Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमाओवादी पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको अनुहार हेरौँ

Posted on February 8, 2015February 8, 2015 by Salokya

महान् ‘कान-तिखारी’ तीन पटक फुटिसकेको एकीकृत माओवादीले एक महान् व्यक्तित्वलाई समानुपातिक सभासद्का लागि सिफारिश गरेको छ। देशै भर आन्दोलन गर्ने तयारीमा रहेका कामरेडहरु पेरिसडाँडामा झण्डै हात हालाहालको स्थितिमा पुगेको समाचार नसेलाउँदै आज एउटा अर्को समाचार आयो- कामरेडहरुले डा. ल्हारक्याल लामालाई समानुपातिक सभासद्‌‌मा सिफारिश गरेछन्। यसले संविधान सभा छाडेर हिँड्छु भनेर धम्क्याइरहेको पार्टीको असली नियत खुलासा गरिदिएको छ। को हुन् त यी लामा ? माइसंसारका पुराना पाठकलाई थाहै होला। नभए पुराना ब्लग फेरि एक पटक।

aayog

अघिल्लो संविधान सभामा उनी एमालेको समानुपातिक सभासद बनेका थिए। समानुपातिक सभासदका लागि नाम सिफारिश गर्दा सिन्धुपाल्चोक जिल्लाबाट दुई जनाको नाम पठाइएको थियो, डोल्मा तामाङ र ल्हारक्याल लामा। पार्टीको सदस्य नै नरहेका अपरिचित व्यक्तिलाई सभासद सिफारिश गरिएपछि उतिबेला पनि जिल्लाका नेता-कार्यकर्ताले विरोध गरेका थिए। गाइँगुँइ सुनिएको थियो- आर्थिक लेनदेनका कारण उनले सभासद पद पड्काएका हुन्। नत्र कांग्रेसका खुँखार खुमबहादुर खड्का स्थानीय विकास मन्त्री हुँदा गुम्वा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष बनेर विवादमा आइसकेका व्यक्तिलाई सजिलै एमालेको सभासद् पद किन चिठ्ठा पर्थ्यो र !

ल्हारक्याल लामालाई एमालेमा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए, एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र काठमाडौं महानगरपालिका सव–इन्जिनियर गम्भीरलाल श्रेष्ठले। एमाले सिन्धुपाल्चोकका नेता समेत रहेका गम्भीरलालको भेट ल्हारक्यालकै घरको नक्सा पास गर्ने बेलामा भएको थियो। उनै श्रेष्ठले नै ल्हारक्याललाई बोहोरासित भेटाइदिएका थिए। त्यसपछि उनी खाँट्टी एमाले कार्यकर्ता बने।

बोहोरा कै सिफारिशमा उनी समानुपातिक सभासदमा सिफारिस भए। सभासद भइसकेपछि मात्रै उनले एमालेको संगठित सदस्यता लिएका थिए। संगठित सदस्यहरुले सामूहिक रुपमा शपथ लिने परम्परा छ। तर ‘दाम’को अगाडि ‘साम’को के जोर चल्नु ! उल्टै उनले एमालेका केही उच्च नेतालाई आफ्नै निवास महाराजगन्जमा निम्त्याए। अनि त्यहीँ सपथ लिए।

झलनाथ खनालको प्रधानमन्त्री कालमा उनी अर्थ राज्यमन्त्री बने।

अर्थ राज्यमन्त्री नेपालको भए पनि भारतको नागरिक भनी A2129812 नम्बरको भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएका उनको नेपाली नागरिकताको विवरण पनि फेला परेको छ। उनको नेपाली नागरिकतामा यस्तो विवरण रहेको छ-

नाम: चारक्याल लामा ,
ठेगाना: सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गा.बि .स., वार्ड नम्बर ६ , मेलम्ची गाउँ
नागरिकता नम्बर: ६३६९, जारी मिति: २०५०/१०/१९
बुवाको नाम: पासांग फुपा

उनको भारतीय पासपोर्ट

आफू डाक्टर रहेको प्रमाण उनले यसलाई देखाउने गरेका छन्-

भर्ना नम्बर १०० हुनु, डक्टरेट उपाधि दिइयो भन्ने प्रमाणपत्रमा नै डाक्टर ल्हारक्याल लामा भनी ब्राकेट भित्र नाम लेखिनुले यसमा शंका गर्नुपर्ने ठाउँ देखिन्छ। उनले पढेको यो इन्स्टिच्युटमा पढ्नका लागि न्युनतम योग्यता स्कूलमा कक्षा आठ पास गरेको हुनुपर्ने रहेछ।

नागरिकता विवादमा परेपछि लामाले अर्थ राज्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि दोस्रो संविधान सभामा अचानक उनी एमाओवादी समानुपातिक सूचीमा परे। अनि आज अचानक उनैलाई सिफारिश गरेर समानुपातिक सभासद् बनाइदिए।

बिचरा युद्धकालमा ज्यान जोखिममा राखेर हिँडेका एमाओवादीका कार्यकर्ताहरु फेसबुकमा यसरी तीतो पोखिरहेका छन्-

Post by Manarishi Dhital.

19 thoughts on “एमाओवादी पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको अनुहार हेरौँ”

  1. हरिप्रसाद सापकोटा says:
    February 12, 2015 at 5:40 pm

    श्रीमान् आयुक्तज्यू
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग
    काठमाडौँ नेपाल
    बिषय;- छानबिन गरी दोषीलाई सजाय र पीडितलाई न्याय दिलाई पाऊँ !
    महोदय,
    सिन्धुपाल्चोक जिल्ला हेलम्बु वार्ड नम्बर ६ मा स्थायी बसोबास ठेगाना भएको पासांग फुर्बा शेर्पा को छोरा हाल काठमान्डौ बस्ने श्री ल्हारक्याल लामा नेपाली नागरिकता नम्बर सिन्धुपाल्चोक ४८/६३७९८ ले मानब बेचबिखन, ठगी,गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष हुँदा र २ पटक सांसद हुँदा अन्य बिभिन्न् अनुचित काम समेत गरी अकुत सम्पति कमाई कतिपय ब्यांकमा राखेको, लगानी गरेको र लाखौँ नगद समेत लुकाएर राखेकोले तुरुन्त छानबिन गर्न अनुरोध गर्दछु |

    निवेदक
    हरिप्रसाद सापकोटा

    Reply
  2. hridaya says:
    February 12, 2015 at 3:03 am

    कृपया जसरि पनि हेर्नु होला यो clip , लार्हक्यल ले भनेको…..उहिले

    प्रचण्ड ले अशोक स्तम्भ बेचेर खान्छ रे…….
    Please see it….

    https://www.youtube.com/watch?v=brWfTR8Quw0

    Reply
  3. Nandalal says:
    February 10, 2015 at 10:22 am

    यसको कुरा गरेर के साध्य छ र ? थुप्रै तिब्बतीलाई अमेरिका लैजान्छ भनि करोडौं कुम्ल्यायो, भक्तपुरका सल्ला काटेर बेच्यो, रक्तचन्दनको नाइके पनि यो हो / यसको पुर्ख्यौली सम्पति, आयश्रोत, अहिले मौज्दात सम्पति जाँच्ने हो भने यो सिधै जेल जानु पर्छ / पसलमा समान किनेर नतिरेका पनि थुप्रै पसल छन् / यसले अमेरिका चाइनाको दोहोरो एजेन्ट भएर दुवै तिर बात पैसा खाएको छ /
    लोकमानको आँखा यसमा पनि परोंस /

    Reply
  4. Bishnu acharya says:
    February 10, 2015 at 6:59 am

    ल्यारक्याल लामा , उनी महान पनि हुन, नेपाल को राजनीति मा नेपाली कांग्रेश , एमाले , र माओवादी सबै बाट नाफा लिने, सबै लाई प्रभाव पर्न सक्ने सबै बाट साना ठुला नियुक्ती लिना सक्ने उन्को तारिफ जती गरे पनि कम् हुन्छ, बरु कसरी त्यसो गर्न सकिन्छ त्यो सिकौ, बिचरा प्रचन्ड लाई यो मुद्दा मा एक्लो नपारौ, झलनाथ खनाल, खुम बहादुर अनी सुजाता कोइराला लाई पनि सोधौ , उनी आज मात्र होइन हिजो पनि बिवादित् थिय, अरुले सवासद एवम मन्त्री नियुक्ती गर्दा हो हल्ला नहुने, प्रचन्ड ले सवासद मात्र नियुक्त गर्दा मात्र किन यस्तो?? यो नियुक्ती मात्र होइन समग्र नेपाली राजनीति को एक आम प्रब्रिती होइन र?? सबै ले यो प्रब्रिती को अाफ्नो पार्टी मा बिरोध गरौ , अर्काको पाटि को कमेन्ट बन्द गरौ

    Reply
  5. subash says:
    February 10, 2015 at 2:02 am

    कस्तो गणतन्त्र प्रजातन्त्र हो नेपालमा ! यो समानुपातिक सभाषद नै खारेज गरिनु पर्छ र सबै सभासद चुनावनै जितेर आउनु पर्छ |

    Reply
  6. ekraj says:
    February 9, 2015 at 5:10 pm

    ल्हारक्याल लामा त कांग्रेस, एमाले र मावोबादी का कुख्यात फटाहा र जाली हरु को पनि गुरु होला जस्तो रहेछ र इनिहरुलाई किन्न सक्ने क्षमता भएको जस्तो देखिन्छा|
    कतै ओली लाई उछिनेर प्रधान मन्त्रि नै पड्काउने त होइन?
    तर एमाले भित्र नभएको ले साएद ओली ले दिने ८-१० अरब को केहि हिस्सा लिन मायोबादी
    पसेको होला?
    कसरि पार्टीहरु स्खलित हुदैछन यस्तै फटाहा र जलिहरुको जमात भएर|

    Reply
  7. shyam says:
    February 9, 2015 at 2:49 pm

    लार्क्यल लामा कांग्रेसको एमालेको हुदै एमाओबादीको कोटामा पर्न सफल कुकुर बाट स्याल हुदै ब्वाँसो बनेछ | कुकुर बफादार हुन्छ तर कांग्रेस बफादार छैन, स्याल धुर्त हुन्छ एमाले चतुर र धुर्त छ एमाओबदि ब्वासो थियो तर आज उसको दारा बंगारा काटिएको छ|

    Reply
  8. xyz says:
    February 9, 2015 at 1:06 pm

    एस्लाई भानिन्छा “क्रम्भंगतामा निरन्तरता र निरन्तरतामा क्रमभंगता” Now, this will awaken the Maoists who have gone into deep slumber. Thuuka, Maobadi, you people are nothing more than a big kalanka of Nepali people, shame on you, shame on Dr Baburam Bhattarai. Thukka, Thukka, Thukka

    Reply
  9. KHAGENDRA says:
    February 9, 2015 at 1:04 pm

    ओली ले माओबादी लाई पैसा मा बिक्ने पार्टी भनेको ठिकै होकी के हो ?

    Reply
  10. Sisir says:
    February 9, 2015 at 12:37 pm

    अर्को पटक सद्भावना पार्टी बाट संसद हुन्छन यी लामा . राजेन्द्र महतोलाई पनि पैसाको सख्त जरुरत छ .

    Reply
  11. Samyam says:
    February 9, 2015 at 9:08 am

    A doctor degree certificate is not like Ga.BI.Sa. sipharis in a letter pad. It is with special printing.
    This certificate is 1000% fake.
    Maobadi pani fake nai ho huna ta.

    Reply
  12. hridaya says:
    February 9, 2015 at 6:51 am

    काल तीन प्रकारका हुन्छन्- १. सङ्कटकाल, २. वर्तमानकाल, र ३. ल्यारकाल !

    बिट्टाको अगाडि बगिहाल्छ र्याल !
    अनि लालसलाम कमरेड ल्यारक्याल !!
    किन गर्नुपर्यो बिबेकको ख्याल !!
    यस्तै तालले त डमरु बन्छ स्याल !!

    “टाउको फुटाएर गल्ती सच्याउन चाहन्छु, घाउको चिन्ता छैन लारक्यालले उपचार गरिदिनेछन्! “-मिस्टर योद्दा

    यसै पोस्टको अन्त्यमा उल्लेखित मित्र Manarishi Dhital ज्यु को facebook बाट साभार https://www.facebook.com/manarishi.dhital?fref=nf&locale2=en_GB&__tn__=C

    Reply
  13. Netra Prasad Paudyal says:
    February 9, 2015 at 4:29 am

    सायद जनयुद्धमा हतियार बोकेका कार्यकर्ताबाट प्रचण्डलाई नै खतरा भयो। बन्दुक नेता तिर नै सोझिन लागे भन्ने एकपटक खबर अाएको थियो नि केहि बर्ष अघि। त्यसैले होला, अब यस्तै बहुनाम धारी, ल्यारकाल लामा जस्तालाई नेता बनाए पछि प्रचण्ड-बाबुराम समुहको कर्तुतको रक्षा हुन्छ भनेर होला।

    —–
    प्रचण्ड-बाबुराम समुहलाई फ्रिमा एउटा सानो सुझाव:
    पहिलो संबिधान सभाको चुनावमा, काठमाण्डौंबाट माधव नेपाललाई हराएर माअोवादीका एकदम साधारण, कुनै चर्चामा नरहेका नेता झक्कु सुबेदीले जितेका थिए। झक्कुले चुनाव जित्दा, जन्ता पनि खुसि भए, माअोवादीका हिजो बन्दुक बोकेका कार्यकर्ता पनि खुसि भए। यस्ले पार्टीमा केहि जीवन प्रवाह गर्न सहयोग गर्यो। तर बिस्तारै माअोवादी बिगरियो। यस्ले अाफ्ना पार्टीमा जीवन अर्पित गरेका कार्यकर्तालाइ बिर्सन लाग्यो र कहिले एमाले कै राम चन्द्र झा र कहिले अब ल्यारकाल जस्ता एकदम बिवादित मान्छेलाई सभासद सम्म बनाउदै छ। होईन कति सस्तो भयो यो सभासद पद पनि! यस्तै हुदै गयो भने, कार्यकर्ताको मनोबल झन घट्न जान्छ भन्ने कुरा कति नबुझेका होलान! प्रचण्डेको अलिकति पनि बुद्धि भएको भए उस्ले पार्टी भित्र अरू झक्कुहरूको पहिचान गर्ने थियो र उनिहरूलाई अगाडि बढाउने थियो। तर उस्ले त बाहिर बाट भक्कु हसुरेकाहरूलाई पार्टीमा छिराउदै, अाफ्नो पार्टीमा दश बर्ष सम्म लडेका कार्यकर्तालाई कतार र खाडि मुलुक तिर मजदुरि गर्न पठाउन लाग्यो। बेलौमा होस गरौ है राजनितीलाई पेशा बनाएका कमरेडहरूले!(अाजको मेरो कमेन्ट अलि असभ्य लेखेकोमा म अाफै दुखित छु, माफ पाउँ है साथिहरू!)

    Reply
  14. कमी लामा says:
    February 9, 2015 at 4:03 am

    यो सर्टिफिकेट चाहिं यो व्यक्तिले उक्त स्कुल भनौ या गुम्बाको लेटर प्याड चोरेर आफै बनाएको हो रे ! पढेकै होइन रे ! सम्पर्क गरेर सोध्दा पनि थाहा हुन्छ |यो कुरा नेपालका धेरै लामालाई पनि थाहा छ |यो डुप्लिकेट कागज भन्ने प्र.बि.का बिद्यार्थी ले पनि सजिलै भन्न सक्छन |

    Reply
  15. bibek dhakal says:
    February 9, 2015 at 3:58 am

    माओवादी पार्टिको नैतिक विचलनको पराकाष्ठा हो यो. धिताल जी के सदस्यता खोसिने भनेर डराउनु हुन्छ, अब यस्तो पार्टीको सदस्य भैराख्नु को मतलब पनि के र? बरु प्रचण्ड चाही डराउनु पर्छ कुन दिन तपाइँ हरु मध्ये एकबाट पहिलेको जस्तै झापड खानु पर्ने हो कि भनेर.

    Reply
  16. madan bajracharya says:
    February 9, 2015 at 2:51 am

    नेपालको बहुसंख्यक नागरिकहरुले चाहे अनुसार होइन हामीले चाहे अनुसारनै संबिधान बन्नु पर्छ/ नेपाल भोलि असफल भय होस् अहिले हाम्रो पार्टीनै सफल बनाउनु पर्छ/नेपालको ईतिहास मिते मितोस नेपालको भूगोल बिग्रे बिग्रोस, तर हाम्रो इत्तिहास मितिनु हुँदैन हाम्रो पोजिसन बिग्रनु हुँदैन/ हाम्रो लोकतन्त्रमा हाम्रो समर्थकहरु मात्रै “लोक” भयको हामि ठान्छौं/हामीलाई मत नदिनेको मत बहुमत हामि मान्दैनौ/ हाम्रो लोकतन्त्रमा हामीलाई समर्थन गर्ने मात्रै नेपालको नागरिकहो/हामीलाई समर्थन गर्नेको हामि नागरिकता हेर्दैनौ/ हामीलाई दिनेले नेपालको तराइ लिय पनि हामि बिरोध गर्दैनौ/ हामि नअट्ने न समेटिने नचुनिने केहि पनि हामि मान्दैनौ/ यस्तो नीति लिने बात………..के आश्चर्य गर्ने?

    Reply
  17. Kedar says:
    February 9, 2015 at 12:31 am

    ::::::::::गरिब जनता र जातिय मुक्तीको नारा दिएर नथाक्ने, एमालेलाई सराप्नु नै धर्म हो भन्ने माहान क्रान्तीकारी कामरेडहरु अब भन्नुहोस के हो ? कसका र के का लागी लड्नु हुँदैछ ?
    ::::::::::घरी घरी छोड्ने र घरी घरी यो र उ नभए सम्म संबिधानसभा फर्किंदैनौ भन्दैछ एकातिर अनी अर्को तिर आफैंले खैरो खनेको ल्हारक्याल लामालाई येतीखेरै संबिधानसभा सदश्य मनोनयन किन गर्दैछ |
    :::::::::::कसरी यो मनोनयन माहान पार्टीले भने जस्तो गरिब जनता, आदीबासी जनजाती, मधेशी र पार्टीको लागी मरी मेट्ने कार्यकर्ताको पक्षमा छ भनेर प्रमाणित गर्न सक्नु हुन्छ ? हुती भएको कोही क्रान्तीकारी हुनुहुन्छ भने सम्झाउनुहोस् हामीलाई |

    Reply
    1. bibek dhakal says:
      February 9, 2015 at 3:41 am

      अरु सबै ठिक छ तपाइको कमेन्टमा तर ‘….एमालेलाई सराप्नु नै धर्म हो भन्ने माहान क्रान्तीकारी कामरेडहरु….’ लेख्नुको अर्थ के?
      एमाले मात्रै के चोखो र राम्रो हो र माओवादी भन्दा ? कि कार्यकर्ता पर्नु भो एमालेको र चित्त दुख्यो सारै ? 😀 गुण्डाहरुको संरक्षक अध्यक्ष हुने र गुण्डा लाइ मन्त्रि बनाउने पार्टीलाई सराप्न क्रान्तिकारी वा माओवादी नै हुनु पर्दैन जस्तो लाग्छ है …म त एक आम नागरिक को हिसाबले नै सराप्छु. माथिको कामको लागि चाही माओवादीलाई र उसको अध्यक्ष कमरेडलाई सराप्छु.

      Reply
  18. jasmine says:
    February 8, 2015 at 11:38 pm

    यिनीहरुको भनाइ र गराई को अन्तर देख्दा पनि “……..भन्दा देख्ने लाइ लाज” भन्ने उखान तेसै त बनेको होइन रहेछ भन्ने लाग्छ…नकचराहरू…यस्ताले अझै आन्दोलन गरेर जनता लाइ अधिकार दिने अरे ..नेपालका पिलोहरु जसले कहिलै चैन संग बस्न दिन्न नेपाली जनता र नेपाल लाइ…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme