वैशाख १२ गतेको गोरखा भूकम्पका परकम्प (aftershock) आउने क्रममा काठमाडौँ उपत्यका केन्द्र बनाएर पनि नौ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्कमा छ।
ठूलो भूकम्प गएपछि त्यसकै असरले त्यसक्षेत्रमा जाने त्यसभन्दा साना भूकम्पलाई परकम्प भनिन्छ।
काठमाडौँ केन्द्र बनाएर पहिलो भूकम्प वैशाख १२ गतेकै दिन राति ७ बजेर ४७ मिनेटमा गएको थियो। यसको कोअर्डिनेट्स 27.68 N र 85.32 E छ। नक्सामा हेर्दा यो ठाउँ पुल्चोक इन्जिनियरिङ कलेजको डिपार्टमेन्ट अफ अटो मेकानिक्समा देखिन्छ। हेर्नुस् क्लिक गरेर। यो परकम्पको शक्ति भने ४.१ म्याग्निच्युड मात्रै थियो।
दोस्रो परकम्प त्यसको भोलिपल्ट वैशाख १३ गते मध्यरात १२ बजेर ४३ मिनेटमा रेकर्ड गरिएको छ। यसको कोअर्डिनेट्स 27.71 N र 85.43 E छ। नक्सामा हेर्दा यो ठाउँ चाँगुनारायण नजिकै देखिन्छ। यहाँ हेर्नुस्। संयोग, यहाँ पनि नेपाल इन्जिनियरिङ कलेज नजिकै छ। यो ठाउँको परकम्पको मापन भने अघिल्लोभन्दा केही बढी अर्थात् ४.६ को थियो।
तेस्रो परकम्प त्यही दिन बिहान ५ बजेर २५ मिनेटमा ४ म्याग्निच्युड क्षमताको रेकर्ड छ। यसको कोअर्डिनेट्स 27.69 N र 85.25 E छ। नक्सामा हेर्दा यो ठाउँ बलम्बु सशस्त्र प्रहरी ब्यारेक नजिकै देखिन्छ।
चौथो परकम्प त्यही दिन बिहान छ बजे ४ म्याग्निच्युड क्षमताको भएको देखिन्छ। यसको कोअर्डिनेट्स 27.67 N र 85.28 E छ। नक्सामा हेर्दा यो ठाउँ कीर्तिपुरको पाङ्गामा देखिन्छ। http://www.seismonepal.gov.np/includes/googleimager.php?la=27.67&lo=85.28
पाँचौँ परकम्प त्यही दिन राति १० बजेर ८ मिनेटमा गएको छ। यसको क्षमता पनि ४ म्याग्निच्युड मात्रै थियो। यसको कोअर्डिनेट्स 27.67 N र 85.3 E छ। नक्सामा हेर्दा यो ठाउँ बाग्डोलमा देखिन्छ।
यसरी वैशाख १३ गते काठमाडौँ उपत्यकाका विभिन्न ठाउँलाई केन्द्र बनाएर चार वटा परकम्प भएको देखिन्छ।
छैटौँ परकम्प वैशाख १४ राति ३ बजेर ३७ मिनेटमा ४. १ क्षमताको भएको छ। यसको कोअर्डिनेट्स 27.67 N र 85.3 E छ। नक्सामा हेर्दा यो ठाउँ कहाँ हो ठ्याक्कै छुटिन्न। नजिकै भने धादिङको केवलपुर, जीवनपुर देखिन्छ।
काठमाडौँ उपत्यका केन्द्र भएको सातौँ परकम्प सोही दिन राति ९ बजेर ३६ मिनेटमा ४.५ क्षमताको भएको थियो। यसको कोअर्डिनेट्स 27.67 N र 85.29 E छ। नक्सामा हेर्दा यो ठाउँ कीर्तिपुर चोभार नजिकै देखिन्छ।
वैशाख १५, १६ र १७ मा काठमाडौँ केन्द्र भएका कुनै परकम्प भएनन्। वैशाख १८ गते एकैचोटी एकाबिहानै २ बजेर ५६ मिनेटमा ४ म्याग्निच्युडको धक्का रेकर्ड भयो। यसको कोअर्डिनेट्स 27.68 N र 85.30 E छ। नक्सामा हेर्दा यो ठाउँ रिङरोड वाग्मती नदीनजिकै देखिन्छ।
काठमाडौँ उपत्यकामुनिको धरातल त्यसपछि भने शान्त भएको देखिन्छ। तर केन्द्रले ४ मुनिका भूकम्पका धक्काको रेकर्ड सार्वजनिक नगर्ने हुँदा साना परकम्पको मापन यसमा छैन।
अनि वैशाख २९ गते ६.८ म्याग्निच्युडको अर्को भूकम्प गयो जुन गोरखा भूकम्पकै परकम्प थियो। त्यो दिनभर त काठमाडौँ केन्द्र बनाएर कुनै भूकम्प गएन तर एकाबिहानै २ बजेर ७ मिनेटमा ४.२ को भूकम्पले सबलाई ब्युँझाइदियो। यसको कोअर्डिनेट्स पनि 27.68 N र 85.30 E नै छ। अर्थात् वैशाख १८ को एकाबिहानै भूकम्प गएकै ठाउँ।
काठमाडौँलाई केन्द्र बनाएर गएको पछिल्लो परकम्प पनि यही नै हो। त्यसयता आज जेठ ५ गते बिहानसम्म काठमाडौँ उपत्यकामा महसूस भएका परकम्पहरु बाहिरका भूकम्पका धक्कामात्र हुन्।
सम्बन्धित सामाग्री
राष्ट्रिय भूकम्प मापन केन्द्रको साइटमा हेर्नुस् भूकम्पको तथ्याङ्क
भूकम्पबारे थाहा पाउन टोल फ्री नम्बर 16600144101
मेरो बिचारमा मुख्य भुकम्पको केन्द्र बिन्दु (एपिसेन्टर) हुन्छ जस्तो लाग्द छ । मुख्य भुकम्प पछि भुकम्पको शक्ती बिस्तारै छुटकारा हुने समयमा पराकम्पनहरु आउछन् र त्यसको केन्द्र बिन्दु कसरी पत्ता लाग्छ ? कुपया ख़ुलासा गरी दिन अनुरोध छ ।
सुरज मास्के
नेपालगंज
एउटा सानो सुझाब :
“काठमाडौँ केन्द्र बनाएर पहिलो भूकम्प वैशाख १२ गतेकै दिन राति ७ बजेर ४७ मिनेटमा गएको थियो। यसको कोअर्डिनेट्स 27.68 N र 85.32 E छ। नक्सामा हेर्दा यो ठाउँ पुल्चोक इन्जिनियरिङ कलेजको डिपार्टमेन्ट अफ अटो मेकानिक्समा देखिन्छ।”
latitude एक अर्कोमा समानान्तर हुने हुदा एक डिग्री latitude भनेको झन्डै ११० – १११ किमि को फरक हुन्छ ,Decimal पछि जम्मा २ digit ले १.१ किमि सम्मको दुरी फरक पर्न सक्छ . तेसैले माथि उल्लेख गरिएको कोअर्डिनेट्स यो ठ्याक्कै(precisely) पुल्चोक इन्जिनियरिङ कलेजको डिपार्टमेन्ट अफ अटो मेकानिक्स को कोअर्डिनेट्स हो भन्न सकिन्न , तेस्को लागि कम्ति मा decimal पछि ३-४ digit हुन आवासक हुन्छ . तर त्यो पुल्चोक इन्जिनियरिङ कलेजको डिपार्टमेन्ट अफ अटो मेकानिक्स को आश पास को भने हुन सक्छ . longitude चाही एक अर्को मा समानान्तर नहुने हुदा कति दुरीको फरक हो त्यो चाही ठाउँ अनुसार फरक फरक हुन सक्छ. Just a simple suggestion. Anyways thanks for your effort.
एकदमै सहि र बिश्लेशण गरेको सुचना। भबिश्यमा पनि सोहि किसिमको सुचनाको प्रतिक्षा।
तेसैले अब काठमान्डू मा घर बनाउदा अब २ तल्ला भन्दा माथिको न बनाउने , भुकम्प प्रतिरोध घर बनाउने , ठुला ठुला भवन , मन्त्रालय उपत्यका बाहिर बनाउने , अन्तरास्ट्रिय विमानस्थल निजगढ मा बनाउने , धरहरा बनाउने पैसा ले फुलचोकी मा लिफ्ट को ब्यबस्था गर्ने ,सहर मा जोडिएका बिसाल भीमकाय भवन मा सुत्दा सधै त्रसित हुनुपर्ने भएकोले बसन्तपुर एरिया मा आर्को टुडिखेल बनाउने ,माने ठाउँ ठाउमा मण्डला भन्दा ठुलो खुला ठाउ राख्ने |
सम्भबत आर्को ८० बर्स मा फेरी तबाही हुनु अगाबै माथिको कुरामा सतर्क रहने , तेस्बहेक
१) उपत्यका मा जथाभाबी जमिन को पानि तान्ने काम रोक्ने
२) सुनिन्छ जापान मा भुइचालो जाने ३०-३५ सेकेन्ड अगि थाह हुने प्रबिधि छ रे , कमसेकम तेत्ति भएपनि थाह पाएमा धेरै बिनास रोकिन सक्छ | तेस्तै भुकम्प , आधिबेचारी ,पैरो आदि जनाउन देश भर ठाउ ठाउ मा साइरन को ब्यबस्था गर्ने |
३) यो भुचालो को भाबिस्या बाणी गर्ने ज्योतिषलाई चै रक्सौल पारि लखाटने