अहो, त्यो वैशाखको भूकम्प र त्यसपछिको कोलाहल र त्रासदी…सम्झँदा अझै मन बेचैन हुन्छ। बिस्तारै मान्छेले यसलाई भुल्दैछन्। वैशाख १२ को यो भूकम्प र त्यसपछिका परकम्पहरु वैज्ञानिकहरुका लागि पनि ठूलो अनुसन्धानको विषय बनेको छ। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले पनि यसबारे अध्ययन गरेको छ। भूकम्प लगत्तै आएका लो र हाइ फ्रिक्वेन्सीहरुलाई वैज्ञानिकहरुले नक्सामा उतारेका छन्।
भूकम्पका कारण धाँजा फाट्दा तीन चरण उनीहरुले देखेका छन्। पहिलो चरण कमजोर र स्लो मुभिङ रहेछ। दोस्रो चरण त काठमाडौँ नजिकै रहेछ। यसलाई उनीहरुले मोस्ट ड्रामाटिक स्लिप भनेका छन्। तर काठमाडौँवासीको भाग्य, यसले हाइ फ्रिक्वेन्सी वेभ भने तुलनात्मक रुपमा कम उत्पादन गर्यो। तेस्रो चरण स्लो थियो। यो तीन चरणको भूकम्पका क्रममा ३८ वटा परकम्प गएका थिए। सम्झँदा पनि अत्यास लाग्छ, छिनछिनमा बेस्कन हल्लाउँथ्यो त्यतिबेला। कति पटक त सडकमै थचक्क बसेका थियौँ। त्यसरी बस्दा सडक मुनिबाट कसैले हानेको जस्तो हुन्थ्यो।
हेर्नुस् भूकम्पको एनिमेसन