Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय टिभी हेरेर सिकेछन् तेजाब छ्याप्न

Posted on March 20, 2015 by Salokya

jiban अन्ततः नेपाल प्रहरीले तेजाब छ्याप्नेलाई खोजेरै छाडेको छ। घटना भएको झण्डै एक महिनापछि प्रहरीले तेजाब आक्रमण गरेको अभियोगमा जीवन बिकलाई पक्री पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।

तेजाब आक्रमणका घटना अक्सर प्रेम सम्बन्ध, व्यक्तिगत रिसइबीलाई कारण मानिन्छ। यसमा पनि त्यही भएको रहेछ। एउटा डरलाग्दो कुरा चाहिँ भारतीय टिभीका कार्यक्रम हेरेर जीवनले तेजाब हान्न सिकेका रहेछन्। भारतमा त तेजाब बिक्रीमा पनि कडाइ गरिएको छ अदालतको आदेशले। अनि त्यहाँ तेजाब छ्याप्नेविरुद्ध कानुन पनि बनिसकेको छ। तर हाम्रो नेपालमा तेजाब छ्याप्नु र अरु हतियार चलाएर मार्ने प्रयास गर्नुमा खासै फरक कानुन छैन। प्रहरीले पक्रन त पक्रियो तर फितलो कानुनका कारण अभियुक्त छिट्टै निस्के भने अचम्म मान्नु पर्दैन। तेजाब छ्यापेर मान्छे नै मरेको घटनामा समेत सफाइ पाएका उदाहरणहरु छन्।

तेजाब आक्रमणलाई अरु आक्रमण जस्तो मान्नु हुँदैन। यो त पीडितलाई जीवन भर पीडा दिने खालको आक्रमण हो। यही अनुसार कानुन परिमार्जन हुन जरुरी छ। तर हामी कहाँ यसबारे बहस हुन बाँकी छ।

त्यसो त छ्याप्नेले तेजाब भारतीय टिभी हेरेर सिके जस्तै तेजाब लागेकी एक छात्राले पनि भारतीय टिभी हेरेर नै मुख पानीले धुनुपर्छ भन्ने थाहा पाएकी थिइन्। उनले तेजाब छ्यापिएकै दिन यस्तो भनेकी थिइन्-

किन भएको रहेछ आक्रमण?
केही अघि तपाईँले संगीता मगरको मार्मिक आवाज सुन्नुभएको होला। त्यसमा उनले भनेकी थिइन्, ‘माथिको कोठाको दाइ मभन्दा ठूलो भए पनि मलाई जिस्काइ राख्छ, कराते जाँदा पनि पछि पछि लाग्छ। मैले पुलिसलाई भने पनि झिकाउनु भएकै छैन’

संगीताले यसो भनिसक्दा पनि प्रहरीले चाहिँ परिवारले नै सहयोग नगरेको आरोप लगाइरहेको थियो। नभन्दै अहिले प्रहरीले अभियुक्त सार्वजनिक गर्दा त उही जीवनलाई नै पो पोलियो।

खासमा तीन वर्षअघि जीवनले नै संगीतालाई ट्युसन पढाउँथे रे। पछि दुई परिवारबीच झगडा भएछ। त्यही परिवारले अपमान गरेको र आफ्नो प्रेम अस्वीकार गरेको बदला लिन ब्याट्री पसलबाट तेजाब किनेर छ्यापेका रहेछन्। पढ्नुस् विस्तृत विवरण

जीवनको आक्रमणको तारो संगीता मात्रै थिइन्। तर छ्यापेको तेजाब सीमा बस्नेतलाई पनि लाग्यो। बिचरी अहिले पनि वीर अस्पतालमा उपचार गराइरहेकी छिन्। अस्पतालबाटै अहिले एसएलसी दिइरहेकी छिन्।

jiban
मिडियामा आएको जीवनको फोटो झन् अनौठो खालको छ। यति ठूलो अपराध गरिसक्दा पनि रत्तिभर पनि पछुतो देखिन्न उनको मुखमा। बरु हाँस्दै पो छन्। अझ बेहोस भएको नाटक पनि गरेछन्। त्यतिबेला पनि हाँसिरहेका नै रहेछन्।
jiban1

19 thoughts on “भारतीय टिभी हेरेर सिकेछन् तेजाब छ्याप्न”

  1. Shankar says:
    March 21, 2015 at 8:44 am

    भारतीय टी बि लाइ ब्याण्ड गरम |

    Reply
  2. सुनिल शर्मा says:
    March 21, 2015 at 12:22 am

    दोषी लाइ कानुन ले उपयुक्त सजाय दिनेछ र अहिलेको कानुन अपर्याप्त भए संसोधन गरेर भएनी दिनै पर्छ पनि ! जब सम्म यस्तो घटनाको सुस्म अध्यन हुदैन फेरि अर्को नघट्ला भन्न सकिन्न ! अभियुक्त मानसिक रोगि भएको साथै उसको परिवार माथि दुर्ब्यबहार भएको कुरानी बाहिर आइ रहेको छ ! कतै हाम्रो समाजमा विद्यमान जातीय विभेद र मानसिक रोगि लाइ हेरिने दृस्टीकोण त जिमेवार छैन ? मेरो यो अर्थ हैन कि अपराथी लाई उन्मुक्ति दिनु पर्छ , हामीले घटनाको ‘रुट कज ‘ तिर पनि ध्यान दिने की?

    Reply
  3. Udeep says:
    March 20, 2015 at 11:18 pm

    अपराधको कारण मनोबैज्ञानिकपाराको देखिन्छ | दोष अपराधीमा मात्र खोज्नु सायद यस्तो घटना फेरी हुन नदिन काफी छैन | हाम्रो समाजमा फैलिएको बिकृति, नारी जाति प्रति राखिने दृष्टिकोण र चलचित्रहरुमा बिना सेन्सर देखाइने हिंसा प्रमुख कारण र दोषी हुन् | ति कारणहरु हटाउनु जरुरि छ, जरा उन्मुलन गर्न जरुरी छ, हाँगा-बिंगामात्र काटेर के गर्ने ?
    अपराधीलाई हदसम्मको सजाय होस्, तर साथ-साथै मनोबैज्ञानिक उपचार पनि गरियोस ! नत्र आजको गुण्डा भोलिको डन नबन्ला भन्न सकिन्न |

    Reply
  4. जातिय विभेद विरुद्दको एकता says:
    March 20, 2015 at 10:32 pm

    जातिय विभेदले जन्माएको अपराध ।
    —————–
    जातिय विभेदका अनेकौ स्वरुप छन । सामान्यतया युवा र युवति वीच प्रेम हुन्छ । त्यो प्रेमको बाधक भईदिन्छ तथाकथित जात । त्यसपछि त्यहि तथाकथित ठुलो वा सानो जात भएकै कारणले युवा युवति विचको प्रेमलाई अलग्याउन परिवारका सदश्यहरु लागि पर्छन । धेरै जस्तो अवस्थामा युगल प्रेमीहरुको प्रेमलाई अलग्याएर नै छोडिन्छ । तर कतिपय अवस्थामा यसरी अलग्याउने वित्तिकै सबै कुरा सामसुम हुन्छ नै भन्ने छैन ।

    तथाकथित सानोजात भएको कारण भेदभाव गरिएकोले प्रेम असफल भएकोमा त्यो असफल प्रेमी भित्र बदलाको भावनाले ठाउँ पाउछ । त्यो बदलाको भावनाले अन्ततोगत्वा एउटा भयानक अपराधले जन्म लिन्छ ।

    यी सबै घटनाका पछाडी कारण त जातीय भेदभाव नै हो । जबसम्म विभेदजन्य व्यवहार गरिन्छ, जघन्य अपराध हुने सम्भवना रहिरहन्छ ।

    Reply
    1. karki D says:
      March 21, 2015 at 3:34 am

      अपराधलाई जातीय तुल दिनु सर्वथा निन्दनीय र घ्रिणित कार्य हो सभ्य समाज र देशले / यहाँ अपराध जन्य गतिबिधिमा संलग्न हुन निज व्यक्तिलाई उसको व्यक्तिगत मनोवृत्ति,स्वार्थ र चाहनाले उस्कायाको छ / नावालिक केटीको रुप कारण बनेकोछ भने उसको इन्कारिले केटो रोजेको माया नपायपछि आहत भई बर्बादीको बाटोमा हिडेको छ / यहासम्म आईपुग्दा जातिय विभेदको गन्ध देखिदैन / यस्ता किसिमका आपराधिक कार्य जातीय विभेद अन्त्य भएको स्थानमा हुदैहुदैन भन्ने फोस्रो दलिल पेश गर्नु किमार्थ हुदैन / सजातिमा पनि मनोमालिन्य बढेपछि वा केटीले वेवास्ता गरेपछि घट्ना घटेका उदाहरण छन/ तेसैले एकोहोरो वा एकतर्फी प्रेम प्राप्त नहुने बित्तिकै जातीयताको नाममा आक्रमण हुने हो भने त्यो जंगली युगको नया सस्करण ठहरिने निश्चित छ / केटो दलित अनि केटि जनजाति, अब के दलित र जनजाति आपसमा टकराव गर्ने ? तेजाब आक्रमणमा अन्य दुइ पिडितपनि छन र उनिहरु दलित,जनजातिमा नपरी अन्यमा पर्दछन / अब के उनीहरु अन्यमा परे तेसैले पिडित हैनन् भन्ने ? अपराधीलाई अपराधकृत्य बमोजिम कानूनको नजरले हेरिनु पर्छ न कि जातियाको / संकीर्ण सोचको घटिया दयरावाट माथि उठ्ने साहस नगर्ने हो र ढाकछोपको बनावटी नाटक मन्चन गर्ने हो भने यो घट्नालाई पहिलो खुट्किलो मान्न सकिन्छ आपराधिक दुनिया प्रवेशको जहाँ कोहि कहिल्यै सुरक्षित हुनसक्दैन /

      Reply
      1. जातिय विभेद विरुद्दको एकता says:
        March 21, 2015 at 10:08 pm

        “ जबसम्म विभेदजन्य व्यवहार गरिन्छ, जघन्य अपराध हुने सम्भवना रहिरहन्छ ” – यो भनाई केन्द्र विन्दुमा राखौं karki D जी ।

        यहाँ अपराधीको पक्ष पोषण गर्न खोजिएको होइन, छैन । तर व्यवहारमा जब तथाकथित उचनीच विच प्रेम भएको घटना हुन्छ, त्यहाँ अधिकांश घटनाहरुमा माथि उल्लेख गरिएको जस्तै दमन हुने गर्छ । यो यथार्तबारे पक्कै अनविज्ञ हुनुहुन्न होला भन्ने विश्वास छ ।

        Reply
        1. karki D says:
          March 22, 2015 at 4:00 am

          केटा र केटीको मन मिलेको खण्डमा वा एक-आपस छुट्टिएर बाच्नै नसक्ने निष्कर्षमा पुगेका युगल जोडीलाई दुनियाको कुनै तागतले अलग्याउन सक्दैन र उनीहरु बिच अन्तरजातीय विवाह हुन् सक्छ / तेसमा कानूनी बन्देज पनि रहेन / तर स्वेच्छाले बिबाह गर्न तोकिएको उमेर पुगेको हुनुपर्यो / र हाल पारिवारिक सहमतिमै पनि अन्तरजातीय बिबाह हुने गरेको देखेसुनेकै हो / तर यो घट्नामा केटीको विवाह योग्य उमेर नपुग्नु र केटीले सफसुत्र स्पष्ठ रुपमा निज केटोलाई व्यक्तिगत रुपमा नकारे पछि फकाउने हर प्रयासमा असफल भय पश्चात बहुलट्ठी पाराले बरालिएर बदलाको भावले आक्रमणको जालो बुनेको छ / पहिलो कुरा उमेर नपुगेकी केटीलाई तेस्तो हर्कत गर्न खोज्नु सरासर गलत छ त्यो चाहे जुनसुकै जातिय समुहको भयपनी / दोस्रोकुरा जबर्जस्तिपन र एकोहोरो प्रेम कुनै जातिविशेषको आधारमा नभएर केटीको स्वतन्त्र निर्णयमा निर्भर गर्ने कुरा बिर्सिएर जातिय विभेदको जामा लगाउन खोज्नु नै अन्यायपूर्ण वा भनौ विभेदपूर्ण सोच हो / “मिया विवि राजि तो क्या करेका काजि” तेतिवेला छुट्ट्याउन खोजेको भय कुरा अलग हुन्थ्यो /

          हरप्रकारले विभेद रहित समाज र व्यक्ति ब्यक्तिको स्तरमा आफु राज्यद्वारा,परिवारद्वारा,समाजद्वारा,छिमेकीद्वारा आर्थिक,सामाजिक,राजनैतिक विभेदिकरणको सिलौटामा नापिसलिउ भन्ने चाहना हुन्छ त्यो एउटै मात्र वर्ग,लिङ्ग,जाति र क्षेत्रमा मात्र सिमित हुदैन /

          उच-निच मात्र हैन सजाती र समानस्तरहरुका विच पनि यस्तो घट्ना घट्छ भनेर माथि नै भनिसके / तेतिवेला यस्ता अपराधलाई के र कस्तो बहाना बनाउने ? तेसैले हामीले निर्माण गर्न खोजेको समाज आपराधिकरणलाइ प्रश्रय र बैधानिकता दिने प्रकृतिको विल्कुल हुनुहुदैन भन्ने हो /

          Reply
        2. karki D says:
          March 22, 2015 at 5:58 am

          जातीय विभेद बिरुद्दको एकता भनेर जातीयता लाइ केन्द्रमा राख्दा अर्को तर्फ तिन पिडित का बिरुद्द विभेदपूर्ण विचार प्रकट गरेर घटनालाई सामान्यीकरणको वाटोमा डोर्याउन बिल्कुल दिनुहुदैन / धेरैकुरा मेरा पूर्व कमेण्टमै उल्लेख छन/

          हाल अन्तरजातीय विबाह प्रसस्तै हुनथालेका छन / तर केटा-केटीको मन्जुरीमा / तर यो घटनामा तेस्तो देखिदैन/ कम उमेरकी केटीले आफ्नो स्वबिबेकिय र स्वतन्त्र अधिकार प्रयोग गरि इन्कार्दा कसरि जातीय विभेद भयो ? विभेदपूर्ण सोच तेही देखियो जहाँ एउटि केटीले दलित केटोको नजाएज इच्छापूर्ति गर्नुपर्ने उसको चाहना बमोजिम, आफ्नो चाहना बन्दकी राखेर जातिय विभेदको नाममा / यो कानूनीरुपमा पनि दण्डनीय छ / दुबैको सहमतिमा सम्बन्ध कायम भएर अरुले छुट्ट्याउन खोज्थ्यो भने केहि हदसम्म त्यो कुरा लागु हुनसक्थ्यो / तर तेस्तो पनि घटनाक्रमले देखाऊदैन / “मिया वीवी राजि” को अबस्था देखिदैन / तेसैले केटीको स्वतन्त्रता हनन गर्ने हक कुनैलाई छैन /

          विभेदका बारेमा कुरा गर्दा जातीयताको मात्र प्रश्न आउदैन / त्यसको सैली,रुप लगाएतका धेरै कुरा छन/

          Reply
    2. प्रेम पुन मगर says:
      March 21, 2015 at 2:38 pm

      “जातिय बिभेद बिरुद्धको एकता” भन्ने महाशयले यो जातिय बिभेदबाट सुरु भएको घट्ना हो भनेर कसरी ठोकावा गर्नु भो?दलित जाति घट्नामा दोषी देखिनु बितिकै उसको गल्ति थिएन यो त समाजको गल्ति हो भन्न अलिकति पनि लाज लाग्दैन?दोषी कस्तो प्रबृति भएको मान्छे हो?प्रेम दुबै तर्फ थियो’कि एकतर्फि पागल प्रेम?यदि यी दुई बिच प्रेमनै थियो भने पनि कुन कारणले बिछोड भयो?यी सबै तथ्यहरु पछि खुल्नेनै छन नि!तथ्य नबुझी दोषीलाई सुनपानीले चोखो बनाउनु पर्ने के को लागि?

      पराई भए त्यो त्यो राक्षस र आफ्नो भए देउता?हो, यस्तै सागुरो सोचले गर्दा नै नेपालमा अपराध बढेको छ।अपराधीले उन्मुक्ति पाएका छन।फोटोमा हेर्दा पनि यो केटो महा चतुर र मुर्ख देखिन्छ।बेहोसी भएको नाटक गर्दा पनि हाँसेको देखिएको छ।अझ दुईतिन जना अरुलाई पनि सिध्याउने रे!

      यस्ता हरामीलाई त प्रहरी खोरमा होईन नाक-कान काटेर,आँखामा झीर कोचेर,बल्ल रुखमा झुण्ड्याउनु पर्छ।

      Reply
      1. जातिय विभेद विरुद्दको एकता says:
        March 21, 2015 at 10:18 pm

        प्रेम पुन मगर जी, गल्ति गरेको छैन भनेर कसले भनेको छ ? तपाईले चाही के ठहर्याउनु भयो एक जना उमेर पुगेको युवा र युवति विच केहि नभईकन एसिड फ्याक्ने सम्मको घट्दा लहड मै भएको होला त ?

        घटना विवरणले पनि परिवारको संलग्नता देखाईसकेको छ भने पक्कै पनि तथाकथित जातको उचनीचमा घट्ने अन्य ९०% घटना जस्तै यो पनि नहोला भनेर कसरी भन्न सकिन्छ ।

        अमरिश पुरी हेर्दै गुण्डा जस्तो थियो, के त्यो अपराधी नै थियो त ? अनुहार हेरेर अपराधी भनेर तपाईले चाही कसरी ठोकुवा गर्नु भएको हो नि ?

        यहाँ अपराध हुनुको कारणका पछाडी जातिय भेदभाव हुनसक्छ भनेर जातिय भेदभावलाई निरुत्साहित गर्न खोजिएको छ । न कि अपराधीलाई जोगाउन । कृपया, गलत अर्थमा नबुझिदिनु होला ।

        Reply
  5. karki D says:
    March 20, 2015 at 10:26 pm

    दिमागमा घोडाको लिदी भरियको हसमुखा अपराधीलाई यस्तो जघन्य अपराध गरेको कसुरमा ज्यान मार्ने उद्ध्योग अन्तर्गत मुद्दा दायर गरि वकिलको पोल्टामा कुस्त नगद ओईर्याउने हो भने यो मुद्दाले अन्य सामान्य मुद्दा सरहको बहस र छलफल पछि दोषीलाई विभिन्न उन्मुक्तिको खोल ओढाई सफाई दिनेमा दुइमत छैन / बस ढिलो,चाडो मात्रै हो / जिल्ला अदालतले दोषी करार गरे के भो र पुनरावेदन र सर्बोच्च त सर्लक्कै बाकी छ नि म अन्यायमा परे श्रीमान भनि फैसला पुनरावेदनको लागि निवेदन पेश गर्न वकिल मार्फत / त यी सब खेल हुन बाँकि छ तर अभियुक्क्तको पारिवारिक हैसियत तेती राम्रो नदेखियकोले पैसाको खेलले कस्तो स्थान प्राप्त गर्ला त्यो भने हामी रमिते भयर हेर्न बाकी छ /
    यस्तो प्रतिनिधिमुलक घटना घटाउनेलाई सजाय पनि उदाहरणिय प्रतिनिमुलक नै हुनु पर्ने हो “उदोमुन्टो पारी झुन्ड्याउनु पर्ने सार्वजनिक स्थलमा” तडपाई-तड्पाई……डाम्नालाई / देख्नेको पनि अंग सिरिङ्ग र रौ ठाडो होस्न/ त्यो चाही टिभीमा देखाउनु पर्छ / तेजाब हान्न टिभिवाटै सिकेको देखियाकोले यस्तो गर्न कदापी हुदैन भन्नेपनि टिभिवाटै सिकाउनु पर्यो नि / रिस उठ्यो भनेर वादलालिन एसिड हान्ने हो भने त सतप्रतिसत नेपालीको मुखमा एसिड पर्ने सम्भाना भो / ठुला नेताको त कुरै नगरौ सब्बै रागेपाटे हुने भय /

    Reply
  6. sujan says:
    March 20, 2015 at 9:59 pm

    एस्लाई पनि त्यसरी नै acid मुखमा छ्याप्नु पर्छ अनि गाउँ दुलौनु पर्छ अनि थाहा हुन्छ पिडा !!! भारतीय टिवी मा त सजाय भएको पनि देखाएको छ नि , अनि एस्लाई त्यसै बेला किन बुद्धि नआएको होला?

    Reply
  7. shiva says:
    March 20, 2015 at 9:44 pm

    फासीको व्यवस्था त हाम्रो कानूनमा छैन (भएको पनि राम्रो हैन), तर ज्यान मर्ने उद्योगमा अभियोग लगाइने सुनिएको छ, अधिकतम सजाय मात्र १२ बर्ष रहेछ | तर ३ जनालाई एसिडले हानिएको रहेछ, त्यसैले १२ + ८ + ४ गरेर २४ बर्ष जायज देखिन्छ |

    Reply
  8. वल says:
    March 20, 2015 at 8:40 pm

    सबैभन्दा पहिले त् शुरुमै प्रेम कोण नै हेरेर अनुसन्धान गर्न परने हो| किन एक महिना लगायो थाहा छैन| अस्ति एकजना अर्द्धनग्न मसलदार व्यक्ति गुहार भनेर झोंछेको सडकमा तमाशा गरेको संग के सम्बन्ध होला, खुल्न बाँकी नै छ| कि त्यो पुलिसको नौटंकी मात्र हो?
    जीवन बिकले कंहाबाट तेजाब किने, अरु पनि कोही सलग्न थिए कि र कसरि योजना गरे, इत्यादि पनि अकाट्य रुपमा प्रमाणित हुनपर्यो र खुलासा गर्नपर्यो| राष्ट्रिय र अन्तराष्ट्रिय प्रेसरमा परेर एउटा निर्दोषलाई समाती हतपतमा गरिएको भन्ने भ्रम कसैलाई नपरोस|
    जे होस् एक महिना लाएर पत्ता लाए पनि अन्तत फेला पारे| सजाय पनि ज्यान मारेको भन्दा कडा हुनपर्छ जसले गर्दा फेरि त्यस्तो उद्यम कसैले गर्ने धृष्टता नदेखाओस|
    हरे, भारतीय टीभी हेरेर अरु के के सिक्ने हुन्?
    हामी कँहा सिपाहीले परेड खेलेको र कसरत गरेको जस्तो डान्स त्यसै पपुलर भएका होइन रहेछ|

    Reply
  9. madan bajracharya says:
    March 20, 2015 at 8:37 pm

    बिबेक माथि बिबेकले गरेको अपराधलाई बर्गिकरण गरेर उसले कति वटा अपराध गरेको छ तेस्को छुट्टा छुट्टै सजाय दिनु पर्छ/ गैरसामाजिक बा अपराधिक काम गर्न हतियार उठाउनु अपराध हो/ बिबेक माथि पहिलो आरोप अपराध गर्न हतियार बोकेको लाग्छ/ यो अपराधमा हदै सम्म दिईने सजाय बिबेक्लाई दिनु पर्छ/

    बन्दुक बात गोलि निक्लन्छ/ गोलि बात व्यक्तिको अंग भंग पनि हुन् सक्छ मर्न पनि सक्छ/ बिबेकले हर्लिक्सको सिसिलाई बन्दुक बनायो र यसिद्लाई गोलि/ बिबेकले नै भन्यो कि उसले यसिद छ्यापेर कुरूप बनाउन खोजेको भनेर/ तर उसले छ्यापेको यसिद बात केटीहरु मर्न पनि सक्थे/ तेसैले बिबेक माथि हतियार प्रयोग गरेर अरु मर्न पनि सक्ने गरि हतियार प्रयोग गरेकोमा हदै सम्मको सजाय पनि दिनु पर्छ/

    जवर्जस्ती प्रेम सम्भंद राख्न खोज्नु पनि बलात्कार गर्न खोज्नु जस्तै हो/ त् बिबेक लाइ बलात्कार गर्न खोजेको अपराधमा दिने हदै सम्मको सजाय पनि दिनु पर्छ/

    बिबेकले गरेको अपराधको कारण देसमा शान्ति बिथोलियो/ नागरिकहरु आतंकित भयो/ त् यो कुरामा पनि बिबेकले हदै सम्मको सजाय पाउनु पर्छ/.

    बिबेकको अपराधको कारण घाईते भयको केटीहरुको उपचारको निमित्त ठुलो रास्ट्रिय सम्पतिको बिनास भयो/ त् रास्ट्रिय सम्पति बिनास गर्ने ले पाउने हदै सम्मको सजाय पनि बिबेकले पाउनु पर्छ/

    अरुलाई आहत पुग्ने काम गरेमा छ्यती पूर्ति दिनु पर्छ/ बिबेकले घाइते बनायको केटीहरु जिन्दगि भर कुरूप बन्ने भयो/ उनीहरु तेसैको कारणले जिन्दगि भर मानशिक पिडामा बाच्नु पर्ने भयो/ आफ्ना छोरीहरु तेस्तो अबस्थामा पुगेको कारण परिवारलाई समेत आहत तथा घाटा भयो/ यो सबै कुराको हिसाव गरेर बिबेक लाइ तिराउनु पर्छ र बिबेकले तिर्न नसकेको रकम बापत जेलमा राख्नु पर्छ/

    कयौं अदालतहरुले पनि ठुलो अपराध गर्ने माथि यसरि नै अपराधलाई वर्गीकृत गरेर सजाय दियको उदाहरणहरु छन्/ यसरि सजाय दिईयो भने बिबेकले सायद सय बर्ष भन्दा बढी जेल बस्नु पर्ने हुन्छ र उसको सबै सम्पति उसले घाईते बनायको केटीहरुको नाममा राखिनु पर्ने हुन्छ/

    Reply
    1. bibek dhakal says:
      March 21, 2015 at 11:38 pm

      मदन जी अभियुक्त को नाम जीवन हो, बिबेक हैन 😀

      Reply
  10. bj says:
    March 20, 2015 at 6:42 pm

    ढिलै भए पनि प्रहरीले सफलता हात परेको छ नेपाल प्रहरीलाइ बधाइ छ ।पिडक लाई हदै सम्म को कारबाही होस ताकी समाजमा फेरि पनि यस्ता घटना नदोहोरिउन र पीडित बहिनी हरुलाइ सिघ्र स्वास्थ्य लाभको कामना छ।

    Reply
  11. Max Thapa, Sydney says:
    March 20, 2015 at 6:31 pm

    राम को समय होइन , कृष्णको समय झैँ जस्तालाई तेस्तै गर्नु पर्छ किनकि पाप गर्नु र पाप सहनु दुवै उत्तिकै पाप हो तेसैले यो मान्छेलाई पनि एसिड हान्नु पर्छ ताकी उसले अनि अरु सबैले बुझुन कि एसिड को मर्म कस्तो हुन्छा अनि भाबिसेमा कसैलेपनि यस्तो कुकर्म गर्न नसकुन | मृत्युदण्ड म भन्दिन तर नियम परिबर्तन यो केस देखि नै गर्नुपर्छ |

    Reply
  12. अभागी कान्छा गाउले says:
    March 20, 2015 at 4:55 pm

    कुत्तालाई फासी दे सरकार …………….
    यसको अनुहार हेर्न छैन कसैलाई अनि यसले कसैको अनुहार हेर्ने अधिकार छैन !
    फासी दे
    फासी दे
    फासी दे

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme