सोमबार रातिको १६ बुँदे सहमतिसँगै संविधान कस्तो बन्छ भन्ने त थाहा भइ नै हाल्यो। त्यो लिखित सहमति बाहेक अरु के के कुरामा सहमति भएको रहेछ भन्ने कुरा चाहिँ बिस्तारै खुल्दैछ। केही कुरा प्रचण्डले बिबिसी लगायत विभिन्न मिडियालाई दिएको अन्तर्वार्ताले खुलाएको छ। त्यसमा स्पष्ट संकेत गरिएको छ, असारभित्र संविधान जारी हुनेछ र त्यसपछि सुशील कोइरालाले राजीनामा दिनेछन्। अनि केपी ओली प्रधानमन्त्री बन्नेछन्। सुशील कोइराला राष्ट्रपति बन्नेछन्। प्रधानमन्त्री र राष्ट्रपतिको कार्यभार नयाँ संविधान अनुसार चुनाव नभएसम्मका लागि हुनेछ। जेहोस्, २०६२/६३ पछि संक्रमणकालीन अवस्था भन्दै भइरहेको ल्याङल्याङले अब पार पाउनेछ।
प्रचण्डले अन्तर्वार्तामा भनेका छन्, संविधान जारी भएपछि कोइरालाले राजीनामा दिनेछन्। त्यसपछि स्वभाविक रुपमा दोस्रो पार्टीको दावी रहनेछ। त्यो भनेको एमाले र केपी ओली। हाम्रो पार्टीले औपचारिक निर्णय गरिसकेको छैन भने पनि उनले स्वीकार्ने स्पष्ट संकेत दिइसके। ओलीलाई माओवादीले प्रम स्वीकार्ने गरी सहमति भएपछि बल्ल १६ बुँदे भएको रहेछ भन्ने पनि यसबाट बुझ्न सकिन्छ।
हुन पनि हो, यो १० वर्षको अवधिमा सबैले प्रधानमन्त्री हुने रहर पूरा गरिसके माओवादीका प्रचण्डदेखि बाबुराम भट्टराईसम्म। एमालेमा चुनाव हारे पनि माधव नेपालदेखि झलनाथ खनालसम्म। बिचरा केपी ओली एक जनाको रहरमात्र किन पूरा हुन नदिने हो? उनलाई पनि बनाइदिए भइगयो।
राष्ट्रपतिमा पनि तेस्रो पार्टीमा खुम्चिएको एमाओवादीले आफ्नो कुनै दावी नरहने बताएपछि कांग्रेसले रामवरण यादवलाई नै फेरि राखे पनि स्वीकार्ने सुशील कोइराला आफै इच्छा भए हुने भए पनि स्वीकार्ने प्रचण्डले बताए।
यो हिसाबले सोझो तालमा हेर्ने हो भने अब केपी ओली प्रधानमन्त्री र सुशील कोइराला राष्ट्रपति हुनेछन्। तर नेपाल न हो, के थाहा कसले खेलिदिने हुन्। ओलीलाई प्रधानमन्त्री हुन नदिन कुनै शक्ति लाग्ने हो भने अरु नै कोही पनि हुनसक्छन्। अथवा सुशील कोइरालालाई राष्ट्रपति नबनाउन पार्टीभित्रै वा बाहिरबाट कसैले खेलिदिए अर्कै कोही नहोला भन्न सकिन्न। उतिबेला पनि रामवरण यादवलाई राष्ट्रपतिको चिट्ठा पर्ला भनेर कसले पो सोचेको थियो र।
नयाँ प्रधानमन्त्री र राष्ट्रपतिको पनि महत्वपूर्ण काम बाँकी रहनेछ। नयाँ प्रधानमन्त्री कै कार्यकालमा प्रदेशको सीमाङ्कनको टुङ्गो लाग्नेवाला छ। त्यसका लागि आयोग बन्नेवाला छ। यही आयोगको सुझाव प्रतिवेदनका आधारमा संविधान सभाबाट रुपान्तरित भइसकेको व्यवस्थापिका संसदले प्रदेशको सीमाङ्कन गर्नेछ। यसमा धेरै लफडा हुनेवाला छ। एउटा जाबो सेवा केन्द्र स्थापना गर्ने निर्णय हुँदा त लफडा भएको देशमा प्रदेशकै सीमा निर्धारण गर्नु कम्ता गाह्रो काम होइन। तर प्रमुख दलहरुले सहमति गरेकाले र भूकम्पले एक हुने मति सबको बनाएको हुनाले लफडा छिट्टै मिल्ला भन्ने आशा गरौँ।
अनि नयाँ संविधान अनुसार २७५ सदस्यीय संघीय ससदको लागि १६५ निर्वाचन क्षेत्रमा चुनाव गर्नुपर्नेछ। १६५ निर्वाचन क्षेत्र हुँदा कुन जिल्लामा कति निर्वाचन क्षेत्र हुने भन्ने बहस पनि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बुधबार थालिसकेका छन्। त्यो चुनाव भइसकेपछि १३८ सांसदको समर्थन पाउने व्यक्ति भेटिएपछि बल्ल नयाँ प्रधानमन्त्री बन्नेछन्।
राष्ट्रपतिको कार्यकाल भने अझ लामो हुनेछ। यसका लागि प्रदेशको चुनाव पनि भइसक्नु पर्नेछ। पहिला प्रदेशको सीमा टुङ्गो लाग्नुपर्यो। अनि त्यहाँ चुनाव हुनेछ। संघीय संसदको र प्रदेशको चुनावसँगै गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने नयाँ बहस हुनेछ त्यतिबेला। संघीय संसदका सदस्य र प्रादेशिक सभा सदस्यसहितको निर्वाचक मण्डलबाट बल्ल नयाँ राष्ट्रपति चुनिनेछ।
[केपी ओली प्रधानमन्त्री र सुशील कोइराला राष्ट्रपति हुने दलहरुको सहमति तपाईँलाई कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्टमा राख्नुस्]
One thing has been clear about the polical field and rulers of Nepal. The following are some of the bad destiny.
1. To break in rulling government from the highly corrupt,incompetent and thugs.
2. No polician who has credibilibity and ability who can run a govenment with good governance.
3. No person of wisdom, leadership quality and good health in the rank of PM, President and govenment.
4. Very slim possibility that country will move ahead
5. Nepalese are not going to experience being free from Don’s practices in all spares of business and development.
In summary an ongoing saga and sequence of extremely corrupt and incompetent govement and country will waste tax payers and money and hard earned Nepalese livelyhood for same gang of thugs and cons.
छविलाल ले king maker भएर फेरी बबाल गर्न लाग्यो
राणा , शाह , कांग्रेस , माले माओवादी सबै पार्टीहरु भन्दा पनि सबै भन्दा दुच्छर २ व्यक्ति छन :
यी दुच्छर २ व्यक्ति हरु यी हुन्
१. प्रचण्ड भनाउँदो छविलाल – नाङ्गो, निर्लज्ज, भ्रष्ट, अनि घमण्ड र अहमले चूर चूर भएको दशौं हजार नेपालीको हत्यारा / जे मुखमा आयो त्यही बोल्ने – भात खाएको मुखले बोलेको हो या गोबर खाएको मुखले बोलेको हो थाहा छैन
२. किरण भनाउँदो वैद्द – यो चाहिं मानसिक सन्तुलन नभएको psychopath र sociopath हो। पक्कै पनि यो हत्याराको वाल्यकालमा यस्ले केही त्यस्तो भोगेको वा अनुभूति गरेको हुनुपर्छ जसले गर्दा आज आएर यो वैद्द सारा संसार सित रुष्ट छ र अत्यन्त खतरनाक पोल पोट (pol pot ) प्रवृत्ति को भएको छ / छविलाल को नेतृत्वमा दश हजार मरे , तर माओवादी भित्रको अन्तर्द्वन्द का कारण यो वैद्दले आफ्नो नेतृत्व नगुमाएको भए र आज यो वैद्द नै माओवादी को नेता भएको भए यसले लाखौं मार्न पनि हिचकिचाउदैनथ्यो र माओवादी लाई वार्ता मा आउन पनि दिदैनथ्यो
के के न चाल चालें भन्दो हो यो भाँडो भैलो गर्ने नालायकले / छविलाल त साँच्चै नै भडुवा हो / निकम्मा पनि हो / यो मुर्ख ले जहिले पनि जे पायो त्यही गरेर आफ्नो विचार मात्र ठीक हो भनेर अरुको केही सुन्दैन अनि सबै बिग्रे पछि अरुलाई दोष दिन्छ
संबिधान बनाउने कुरामा अहिलेको सम्झौता एउटा ठुलो फड्को हो/ येशले राजनैतिक स्थिरिताको आशा पलाएको छ/ तर ओली र कोइराला भावी प्रधान मन्त्रि र रास्ट्रपति हुनु भनेको देस र जनताको दुर्भाग्य हो/ किन कि भूकम्पको पुरानिर्वन एउटा दुरदर्शी र सक्रियरुपमा दौडधुप गर्ने प्रधानमन्त्री र रास्ट्रपति चाहिएको छ/ एस कार्य को लागि ति दुवै नेताको बुद्धी र शारीरिक अवस्थाले भ्याऊँदैन/ प्रचण्ड तर्फको लागि कुनै पद नपाए पनि यो जित हो/ आठ प्रदेश बनाएर आफ्नो राजनैतिक विजय गरे जो उनीहरुका लागि ओलीले र कोइरालले राज गर्ने प्रधान मन्त्रि र रास्ट्रपति को काल भन्दा धेरै जान्छ/ अब आउने ४/५ वर्षको समय भनेको अध्भुत काम गरेर नदेखाए राजनैतिक पतन हुने अवस्था हो/ जुन अध्भुत काम ओली र कोइरालाको क्षेमता बाहिरको कुरा हो/ एस्तो विपदको बेलामा त अरु नेता, कार्यकर्ता र कर्मचरीले लापरवाही गर्दा केहि गर्न सकेनन/पछि त लुटको राज्य नै बन्न सक्छ/ एस्तो अवस्था मा दाता हरुले सहयोग गर्न हिच्किचाएका छन/ एकद्वार नीति अन्तर्गत प्रधानमन्त्रि राहतकोषमा रकम जम्मा गर्नु पर्ने नीतिले सरकारको आन्द्रा भुँडी थाह भएका विदेशमा बस्ने नेपालीहरुले भुकम्प पिडितको घर बनाउन सहयोग गर्ने चाहना हुँदा हुँदै पनि पछि हट्दै छन्/ यो परिस्थितीले जनताले दुख पाए पनि एमाओबादीलाइ राजनैतिक फाइदा पुर्याऊँछ/
OLI AND SUSIL WATN TO BECOME PM AND PRESIDENT OF NEPAL @ ANY COST.THIS IS WORST SITUATION FOR NEPAL AND NEPALI
हाहाहा! देश!!
अब झन् कति रमाइलो हुनेहो गाठे!
बिकाश् शुबिधा ब्यबस्था उन्नति प्रगति क् गोलिमार्, रमाइलो भयत् भैगोनि! एकबारको जुनि रमाइलोसङ् कतेत् भैगोनि!
kattar माओबादी बिरोधि के पी ओली प्रधानमन्त्री बन्ने भनेपछि आफ्नो सहोदर दाजु कांग्रेस लाई पनि धोखा दिन तयार भएको देख्दा अच्चम्म लाग्यो मलाई त| संबिधान बन्छ भने के पी ओलीले त्यति त्याग (माओबादीको पनि साथ् क्या) त गर्ने पर्यो नि कि कसो? सुशील कोइराला बोल्न नसक्ने लाई रास्ट्रपति(खोपाको देवता) अनि देशलाई येत्रो दुख परेको बेलामा जोकर, हास्य व्यंगाकार प्रधान मन्त्रि, नेपाली जनताले दिल खोलेर हास्न पाउने भय, हरेक्चोटि प्रधानमन्त्रिले जोक मार्दा| वाह! क्या भाग्यमानी हामी नेपाली जनता|
गैंडा पुराण दिनै सुन्न पाईने भो बा !
Your analysis is very superficial and simplistic, primarily based on Prachanda’s interview with BBC Nepali Service. UCPN-Maoists is desperate to join the government because the money they have amassed after Jana Andolan II has run out. Prachanda is in tremendous stress to take care of thousands and thousands of cadres. Without some kind of access to the government resource, the party is sure to have another round of implosion. I see this to be the single factor for mellowing Prachanda and come down to negotiating table.
भए भर का रोगि हरु खोजेर प्रधान मन्त्रि र रास्ट्रपति बनाएपछि देश कहाँ स्वस्थ हुन सक्ला र?
गर्ने चाहिँ कसैले पनि केही होइन, जिन्दगी भरि नराम्रा कुरा मात्र बोल्ने के पी ओली पनि प्रधान मन्त्रि हुन्छु भनेपछि मिठा मिठा कुरा गर्छ |
Congratulations for getting promotions and raises at Nepal [P] Ltd.
केपी ओली र प्रचण्ड मिले भने असम्भब पनि सम्भब हुन्छ नेपालमा जस्तो पो देखिदै छ त !
येस्ता रोगि लै देश को भार सुम्पि के गर्न लागेको हो ?