Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फूलब्राइटलाई नेपाल सरकारको सात लाख अनुदान

Posted on July 5, 2015 by Salokya

fulbright
अमेरिकाको फूलब्राइट स्कलरसिपको बारेमा तपाईँले पक्कै सुन्नुभएको होला। यसबाट स्कलरसिप पाएर कति नाम चलेकाहरुले अध्ययन गरे। सन् १९५२ मा रामचन्द्र मल्होत्रा र योगप्रसाद उपाध्याय पहिलो फूलब्राइट स्कलरहरुमध्ये थिए। राप्रपा नेता प्रकाशचन्द्र लोहनी पनि यही स्कलरसिपमा पढ्न गएका थिए। सयौँ नेपालीलाई स्कलरसिपमा पढ्न अमेरिका पठाउने संस्था युसेफ नेपाल आफैले भने नेपाल सरकारबाट अनुदान लिने गर्दो रहेछ।

यो खुलासा गरेको हो नेपाल सरकारकै वेबसाइटले। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को साइटमा राखिएको अर्थ मन्त्रालयको खर्च विवरण अनुसार अर्थ मन्त्रालयले फूलब्राइट (युसेफ नेपाल)लाई बजेट उपशीर्षक नम्बर ३०५०११३ खर्च शीर्षक २६४११ अन्तर्गत असार ९ गतेको बिल अनुसार सात लाख रुपैयाँ अनुदान दिएको हो। युसेफ नेपालको प्यान दर्तासमेत नभएको त्यसमा देखिएको छ।

fulbright

5 thoughts on “फूलब्राइटलाई नेपाल सरकारको सात लाख अनुदान”

  1. ramu says:
    July 10, 2015 at 4:05 pm

    यो स्कलरसिपको नेपालमा कोटा पनि धेरै कम छ,छैन नै भने पनि हुन्छ र जान पनि पहुच वाला वा बुढा निजामति सेबाका हरु मात्र जान्छन,दिएको उदाहरणले पनि त्यहि कुराको पुष्ठि गर्दछ।

    Reply
  2. SK says:
    July 6, 2015 at 9:21 am

    फुलब्राईट छात्रबृती मूलत: अमेरिकी सरकारले दिने छात्रबृती भएपनि त्यसमा नेपाल सरकारको समेत स्वामित्व राखि द्वीपक्षिय छात्रबृतीको रुपमा दिइएको हो र त्यसैको लागि बर्सेनी नेपाल सरकारले फुलब्राईट छात्रबृतीमा सात लाख रूपैया टोकन स्वरूप राख्ने गर्छ भन्ने सुनिएको हो । त्यस छात्रबृतीमा अमेरिकामा अध्ययन गर्नेले अध्ययन सकेर कम्तीमा २ बर्ष नेपालमा सेवा गर्नु पर्ने प्राबधान छ । हुन त त्यस्तो प्राबधान J1 भिसाबाहक सबैका लागि लागु हुन्छ, तर अन्यका हकमा अमेरिकी निकायले चाहेको खण्डमा त्यो प्रावधान निस्कृय पनि हुन सक्छ, तर फुलब्राइट द्वीपक्षिय छात्रबृती भएको हुनाले २ बर्ष नेपालमा सेवा गर्नु पर्ने प्राबधान पूरा गर्नै पर्छ, अमेरिकी निकायले त्यो हत्तपत्त निस्कृय गिदिदैनन् ।

    Reply
  3. Rajendra Adhikari says:
    July 6, 2015 at 12:49 am

    7 Lakhs is nothing compared to what Fullbright scholars are provided. Its interesting, but not significant.

    Reply
  4. Shankar says:
    July 6, 2015 at 12:08 am

    नेपाल ले पैसा दियो भन्दा अचम्म लागेको मात्र हो , तर नेपाल ले एस्तो चिज गुमाउछ जुन कसैले ,कुनै देश ले गुमाउदैन |
    १) नेपालको को पहाडी भेग का युवती हरु ख्याल ख्याल मै धेरै भारत मा बेचिन्छन ,हुदा हुदा आज भोलि त् अरब , अफ्रिका सम्म बेचिन पुगिसके
    २) नेपाल को पहाडी भेग का युवा हरु भेडा बाख्रा सरह इन्डियन आर्मी , र ब्रिटिश आर्मी मा पुर्याइञ्छन बा लगिन्छान
    ३) नेपाल को भित्र (चुरे ) सम्म आएर ढुंगा ,इँटा ,गिटी बिहारीले लान्छ
    ४) बाल बालिका हरु अंग ब्यापारको लागि चोरिञ्छन
    ५) इन्डियन हरु आज छिरेर , भोलि नागरिकता लिएर पर्सि देश को राजनीति , सिक्ष्या , अर्थ को उच्ह तहामा मा देशै चलाउने तह मा पुग्छ
    यो अब हुनु को पछि छेउ न टुप्पोको तोरी लाउरे हरु मार्क्स , लेनिन , माउ , बिपी को नाउलिदै सत्ता मा पुगेर मनपरी तन्त्र गरेकोले भएको हो | अब झन् बिकृति र विसंगति बढ्दै जानेवाला छ , किनकि नेपालि ले प्रचण्ड , बाबुराम को सरकार पनि हेरी नै सके | उनीहरु ले नै नया नेपाल बनाउने भनेर पुरानो संरचना भत्काउन ठुलो भमिका खेलेका हुन् |
    अब बेलैमा यो बिकृति र विसंगति न रोकिने हो भने भोलि के हुने हो कसैले भन्न सक्दैन |
    नेतालाई मात्र गालि गरेर चोखिने हैन , यहा पत्रकार ले पनि अलि जिम्बेबार भएर लेखिदिनु पर्ने देखियो , नारायण खड्का लामा लामा लेख लेख्थे , ठुला ठुला कुरा गर्थे अब उनको नाउपनि पाल वितरण मा हिना मिना मा आयो ,तेस्तै महत , पराजुली , नेमांग बिबादित भएर आउनुमा पत्रकार को पनि नियत खराब भएको हो कि उनीहरुनै बदमासी गरेका हुन् भन्न सकिएन |

    Reply
  5. Mk says:
    July 5, 2015 at 10:27 pm

    धन्य रहेछ नेपाल सरकार कि अमेरिकी कार्येक्रम लाइ पनि सक्दो अनुदान दिने गर्दो रहेछ भलै नेपाली कार्येक्रम लाइ न गरेको किन न होस् ! एस्तो खोजमुलक समाचार को लागि ‘मेरो संसार’ धन्यवाद को पात्र छ, र तेसैले यो विस्तारै ‘हाम्रो संसार’ हुँदै गइ रहेछ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme