टर्किस प्लेन साह्रै ज्याद्रो। चार दिनसम्म ठप्पै बनाए नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई। बुधबार बिहानै दुर्घटना भयो। दिनभर हलचल गर्न सकिएन प्लेनलाई। टर्किसले नि थर्काएछन् डोजरले छोला हाम्रो प्लेनलाई भनेर। अर्काको नासो गलाको पासो। के गर्ने? डराउनै पर्यो। भोलिपल्ट बिहीबार दिउँसो बल्ल आयो भारतीय सेनाको हर्कुलस विमान। ल्यायो एयरक्राफ्ट रिमुभल किट। तर शनिबार साँझ बल्ल तान्न सकियो प्लेनलाई। त्यो पनि टर्किस टेक्किनल टिम इस्तानबुलबाट आएपछि। चार दिनदेखि टेन्सन दिइरहेको प्लेनलाई तानेर लैजाँदा तमासेहरुसमेत कम्ता खुसी भएनन्। ताली बजाएर हैरान। हेर्नुस् भिडियो।
हेरम त टर्किस एयरलाइन संग नेपाल सरकारले क्षतिपुर्ती माग्न सक्छ कि सक्दैन……
Well done guys, if a truck managed to pull a whole plane, why the assistance of Indian plane was required. Besides, Indian plane doesn’t seem to be around.
तान्यो तान्यो ……….phweeeuuu :0)