसमध्ये एउटा ठाउँ हो वसन्तपुर। हो यहीँ रहेको पसलबाट बुधबार साँझ प्रहरीले एक सञ्चालकलाई नियन्त्रणमा लिए।

कारण के त ?

कालोबजारी। यो पसलमा एक बोतल पानीको १ सय ३० रुपैयाँ लिएर बेचेको भन्दै जनसेवा प्रहरीले सञ्चालकमध्ये एक गगन प्रधानलाई नियन्त्रणमा लिएका हुन्।

हेर्नुस् प्रहरीले दिएको जानकारी
java

के सजाय हुनसक्छ त उनलाई ?
nafa
स्रोत : कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२

तपाईँलाई पनि कतै यसरी नै बढी मूल्य लिएर केही सामान बेचेको छ कि ? उजुरी गर्नुस् है।

19 thoughts on “हिमालयन जाभा कफी सपका सञ्चालक यसकारण पक्राउ परे”

  1. narendra says:
    September 5, 2015 at 6:58 am

    Yes i know, there is something wrong on. On my last vacation i went for a cup of coffee. At the counter, there is a discount tag for Qatar airways privilege members. It said there is % discount for these members but server denied for discount even i asked for it. It makes me really disappointed.

    Reply
  2. Prakash says:
    August 10, 2015 at 1:40 pm

    I think all the starred hotels and restaurants need to be raided for high price. They all sell their product at a very high margin.
    PEOPLE, you look at the menu and if you think the price is high, go to different restaurant. YOU have CHOICE. If you can afford taxi you have micro bus.

    Reply
  3. Kamal says:
    August 8, 2015 at 12:22 pm

    ए बाबा, के हो एस्तो!
    नाफाखोर लाइ कार्वाहे गर्न राम्रो हो तर खालि सानो माछालाई मात्र पक्रने?
    अख्तियार पनि भुरा भुरी लाई मात्र समात्छ| टन्न खाने ठुलो पिराना र व्हेललाई
    त्यसै छाडिदिन्छ|
    सोल्टी, अन्नपुर्ण आदि होटलमा सयौ प्रतिशत नाफा लिएर बेचेको कसले देखने?
    एयरपोर्टको पसलमा त्यस्तै छ|
    के हो ताल यो? हामी ठिक बाटोमा गएका छैनौ भन्ने त् देखिरहेकै छौ| तर किन खाडलतिर मोदिरहेका छौ?

    Reply
  4. सिर्जने says:
    August 7, 2015 at 10:51 pm

    वाहियात काम! सरकारको ध्यान कम आय भएका जनतालाइ नभई नहुने दैनिक उपभोग्य बस्तु सुलभ मुल्यमा उपलब्ध हुने ग्यारेन्टी गर्नमा जाओस न कि २-४ जना हुनेखानेले जाने टल्किने कफी सपमा /
    यो कि त मिडिया स्टन्ट हो कि त अर्को कफी शप ले यो कफी सप को खुट्टा तान्न खोजेको हो /

    Reply
  5. बशन्त राज says:
    August 7, 2015 at 10:05 pm

    खाडीमा दुख गर्दै छु / बहिनिले केहि दिन अघि जाभा कफी पसल को मुख्य अफिसमा गयर तालीम लीएको भन्दै थिई / अनि बनेपामा शाखा पनि खोल्नु पर्यो भन्ने कुरा उत्त तालीममा मेरो बहिनीले राखेको रहिछ / अनि तालीम लीनेले हुन्छ तर सुरुमा २५००० रुपैया डिपोजिट राख्न्नु पर्छ भनेछ / अनि मलाई बहिनीले बारम्बार फोन गरेर तुरुन्तै पैसा पठा दाई भनि / मैले किन भनेर सोधे? उसले सबै कुरा भनि / मैले केहि दिन पख मेरो तलब आको छैन भने / तर अझ मेरो संसार पढे पछि पैसा नपठाउने भय / अनि बहिनीलाई पनि यस बारे समयमै फोन गरेर भने / उसले पत्याएको नै छैन के गर्ने गर्ने ???? यो हिमालयन जाभाको भुत बहिनीलाई लागे देखि मलाई चिन्ता लागेको लागै छ / के गर्ने होला हे हरी ///////

    Reply
  6. Prem says:
    August 7, 2015 at 4:32 pm

    राम्रो खबर

    Reply
  7. Ramesh Jain says:
    August 7, 2015 at 3:22 pm

    यदि यो कुरा सबैलाई लागु हुने हो भने नेपालमा एन्टी भाईरस बेच्ने (पसले होइन मेन इम्पोर्टर साहु ) हरुको भागा रे भाग हुने भो नि , १५००% सम्म नाफाखोरी छ झन् यसमा त ….लौ सरकार आफै चेक गरेर केहि गर्न सक्छौ कि FIR नै LODGE गर्नु पर्ने हो पिडित जनताले ???

    Reply
  8. Yubraj says:
    August 7, 2015 at 9:57 am

    यसरि कारबाही गर्न सक्ने भए नेपालको राजमार्गहरुको छेउछाउमा रहेका होटेल तथा पसल हरुले १५ रु को चाउचाउको २०-२५,फ्रुटीको २५-३०, ४० को लेज को ६० मा धमाधम दैनिक यात्रीहरु लाई ठगि गर्ने लाई कारबाही गर्न सक्न पर्यो नि.. लाखौ उधाहरण छ, खुलम खुल्ला बिक्रि वितरण गरेको देख्दा देख्दै स्थानीय प्रशासन के हेरेर बसेको छ ?
    सस्तो लोकप्रियता हो यो सब…

    Reply
  9. Shankar says:
    August 7, 2015 at 8:25 am

    जलस्रोत को धनि देश ,चन्द्र सेखर र सुब्रमन्यम ले खल्तीमा हालेर चाक्सी बारीमा ल्याइदिएको बहुदल देखि मेलाम्चोको पानि पिउने सपना देखेका नेपालि जनता लाइ बाबुराम प्रचण्ड को नया नौलो नेपाल सम्म आइपुग्दा पानीको बोतल को १ सय ३० तिर्नुपर्ने दिन पनि आयो ! हे देब

    Reply
  10. nidesh says:
    August 7, 2015 at 6:37 am

    सरकार एसो राजमार्ग तिर पनि जानु पर्यो .

    Reply
  11. XYZ says:
    August 7, 2015 at 6:34 am

    Fixing 120% profit margin is very controversial decision, this will trigger a round of debate on law and business practices in Nepal. It will be worthwhile to have comments from honchos at FNCCI and Nepal Chamber.

    Reply
    1. bibek dhakal says:
      August 8, 2015 at 1:29 pm

      के को आधारमा १२० प्रतिशत प्रफिट मार्जिन भन्नु भयो? तेसोभाए ५ तारे होटेल हरुले र गोरक शेप र थोरंग फेदीको व्यापारीले ४०० प्रतिशत प्रफ़िट मार्जिन राख्छन , तपाइंको लजिक अनुसार ??

      Reply
      1. XYZ says:
        August 9, 2015 at 8:34 pm

        If you have a little bit of bibek (white stuff inside your head) why don’t you read the highlighted line in the post? It clearly says 120% margin.

        Reply
        1. Chetan says:
          August 10, 2015 at 10:02 am

          सयकडा बीस, मतलब सय को बीस, मतलब २० out of १००, मतलब २०% …….अलि राम्रो संग हेरौन XYZ जी!!

          Reply
  12. kedar says:
    August 7, 2015 at 2:52 am

    कफीको चुस्की लिन महंगीको मारमा चेपिएका सर्बसाधारण पुग्ने होइनन होला तेस्तो रेस्टाउरेन्टमा पक्कै पनी |

    खुल्ला प्रतिष्पर्धात्मक बजार अपनाइएको देशमा मेन्युमा मूल्य तोकेर वा देख्नेगरी मूल्य टाँसेर पानीको दाम १३० रुपैयाँ असुल गरिएको हो भने तेस्लाई कालो बजारी भन्न मिल्दैन |

    एकातिर प्रतिस्पर्धात्मक खुल्ला बजार भन्दै देशी लगाएत बिदेशी लगानीकर्तालाई समेत देशमा लगानी गर्न हार गुहार गरि राख्ने अनि ४० बर्ष पुरानो बजार सरकारी नियन्त्रणमा राख्नु पर्छ भन्ने पंचायेती कानुन लगाएर उपभोक्ताको हित संरक्षण गर्ने नाटकले लगानीकर्ताको मनोबल के हुन्छ होला ? कि त प्रतिस्पर्धात्मक खुल्ला बजार भन्ने नाटक बन्द गर्नु परो |

    १ बोतल पानीको दाम १३० रुपैयाँ महँगो होला तर बसन्तपुर जस्तो टुरिस्ट एरियामा चर्को शटर भाडा तिरेर युवा जति विदेशिएको देशमा मान्छेलाई जागिर खुवाएर सयकडा २० प्रतिशत मात्रै मुनाफा राखेर ६ महिना मात्रै कसैले रेस्टाउरेन्ट चलाएर देखाईदिन्छ भने म पनी लगानी गर्नु परो | अझ डन र पुलिसको हप्ता पनी तेसै बाट निकाल्नु पर्ने होला |

    तारे होटेलहरु भित्रको चार पाँच सय रुपैयाको चिया कफी र तेस्तै महँगो पानीको मूल्यलाइ चै के गर्छ अरे नि पुलिसले ?

    Reply
  13. सुरज श्रेष्ठ says:
    August 7, 2015 at 1:31 am

    एक प्लेट कुखुराको मासुको मम ९० रुपैया देखि २०० रुपैया सम्म पाएको छु । यो मुल्य १००% भन्दा फरक भयो ।

    के गर्ने होला !!! ल अब यस्तो बढी मोल लिने मम पसल मालिकहरुलाई क़ैद सजाय हुने भयो ।

    सुरज

    Reply
  14. Chetan Nepali says:
    August 7, 2015 at 12:27 am

    कुनै बस्तु वा सेवाको मूल्य निर्धारण लाभ त उसको अन्य Overhead costs ले निर्धारण गर्छ नि !

    gaai काटेर खानेलाई जेल हाल्ने जस्तै yo arko अब्यबहरिक कानून ! >२०%

    Margin र अभावको लाभलाई एउतै तराजुमा जोख्ने अब्यबहरिक पंचायत कालको कानून हटाउनु पर्छ !

    Reply
  15. bijay says:
    August 6, 2015 at 11:51 pm

    I am not very sure if this qualifies as black marketing. I have not been to this place, but heard about it from the friends who did not mind spending money there.
    The prices of services and products are likely to be higher or lower depending on the place. Soaltee or Hyatt might charge more for the same bottle of water. But it is utlimately upto the consumer whether to pay that price or not when other options are available.

    I myself have paid Rs75 for a cup of black coffee 15 YEARS ago at Godavari Resort. It would have cost probably Rs10 out at a normal restaurant back then. I felt pretty dumb doing that. But I guess they have a place to run as well.

    As long as consumers keep consuming the comodities at the higher price, sellers will not care to do anything about it.

    Reply
    1. Uttam says:
      August 9, 2015 at 11:51 am

      You are right. We, Nepalese consumers, feel shy about inquiring about the reason behind high priced product and services in so called “show off” places like star hotels, expensive restaurants and cinema halls, brand selling shops etc.

      I once ordered cookies priced Rs. 95 at Java. I was waiting for a plate full of cookies but there were only two. One cookie for Rs. 45. I was about to ask to the waiter about this but my friends stopped me and told me that “its normal”. They whispered that to me as they were extra attentive in not letting anyone around in the shop find out that they “care about prices”.

      I told myself that its not normal. Our “show off trends” and “inferior feelings” are not normal

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme