Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेटौडामा गैँडा आतंक, हेर्नुस् पाँच भिडियो

Posted on March 30, 2015 by Salokya

hetauda
धेरैले गैँडा भनेको सय रुपैयाँको नोटमा मात्रै देखेका होलान्। एक जमानामा गैँडा नामको चुरोट पनि बजारमा आउँथ्यो जनकपुर चुरोट कारखानाको। अहिले त्यो पनि लोप भइसक्यो। दुर्लभ एक सिङ्गे गैँडालाई हेटौडा बजारका बासिन्दाले भने आफ्नै आँखाले देखे। मुख्य बजारमा गैँडा हिँड्दा आतंक नै मच्चियो। सोसल मिडियाका कारण यो खबर हेटौडा मात्र होइन नेपालको सीमा नाघेर विदेशमा समेत फैलियो। गैँडाले हान्दा एक जनाको त ज्यानै गएको पनि खबर आयो। आजभोलि कुनै घटना हुँदा मोबाइलबाट खिचेर युट्युबमार्फत् संसार फैलन गाह्रो छैन। हेरौँ यो दृश्यलाई कसले कसरी खिचेर युट्युबमा हालेका छन्

hetauda2

hetauda1

भिडियो १

भिडियो २

भिडियो ३

भिडियो ४

भिडियो ५

11 thoughts on “हेटौडामा गैँडा आतंक, हेर्नुस् पाँच भिडियो”

  1. Bishnu Nepali says:
    April 1, 2015 at 6:02 pm

    मान्छे भन्दा गैडा नै सभ्य र भद्र लाग्यो !!

    Reply
  2. arghyoulo says:
    April 1, 2015 at 5:28 am

    त्यो ठाउँ गैंडाको हो | मान्छे नाम गरेका बाँदरको होइन | गैंडा बस्ने ठाउँ फँडानी गरेर यत्रो बस्ति गर्यो अहिले गैंडा आउँदा उनीहरुलाई रमिता हुन्छ | मान्छेले गैंडाको बासस्थान लुटेर गैंडाको लागि के गर्यो ? गैंडाहरु आएर मान्छेहरुलाई निकालेर फेरि आफ्नो बासस्थान कब्जा गरे न्याय नै हुन्थ्यो | हरियाली हुन्थ्यो | काम नपाएका मान्छेहरुको अलिकति भएपनि जनसंख्या कम हुन्थ्य्यो |

    नेपालमा मान्छेको सत्ता जनावरले कब्जा गरे देश पुरै शान्त हुन्थ्यो | जनावरको लालच त हुन्दैन | जति चाहिन्छ अघाउनको लागि त्यति मात्रै खान्छ |

    Reply
  3. Ganesh says:
    March 31, 2015 at 8:48 pm

    सम्सद भवन भित्र छिर्नु पर्ने गैंडा हेटौंडा छिरेको अवस्था

    Reply
  4. Raj Kandel says:
    March 31, 2015 at 5:02 pm

    Photos/ Videos हेर्दा त मान्छे हरु ले गैडा माथि आतंक मच्चाको जस्तो पो देखियो /

    Reply
  5. kriton says:
    March 31, 2015 at 11:53 am

    माओबादीको आन्दोलनमा मा पो आउनुपर्ने छिट्टै आयेछा !

    Reply
  6. लौटन अवधि says:
    March 31, 2015 at 8:27 am

    नेपाली भनेका बुद्धि हिन मुर्ख मात्रै हुन् भनेको सत्य रहेछ आजै यो भिडियो ले पुष्टि गर्यो ! जाबो एउटा गैडा लाइ बेहोस पारेर जंगल मा लगेर छाड्न नसकेर के को रमिता देखाइरा होला !

    Reply
  7. Ratan says:
    March 31, 2015 at 1:18 am

    आज भने बल्ल गैंडाको पालो आएछ आतंक मच्चाउने वा सडक कब्जा गर्ने | कत्ति माओवादीले मात्रै सडक कब्जा गर्ने त | बिचरो गैंडालाइ पनि शहर हेर्न मन लागेछ; एक चक्कर लगाउन त पायो | काठमाडौँमा ट्राफिक प्रहरीले बाटो खुलाउन नसके यो गैंडा काम लाग्ने रैछ | लू आइज त जनता हो सडकमा !

    Reply
    1. Bayan says:
      April 1, 2015 at 6:33 am

      रतन भाई, कहिले काँही त सत्य कुरा गर्दा पनि हुञ्छ नि/ किन सडक बन्द वा कब्जा गर्ने कुरामा मावोबादीको मात्र नाम लिनु भयो? के अरु पार्टीले कहिले पनि बन्द वा चक्का जाम गरेका छैनन् र?

      Reply
  8. सिर्जने says:
    March 30, 2015 at 11:50 pm

    सयौ हावाजहाज आइरहने त्रिभुवन विमानस्थलमा जाबो एउटा पिलेन तान्ने यौटो मिसिन न’भा जस्तै सयौ गैडाको रेखदेख गर्ने चितवन राष्ट्रिय निकुञ्ज संगपनि त्यो जाबो एउटा गैड़ो समात्ने राम्रो योजना छैन रै’छ / तेसै गरि एक मन (चालिस किलो) अलैचीको एक लाख रुपियाका दरले बर्षमा करिब ५,००० मन अलैची किनबेच हुने ताप्लेजुङ्ग नगरपालिका वा त्यसमा बस्ने करोडपती ब्यापारीहरु संग एउटा जाबो दमकल किन्ने पैसो जोहो गर्न सक्ने दिल छैन रै’छ / ताप्लेजुंग बजार मा ५५ साल देखि एता तीनओटा ठुला ठुला आगलागीका घटना भए, पचासौ घरहरु जलिसके / हामि नेपालीको बुद्धि कोनि केजातिमा हुन्छ भन्थे बुडापाकाले, हो र’छ /

    Reply
  9. सिर्जने says:
    March 30, 2015 at 11:41 pm

    गज्जब रमिता भएछ, कुकुरले पनि गैडालाइ लखेट्ने मौका पाएछ!

    Reply
  10. Mysansar says:
    March 30, 2015 at 1:51 pm

    अब तपाईँ फेसबुकबाट पनि माइसंसारमा कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँलाई नेपालीमा कमेन्ट गर्नुछ भने तलको कमेन्ट बक्समा टाइप गरेर यहाँ पेस्ट गर्न सक्नुहुन्छ। तलको कमेन्ट बक्समा रोमनमा टाइप गरेपछि देवनागरी लिपिमा आउनेछ। फेसबुकबाट कमेन्ट गर्न नचाहनेका लागि पहिलेकै कमेन्ट बक्स पनि यथावत रहेको छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme