भूकम्प आउँदै गर्दाका केही भिडियोहरु अहिले युट्युबमा देख्न पाइन्छ। माथिको दृश्य त्रिपुरेश्वर चोकको हो। भाग्यले यहाँ कसैलाई केही पनि भएन। त्रिभुवनको शालिकसमेत बचेको छ। भिडियोमा ध्यान दिएर हेर्दा शालिकनजिकै रहेका दुई गाई पनि बचेको देखिन्छ। त्यस्तै एउटा ट्याक्सी पनि जसोतसो बचेको छ।
तर काठमाडौँ मलअगाडि भने त्यस्तो भाग्य सबैको थिएन। यहाँ पनि एक जना ट्राफिकलाई एक जना महिलाले तान्दै नलगेको भए केही हुनसक्थ्यो। ट्याक्टरमाथि रहेका एक व्यक्ति भने परेको देखिन्छ। हेर्नुस् भिडियो-
त्यस्तै यो भिडियोमा भक्तपुरका मन्दिरहरु भूकम्पले ध्वस्त हुँदै गरेको देखिन्छ
पशुपति क्षेत्रको भिडियो
भूकम्प आउनुभन्दा अघिदेखि खिचिएको भिडियोमा भूकम्प आइसकेपछिको विध्वंस पनि कैद भएको छ। यो काठमाडौँ हनुमानढोकाको हुनुपर्छ