Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसी : सरकारी स्कूलको यो बिजोग कहिलेसम्म?

Posted on June 19, 2015 by Salokya

slc
सँधै झै यसपालि पनि एसएलसी नतिजाले शिक्षाको गुणस्तर खस्कँदै गएकोमा चिन्ता जगाएको छ। यस्तो चिन्ता एसएलसी वरपर खुब सुनिन्छ, पढिन्छ। त्यसपछि फेरि जस्ताको तस्तै। यसपालिको एसएलसीमा पनि आधाभन्दा बढी अर्थात् ५२.५७ प्रतिशत फेल भए। फेल हुनेमध्ये पनि अधिकांश सरकारी विद्यालयका थिए। माथिको चार्टले स्पष्ट पार्छ सरकारी (सामुदायिक) र निजी (संस्थागत) विद्यालयको नतिजा पनि कति धेरै अन्तर छ। सरकारीमा फेल हुनेको बार ह्वात्तै उकालो लागेको छ। जबकि निजीतर्फ पास हुनेको बार अग्लो छ। सेवा, सुविधाको मामिलामा सरकारी स्कूलका शिक्षकहरुमाथि देशले धेरै लगानी गरेको छ। तर प्रतिफल यस्तो निराशालाग्दो छ।

samu

sansthagat
गाउँको एउटा सरकारी स्कूलमा पढेको विद्यार्थी र सहरका सुविधाजनक बोर्डिङ स्कूलमा पढेको विद्यार्थीलाई एउटै मापदण्डमा जोखिने परीक्षामा योभन्दा अर्को नतिजाको कल्पना हामी कसरी गर्न सक्छौँ ? गाउँका विद्यार्थी फेल भए भनेर रुन्छन्, सहरका विद्यार्थी फर्स्ट डिभिजनमात्रै आयो, डिस्टिङ्कसन आएन भनेर रुन्छन्।

यो वर्ष प्राविधिकतर्फ लागू गरेर अर्को वर्ष सबैमा लागू गर्ने भनिए पनि त्यसले शिक्षाको गुणस्तर बढ्ने हैन। बस नाममा फेल कोही नहुने हो। आधाभन्दा बढी न्युनतम श्रेणीमा हुनेछन्। फरक के नै हुन्छ र।

5 thoughts on “एसएलसी : सरकारी स्कूलको यो बिजोग कहिलेसम्म?”

  1. RANJAYA BANTAWA RAI says:
    June 25, 2015 at 4:59 pm

    जुन दिन सम्म बोर्डिंग स्कुल को सरह गेस पेपर र क्लास मा खुल्ला गरिन्दैना त्यो बेला सम्म नेपाली स्कुल तल को तल उता बोर्डिंग को टिचर ले चै कसरि पोलिसी गरेर मिलायको हुन्छ उता नेपाली स्कुल को बिदार्थी लै पत्तो हुदैन पढाई भनेको यो हो जो मारेर चिठ को भरमा फस्ट निकाल्नु भन्दा सम्मान जनक फेल भयको राम्रो हो हामी नेपाली BATA पास गरेको र BORDING BATA पास गरेको बिददार्थी औ मैदान मा परिक्छा दिन

    N GAR

    Reply
    1. सागर शिवाकोटी says:
      June 26, 2015 at 12:00 pm

      राइ दाइ
      नेपालका सबै स्कुल ‘नेपाली’ नै हुन्…बरु सामुदायिक विद्यालय भन्नुस, अथवा चलनचल्तीको ‘सरकारी’ भन्नुस….अनि जहासम्म मैदानमा आउने कुरो छ, सबै मैदान त्रिपालले भरिएका छन्..कता आउने? हिहिही

      Reply
  2. सागर शिवाकोटी says:
    June 21, 2015 at 11:00 am

    सालोक्य जी, bar diagram को legend ले पहिलो पल्ट हेर्दा झुक्याउछ है..सच्याउने हो कि?

    Reply
  3. सुवर्ण श्रेष्ठ says:
    June 20, 2015 at 11:21 am

    एसएलसी : सरकारी स्कूलको यो बिजोग कहिलेसम्म?
    उत्तरः त्यस बेला सम्म सरकारी स्कूलको हरिविजोक हुन्जछ जब सम्म नेपालका सरकारी कर्मचारी र नेताका छोरा छोरीहरुलाई सरकारी स्कूलमा पढाउदैनन।
    सरकारी संस्थानको भरपर्दो छ ? छैन।
    सरकारी स्कूल कलेजको भरपर्दो छ ? छैन।
    सरकारी मोबाइल तथा इन्टरनेट सेवा भरपर्दो छ ? छैन।
    सरकारी बैकको भरपर्दो छ ? छैन।
    सरकारी जागिरको भरपर्दो छ ? छ।(कारण…………………………)

    Reply
  4. dor Prasad says:
    June 20, 2015 at 12:17 am

    नेपाल भिएभरिक सिछा मा चुकेको छ … निजि स्कूल को येसलसी को नतिजा र जिबनमा सफलता बिचमा भिन्नता ले के देखाउछ त ? साधारण स्कूल बाट आफनै इच्छा ले स्कूल पुरा गरेर पास गर्ने हरु जिबन मा बढी सफल तर बुबा / आमा को दबाब र टिचर को “artificial education ” मा पास गरेर जिबन मा अस्सफल हुनु को कारण हाम्रो सिछा ले जिबन मा सफल कसरि हुने भन्ने को स्कूल ले न सिकायको देखिन्छ |

    कोहि पास कोहि फेल हुने प्रणाली होइन १२ कछ्या सम्म पढ्न कुनै रोक तोक हुनु हुदैन | १२ कछेया ग्रेड गर्नु पर्छ न कि पास फेल ! १२ कछा सम्म पढ्न पाउनु सबै को अधिकार हुन्नु पर्छ … युनिवेर्सिटी लेवेल को पढ्ने प्रतिबर्धा को आधार मा गर्नु पर्छ | १२ कछा मा न्यून ग्रेड हुने लै युनिवेसिटी ले भर्ना नगरे (नपाए) वा युनिवेर्सिटी पढ्न न चाहे बेबसैक तालिम दिनुपर्छ |

    सबै सफल हुनु पर्छ ! सबै ले आफूखुशी सिछाया र इलम लिने बाताबरण दिनु पर्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme