Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन, कुन देशमा रहेको दूतावासमार्फत् कति आयो?

Posted on June 11, 2015June 12, 2015 by Salokya

भूकम्पपीडितको सहयोगका लागि सबै जुटिरहेका छन्। त्यही क्रममा विदेशस्थित नेपाली दूतावासहरुले अहिलेसम्म ९० करोडभन्दा बढी जुटाइसकेका छन्।
विश्वका विभिन्न मुलुकमा नेपालका ३४ वटा कूटनीतिक नियोग छन्। त्यसमध्ये ३१ वटाबाट सङ्कलित रकम प्रधानमन्त्री उद्धार कोषमा दाखिला भएको छ। आजसम्म एक पैसा नपठाउने नियोग कुन हो त? विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको वासिङटन डिसी र संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोग। अमेरिकामा रहेका नेपालीहरुलाई भूकम्पको पीडाले नछोएको हो कि के हो, त्यो त्यहीँ बस्नेहरुले बुझुन्। तर विश्वभरका नेपालीले दूतावासमार्फत् कोषमा पैसा पठाइरहँदा अमेरिकामा बस्नेहरु मात्रै ठूलो भइटोपल्दा कसलाई कुरीकुरी हुने हो ! अरु सबै देशकाले विश्वास गरी पठाउन हुने, अमेरिकामा भएकालाई चैँ ठूलो भइटोपल्नु पर्ने। कुन देशबाट कति रकम जम्मा भएको छ त ?

हुनत भन्नेले प्रधानमन्त्री राहत कोषको विश्वास छैन भन्छन्। आफ्नै देशको विश्वास नगर्नेले विश्वास चाहिँ कसलाई गर्दा रहेछन् त हँ। आइएनजिओलाई? पढ्नुभयो होला नि अस्ति नै आएको एउटा रिपोर्ट- रेडक्रसले हाइटीका लागि ५० हजार डलर उठाएर जम्मा छ वटा घर बनाएको ! आइएनजिओहरुको रकमको ठूलो हिस्सा त उनीहरुकै देशका कन्सलट्यान्ट भनाउँदाहरुलाई जान्छ। पीडितकोमा भन्दा व्यवस्थापनमा नै जान्छ धेरै रकम। हिसाब कसैले माग्दैन। कमसेकम प्रधानमन्त्री कोषमा त त्यस्तो हुँदैन। कोषको त एउटा निश्चित नियमावली छ र लेखापरीक्षण हुन्छ। नियमावली अनुसार यसमा संकलित रकम यस्तो प्रयोजनमा खर्च गर्न पाइन्न-
Capture
पूरा नियमावली तपाईँ यहाँ पढ्न सक्नुहुन्छ। हिसाबकिताब सबै पारदर्शी हुन्छ। वेबसाइटमा नै राखिएको हुन्छ। आइएनजिओको कहाँ खोज्न जाने?

कुन दूतावासबाट कति रकम जम्मा भयो ?

सबैभन्दा बढी रकम जम्मा गर्ने : जापानस्थित नेपाली दूतावास – रु ३१ करोड ६३ लाख १० हजार ७३३

pmfund
(स्रोतः परराष्ट्र मन्त्रालय)

33 thoughts on “अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन, कुन देशमा रहेको दूतावासमार्फत् कति आयो?”

  1. सुशील चौधारी says:
    June 11, 2015 at 11:53 pm

    पत्रकारिता कोठामा बसी बसी गर्ने कि फिल्डमा गएर ? राहत भनेको आहतलाई दिइने सुबिधा र सेवा हो कुनै खाताको अंक होइन । बही खता र मंत्रलयको रेकर्डको भरमा पत्रकारिता हुने भए म पनि यहिबाट सुरु गर्थे ।

    1. Kisan says:
      June 12, 2015 at 12:07 am

      ए बाबु यिनले पत्रकारिता हैन ब्लगकारिता गरिराछन्। फिल्डमा गर्न त अमेरिकाको टिकट पठाइदेऊ, भिसा लगाइदेऊ अनि आएर गर्छन्। चोरको खुट्टा काट भन्दा खुट्टा उचालेजस्तो घन्टा नाटक गरिरा? यो प्रम कोषमा कुन देशकाले कति पैसा पठायो भन्ने डकुमेन्टको आधारमा बनाएको ब्लग हो। अमेरिकाबाट सुको आएको छैन त आएको छैन लेख्न नपाउने? कुरामात्र ठूलो अम्रिकाने नेपालीका भनेको ठीकै त देखियो नि

  2. Bibek says:
    June 11, 2015 at 10:21 pm

    Salokya brother,

    It takes time and some procedure to collect and transfer money! its not Nepalese in America aren’t doing anything. it is not necessary to deposit money in PM fund. Individuals and different organizations are directly or indirectly involving in relief programs, many people contributed as they can. So, please, have some serious research before you post anything, because, it doesn’t make Nepalese in america bad if they don’t deposit in PM fund and its not necessary.

    KEEP IN MIND: within 2 weeks people of Los Angeles are contributing 1 hundred thousand dollars ( Rs, 1,00,00,000) to PM Fund!!!

    When its done i will update you with a news than you tell us what we are…………….

    *Let to research before you post

    1. Lava Bhatta says:
      June 11, 2015 at 11:53 pm

      ल हेर यिनी बम्किएका फेरि । सालोक्यलाई रिसर्च गर रे घण्टा रिसर्च गर्नु । परराष्ट्र मन्त्रालयको डकुमेन्टमा यी यी देशबाट प्रधानमन्त्री कोषमा सहयोग आयो यी बाट आएन भनेको छ त्यही हेरेर ब्लग लेख्यो । ब्लग भनेको तपाईँको युनिभर्सिटीतिरको थेसिस हो र अमेरिका पुगेर सबै राज्य चहारेर क्वेसनायर भरेर लेख्ने ?

  3. Bisal says:
    June 11, 2015 at 9:53 pm

    Salute to all Japanese people & great efforts of Embassy of Nepal, specially to ambassador Mr. Madan K. Bhattarai.

  4. Ratna Thapa says:
    June 11, 2015 at 9:04 pm

    प्रधानमन्त्री राहत कोषमा पैसा दिने पर्छ र ? दिएको त राम्रै हो तर अर्थमन्त्रीज्यूको पी.ए. ले जस्तापाता बेचे रे…भन्ने खबर सुनियो त्यसले पनि दाताहरुलाइ झस्कायो | अरु कुरा के कुरा, यतिका वर्षसम्म एन.आर.एन.ले विन्ती गर्दा पनि दोहोरो नागरिकता प्रदान गर्न नचाहने, दिन्छु विचार गर्छु मात्र भन्ने तर पैसा मात्र माग्ने त्यस्ता राजनीतिक दल र सरकारलाई किन फेरी एन.आर.एन. कै पैसाको आश लागेको ? अब पहिले दोहोरो नागरिकता देऊ अनि तिम्रो कोषमा पैसा जाला, नत्र हाम्रो पैसा जो सुकैलाई दियुम….तपाईंहरुलाई के को खस खस ?

    1. Lava Bhatta says:
      June 11, 2015 at 11:40 pm

      यही रत्न थापा जस्ता हुन् अमेरिकामा बस्ने नेपालीहरुको पारा : माकफूँइ गर्ने भन्ने प्रमाणित भएको हो । ओहो अझ दोहोरो नागरिकता चाहियो अनि मात्र पैसा दिन्छु रे । पैसा देऊ भनेर कसैले मागेको छैन । मनमा मानवीयता भएकोले दिन्छ भनेको हो । ३१ देशका नेपालीको मनमा मानवीयता रहेछ, दिएका छन् अमेरिकामा बस्ने नेपालीहरुको फूँइमात्र बढी देखियो भनेको हो। पैसा दिनै पर्छ ले ले भनेर मागेका हैनौँ । तिमीहरुको खुट्टी देखेरै चाल पाइयो भनेका हौँ । पलायनवादीहरु ठूला कुरा नगर उतै रमाऊ उतै बस यताको बारेमा हल्ला नगर भनेको हो ।

  5. Mansoon says:
    June 11, 2015 at 9:04 pm

    किसन जी
    बडो बुज्रुक बन्न खोज्नु हुँदो रहेछ ! Nepal भन्दा माथिको मानसिकता बाट उठानुस ! कम से कम अमेरिकामा रहेका नेपालीहरु तपैन्को जस्तो दरिद्र मानसिकता बाट धेरै माथि छन् ! सहयोक अंकमा चाहियो ? हामीले देखाउना लाई सहयोग गरेको हो? प्रतेक state बाट at least $५००,००० सहयोग गएको छ ! किन तमासा गर्नु पर्यो ?? मेरो office बाट मात्रै $२५,००० उठाएर redcross बाट पठाएको छु ! तिम्रो कोइरालो र महत जस्ता डाँका हरु को हैसियत राम्रै थाहा छ , यता आउँदा casino लैजान पैसा उठाएर लानु पर्छ ! अनि हाम्रो परिश्रम तेस्तालाई सिस्त्तैमा खान दिने ?

    1. Lava Bhatta says:
      June 11, 2015 at 11:59 pm

      कसलाई नेपाली दरिद्र मानसिकता भनेको ? तपाईँ को ? नेपाली होइन ? दरिद्र त तपाईँहरु जस्ता हुन् मनका दरिद्र ।

      हामीले तपाईँको सहयोग चाहियो भनेर मागेका वा हात फैलाएका छैनौँ । अरु हरेक देशका नियोगबाट प्रधानमन्त्री कोषमा पैसा जम्मा भयो अमेरिकाबाट भएन । अमेरिकामा बस्ने नेपालीहरु कस्ता रहेछन् बुझियो भनेका हौँ । तपाईँलाई पैसा पठा भनेका हैनौँ । ती ३२ देशका नियोगले पनि त्यहाँका नेपालीलाई मागेर पैसा उठाएका हैनन् ।
      प्रत्येक स्टेटबाट यति रकम गयो भने के फूइँ लाउनु हुन्छ ? भरे मैले एक खरब दिएँ भनौँला। के पत्याउने ? रेडक्रसबाट पठाएँ रे । खुब राम्रो छान्नु भएछ । देशको सरकारलाई गाली गरेर विदेशीको भर परेर । तपाईँको रेडक्रसले हाइटीमा गरेको के थियो हेर्नुस् यता ५० हजार डलर उठाएर जम्मा छ वटा घर बनाएको ! http://www.pahilopost.com/content/-4688.html
      The Red Cross’ Haiti disgrace: Half a billion dollars spent, six homes built http://www.salon.com/2015/06/07/the_red_cross_haiti_disgrace_half_a_billion_dollars_spent_six_homes_built_partner/
      How the Red Cross Raised Half a Billion Dollars for Haiti ­and Built Six Homes
      https://www.propublica.org/article/how-the-red-cross-raised-half-a-billion-dollars-for-haiti-and-built-6-homes

  6. श्रीजन , भर्जिनिया says:
    June 11, 2015 at 8:47 pm

    खै के भन्ने, $ १०,००० चानचुन त हाम्रै संस्था ले नै नव नियुक्त राजदूत अर्जुन कार्की लाइ सार्वजनिक कार्यक्रम मै सुम्पेको हो . आगे अर्जुन कार्की अथवा प्रधानमन्त्री राहत कोष ले नै जानोस .

  7. prabin sapkota says:
    June 11, 2015 at 8:30 pm

    सालोक्यजी को research अल्लि कम हुन थाल्यो जस्तो लग्यो. एक महिना सम्म नेपालको नया राजदुत राहत संकलन गर्दै हिड्नु भाको छ. बोस्टन बाट मात्र $५०००० उठेकोछ भने सबै ठाउँ मा संकलन गर्दा धेरै उठेको होला. आफुले सक्ने जति सबै मान्छे ले गरेको छन् सालोक्य जी, बरु mysansar को quality चै अल्लि तल गको भान भाको छ.

    1. Kisan says:
      June 11, 2015 at 8:42 pm

      सालोक्यजीको रिसर्च र माइसंसारको क्वालिटी होइन तपाईँको पूर्वाग्रहले आँखा अन्धो बनाएको हो । परराष्ट्र मन्त्रालयको डकुमेन्टमा देखिएको हो अमेरिकी नियोगबाट पैसा जम्मा नभएको । खुब रिसर्च गर्ने भइखाको हेर्नुस् यता http://mofa.gov.np/en/news/detail/1099
      अनि यो पनि हेर्नुस् नागरिकको
      ‘सबैभन्दा बढी गैरआवासीय नेपालीको संख्या अमेरिकामा छ। त्यहाँ बसोबास गर्ने नेपाली धेरै सम्पन्न पनि छन्। तर, त्यहींबाट एक रुपैयाँ पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आउन सकेको छैन,’ स्रोतले भन्यो। – See more at: http://nagariknews.com/politics/international/story/39551.html#sthash.5HASTH5l.dpuf

      1. prabin sapkota says:
        June 11, 2015 at 9:23 pm

        पुरा news एउटा document लै मात्र आधार मानेर बनौन अल्लि ठिक भएन कि भन्ने कुरा मात्र हो. जहाँ सम्म राहत संकलन को कुरा छ, राजदुत Dr अर्जुन कार्कीले धेरै संघ संस्था बाट संकलन भएको रकम जम्मा गर्दै ठाउँ ठाउँ जानु भएको छ. बोस्टन को event मा म आफै गएको ले यो आफ्नै आँखाले देखेको छु. ठुलो देश छ, सबै ठाउँम गएर संकलन गर्न time लगेर send गर्न ढिला भयोकि भन्ने लाग्यो. आग्रह पुर्बाग्रह जस्ता ठुला सब्द जान्दिन म, आफुलाई थाहा भएको/ लागेको कुरा मात्र लेखेको हो. यो document final त होइन होला, update भए पछि थाहा भै हाल्छ.

        1. punya prasad says:
          June 11, 2015 at 10:25 pm

          राहत पठायो / पथायेना भनेर आफ्नो गर्दन फुलाउनु भन्दा … संकलन भएको राहत को उचित सदुपयोग भयो / भएन हेर्नु महत्वपुर्ण हुन्छा
          राहत को रकम नेता हरु ले खाएको समाचार धेरै आको छ …पैला ति ******* नेता हरु लै घोक्रे ठ्याक लगाउनु पर्छ … अनि संकलन भएको पैसा ले वास्तविक पिडित लाइ राहात को काम गर्छ
          त्यो भ्रस्टचारी मन्त्रालय बाट निकालेको कागज लाइ आची पुछेर फल्देउ !

          1. Jiban says:
            June 12, 2015 at 12:19 am

            आए भो नि त घोक्रेठ्याक लगाउन, विदेशमा बसेर किबोर्डबाट भुक्दैमा हुन्छ?

        2. Kisan says:
          June 11, 2015 at 11:35 pm

          भएको डकुमेन्टलाई आधार नमानेर केलाई मान्ने त? कस्तो खालको रिसर्च भन्या हो डकुमेन्टमा हुँदै नभाको कुरा लेख्न ?

  8. Danny says:
    June 11, 2015 at 2:10 pm

    होइन हो साथीहरु , सरकारमाथि बिसोवास नभएको कारण हामीले प्रताक्छा सहयोग गरेका छौ , जस्तै एन अर एन अनेरिका दुइ करिड , जनसम्पर्क समिति एक कदोड़, शेर्पा क्यिदुग अमेरिका एक करोड चालिस लाख र रिगेओद नेपाली समाजबाट ३०,००० भन्दा बादी रकम प्रधानमन्त्रिको राहत कोषमा जम्मा गरिसकेको छ .२-३ लाख भन्दा बादी को सहयोग मो आफैले गरेको छु /

    1. Kisan says:
      June 11, 2015 at 7:43 pm

      ल्हासामा सुन छ मेरो कान बुच्चै। भन्नलाई त मैले पनि एक खरब गरेको छु भन्न पाइयो नि। तर डकुमेन्टमा देखिनु परो

  9. RC Neupane says:
    June 11, 2015 at 12:54 pm

    नेपालीको बानि नै गफ लगाउने त भयो नि

  10. Rishav says:
    June 11, 2015 at 12:37 pm

    Maybe people have a genuine reason to distrust the lethargic, corrupt and unreliable political actors and processes of Nepal? Maybe things like taking 2 weeks to pass resolutions in the parliament to help victims of earthquake were some of the reasons?
    Maybe they thought unlike the Nepal Government, INGOs are corrupt but liable? No one will know.

    1. Kisan says:
      June 11, 2015 at 7:45 pm

      अमेरिका बस्ने नेपालीको कुरै ठूला, प्रमांणित भो। त्यत्रो ३० देशका नेपालीले विश्वास गरी पठाए, तिमीहरुलाई नानाभाँती। नदिने बज्यै आइतबार बार्छिन्

      1. punya prasad says:
        June 11, 2015 at 8:00 pm

        विश्वास गरि पठाएको रकम को कति सदुपयोग भा को छ हेर्या छौ तिम्ले ?
        बिदेस बाट दुख गरि कमाएको पठायो … भ्रस्टाचार र हिनामिना गरेर पार्टी र कार्यकर्ता लै मोज ? ईस खाउ !!

        1. Kisan says:
          June 11, 2015 at 11:45 pm

          हेरेको छु। कसरी खर्च हुन्छ पैसा एक एक हिसाब राखेको हुन्छ । हेरेको छु । हेर्न मन लागे हेेरे हुन्छ यता http://opmcm.gov.np/np/2015/06/11/full-story/281.html राहत कोषको पैसा लेखा परीक्षण हुन्छ र हिनामिना गर्न गाह्रो हुन्छ भनेर पनि देखेको छु । दिनेले दिन्छ र दिइराखेको छ । नदिने चुपो लागेर बसे हुन्छ नानाभाँती गफ हाँक्न नआऊ उतै गोराको भाँडा माझेर इस् खाउ

          1. punya prasad says:
            June 12, 2015 at 12:21 am

            गोरा को अथवा काला को भाडा माज्ने .. अमेरिका बस्ने कुरै कसले गर्या छ र ? येस्ता टपिक बाहिर को कुरा भुकेर कुन चै पार्टी को चम्चा गिरि गर्दै छौ तिमि ?
            तिम्रा अर्थ मन्त्रि का के के जाति ले जस्ता पाटा बेचेर खाए …
            तिम्रा गुण्डा राज हरु (घैते कुमार , गणेस लामा, … ) आदि लाइ राहत वितरण को जिम्मा ..
            ..
            ..
            कति भ्रस्टाचार भा को छ भन्ने कुरो सुन्न लै केहि समय पर्खि बस बिस्तारि सब बाहिर आउछ !

            बरु भन्देउ न एकपल्ट … तिमि कुन पार्टी को पुछार हौ ?

            1. Kisan says:
              June 12, 2015 at 12:29 am

              ल हेर भाँडा माझ्ने भनेपछि बिचराको मुटुमै छोएको, टपिकबाहिर रे। टपिकबाहिरको कुरा कसले ल्याएको? ३० देशका नेपालीले नेपालमा रहेका नेपालीका लागि सहयोग गरे, अमेरिकामा रहेकाले गरेनन् भन्दा तिम्रो टाउको किन दुखेको? भ्रस्टाचार हुन्छ भन्ने लाग्छ भने नदेऊ न त सिद्धिगो नि। दिनेहरुले दियो। नदिने चुप बसे त भैगो नि घन्टा यो भएन र त्यो भएन भनेर कराइरा?

          2. punya prasad says:
            June 12, 2015 at 12:24 am

            कहाँ छ ? खर्च को विवरण?
            यो त रकम जम्मा भएको विवरण मात्र हो !
            पढ्न त आउछ होला नि किसन ज्येउ तिम्लाई ?

            1. Kisan says:
              June 12, 2015 at 12:32 am

              घन्टा हान्नेलाई एक्सेलमा पनि पेज हुन्छ भन्ने थाहा भएन जस्तो छ, गुगल गर कसरी पेज वा ट्याब हेर्ने भनी अनि देख्छौ !

  11. प्रविण कुमार के‍.सी. says:
    June 11, 2015 at 10:32 am

    अनर्थ मन्त्री रामशरण महतले सिधै जनताको घर पुनर्निर्माणको लागि सरकारले एक पैसा पनि खर्च नगर्ने घोषणा गरिसकेको अवस्थामा सरकारी भवन र मन्त्री क्वाटर निर्माणको लागि मात्र सहयोग रकम उपलब्ध गराउनुको कुनै अर्थ पनि रहंदैन जस्तो लाग्छ । यस्तो अवस्थामा राष्ट्रसेवक कर्मचारीको ५ देखि १५ दिन सम्मको तलब कट्टि गरेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रकम पनि एक हिसाबले खेर गएको घोषणा गरिदिए हुन्छ ।

    1. Kisan says:
      June 11, 2015 at 7:46 pm

      गफ बढी काम कम भनेको यही हो

  12. Kisane says:
    June 11, 2015 at 6:52 am

    अमेरिकामा र क्यानाडा मा काम गर्न गएका हुन र हाम्रा परराष्ट्रका कर्मचारीहरु ? त्यहाँ त उनीहरु मोज गर्न गएका, परिवार लाई काममा लगाउने अनि त्यही बसेर ग्रीन कार्ड को चाँजो पाँजो मिलाउने अनि छोरा छोरी छोडेर वा हुर्काएर आफु पेन्सन नपाउन्जेल कुर्ने अन्त गएर !

    कर्मचारी हरु कस्ता छन् ! फोन भनेको उठाउन र जवाफ फर्काउन जानेको छैनन् ! न त यिनीहरु आफ्नो चाला मा परिबर्तन गर्छन ! बरु साँढे हिडला यिनीहरु आफ्नो गति फेरेर हिडदैनन् ! यिनी हरुलाई पासपोर्ट मा सहि गर्ने र यताउति प्रशासनिक काम बाहेक अरु कुटनीतिक काम मा ध्यान नै छैन ! अनि कहाँ बाट आउछ चन्दा ?
    नेपाली हरुको संस्कृतिक कार्यक्रम बाट मनोरंजन लिन खुब आउँछ यिनलाई र कलाकार लाई लिन र आदर गर्न ! कति नी कुटनीतिक व्यक्तिहरु त यिनीहरु कलाकारहरु पो हो भने जस्तो व्यवहार गर्छन !

  13. Shankar says:
    June 11, 2015 at 6:14 am

    मैले चिनेको एक जानाले आफ्नो गाउमा मा स्कुल बनाउन एकल पहल मा अमेरिकामा लग बाग २१००० डलर जम्मा गरे |
    तेस्तै व्यक्तिगत रुप मै सहयोग गर्ने धेरै छन् | तर प्रधानमन्त्री , नेपाल प्रसासन लाइ भ्रस्ट मानेर न दिएका हुन् मेरो बिचार मा |
    संयुक्त रास्ट्र शंघ ले १२ अर्ब सहयोग जुताउदा प्रधान मन्त्रि कोष मा ४ अर्ब मात्र भयो भन्ने कान्तिपुर मा लेखेकै थ्यो |
    स्वयं अर्थ मन्त्रि बाटै जस्ता पता घोटाला , भुकम्प जानासाथ दिल्भुसन लाइ बामदेब ले दिएको अन्तर्वार्ता र झुट बोलेको सारा संसार ले थाह पायो अनि कसरि बिस्वास गर्छ प्रधानमन्त्री राहत कोष मा ?
    फेरी प्राय यिनै सभासद , संबिधान लेख्ने भनेर ३ महिने कामलाई दस बर्स लगाएर , सभासद्लाई नै जागिर बनाएर देश लुटेको विश्वले देखेको छैन ? अनि कसरि दिन्छ ?
    तर गाँठी कुरा चै के पनि हो भने अरु देश मा मान्छे कमाउन जान्छन , अमेरिका मा मान्छे हराउन जान्छन यो पनि एक कारण हुन् सक्छ |

  14. bijay says:
    June 11, 2015 at 4:16 am

    Most of the donors contributed through other agencies like American Redcross and also directly to the friends and small groups involved directly in the releif effort.

    Reputation of corrupted Prime Minister Relieft Fund was bad enough that most of the nepalis in western world would turn away from it. So kurikuri to PM relief fun, not to people who did not contribute to it.

  15. Kisan says:
    June 11, 2015 at 3:31 am

    यस्तै हुन् अम्रिकाने नेपालीहरु । आआफू झगडा गरो बस्यो। अस्ति न ANA को झगडा, ऐले फेरि एनारानको। बेज्जतिहरु

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme