Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गोरखा भूकम्पपछि कुन-कुन ठाउँमा धक्का? हेर्नुस् एनिमेटेड म्यापमा विवरण

Posted on May 22, 2015May 22, 2015 by Salokya

वैशाख १२ गते गोरखा केन्द्र बनाई शक्तिशाली भूकम्प गएपछि जेठ ७ गतेसम्म ४ म्याग्निच्युडमाथिका २५३ वटा परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले सार्वजनिक गरेको तथ्याङ्ककै आधारमा अभय जोशीले भूकम्पका केन्द्रबिन्दुहरु बारे एउटा एनिमेटेड म्याप तयार पारेका छन्। यसले गोरखापछि कसरी भूकम्पका केन्द्रबिन्दुहरु पूर्वतिर सर्दै गएको छ भन्ने प्रष्ट पार्छ। भूकम्पका गतिविधि कुन ठाउँमा केन्द्रित छन् र कसरी यो मुख्य भूकम्पबाट सिर्जित परकम्पहरु हुन् भन्ने पनि प्रष्ट हुन्छ। हेर्नुस् एनिमेटेड म्याप-

यो पनि हेर्नुस्-
अहिलेसम्म काठमाडौँ केन्द्रबिन्दु भएका नौ परकम्प, कहाँ-कहाँ हेर्नुस्

1 thought on “गोरखा भूकम्पपछि कुन-कुन ठाउँमा धक्का? हेर्नुस् एनिमेटेड म्यापमा विवरण”

  1. Shankar says:
    May 22, 2015 at 2:46 pm

    येस्पालिको भुचालो ले नेपालीको धन मा र मन मा धेरै धक्का दिएर गयो |
    धन मा धक्का माथि एनिमेटेड ठाउ हरु मा दियो भने मन मा धक्का पुरै विश्व मा पुगेको छ |
    युरोप ,अमेरिका ,क्यानाडा ,जापान जहा जहा नेपालि पुगेको छन् त्यहा त्याहा संगठन मार्फत हुन्छ कि व्यक्तिगत भुकम्प पिडित लाइ सहयोग भनेर मागिएको छ |
    दिनेले पनि दिएको छन् , सरकार ले माग्ने छुट्टै छ | उनीहरु एसले दिएको लिने , उसले दिएको न लिने तह मा पुगे | सरकारले सहयोग लि इ दिएर धेरै देश लाइ येहेसान गर्यो |
    सरकारी ध्यान जिन्सी मा भन्दा नगद मा धेरै देखियो | जब नगद को खोला बग्यो दारिवाल अर्थमन्त्री करायो हामीलाई स्रोत को कमि छैन | कांग्रेसी युवा हरु गाउ गए , गगन थापा हरु ४८ घर बनाए , प्रदिप पौडेल ले ६० घर बनाउने बनाउने घोसना गए |

    प्रतिपक्ष्यका हरु लाइ पनि धेरै धक्का पुगेको देखिन्छ , उनीहरु ह्र्याल काट्दै रास्ट्रिय बनाउनु पर्ने मा जोड दिदै छन् , लोभी बाहुन को दक्षिणा मागे जस्तो | सुसिल ले सजिलै देला र उनीहरुले पाउला ?
    अब रास्ट्रिय सरकार को माग गर्दै कुन दिन सदन अबरुद्द चै सुन्न न परोस |
    राहत मा हिनामिना गर्ने लाइ सुसिल ले कारबाही गर्छु त् भनेको छ | यो बिराला को म्याउ मात्र हो कि साचिकै हो हेर्नु छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme