Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान मस्यौदा : दूरदर्शीको रोचक उदाहरण राष्ट्रपति र उपराष्ट्रपति एकै पटक खाली हुने परिकल्पना

Posted on June 30, 2015June 30, 2015 by Salokya

धेरै समयसम्मको ल्याङ्गल्याङ्गपछि अन्ततः संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश भएर सार्वजनिक भएको छ। संविधानका विभिन्न प्रावधान हेरेर अब हामी बहस गर्न सक्छौँ। संविधानको मस्यौदा पढ्न पाउनु भएको छैन भने भित्र लिङ्क राखेको छु। संविधान पढेपछि तपाईँलाई लागेका कुरा कमेन्टमा वा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। वा इमेल गर्नुहोला [email protected] जनताको सुझावसहित परिमार्जन गरिसकेपछि बल्ल अन्तिम मस्यौदा तयार हुनेछ। मस्यौदाका प्रावधानका आधारमा थप ब्लगहरु तयार हुने नै छ। अहिलेलाई सर्सर्ती हेर्दा देखिएको यो रोचक प्रावधान।


doordarsi
तपाईँ हामीलाई थाहै छ राष्ट्र प्रमुख राष्ट्रपति हुनेछन्। राष्ट्रपतिलाई संविधानमा सेरेमोनियल भूमिका दिइएको छ। केही गरी राष्ट्रपतिको पद खाली भयो भने, मृत्यु भएमा वा महाभियोग लगाई हटाइएमा वा राजीनामा गरेमा राष्ट्रपतिको काम उपराष्ट्रपतिले गर्छन्।

हाम्रो संविधानको मस्यौदा कति दूरदर्शी रहेछ भने उपराष्ट्रपति पनि नभएमा के हुनेछ भन्ने समेत व्यवस्था छ। राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खाली भयो भने प्रधानमन्त्रीले राष्ट्रपतिले गर्ने काम गर्ने स‌विधानको धारा २७५ मा उल्लेख छ।

कस्तो लाग्यो त तपाईँलाई यो प्रावधान? धन्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको पद समेत एकै पटक खाली भएमा के गर्ने भन्ने व्यवस्था चाहिँ राखेका रहेनछन्।

हेर्नुस् संविधानको प्रारम्भिक मस्यौदा-

10 thoughts on “संविधान मस्यौदा : दूरदर्शीको रोचक उदाहरण राष्ट्रपति र उपराष्ट्रपति एकै पटक खाली हुने परिकल्पना”

  1. dor prasad says:
    July 2, 2015 at 11:02 pm

    (1) Not surprising, in american constitution there is 17 in presidential line of succession. Not only of two Nepal should make longer list of succession.

    (2) There should be some provision that every party should declare who will be prime-minister if there party wins. I know today’s party do not want to do this as every body want to be prime-minister once they win election and will be detrimental to political stability.

    (3) I think term limitation should be on prime-minister not president.

    Reply
  2. Bishnu says:
    July 1, 2015 at 7:58 am

    ढुंगा मुढा गरेर जबर्जस्ति आन्दोलन गर्नेलाई capital punishment हुनुपर्छ | शान्तिपूर्ण आन्दोलन भनेर कसैलाई दोकान खोल्न नदिने, साइकल चलाउन नदिने, गाडी जलाइदिने, मान्छे मार्ने आदि गर्नेलाई आजिबन मृत्यु दण्ड को व्यवस्था हुनुपर्छ | त्यसो गरेमा साएद ढुंगा मुढा र हिंसात्मक आन्दोलनमा न्यूनता आउंथ्यो होला |

    Reply
  3. बलबहादुर घले तामांग says:
    July 1, 2015 at 2:35 am

    मेरो सुझाव:
    निर्माणाधीन संबिधानमा राष्ट्रिय पोशाक बारे तोकेर लेखिएला वा नलेखिएला त्यो भन्न सक्दिन| लेखिन पर्ने हो भन्ने पक्षमा अढेको छु|
    मौसम सुहाइदिलो दौरा सुरुवा टोपी, चौबन्दी चोली फरिया क्रमैले पुरुष र महिलाको हकमा कुनै पनि औपचारिक जमघटमा र सरकारी कर्मचारी वा सरकारी तलब भत्ता वा भत्ता खानेले अनिवार्य रुपमा लाउन पर्ने गरिन पर्यो|
    किन?
    हिजका दिनहरु सम्म म आफै यसको बर्खिलाप थिए तर कसरि अहिले आएर यसको पक्षमा हुनपुगे? विगतमा दौरा सुरुवाल टोपी देख्ने बित्तिकै विभेदकारी एकतन्त्रीय राजतन्त्र, शोषक शासक, सुस्ती दासत्व गन्हाएको नोकरशाही र चाप्लुसीको दुर्गन्ध आउंथ्यो| दश बर्षमा त्यो दुर्गन्ध पुरै नहटे पनि दौरा सुरुवाल टोपी निरंकुंश शासनको प्रतीक नरहेको सास्वत छ|
    अर्को कुरो, औपचारिक वा सरकारी मिटिङ्ग भेलामा ड्रेस कोड नहुँदा छाडा जस्ता देखिन आएका छन्| अनुशासनहीन जस्ता देखिएका छ, मेला पार्कमा फुर्मासे कपडा लाएर भेला भएका जस्ता| सेना र प्रहरी वा गार्डले जस्ता लाउनपर्छ भन्ने होइन तर अमर्यादित रुपमा जे पायो तेही लाएर आउनु ठिक देखिएन| सबैजना सय प्रतिशत सहमत नहोला तर ड्रेस कोड आवश्यक ठहरिन आएको धेरैले महसुस गरेका छन्|
    ड्रेस कोड पालना गने हाम्रा राष्ट्रपति र ढिलै भएपनि उपराष्ट्रपतिलाई यस बिषयमा साधुवाद|
    दौरा सुरुवाल मेरो आफ्नो जातिगत पहिरन होईन तर पनि सबै नेपालीले यसलाई समेट्न सकुन र ग्रहण गर्न सकुन र सक्नेछन भन्ने आग्रह गर्दै यो नेपाली मनले पूर्ण समर्थन जनाउद्छु| आफ्नो जातिगत भेला, मेला र पर्बमा आफ्नै पहिरन लाउने स्वतन्त्रता सबैलाई छदैंछ|

    Reply
  4. Akash Babu says:
    July 1, 2015 at 2:11 am

    १६. नागरिकताको पुन प्राप्ती ः ल मैले बिदेशी नागरिकता त्यागेर असार १६ गते नेपाल फर्के । अब नेपालको नागरिकता लिन ५ बर्ष कुर्नु पर्ने भयो भने बीचको ५ बर्ष म कुन देशको नागरिक हुन्छु र कुन पासपोट प्रयोग गर्ने ?

    Reply
    1. dor prasad says:
      July 1, 2015 at 6:42 am

      संबिधान ले भन्न खोजेको के हो भने बिदेशी नागरिकता लिदै न लिनु लिए पछि त्याग्दै न त्याग्नु ! नत्र नागरिकता बिहिन भएर अंतरिछे मा घुम्नु पर्ने बेला आउछ !

      Reply
  5. बादेश says:
    July 1, 2015 at 1:07 am

    लौ, अनि प्रधानमन्त्रीपनि नरहेको अवस्थमा नि? खास्सै दूरदर्शी लागेन है | 🙂

    Reply
    1. Ram Thapa says:
      July 1, 2015 at 3:11 am

      बादेश जी, राष्ट्रपति, उपराष्ट्रपति र प्रधान मंत्री एकै चोटी नरहने अवस्था नआउला भन्न सकिन्न है, भर्खरै अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोक हो कि दोलखामा हो खस्दा के भयो ? कुनै कार्यक्रम गर्न यी तिनै बूढाहरु यौटै हेलिकप्टरमा सवार भएर गए र दुर्घटनामा परे भने के गर्ने भनेर सोच्नु पनि पर्छ | पोल्याण्डमा पनि त्यस्तै भएको थियो विगत केहि वर्ष अगाडी | यदि त्यस्तो अवस्था आएमा सो खाली भएका पदपूर्तीकालागि गोरखापत्रमा विज्ञापन प्रकाशित गर्नु पर्ने छ भन्ने प्रावधान राख्नु पर्छ होला |

      Reply
  6. Pradeep says:
    July 1, 2015 at 12:38 am

    जे होस् अब चुनाबमा हारेको मान्छे मन्त्रि हुन नपाउने रैछ तेसैमा खुसि लागेको अवस्था!
    प्रधान मन्त्रि हुन ४५ बर्ष पुगेको हुनु पर्ने चै अलि ठिक लागेन.

    Reply
  7. निरव says:
    July 1, 2015 at 12:08 am

    यो प्रावधान शायद गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा राजतन्त्र हटाईसकेको र राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव नभईसकेको केही समयमा ऊनले नै कार्यवाहक राष्ट्रपतिको रुपमा राजदूतको ओहदाको प्रमाणपत्र बुझ्ने, संवैधानिक अंगका प्रतिवेदनहरु बुझ्ने कार्य गरेको नजीर भएको हुँदा यो प्रावधान राख्न संम्झिएका हुन सक्छन् । आश्चर्य मान्नु पर्ने कुरा हो जस्तो लाग्दैन ।

    Reply
  8. Raju Acharya says:
    July 1, 2015 at 12:07 am

    मन्त्रि , प्रधानमन्त्रि , राष्ट्रपति , उप राष्ट्रपति हुनका लागि शैक्षिक योग्यता नचाहिने… न्युनतम शैक्षिक योग्यता उल्लेख गर्दा राम्रो हुन्थ्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme