Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथा नै सार्ने कत्रो ठूलो भूकम्प ! तर अरुले भनेकै पत्याएर बस्नुपर्ने है हामी

Posted on June 17, 2015June 17, 2015 by Salokya

भूकम्पअघि र पछिको सगरमाथाको फोटो : NASA Earth Observatory
भूकम्पअघि र पछिको स्याटेलाइटबाट लिइएको सगरमाथाको फोटो : NASA Earth Observatory

वैशाख १२ गतेको गोरखा भूकम्पले सगरमाथा सरेको र होचो भएको समाचार आयो। युरोपको सेन्टिनेल- १ ए राडार स्याटेलाइटको चित्रलाई आधार मानेर काठमाडौँको अग्लिएको समाचार लाइभसाइन्समा आयो। त्यसैमा जिओसाइन्स रिसर्च कन्सोर्टियम UNAVCO ले भनेको भन्दै सगरमाथाको उचाइ करिब एक इञ्च (२.५ सेमी) होचिएको भनियो।

ला…सगरमाथा नै होचो भएछ है भन्यौ हामी, चुप बस्यौँ।

फेरि आज चीनको नेसनल एडमिनिस्ट्रेसन अफ सर्भेइङ, म्यापिङ एन्ड जियोइन्फरमेसनले सगरमाथा सर्‍या मात्रै हो उचाइमा त केही पनि असर परेको छैन भन्यो।

अनि हामी ‘ए हो? ठीकै छ’ भन्यौँ, चुपै बस्नुबाहेक अर्को विकल्प छैन। किनभने सरकारले अहिलेसम्म यसबारे केही बताउन सकेको छैन। हामीसँग केही उपकरण पनि छैन सगरमाथामा। अनि कसरी हो कि होइन भन्ने? भरे फेरि अर्कोले हैन होचो नै हो भन्यो पनि सुन्ने र बस्ने बाहेक विकल्प छैन।

त्यसो त नापी विभागले सामान भएको ठाउँमा नापेर हेरेको भने छ है। गत वैशाख २३ गते विज्ञप्ति जारी गर्दै भूकम्पपछि यी ठाउँको अवस्थिति सरेको र उचाइ बढेको पुष्टि गरेको थियो-

नगरकोट १.८२ मिटर दक्षिणपश्चिम सरेको र उचाइ १.१५८४ मिटरले बढेको
फुल्चोकी ०.९२ मिटर दक्षिणपश्चिम सरेको र उचाइ ०.६३ मिटरले बढेको
बुङ्मती ०.९९ मिटर दक्षिण सरेको र उचाइ ०.७७ मिटरले बढेको
स्वयम्भु १.६४ मिटर दक्षिणपश्चिम सरेको र उचाइ ०.९८ मिटरले बढेको
नुवाकोटको कुमरी १.७१ मिटर दक्षिण पश्चिम सरेको र उचाइ र १.०९३ मिटर बढेको

सगरमाथामा चाहिँ चीनले सामान राखेको भएर चीनको एजेन्सीले भनेको कुरा पत्याउँ। सगरमाथामा चीनले किन राख्या त भनेर राष्ट्रवादी रगत नउमाल्नु होला। सगरमाथा नेपाल चीनको सीमामा पर्छ। सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले पनि मान्दै आएको हो।

त्यही चीनको नेसनल एडमिनिस्ट्रेसन अफ सर्भेइङ, म्यापिङ एन्ड जियोइन्फरमेसनले भनेको रहेछ : तिब्बेतियन प्लेट र युरेसियन प्लेटले एकअर्कालाई धकेलिरहेका कारण सगरमाथा भूकम्पअघि पनि सरिरहेकै थियो। विगत १० वर्षमा सगरमाथा प्रति वर्ष ४ सेमीको दरले ४० सेमी सरिसकेको छ। तर सर्ने दिशा उत्तरपूर्व थियो। भूकम्पले भने सगरमाथा दक्षिणपश्चिम दिशातर्फ तीन सेमी सरेको छ।

अब हामी माथि नापी विभागले दिएको तथ्याङ्क पनि हेरौँ त्यहाँ पनि दक्षिणपश्चिम नै सरेको छ धेरै ठाउँहरु।

चिनियाँ एजेन्सीले वैशाख १२ को गोरखा भूकम्पभन्दा नजिकै केन्द्रबिन्दु रहेको वैशाख २९ गतेको दोलखा/सिन्धुपाल्चोक केन्द्र रहेको ७.३ मोमेन्ट म्याग्निच्युडको भूकम्पले भने सगरमाथामा कुनै असर नपरेको बताएको छ।

3 thoughts on “सगरमाथा नै सार्ने कत्रो ठूलो भूकम्प ! तर अरुले भनेकै पत्याएर बस्नुपर्ने है हामी”

  1. Dinesh Malla says:
    June 17, 2015 at 9:48 pm

    सगरमाथा 3cm कम हुदा संसार भरी हल्ला फैलिएको छ
    तर भारत ले 3 km सिमा मिच्दा पनि नेपाल सरकार लाई थाहा नहुनु को कारण के होला ???

    Reply
  2. डिल्ली says:
    June 17, 2015 at 2:41 pm

    हामीले हाम्रो क्षमता विकाश गर्न नसकेपछि अरुकै भर पर्नु अनौठो नै भएन । पहिले धान निर्यात गर्ने नेपालले अहिले चामल आयात गर्दा त अनौठो मान्नु नपर्ने दिन आइसक्यो । भूकम्पको राहतमा बाङ्लादेशले दिएको चामल टनका टन गायब पार्दा त अनौठो मान्न नहुने दिन आयो । टनका टन ट्रकका ट्रक हराको अख्तियारले त नभेटिरहेको बेला हिड्दा महिनौ दिन लाग्ने डाँडो जाबो १ मिटर यताउता सर्दा कुन नेपालीले भेट्छ त ! अनि कता सर्यो कि कता धस्कियो विदेशिले नभनि थाहा हुन्छ त ? अहिले घरमालिक तासको खालमा र स्वयम सेवक उसको घर निर्माणमा समेत जुटिरहेको बेलामा, सम्बन्धित व्यक्तिले वरको सिन्को पर त सारेको छैन जाबो सगरमाथा सरे पनि नसरे पनि मतलब राख्नु भएन नि !

    Reply
    1. shyam says:
      June 17, 2015 at 10:33 pm

      हामी यहाँ कमेन्ट लेख्नुभन्दा आफै त्येही काम गरे कसो हुन्थ्यो होला!. नचाहिदो ब्लग पढ्यो अनि यसैमा हुने नहुने कमेन्ट गर्यो मैले जस्तै अनि समय खेर फाल्यो| हो कतिपय कुरामा हामी अरुको भर पर्नु पर्छ| कुनै पनि देश आफैमा आत्मा निर्भर छैन चाहे अमेरिका होस् या भारत होस् या चीन| होला हाम्रो देशमा धेरै कुराहरु नभएका होलान, तर नगरेको कसले त? आफैले नै हो. मैले ब्यकिगत रूपमा कटाक्ष्य गर्न खोजेको हैन तर हरेक कुरामा negativity खोज्नु कदापी राम्रो हैन|

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme