Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धरहराको सम्झना

Posted on May 8, 2015 by Salokya

1-IMG_0782
९० सालको भूकम्पमा टुक्रा भएपछि पुनः ठड्याइएको धरहरा २०७२ सालको भूकम्पले ढल्यो। १३ औँ दिनको पुण्यतिथिमा सानेपामा आयोजित कार्यक्रममा ड्रम, पाइप र मिनरल वाटरको जार उपयोग गरी यसरी धरहराको सम्झना गरियो। धरहरालाई अब के गर्ने भन्नेबारे विभिन्न विचार आइरहेका छन्। कसैले बारम्बार भूकम्पबाट ढल्ने असुरक्षित धरहरा किन बनाउनु पर्‍यो भनिरहेका छन्। कसैले यसलाई फेरि बनाउनु पर्ने भनिरहेका छन्। कसैले भावी पुस्तालाई यो भूकम्पको चिनोको रुपमा यस्तै अवस्थामा राख्नुपर्ने भनिरहेका छन्। तपाईँको धारणा? तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

1-IMG_0781

1-IMG_0779

1-IMG_0777

1-IMG_0775

1-IMG_0768

1-IMG_0766

1-IMG_0764

1-IMG_0754

1-IMG_0752

1-IMG_0749

1-IMG_0746

26 thoughts on “धरहराको सम्झना”

  1. k_shankar says:
    May 10, 2015 at 9:39 am

    मेरो विचारमा यस स्थानलाई यथावत स‌रक्षण गरी महाभूकम्प २०७२ स्मारक घोषित गर्नु पर्दछ । शहरमा एउटा ठूलो टावर भए राम्रो हुने हुँदा अन्यत्र उपयुक्त स्थानमा सुरक्षित र बलियो टावर बनाउन उपयुक्त हुन्छ ।

    Reply
  2. Shankar says:
    May 10, 2015 at 9:29 am

    एक चोटी जानिबाबू सायर नेपाल घुम्न आएको थ्यो , धरहरा देख्ना साथ् सायरी छोडी हाल्यो |

    ये धरहरा देख के येसा लगता हे ,
    जैसे धर्ति आकाश को …..दिखा रहा हे |

    अब जानी बाबु पनि छैन , धरहरा पनि छैन | ८० को थोत्रो ट्रक पछिल्तिर बीच मा एक सब्द (? ) मेटिएको जानी बाबुको झुर्मुते सायरी अझै भेटिन्छ |

    Reply
  3. dinesh says:
    May 9, 2015 at 4:05 pm

    मेरो बिचारमा धरहराको पुन निर्माण हुनुपर्छ तर अहिले होइन/ बरु त्यो पुन निर्माण गर्ने लगानी चाही सरकारले भुकम्प पिडितहरुको उद्धारको लागि खर्चे धेरै राम्रो हुनेछ/ किनभने अहिलेको अवस्थामा सरकारले पहिले देशको जनताहरुको पेटमा गाँस र टाउकोमा केहि नभएपनि at least पालको बेवस्था गर्नुपर्यो/ अनि सबै जनता एकजुट भएर देशको निर्माण गर्नेछन/ जय नेपाल/

    Reply
  4. Sadip says:
    May 9, 2015 at 6:13 am

    धरहरा निस्चय नै बनाउनु पर्छ. मेरो विचार मा धरहरा को sworup उस्तै बनाउनु पर्छ तर आब बन्ने धरहरा अग्लो बनाउनु पर्छ. अत्याधुनिक प्रबधि प्रयोग गरेर भुकम्प प्रतिरोधक बनाउन पर्छ. लिफ्ट सहित को धरहरा सर्बसदहरण को lagi khulla हुनु पर्छ र सबैले काठमाडौँ sahar लै हेर्ने मौका पाउनु पर्छ. भुकुम्पा को जोखिम bhayeko जापान मा अग्ला तोवेर हरु न बनेका होइनन. उचित प्रबधि को प्रयोग garnu पर्यो. फेरी पनि माटो र इटा प्रयोग गरेर बनाउने हो भने न बनाउदा भयो. पहिले कै height को बनाउनु को आर्थ हुदैन. धरहरा पहेले बनाउदा काठमाडौँ पुरै देखेने बनेको थियो. आब बन्दा पनि पुरै काठमाडौँ dekhine बनाउनु पर्छ. घर हरु बीच लुकेको धरहरा को आर्थहीन हुन्छ .

    Reply
  5. Prabhat says:
    May 9, 2015 at 5:07 am

    हालकै अवस्थामा राखेर संग्रहालयको रुपमा बिकसित गर्नु पर्छ।

    Reply
  6. JeevanB says:
    May 9, 2015 at 1:47 am

    पुरानो धरहराको ठाउँमा नयाँ अबश्य बन्नु पर्छ | त्यो आबश्यक प्राबिधिक अध्ययन गराएर हतार नमानिकन अत्याधुनिक धरहरा टिवी टावरको रुपमा बनाउनु पर्छ ताकि यहाँबाट काठमाडौँको दृश्याबलोकनको साथै संचार माध्यम को लागिपनि प्रयोग गर्न सकिन्छ | संसारको थुप्रै शहरहरुमा टिवी टावर शहरको मुटुमा नै रहनुको साथै टावरको माथिल्ल्लो भाग दृश्याबलोकन एबं रेस्तुरांटको लागि प्रयोग गर्ने गरिन्छ | आशा गरौ अब बन्ने धरहरा पनि धरहरा टिवी टावरको रुपमा नेपालको नयाँ किर्तिमान हुनेछ |

    Reply
  7. Anju KC says:
    May 9, 2015 at 1:19 am

    हुनत मेरो धारणाको कुनै अर्थ नलाग्ला, तर पनि म आफ्नो कर्तब्य बहन गर्न चाहन्छु, आशा गरौं, सरकारलाई मेरो सोच मनिपरी हाल्छ कि |

    मेरो बिचारमा अर्को धरहरा यहि नैं रंग तथा स्वोरूपको यसकै नजिकै तर यो भन्दा निकै अग्लो ( काठमान्दौका घरहरुले नत्र छेकिन्छा ) बनाउनु पर्छ, साथ् साथै अहिलेको ठूटे भग्नबेश धरहरालाई भुकम्प स्मारक बनाएर मृतकका नामहरु नजिकै सीला-अभिलेखमा उल्लेख गर्न पर्दछ | स्मारकलाई सुरछित राख्न सानो एउटा संग्रालय जस्तो बनाएर राख्न पनि सकिन्छ, जसमा भुकम्प बाट जोगिन के के उपाय अपनाउन सकिन्छ भनेर पनि लेखियोस| चेतना भया |

    Reply
  8. narayan says:
    May 8, 2015 at 10:43 pm

    सबै मिलि धरहरा लाइ फेरी जिबीत बनाउनु पर्छ, अब बन्ने धरहरालाई कुनै पनि भूकम्पले लडाउन नसकोस

    Reply
  9. bhanu says:
    May 8, 2015 at 7:38 pm

    मेरो बिचारमा भत्केको धरहरालाइ पनि संरक्षण गर्दै त्यसैको नजिक नया बनाउन उचित होला। ताकि बिगतलाई पनि नभुलौ।

    Reply
  10. Jyoti Rayamajhi says:
    May 8, 2015 at 7:22 pm

    यो निर्माण गर्नै पर्दछ | हाम्रो बिर पुर्खाले केहि सोचेरै बनायको हो, तसर्थ हाम्रो जिमेबारी हो कि यसलाई जोगाउँने|

    Reply
  11. Milan says:
    May 8, 2015 at 6:07 pm

    मेरो बिचारमा धरहरा लाइ यत्तिकै राखेर पर्यटन केन्द्रको रुपमा विकास गर्नु पर्छ ताकी भुकम्प को बारेक सधैं चेतना जागे राक्गोस.

    Reply
  12. bibek dhakal says:
    May 8, 2015 at 4:13 pm

    बनाउने हो भने भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाएर बनाउनु पर्छ अनि चढ्न दिनु हुन्न….

    Reply
  13. Shankar says:
    May 8, 2015 at 2:03 pm

    यो धरहरा फेरी बनाउन त् पर्छ तर रानीपोखरीको छेउ मा चै बनाउ , काँ खिचा पोखरी मा कटु ( अन्दर्वेर ) किन्न गयो , येसो मास्तिर हेर्यो , टाउको मा खस्ला भन्ने डर |
    फेरी खराब मनोविज्ञान ले कटु ३ महिना मै प्वाल पर्ने |
    धरहरा भएको ठाउमा प्यागोडा सैलिको मन्दिर बनाउने न भए संकटा मातालाई राम्रो मन्दिर बनाएर तेस्मा सार्ने पो हो कि ?
    न भए चामुण्डा को टाउको को माला लगाएको ३० फित अग्लो डरलाग्दो मुर्ति बनाएर सिंह दर्बार फर्काएर राखौ |

    Reply
  14. karam bir says:
    May 8, 2015 at 12:52 pm

    Let’s talk about those culprits who are responsible for the loss of life. Decision to reopen Dharahara for public was NONSENSE. Let’s find out those murderer first.

    Reply
  15. Max Thapa says:
    May 8, 2015 at 12:01 pm

    धरहरा मात्र होइन कि ढलेका सबै संरचनाहरु बनाउनु पर्छ | फेरी पनि ढल्छ भनेर नबनाउने हो भने कुनै घर पनि बनाउनु भएन अनि कुनै मन्दिर पाटी पौवा सत्तल अफिस पनि बनाउनु भएन | हो, समय र परिस्थिति अनुसार पुरानो आकार प्रकार सबै कुरा उही हुने गरेर तर भुकम्प प्रतिरोधात्मक बनाउनु पर्छ | सबै नेपाली लगायत बिस्वले सहयोग गर्छु भनेका छन् अनि यति हुदा हुदैपनि नबनाउने किन? पुर्खाको नासो हेरेर हामी कति गर्ब गर्छौ, त्यसरी नै भाबी सन्ततिले पनि हाम्रो नासो साथै हाम्रो पुर्खाको नासो हेर्न पाउनु पर्छ | साथै बिदेशी आउने भनेकै यिनै पुर्खाको नासो हेर्नलाई हो अनि हामीले चिनाउने भनेकै यिनै नासो देखाएर हो | छिटो भन्दा छिटो बनाउनु पर्छ धरहरा लगायत सम्पूर्ण ढलेका संरचनाहरु |

    Reply
  16. bg says:
    May 8, 2015 at 11:07 am

    धरहरा हाम्रो शान हो, यो फेरि उठ्नु पर्छ तर मान्छेहरु चढाएर पैसा कमाउने लोभ त्याग्नु पर्छ /

    Reply
  17. bijay says:
    May 8, 2015 at 8:31 am

    Any structure without sufficient footprint area, without proper structural rigidity and without properly deep foundation is a disaster waiting to happen. And so was Dharaharaa.

    Reply
  18. Durga Adhikari says:
    May 8, 2015 at 8:14 am

    बनाउनु पर्छ/ हाम्रो पौराणिक तथा ईतिहासिक स्तम्भ हो/ पुन निर्माण गर्नुनै पर्छ/ तर ८ रेक्टर स्केल भन्दा सानुले नछुने दरो बनाउनु पर्छ/

    Reply
  19. Kabir says:
    May 8, 2015 at 7:04 am

    यो एकदम सोचनिय बिषय हो।के गर्ने त, पुनर्निर्माण वा यहि भत्केको अवस्थामा रख्ने? मेरो बिचारमा पुनर्निर्माण गर्दा बेस होला तर यसपाली चाहिँ साच्चै ९ रिक्टर स्केलको भुकम्म्प प्रतिरोधात्मक बनाउनुपर्छ।धरहरा त हामी नेपालीको सान होनि, होइन र? त्यतिकै भग्नावशेश मात्र राख्दा त्यो कालो दिनको मात्रै याद दिन्छ र यश बिपत्तिको घडीबाट निस्कन र यसलाई जित्न र सबैलाई हौसला दिन पनि धरहरा फेरि उठ्नु पर्छ ।

    Reply
  20. राइ says:
    May 8, 2015 at 6:49 am

    नेपाल सरकारले धराप थपेर नेपाली जनताले अकालमा ज्यान गुमाउनु पर्यो । सबैलाई थाहा थियो भुकम्प आयो भने धर्हरा खतरा छ भनेर । येस्मा दोषी सबैलाई कडा कारबाइ गर्नु पर्छ ।ज्यान गुमाएकालाई उचित छ्यातिपुर्ती दिनु पर्छ ।

    Reply
  21. Pawan Rai says:
    May 8, 2015 at 6:00 am

    धरहरा निर्माण त गर्ने हो तर २१४०/५० मा नढल्नेखालको निर्माण गर्नुपर्यो।

    Reply
  22. खडक कुवर says:
    May 8, 2015 at 5:30 am

    बनाइनु पर्छ धरहरा।।। किन कि यो पुर्खाहरुको धरोहर सप्मती हो जसको सङरछन हामी हरुले गर्नु पर्छ। र भाबी सन्तती सम्म पुर्याउनु पर्छ। यो नेपाल कै ऐतिहासिक काठमन्डौको मेरु दन्ड हो यो रहेन भने काठमान्डौको सङरचना बिगरिन्छ। काठमन्डौ सहर खल्लो खल्लो लाग्नेछ। कति मान्छेको मेरो जस्तै सपना अधुरो रह्यो होला धरहरा बाट पूरा काठमान्डौ हेर्ने। यसको लागि भए पनि यसको पुनर्निमाण हुनै पर्छ।।।।।।।।

    Reply
  23. Upendra says:
    May 8, 2015 at 4:46 am

    होइन धरहराको पुनर निर्माण हुनुपारछा

    Reply
  24. राधन राई -हाल कुवेत । says:
    May 8, 2015 at 4:31 am

    यो हाम्रो प्रचिनकाल देखिको एउटा देशको गहना हो यो फेरि निर्मान हुनुपर्छ किनभने आउदो भावी पुस्ता लाई पनि जनकारी हुनुपर्छ।
    जस्तो लाक्छ मेरो बिचारमा।

    Reply
  25. dor Prasad says:
    May 8, 2015 at 3:48 am

    पर्छ पर्छ
    धरहरा हाम्रो नाक हो , नाक हुदा हामी कुरुप मात्र नहुने होइन , सोभिमान पनि जान्छ …

    नेपालले भुकम्प मा १ वटा होइन दुइ ओटा धरहरा गुमायो , मेरो विचार मा दुइ वोतई हाम्रा twin tower निर्माण गर्नु पर्छ | काठमाडौँ को सबै कुना बाट देखिने गरि अझ अग्लो बनाउनु पर्छ |

    नया धरहराहरुको रुप रंग बाहिर तेस्तै भएपनि, भूकम्प प्रतिरोधी बनाउनु पर्छ | यो कुनै आसम्भब होइन |

    Reply
  26. dor Prasad says:
    May 8, 2015 at 3:47 am

    धरहरा हाम्रो नाक हो , नाक हुदा हामी कुरुप मात्र नहुने होइन , सोभिमान पनि जान्छ …

    नेपालले भुकम्प मा १ वटा होइन दुइ ओटा धरहरा गुमायो , मेरो विचार मा दुइ वोतई हाम्रा twin tower निर्माण गर्नु पर्छ | काठमाडौँ को सबै कुना बाट देखिने गरि अझ अग्लो बनाउनु पर्छ |

    नया धरहराहरुको रुप रंग बाहिर तेस्तै भएपनि, भूकम्प प्रतिरोधी बनाउनु पर्छ | यो कुनै आसम्भब होइन |

    Reply

Leave a Reply to karam bir Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme