Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाबाट १० लाख डलर लिएर टाप ठोकेका पंकज जोशी ६ वर्षसम्म बेपत्ताको बेपत्तै

Posted on July 6, 2015July 7, 2015 by Salokya

pankaj
पंकज जोशी फेरि एक पटक अमेरिकी मिडियामा छाएका छन्। केआइ टिभीले जोशीबारे फेरि एउटा समाचार बनाएको छ। जोशी अन्तिम पटक थाइल्यान्डमा देखिएको हुनाले उनी हाल नेपालमै भएको हुनसक्ने अनुमान समाचारमा गरिएको छ। अर्कैको नाममा परेको १० लाख डलरको चिट्ठा लिएर टाप ठोकेका पंकज जोशी इन्टरपोलको रेड कर्नर नोटिसमा छन्। उनी जहाँ भए पनि १९० देशका पुलिसले भेट्टायो भने अमेरिका पुर्‍याइदिनसक्छ जहाँ उनले २० वर्षसम्म जेल सजाय पाउन सक्छन्। उनले ठगेका व्यक्ति विलिस विलिस जसलाई चिट्ठा परेको थियो, उसले आधा जति रकम भने पाइसके। त्यो रकम पंकज र उनका आफन्तको बैङ्क खाताबाट सिज गरिएको हो।

भएको के थियो?
यो सन् २००९ को घटना हो। पंकज जोशीले एक ग्राहकलाई झुक्याएर त्यो १० लाख डलरको चिठ्ठा आफ्नो हात पारेका थिए। भएको के रहेछ भने उनी काम गर्ने Grand Prairie convenience store मा आएका एक ६७ वर्षीय ग्राहकले उनलाई १० लाख डलरको चिठ्ठा टिकट आफूलाई पर्यो कि परेन हेर्देउ न भनेका रहेछन्।

अहो, ठ्याक्कै त्यही नम्बरलाई परेको रहेछ। अब धन देखेपछि महादेवका तीन नेत्र। यो बूढालाई के थाहा होला र भनेर उनले धत् तँलाई त २ डलर मात्रै चिठ्ठा परेछ भनेछ र सुटुक्क त्यो टिकट बोकेर चिठ्ठा रकम दिने कार्यालय अस्टिनमा गएर १० लाख डलर साटेछन्। त्यसपछि बेपत्ता।

भाग्य खुलेर पनि अभागी भएका बूढाले प्रहरीमा उजुरी हालेपछि पंकजको दशा सुरु भएको हो। १० लाख डलरको चिठ्ठा भए पनि कर काट्दा उनले साढे ७ लाख डलर मात्रै हात पारेका थिए। त्यो रकममध्ये अमेरिकी प्रहरीले अनुसन्धानका क्रममा करिब ३ लाख ६५ हजार डलर उनको बैङ्क खाताबाट जफत गरिसकेको छ। भनेपछि उनीसित ३ लाख ८५ हजार डलर जति मात्रै बाँकी छ। तर यो पैसा पनि उनले सजिलै कुम्ल्याउन सक्ने देखिँदैन। काठमाडौँमा उनको नाममा र उनका आफन्तहरुको नाममा रहेको केही बैँक खाता नेपालको प्रहरीले रोक्का गर्न लगाएको थियो। अकस्मात् ती खातामा ठूलो रकम आएको देखिएकोले रोक्का गरिएको रहेछ।

तर, चलाख जोशीले सबै पैसा भने बैँकमा पनि राखेका रहेनछन्। आधाभन्दा बढी पैसा ती खातामा समेत प्रहरीले फेला पार्न सकेको रहेनछ। नेपालको प्रहरीले अनुसन्धान सुरु गर्नुअघि नै उनले पैसा निकालेर केही ठाउँमा जग्गा किनेको अनुमान प्रहरीले गरेको रहेछ।

जग्गै किनेको भए पनि कहाँ हाइसन्चो हुनु र पंकजलाई। राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह गरिसकेको थियो।

अमेरिकी राजदूतावासले पंकजका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र राष्ट्र बैँकलाई लिखित पत्राचार गरेको रहेछ।

तर जे होस्, प्रहरीले जोशीको खोजी गर्न उनको डिल्लीबजारस्थित घर, आवतजावत गर्ने सम्भावित स्थानमा समेत निगरानी बढाएको थियो। तर उनी पक्राउ परेनन्।

सन् २०११ मा सम्पति शुद्धिकरण विभागले उनको नाममा यस्तो सूचना निकालेको थियो-

इन्टरपोलमा उनको नाम यसरी राखिएको छ

8 thoughts on “अमेरिकाबाट १० लाख डलर लिएर टाप ठोकेका पंकज जोशी ६ वर्षसम्म बेपत्ताको बेपत्तै”

  1. Navin Rayamajhi says:
    July 7, 2015 at 4:39 pm

    यसरी लुकेर बस्नुपर्ने भएपछी जती पैसा भएपनी के नै भयो र?

    Reply
  2. suresh says:
    July 7, 2015 at 2:59 am

    अर्को पवन कार्की भन्नेको बारेमा पनि येस्तै notice निक्लेको छ इन्टरपोलबाट. त्यो मान्छे texas को dallas मा खुल्लमखुल्ला हिडेको छ. सालोक्य जी, पवन कार्कीको बारेमा पनि जानकारी पाऊ न. इन्टरपोलले खोजेको हो कि हैन?

    http://www.ekantipur.com/the-kathmandu-post/2012/02/23/money/capital-merchant-crisis/231895.html

    Reply
  3. Mk says:
    July 6, 2015 at 11:14 pm

    ‘पाप धुरी वाट कराउञ्छ ‘ /

    Reply
  4. diwakar says:
    July 6, 2015 at 10:33 pm

    जाबो ३-४ लाख डलर को लागि के मरिहत्ते गरेको नेपाली प्रहरीले पनि !!यहाँ सुडान घोटला मा करोड खानेहरु खुल्लमखुल्ला छन् !! यो राष्ट्र बैंक पनि वाहियात र गरिबी ले ग्रसित बैंक रहेछ !! अलिकति धेरै पैसा आयो कि सोध खोज गरि हाल्ने !! अलिकति धेरै बिदेशी मुद्र संचय भयो कि रेडियो मा फुक्ने !! अलिकति थोरै भयो कि रेडियो मा रोइ हाल्ने !! नेपाली धनि बनेको ,हवाईजहाज किनेको ,महंग गाडी किनेको देख्न सक्दैन !! गरिब देश गरिब मानसिकता !!

    Reply
  5. prem says:
    July 6, 2015 at 4:30 am

    This incident clearly shows money, in particular if we receive money this way , will never bring peace in human life. Look at this person, he stole money from this old man. Now he is nowhere. I think we should control ill part of our brain which pushes us to not acceptable activities in our lives. God bless guys.

    Reply
  6. Indra Thapa says:
    July 6, 2015 at 4:10 am

    फटाही गने॔ जो कहीलाई कावी॔ही गने॔ पछ॔ , चाहे बिदेशमा होस या आफनै देशमा । लुटेको धनले मोजमसती गन॔ दिनै हुदैन । यो जोशीलाई जीवनभर तनाव दिनै पछ॔ ॥

    Reply
  7. Shankar says:
    July 6, 2015 at 3:10 am

    पहाडी नेपालि को देहरादुन , दार्जलिङ्ग , सिक्किम , बम्बै आदि ठाउमा पनि चिनेजानेको र रिस्तेदार हुन् सक्छ | पुलिस ले कहा कहा मात्र खोजोस ?
    फेरी पुलिस पनि जोगबनी , रक्सौल बात फिल्टर लेउदा १० रुपिया खल्ती मा हाल्दे जाउ जाउ भन्ने हरु जस्तै खाल को छ |चपायो जस्तो छ भैरे ले |

    Reply
    1. MADAN BAJRACHARYA says:
      July 6, 2015 at 7:54 pm

      अमेरिकामा चिट्ठाको १० लाख डलर ठगि गरेर नेपाल भागि आयको नेपालीलाई अमेरिकाको सरकारको अनुरोधमा नेपालमा कार्यवाही गरियो, ठगेर बैंकमा राखेको रकम सिज गरियो र ठग्ने लाइ अन्तरास्ट्रिय प्रहरीको रेड कर्नर नोटिसमा पनि राखियो/ तर नेपालको बैंकबाट सयौं लाख डलर ठगेर अनेकौं निर्दोस नेपाली नागरिकहरु फसायर अमेरिका भागेको व्यक्ति अमेरिकाको टेक्सासमा रहेको जानकारी हुँदा पनि किन कार्यवाही नगरेको?

      नेपालमा व्यक्ति बेपत्ता हुन् सक्ला तर अपराध गरेका कोहि पनि अमेरिकामा बेपत्ता हुन् सक्दैन/ अमेरिकामा अपराधको रिकर्ड भयका व्यक्तिको विवरण देखाउने कयौं साइतहरु इन्टरनेट धेरै छन्; जस्तै instant check mate.com /
      यस्तो थुप्रै वेव साइटले कुनै व्यक्तिको विवरण उपलब्ध भय नभयको निशुल्क नै देखाउंछ र विवरण नै छाहिने भय २/३ डलर शुल्क लियर तेस्ता व्यक्ति कहा बसेको छ र कस्तो अपराध को आरोप लागेको थियो सबै देखाइदिञ्छ/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme