Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हल्लामा नलागौँ, सचेत रहौँ

Posted on May 14, 2015May 14, 2015 by Salokya

के नेपालमा फेरि ठूलो भूकम्प जाँदैछ? अहिले सबको चासोको प्रश्न यही रहेको छ। वैशाख १२ को विनाशकारी भूकम्पपछि मे १२ मा अर्को ठूलो धक्का आयो। यसले सामान्य बन्दै गएको राजधानीको जनजीवन फेरि असामान्य बनाइदियो। पाल छाडेर घर पसिसकेका मानिसहरु फेरि निस्कन बाध्य भए। यही बेला फेरि अर्को ठूलो भूकम्प आउन सक्ने हल्लाले मान्छेलाई आतंकित बनाइदिएको छ।

९० सालको भूकम्प जाँदा अहिले जस्तो सूचना प्रविधिको पहुँच सहज थिएन। त्यसैले हल्ला पनि मौखिक मात्रै हुन्थ्यो। तर अहिले भने सामाजिक सञ्जाल नामको एउटा यस्तो प्रविधि हामीसँग छ जसलाई उपयोग गर्न जाने वरदान नजाने अभिशाप हुनसक्छ। यस्तो विपद्को बेला पनि कोही कोही आपराधिक प्रवृत्तिका मानिसहरु हुँदा रहेछन् जसलाई आतंक मच्चाउन र झुटो कुरा फैलाउन रहर लाग्दो रहेछ।

फेसबुक र ट्विटर यस्ता हल्ला फैलने उर्वर ठाउँ हो। मान्छेहरु हावा कुरा पनि थाहा नभएर सेयर गर्ने गरिरहेका देखिन्छन्। तपाईँ र हाम्रो कर्तव्य हो यसलाई नियन्त्रण गर्ने र नजानेकालाई बुझाउने।

मान्छेहरुले नासा र युएसजिएसका लोगोसमेत दुरुपयोग गरेर नचाहिने आतंकित बनाउने कुरा सेयर गरिरहेका छन्। यो त अपराधै हो। जसले विज्ञापनमा क्लिक हुने लोभमा यस्तो नहुने कुरा लेखेका छन् तिनलाई कारबाही गर्न नेपाल प्रहरी पनि सचेत छ। कृपया यस्ता साइट देखेमा जानकारी नेपाल प्रहरीको फेसबुक र ट्विटरमा दिनुहोला।

लेख्नेले लेखेरमात्र केही हुँदैन। त्यसलाई फैलाउने काम भने अरु नबुझेकाहरुले गर्न सक्छन्। उनीहरु इन्टरनेटमा भेटिएका सबै कुरा सही हो भन्ने सोच भएकाहरु हुनसक्छन्। इन्टरनेटमा भेटिने सबै कुरा वेद हुँदैनन्। यो कुरा नबुझेकालाई बुझाएर त्यसलाई थप फैलनबाट रोक्ने जिम्मा तपाईँ हामी जस्ता अलि अलि बुझेकाहरुले नै गर्ने हो।

के गर्न सकिन्छ त ?

फेसबुकमा कसैले यस्ता साइट सेयर गरेको भए उसलाई मेसेज गरेर वा कमेन्टमा यस्तो लेखिदिने

तपाईँले सेयर गर्नुभएको लिङ्कमा भएका कुरा गलत हुन्। इन्टरनेटमा देखिने सबै कुरा सत्य हुँदैनन्। कृपया यस्ता विश्वास गर्न नसकिने साइटमा लेखिएका कुरा सेयर नगर्नुस्।

कसैले जानाजानी यसो गरेको थाहा भए वा तपाईँले भन्दा पनि उसले वास्ता नगरे तपाईँ अनफलो गर्न सक्नुहुन्छ। यसको मतलब तपाईँहरु फेसबुकमा साथी त रहिरहनु हुनेछ तर उसले सेयर गर्ने त्यस्ता वाहियात पोस्टहरु हेर्नुपर्ने छैन। कसरी गर्ने अनफलो ?

unfollow

माथिको फोटोमा देखाए जसरी दुई ठाउँमा क्लिक गरेर अनफलो गरिदिनुस्। रिपोर्ट पोस्ट गरेर पनि फेसबुकमा उजुरी दिन सक्नुहुन्छ।

यो आपत विपतको बेला अलि संयमित पनि हुनुपर्छ। बरु भूकम्प आउँदा नआत्तिने, आइहाले के गर्न सकिन्छ भनेर पूर्वतयारी गर्ने आदिबारे सूचना खोजीखोजी सेयर गरे सबैलाई फाइदा हुन्छ।

4 thoughts on “हल्लामा नलागौँ, सचेत रहौँ”

  1. Shankar says:
    May 18, 2015 at 2:30 pm

    केटा कतिमा बा ले भन्नु हुन्थ्यो , जिन्दगि तैले हल्लेर नै बिताउने भैस , आज आएर बा को भनाइ सहि रहेछ भन्ने लाग्छ |

    Reply
  2. Krishna Lamsal says:
    May 16, 2015 at 2:40 am

    गएको मंगसिर मा दोलखा भीमसेन लाइ पसिना आएको र त्यतिबेलै नेपाल मा ६ महिना भित्र अनिस्ट हुने ठोकुवा गरिएको हो . तर सरकार यस्ता अन्धबिस्वास का कुरा गर्ने भनेर बस्यो ….अब जे जति नोक्सान हुने भै सक्यो … अरु नोक्सान नहुने तिर सचेत रहनु पर्छ … भोलि भीमसेन ले कुनै साधु सन्त को आंग चढेर ” घर मुली लाइ मेरो पुजा गर्न पठाई देउ , जमिन आफै सान्त हुँदै जान्छ ” भने के गर्ने ….के पुजा गर्न राम बरण लाइ पठाउने ….कि सुशील लाइ पठाउने ….त्यसको लागि पनि अहिल्यै देखि राजा लाइ ठिक पारेर राख्नु पर्दैन? …. आखिर पुजा गर्ने त उनी राजा ले नै हो ….जनता ले गरेर त हुन्दैन …. अब राजा लाइ उनको मुकुट फर्काइ दिनु पर्छ अनि राजा देखि जनता सबै मिलेर यो देश को पुन निर्माण गर्ने कशम खानु पर्छ … सबै देबी देउता हाम्रो साथ् छन् .

    Reply
  3. सिर्जने says:
    May 15, 2015 at 10:00 pm

    “इन्टरनेटमा भेटिने सबै कुरा वेद हुँदैनन्” फेसबुकमा यात्रतत्र भेटिने श्यालहरुको हुइयाको पछि लागेर हल्ला मच्चाउनेहरु ले बुझ्नुपर्ने कुरा ! सही कुरा छ यो लेखमा /

    Reply
  4. prem sharma says:
    May 15, 2015 at 3:56 am

    Science, technology, development, one day they all will unite against human and invite inevitable disaster like the one recently taken place in our motherland. Nature itself is a giant science we human are poisoned by full of ego, negative energy, and abusing the nature facilities which one day will severely punished us. It sound bitter but its the truth.

    Thanks for encouraging people transferring their knowledge for the welfare of people who are in difficult situation. Good and bad people exist in this world. We need messenger like you. Caring to others makes carer safer.

    Its time to be sensible and use of high frequency mind wisely in these difficult times.

    God bless to all !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme