हामी यम भन्छौँ, अङ्ग्रेजीमा प्लुटो भनिन्छ। पृथ्वीबाट धेरै टाढा रहेको यो ग्रह पत्ता लागेकै बल्ल ८५ वर्ष भयो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको उपग्रहले प्लुटोका दृश्य खिच्न सफल भएको छ। अझ हाम्रो लागि के रोचक रह्यो भने त्यहाँ देखिएका अग्ला अग्ला पर्वतको नाम प्रथम सगरमाथा आरोही नेपाली तेन्जिङ नोर्गेको सम्मानमा नोर्गे मोन्टेस राखिएको छ। नासाका जेफ मूरेले पिबिएसलाई बताए अनुसार ‘सौर्य मन्डलका कुनै पनि ठाउँको नाम नेपालीको नाममा रहेको यो पहिलो हो।’ जमानामा हाम्रा जनकविकेशरी धर्मराज थापाले गाएका थिए- हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजा खैँजडी, झम्केर नाच मुजुरा। थापा जिउँदै भएको भए अर्को एउटा गीत पनि थप्थे कि। आउनुस् हेरौँ कस्तो देखिँदो रहेछ त यम ग्रहको नोर्गे पर्वत।
यता लालबाबु पण्डितलाई ताली ठोक्ने अनि उता तेञ्जिङ्ग नोर्गेको नाम भयो भन्दै हल्ला गर्नुपर्ने केही कारण छैन.
पुनश्च: प्रकाशको गति तीन लाख कि.मि. प्रति घण्टा हुन्छ ;र प्रकाश लाइ प्लूटो सम्म पग्न साढे चार घण्टा लागछ | प्लूटो अर्थात यम ग्रहको दूरी पृथ्वी बाट सात अर्ब पचास करोड कि.मि. रहेको छ |
हामीले हाम्रो देशका सम्पत्तिलाई चिन्न सकेका छैनौ । तर संसारले चिनेको छ ।
This might be a subject of ‘High pride’ for the hypocratcs of Nepalese beurocrats… काम बिनाको ठूलो नाम : कैले न अस्ताओस सूर्य बिनाको घाम !!
यो बढा जाल झेल जस्तो लाग्छ , कैयेउ लाइट एयर पर पुगेर फोटो लि सकेपछि त् अलि ठ्याम्मै पहाड को नजिक लिएको भए न हुने ? यो तिरिमिरी झ्याइ पिक्चर पठाएर उल्लु बनायो जस्तो लाग्छ |
कहिले येलियाँन को फोटो भन्छ , कहिले मंगल मा पानीको स्रोत पाइयो भन्छ , हाम्रो चियापसल को जस्तै गफाडी पो छ कि नासामा के हो ?
कैयौं लाइट एयर होइन साथी लगभग साढे चार लाइट घण्टा टाढा छ प्लूटो ग्रह त्यो भनेको पनि निकै टाढा हो त्याहा सूर्यको प्रकास हाम्रो जून जत्तिकै उज्यालो मात्र हुन्छ त्यसैले न्यूहोराइजन अन्तरिक्ष यानमा विध्युतको श्रोत सोलार प्यानल नभएर आणवित श्रोत (RTG ) राखिएको हो |
नजिकको फोटो किन नलिएको भने यान ठ्याक्कै प्लूटोमा ल्याण्ड गरेको नभइ ग्रहको करिब सात हजार कि.मि. माथी बाट पास भएको हो यस्तो मिशन लाइ अन्तरिक्ष अनुसन्धानमा फ्लाइबाइ मिशन भन्दछन | प्लूटोको अनुसन्धान पछि पनि यो यानको उडान जारी छ र यस्ले कुइपर बेल्ट भनिने क्षेत्रमा रहेका अरू ससाना पिण्ड हरुको पनि अनुसन्धान गर्ने लक्ष नासाका वैज्ञानिकहरुको छ | यानमा रहेको आणविक विध्युत श्रोतले सन २०३०को दशक सम्म धान्ने उनिहरु बताउछन | शंकर जी लाइ यो सब जाल झेल जस्तो लाग्ने कारण पर्याप्त जानकारी र रुचि नभएर होला जस्तो लाइराछ हाम्लाइ , शालोक्य जी लाइ रोचक जानकारी दिनु भएकोमा धन्यवाद |