अमेरिकी भूगर्भ संस्था USGS को गत साताको एडभाइजरीले आतंकै मच्चायो। भूकम्प गइसकेपछि हरेक साता उसले एडभाइजरी जारी गरिरहेको थियो। तर गत साताकोलाई भने के-के न जस्तो गरेर ‘ठूलो भूकम्प आउन सक्ने’ भन्दै हौवा मच्चाइयो। USGS ले आज मे २७ मा पुनः अर्को एडभाइजरी जारी गरेको छ। केही दिनमै फेरि यही एडभाइजरीलाई लिएर त्यस्तै आतंक मच्चिनुअघि नै यसबारे केही कुरा थाहा पाइराखौँ।
सबभन्दा पहिला एडभाइजरी के छ त्यसबारे बुझौँ।
USGS का अनुसार उसले नेपालमा रेकर्ड भएका विगतका भूकम्प र परकम्पहरुको संख्याको तथ्याङ्क विश्लेषण गरेर कति वटा परकम्प हुनसक्छ वा परकम्पको संभावना हेरेको हो।
तथ्याङ्क विश्लेषणको संभावना के छ त ?
• मे २७ देखि जुन २६ सम्म अर्थात् जेठ १३ देखि असार ११ सम्म USGS को अनुमानमा कम्तिमा एउटा ५ देखि ६ म्याग्निच्युडका परकम्प आउने संभावना ६२ प्रतिशत छ र बढीमा पाँच वटा यस्ता घटना हुनसक्छन्।
• ६ देखि ७ म्याग्निच्युडको एउटा शक्तिशाली परकम्प यो अवधिमा जाने संभावना १० मा १ अर्थात् १० प्रतिशत छ। ७ देखि ७.८ को थप शक्तिशाली एउटा परकम्प जाने संभावना पनि नभएको होइन तर यो संभावना निकै नै कम अर्थात् १०० मा १ मात्रै छ।
• गोरखाको मुख्य भूकम्पभन्दा ठूलो परकम्प जान त सक्छ तर यही साता जाने संभावना भने निकै निकै नै कम अर्थात् ५०० मा १ मात्रै छ। USGS को अनुमानमा मुख्य भूकम्पभन्दा ठूलो भूकम्प गए पनि त्यसको आकार लगभग मुख्य भूकम्पकै जति हुनेछ।
हामी देख्न सक्छौँ ठूला भूकम्पका संभावना कम छन्। तर साना म्यग्निच्युडका भूकम्पभन्दा यस्ता ठूला भूकम्पले धेरै क्षति गर्न सक्छ। परकम्पका तथ्याङ्कहरुका आधारमा निर्णय लिँदा भूकम्प आउने संभावना र आएमा हुनसक्ने क्षति दुवैलाई ध्यानमा राख्न USGS ले सुझाव दिएको छ।
७.८ को मुख्य भूकम्पअघि पनि यस क्षेत्रमा विगत २० वर्षदेखि हरेक वर्ष एउटा ५ वा त्यसभन्दा माथिका भूकम्प आउने गरेको स्मरण गराउँदै USGS ले अहिले त्यो परकम्पका कारण त्यसको संख्या बढ्ने बताएको छ।
परकम्पहरुको संभावित केन्द्र अहिलेकै गतिविधि भइरहेका क्षेत्र र केही त्यसभन्दा पर हुनसक्ने अनुमान गरिएको छ।
कुरा यति हो तर अब यसलाई बढाइचढाइ गरेर समाचार आउने संभावना उत्तिकै हुन्छ। भ्रममा पार्न सक्ने केही कुरा
भ्रम नम्बर १ : भूकम्पको संभावना बढेको छ
होइन, भूकम्पको संभावना बढेको होइन समय बित्दै गएसँगै घटेको छ। संख्यामा संभावना बढी देखिनुको एउटा कारण के हो भने यसअघि USGS ले साप्ताहिक एडभाइजरी निकाल्थ्यो। भूकम्पको एक महिना बितिसकेकोले उसले साप्ताहिक एडभाइजरी निकाल्न बन्द गरेर मासिक एडभाइजरी निकाल्न थालेको हो। सात दिनको भन्दा एक महिनाको संभावना गणना गर्दा संख्या धेरै देखिएको मात्र हो।
वास्तविकता नम्बर १ : ठूलो भूकम्पको संभावना घटेको छ
गिलासमा आधा पानी रहँदा तपाईँले त्यसलाई आधा भरिएको पनि भन्न सक्नुहुन्छ, आधा खाली पनि। यस्तै हो यो संभावनाको तथ्याङ्क पनि। तर हामीले घोरिएर अघिल्लो महिनाको र अहिलेको तथ्याङ्क विश्लेषण गर्ने हो भने पनि फरक प्रष्टै देख्न सकिन्छ।
उदाहरणका लागि यो अघिल्लो साता जारी एक महिनाको एडभाइजरी हेरौँ
अब यो महिनाको एडभाइजरी हेरौँ
ल अब यसलाई चार्टमा हेरौँ-
देख्नुभयो नि, संभावना कसरी घटिरहेको छ। अझ अगाडिको एडभाइजरी हेर्ने हो भने त अहिले झन् संभावना घटेको देखिन्छ।
अब कसैले यो महिनाको मात्र एडभाइजरी हेरेर ‘अमेरिकी वैज्ञानिक भन्छन् : यो महिना छ म्याग्निच्युडसम्मको भूकम्प आउने ६२ प्रतिशत संभावना’,
‘USGS भन्छ यो महिना ठूलो भूकम्पको संभावना’ शीर्षकमा लेखेको समाचार कसैले सेयर गरेर तपाईँको फेसबुक वालसम्म आइपुग्यो भने तपाईँले त्यसलाई कस्तो खालको जवाफको झटारो दिनुपर्ने हो, थाहा पाइहाल्नुभयो होला।
वास्तविकता नम्बर २ : यो भविष्यवाणी होइन, तथ्याङ्क विश्लेषणबाट गरिएको अनुमान हो
यो कुनै ज्योतिषले गरेको जस्तो भविष्यवाणी होइन। न वैज्ञानिकहरु एच टु ओ = पानी भने जस्तो ठ्याक्कै मिल्ने फर्मूला हो। यो तथ्याङ्कको आधारमा गरिने विश्लेषण हो, जुन मिल्न पनि सक्छ नमिल्न पनि। USGS आफैले लेखेको छ- भूकम्प वा परकम्प ठ्याक्कै यो मितिमा वा यो समयमा आउँछ भनेर भविष्यवाणी गर्ने कुनै पनि विधि छैन।
यसको गणना कसरी हुन्छ त ?
यसअघि USGS ले आफ्ना एडभाइजरीहरुमा Reasenberg and Jones (Science, 1989) विधि प्रयोग गर्दै आएको थियो। तर ७.३ को ठूलो परकम्प आएपछि यो विधि लागू गर्न कठिनाइ भएको छ र Epidemic Type Aftershock Sequence model (ETAS,
Ogata, 1988) अनुसार गणना गरिएको छ।
USGS ले अर्को एडभाइजरी जुन २७ वा त्यसअघि जारी गर्नेछ।
हल्लामा नलागौँ, सचेत बनौँ
आतंकित बन्न र अरुलाई आतंकित हुनबाट रोक्ने सँगै हामी सजग भने हुनुपर्छ। नेपालमा थोरै क्षति गर्ने वा कुनै क्षति नगर्ने परकम्पहरु महसूस हुने क्रम जारी रहनेछ। कुनै परकम्पहरु ठूलो क्षेत्रमा महसूस हुने गरी शक्तिशाली हुनसक्नेछन् जसले मुख्य भूकम्प र परकम्पहरुका कारण पहिले नै क्षति पुगिसकेका र जर्जर रहेका संरचनाहरुलाई थप क्षति पुर्याउन सक्नेछ। परकम्पहरु आउने क्रम अब कम भएपनि आउँदा महिनाहरुमा तपाईँ हामी सबै परकम्पको संभावनाप्रति सचेत रहन जरुरी छ। विशेष गरी कमजोर संरचना र पहिरोको जोखिम भएका ठाउँ वा त्यसनजिक रहँदा।
हिजो र अस्तिका ५ म्याग्निच्युडका भूकम्प पनि हामीले हेर्यौँ। यसले खासै केही क्षति गरेन। केन्द्रबिन्दु कहाँ हो त्यसले पनि धेरै असर पार्छ। वैशाख २९ मा दोलखा केन्द्र बनाएर आएको भूकम्पले त्यहाँ धेरै क्षति गर्यो। तर मान्छेहरु सचेत भइसकेकाले पहिलो भूकम्पको तुलनामा मानवीय क्षति भने कमै भयो। यो सचेतना र पूर्व तयारीको नतिजा थियो। हामी नआत्तियौँ भने मात्र पनि मानवीय क्षतिलाई धेरै कम गर्न सक्छौँ। यसमा विशेष ध्यान दिउँ।
सम्बन्धित लिङ्क
Updated USGS Aftershock Advisory for the Magnitude 7.8 Gorkha earthquake in Nepal April 25, 2015 (as of May 27, 2015)
Technical Appendix: USGS Numerical Aftershock Analysis for the Magnitude 7.8 Gorkha earthquake in Nepal April 25, 2015 (as of May 27, 2015)
डर देखाउनेहरुलाई मेरो उत्तर दिने र विश्लेषण गर्ने थलो भएको छ यो साइट, धन्यवाद सालोक्य जी
गफ गर्नलाई बिसय चाहिन्छ | हामि सुरु भैहाल्छौ|
डराउने नै हो भने , भुइचालो मात्र जाने हैन
१) आकासिय पिण्ड पृथ्बी मा ठोकिन सक्छ
२) भारत को नेपाल नजिक को तारापुर न्युक्लियर स्टेसन कुनै भुकप्म बा दुर्घटना बाट विकिरण चुइयेर ठुलो असर पर्न सक्छ
३) भुकप पिडित लाइ आएको राहत धादली गर्नेलाई घाटि मा अड्केर मोर्न सक्छ
जे पनि हुन् सक्छ | ७.९, ६.८ आको मा दिन मा ५ – ६ चोटी महिनौ हल्ली राको( ४ – ५.४) ठाउ मा ८ नआउला भन्न त् सकिन्न |
तर पनि त्यो खोया को झोल पिउने नेप्स लाइ पृथ्बी सधै १० मा हल्ली रा हुन्छ कुनै फरक नै पर्दैन , न पिउने नेप्स लाइ सु को सरकार ले राहत लिन कहिले यता , कहिले उता हल्लाई रा हुन्छ | तेसैले आजकाल नेपाल भन्दा नेपालि बढी हल्ली रा को हुनाले यो हल्लिने सग डर छैन |
सलोक्याजी,
तपाई सधै सत्य र जानकारी मुलक सूचना दिनु हुन्छ, धन्यवाद
Expecting More
Please do not terrorized the people of this reason. We have suffered enough. If you see the threat tell the government of Nepal to move their people out of the areas. Thank you for your educated guess that “no one can predict, when and where the quake can occur.”
सालोक्य जी
I salute you for very much convincing analysis of USGS report. I wish all of our online news, bloggers and readers like me always take such types of reports positively and disseminate the information wisely.
Thanks a lot for this blog.