१६ बुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चले आइतबार फेरि अर्को गजबको फैसला गरेको छ। वीरेन्द्रको सम्पति ज्ञानेन्द्रकी छोरीलाई फिर्ता देऊ भन्दै।
लाटो हिसाबले हेर्दा पनि यस्तो फैसला हुन सक्छ जस्तो लाग्दैन। किनभने हत्या गरिएका राजा वीरेन्द्र, ऐश्वर्य लगायत उनीहरुको परिवारको सम्पति नेपाल ट्रस्ट ऐन अनुसार राष्ट्रियकरण गरिएको हो। यसमै परेको थियो छाउनीस्थित कित्ता नं २५ को घरसहितको १५ रोपनी एक आना जमिन। यो जग्गा खासमा राजा महेन्द्रका भाइ हिमालयको थियो। हिमालयको छोराछोरी थिएनन्। त्यसैले उनी मरेपछि अपुतालीको रुपमा राजा वीरेन्द्रको नाममा आएको थियो।
वीरेन्द्रको नाममा आए पनि लालपुर्जामा लेखिएको थियो श्री ५ महाराजधिराज।
दरबार हत्याकान्ड भयो, राजा वीरेन्द्रको वंशनाश भयो। गद्दीमा बसे ज्ञानेन्द्र। उनी भए श्री ५ महाराजधिराज। गद्दीमा बसेपछि धमाधम सम्पति आफ्नो र आफ्नो परिवारको नाममा गर्न थाले। ज्ञानेन्द्र राजा भइसकेपछि उनकी छोरी प्रेरणाको बिहे भयो २०५९ साल माघमा। यो जग्गा उनले छोरीलाई २०६२ साल जेठ १० मा दाइजोस्वरुप बकस दिए।
दाइजो दिए पनि लालपूर्जामा भने श्री ५ महाराजधिराज नै लेखिएको थियो। त्यो लेखेपछि राजस्व र कर तिर्नुनपर्ने।
नेपाल ट्रस्ट ऐन २०६४ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको मात्र नभएर निजहरुको हक पुगेको वा पुग्न सक्ने वा निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति पनि राष्ट्रियकरण गरी राष्ट्रको कल्याणका लागि उपयोग गर्नसक्ने उल्लेख छ। त्यही अनुसार सम्पति खोज्दै जाँदा छाउनीको जग्गा पनि पत्ता लाग्यो। लालपूर्जा ट्रस्टको नाममा बन्यो।
ट्रस्टका कर्मचारीहरु प्रेरणालाई भेट्न गएर जग्गा खाली गर्नुपर्यो भन्न गए। तर प्रेरणाले पाँच करोड चाहिन्छ भनिन्। उनको तर्क थियो, दाइजो पाएपछि घर मर्मत गर्दा पाँच करोड लागेको थियो खर्च। त्यो चाहियो।
पछि कसले हो अर्बौँको सम्पति पनि त्यत्तिकै छाड्ने भनेर उचालिदिए कि के हो, सर्वोच्चमा मुद्दा हाल्न पुगिन्। अनि प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र चोलेन्द्रशमशेर राणाको इजलासले यो जग्गा प्रेरणाकै हुने पो फैसला गरिदिए।
यस्ता छन् पत्रकारका प्रतिक्रिया
जनआस्था सम्पादक किशोर श्रेष्ठ
तत्कालीन राजा ज्ञानेन्द्रले एक्ली छोरी प्रेरणालाई दाइजो दिएको छाउनीस्थित १४ रोपनी घरजग्गा गणतन्त्रपछि नेपाल ट्रष्टको स्व…
Posted by Kishor Kishor on Sunday, 21 June 2015
वरिष्ठ पत्रकार किशोर नेपाल
प्रेरणाले पेवा फिर्ता पाइन । ज्ञानेन्द्रले राजाको पदमा पुनस्र्थापनाको माँगगरे सर्वोच्चले उनलाई राजा वनाउन सरकारका नाममा परमादेश गर्नेछ ।
— Kishore Nepal (@kishorenepal) June 21, 2015
जे पायो तेइ हो Nepal मा गरिब जनता हरु सुकुम्बासी भएको छ कसैलाई भने सरकारी सम्पति फिर्ता दिने रे तेइ माथि सर्बोच्च ले दिएको फैसला छ्य नेपाल को कानुन नेपाली जनता नेपाल को सरकार …………………………
असल राजाले तलब लिदैनन् | लोभी राजाले तलब लिन्छन् | कुलंगार राजाले रास्ट्रको सम्पति रोजीरोजी आफ्नो नाममा बनाउछन् | यो राज परिवारको सम्पूर्ण सम्पति राष्ट्रको हो | एक पटक सम्पूर्ण अधिकरण गरी सामान्य घरबासमात्र फिर्ता दिनु पर्छ |
बिरेन्द्र को सम्पति यदि फिर्ता नै हुने भए पनि ज्ञानेन्द्र को छोरि लाइ हैन श्रुति को छोरि लाइ फिर्ता दिनु पर्ने हैन र l
I find that those who accuse Gyanendra, on a daily basis, of being involved in the murder of his brother present no real proof. Actually they have no proof other than a hearsay and, yes, a few circumstantial evidence which will not stand a test in a court of law.
The main reason monarchy fell is due to its own heavy load of over indulgence in corruption, nepotism, discrimination, favouratism, and practice of religious overbearance.
If you were to look at his close advisors and the council of ministers Gyanendra formed in his direct rule, it tells you the entire inside story. Loyalty and sycophancy overrule the competency. If one is to go back and research why Gyanendra bothered to take a trip to almost zero priority country, Tunisia, by taking an RNAC aircraft and creating a havoc in flight schedule, when he ought to be paying attention to country’s domestic affairs, you will then be able to know the state of mind of the head of the state and government at that time and that of his sycophant advisors.
Back to the point of the topic of this blog, you find anomalies all over in the process, delivery and in the decision of the court.
One simple question our legal eagles and jurists should ask is why was this case fast forwarded when there are many cases pending that are of life and death?
मनमा उब्जेका प्रश्नहरु: एक लाख थांतीमा रहेका मुद्दालाई सहजै पन्छाएर यो मुद्दा घोडदौड गतिमा लैजान पर्ने कारण के हो, श्रीमानद्वय? आम जनताका लागि अदालत होइन? गणतन्त्र आएपछि अदालतको न्याय सम्पादनमा उही पुरानै शैली कायमै रहेको हो?
पम्फादेवीको के कुरा गर्नु? तल अनुजजीको कमेन्ट नै काफी छ| पापको घडा भारी भएपछी आफै फुटेको हो| समाजसेवाको नाउँमा श्रीमती ५ को सरकार चलाएर बसेकी| हुँदा हुँदा भन्ज्यांग अनि देवरालीको अर्थ र मर्म बुझ्नु न सुझ्नु त्यसै अर्कालाई लेखाएको गीत आफ्नो नाउँ राख्न समेत शरम नमान्ने| गर्नु नगर्नु गरी|
राजतन्त्र र राजपरिवारको सम्पर्क र संसर्गले सीमित व्यक्ति र परिवारहरुलाई फायदा भएकै हो| तर दिउँसै फ्लडलाईट र टेलीस्कोप लाएर खोजे पनि राजतन्त्र र राजपरिवारले साधारण जनताको कल्याणको लागि केहि उल्लेखयोग्य काम गरेको देखिदैन| खालि चुस्नु मात्रै, रगत पसिना र पैसा|
फैसला बिरुद्ध अब ट्रस्टले राष्ट्रप्रतिलाई हुन्छ वा माथिल्लो अदालतलाई पुनरावेदन हाल्ने ठाउँ भए तुरन्त हाल्न पर्यो| साह र छोलेंद्र्को फैसलाको पुरा विवरण पढ्न पाए हुन्थ्यो| लोभी ज्ञानेले अरु सम्पति बाट दाइजो दिए हुन्छ|
दुधको साक्षी बिरालो भनेझैं यो छोलेन्द्र शमशेर ले पहिला पनि लागू पदार्थवाला लाई पनि सफाई दिएको सम्झना छ /
जेसुकै होस् , घर जग्गा सम्पति ले मात्र जीवनमा सुख पाईँदो रहेनछ / कर्म कमण्डलु जे छ त्यही पाइन्छ।
नेपालमा रहंदा कैयन चेलीबेटी को इज्जत लुट्ने , क्रेन समेत लिएर भक्तपुरमा मुर्ति चोर्न पुग्ने, अल्छी , मै हुँ भनेर तुजुक गर्ने , भैंमा खुट्टा नभएको , र पछि पम्फादेवी भाउजूले देशनिकाला गरेको घोर पापी धीरेन्द्र कहांबाट नेपालमै फर्केर गोलि खाएर मर्यो त्यो नभुलौं। आज इन्टरनेट ले गर्दा पारसले गरेको सानो सानो बबाल पनि सबैले सुन्छन। उहिले यो धीरे र ज्ञानेले गरेका कतिपय कहालीलाग्दा पाप त खाली भोग्नेले भोगे , पब्लिक सामु आएन किनकी त्यो बेला इन्टरनेट फेसबुक र ट्वीटर थिएनन । नीर शाहले आफुले गरेको पाप जिउँदो नर्कमा दाजुको लाश जलाएर भोग्दै छ। विनोद शंकर चाहिं कर्म कमण्डलु बाट बचेँ भन्ने सोच्दै छ , तर साथीहो , कर्म कमण्डलु ले कसैलाई पनि छोड्दैन।
सही कुरा गर्नुभो। यो देशका प्रहरी (याने कि जनता ) मूक , शक्तिविहीन। चोरले चोरलाई सहयोग त गर्ने नै भए। kleptocracy – याने कि प्रशाशन राज्य चलाउने हरुले देशको ढुकुटीमा चोरी गर्ने इतिहास बोकेको मुलुक। दुइपैसे नेताले बोलेको भरमा बन्द गर्ने , टायर जलाउने , गाडी जलाउने, कुटपिट गर्ने र राष्ट्रिय जनधन तोडफोड गर्ने अति मुर्ख र नपुंसक युवा। शायद यस्ता नालायकको पोल्टामा यस्तैले इन्माथी रजाइ गर्ने भाग्य होला। त्यसैले त अस्ति राणा थिए , हिजो शाह र आजभोली सुजाता र प्रचण्ड तिम्रा पोल्टा र निधार
साँच्चै हो। प्म्फदेविको प्रसंग झिक्नुभो। अरब डलर समाज सेवाको नाममा भित्राउने र खल्तीमा हाल्ने सपना देखेकी पम्फादेवी अखिरमा आफ्नै छोराको हातबाट मुख समेत विकृत हुने गरी परमधाम गईन / मुखमा गोली लागेर चिनिया पुतली ले मुख छोप्नुपरेको सम्झेर आज पनि मन सिरिङ्ग हुन्छ।
नांगै जम्न्छौँ हामी र साथमा केही नलिई नांगै जान्छौ हामी तर पनि हामी मानिस किन यती लोभी र स्वार्थी ???
When Girija died why was his property not transferred to a Trust ? Why to Sujata? The decision made by then parliament to form Trust with late King Birendra’s property is and was wrong. This should have been done if he had amassed these from wrong and ill gotten sources, which the parliament did not say or were not able to prove. Until proved no one is guilty. Importantly, many of these properties were passed on to Birendra from his forefathers and uncles – so why cant it pass to Gyanendra ? Can the parliament or Council of Ministers say that Prachanda’s property will be put into trust ? or that of Khum bahadur ?
Anuj-ji, these are different issues. If Gyanendra, Dhirendra, Nir Shah, Binod Shanker are criminals, then punishing them is must- people, law , Government can punish them and should punish them if they are guilty. People and even some of the so called big Leaders said that it was Gyanendra who killed Birendra and his family. Gyanendra is no more in power and these big leaders have/are in power- why don’t they find out the guilty and if Gyanendra is guilty why don’t they punish him. Why just talk, take action. In nearly 8 years after monarchy was overthrown, why did the democratic leaders not find the truth- they could not even form a truth finding commission. But they keep talking. They even think the big earthquake was caused by Gyanendra. Anyway, the issue here is not that. The issue is about fairness on property rights. How can a Government take away some one’s property and form a Trust ? What will happen if they do the same to you or to that of Mr. Kishor Nepal ? Either prove that Gyanendra is a criminal and punish him or treat him fairly. This is the beauty of democracy. Monarchy is gone, so if the leaders have guts , then form a truth finding commission and let Gyanendra be on trail. then the matter is closed either way for ever. How long are we going to say- he did this and he did that without facts. Now that Gyanendra and his team are out of power, they cannot hide the facts.
This decision was expected. Justice has been given. Why the former Egyptian President Morsi who won 70% of popular vote of people is given death penalty, but international community has become only spectator. In the name of democracy, Nepalese political party is practicing facism. Now anything can happen.
बिरेन्द्र को बंश नास भएपनि , राजतन्त्रको भुत ज्युँदै रहेको प्रमाण हो यो / हेर्दै जानुपर्छ अझ के के नौटंकी देख्नु पाइनेछ / जे होस् नेपाल नराम्ररी दल दल मा भासिंदै गएको हो रहेछ/
बाडी चुडी देश लुट्ने कुरामा नेता , राजा , सुकिला ,मुकिला एक हुन्छन | तेस्को उदाहरण हो यो मुद्दा | कोइ सामन्त ले , बिदेशी दलाल ले आफ्नो पक्ष्य मा रहेको नाटक गर्यो भन्दैमा तन ,मन ,धन दिनु हामि नेपालीको आफ्नै बेबकुफी हो | गरिब को नेता कोइ गरिब नै हुन् सक्छ | किनकी कोइ सामन्त ले गरिब को पक्ष्य बोल्छ भने त्यो नेता हुन र फेरी गरिब लुट्न नै हो |
पप्लु र म्यारिजलाई खेलमात्र देख्ने तर जुवा नदेख्नेबाट यो भन्दा बेसी अपेक्षा गर्न पनी सकिन्न | अब त न्यायधिस नियुक्तीको संसदीय सुनवाई मात्रै होइन नियुक्त गर्नेहरुको पनी संसदीय सुनवाई चाहियो |