Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पानी धमिलो छ कमल थापा जी, मारौँ माछा मारौँ !

Posted on February 5, 2015February 6, 2015 by Salokya

DSC_4508 आज संविधान सभामै गएर कमल थापाको नौटंकी हेरियो। पञ्चायत कालदेखि बोलिरहेको बानी, चर्को आवाजमा प्रजातन्त्रको दुहाइ दिइरहेका थिए उनी। लाग्थ्यो यो देशमा सबभन्दा बढी प्रजातन्त्र वा लोकतन्त्रको चिन्ता कसैलाई छ भने त्यो कमल थापा मात्रै हो। उनकै पार्टीभित्र आन्तरिक लोकतन्त्रको माग गर्दै सगुन लावतीहरुले उठाइरहेको कुरालाई छाड्ने हो भने पनि ज्ञानेन्द्रको शासनकालमा उनी गृहमन्त्री हुँदा सार्वजनिक ठाउँमा भेला हुन समेत नदिएर, कर्फ्यु लगाएर, कर्फ्युको बेला एम्बुलेन्सलाई समेत छिर्न नदिएर उनको शैलिको प्रजातन्त्र पनि देखेकै हो हामीले।

हामी विधि र प्रक्रिया अनुसार चल्छौँ र त्यसलाई मान्छौँ भन्ने कमल थापाले कतिको विधि र प्रक्रिया मानेको पनि देखियो। उहिले जेठमा विवाद छैन, मस्यौदा समितिमा पठाउँ भनेर निर्णय गर्दा आपत्ति भएन। अहिले विवादित विषयमा प्रश्न बनाउने क्रममा एमाओवादी र मधेसकेन्द्रित दलहरुको मोर्चाले विरोध गरिरहेको बेला पानी धमिलो छ भनेर देख्ने बित्तिकै माछा मार्ने काम पो भयो यो त।

माओवादी मधेसी मोर्चाले बहिस्कार गरेको थियो आज, नाराबाजीको जिम्मा लिएका थिए राप्रपा नेपालका सभासद्हरुले
माओवादी मधेसी मोर्चाले बहिस्कार गरेको थियो आज, नाराबाजीको जिम्मा लिएका थिए राप्रपा नेपालका सभासद्हरुले

कुरो बुझ्न गाह्रो हुनेहरुलाई अलि सजिलो गरी बुझाइदिम् है त।

राप्रपा नेपालले बिहीबारको बैठकमा नाराबाजी गरेको त देखिहाल्नुभयो होला। एमाओवादी र मधेसकेन्द्रित दलको मोर्चाले बैठक बहिस्कार गरेपछि नारा लाउने जिम्मा उनीहरुले लिएका थिए।

कमल थापाको भाषण सुन्दा हो, हो जस्तो लागे पनि वास्तवमा उनले विधि र प्रक्रिया अनुसार विरोध गरेका भने होइनन्। तर हो, उनले उठाएका केही कुरा मननीय छन्। जस्तै के सत्तारुढ दलमात्रै बसेर संविधान निर्माण गर्न खोजेको हो? हो भने भनिदिनुस्, आजै हामी बाहिर निस्कनका लागि तयार छौँ।

तर अहिले कमल थापाले जुन विषयको माग गर्दै विरोध गरिरहेको छ, त्यो भने राजनीतिक स्टन्टबाजीमात्र हो।

थापा प्रश्न बनाउने प्रस्ताव समितिमा हिन्दु राष्ट्र, गणतन्त्र लगायतका आफ्ना मुद्दामा प्रश्न बनाउनु पर्ने माग राख्छन्। तर यो समितिले विवादित विषयमा मात्र प्रश्न बनाउने हो। हुनत विवाद गर्नेहरु अर्थात् एमाओवादी र मधेसकेन्द्रित दलहरुसहितको मोर्चा नै समितिमा छैन भने त्यसले के खाएर विवाद समाधान गर्ने प्रश्न बनाओस्।

थापाले उठाएका विषय त संविधानसभा अन्तर्गतको संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले २०७१ साल जेठ ८ गते विवाद नभएको अर्थात् सहमति भएको ठहर गर्दै मस्यौदा समितिमा पठाउने निर्णय गरिसकेको छ। त्यतिबेला नै समितिमा राप्रपा नेपालले हुँदैन यो त विवादको विषय हो भोटिङमा जानुपर्छ भनेर अडान लिनुपर्थ्यो। त्यतिबेला अडान नलिने, अनि अहिले चाहिँ उफ्रने ?

हेर्नुस् समितिले सहमति भइसकेका भनेर निर्क्यौल गरेका विषय

यसमा सहमति हुन नसकेका विषयलाई मात्र बाबुराम भट्टराई नेतृत्वको सबै दलका शीर्ष नेताहरु सदस्य भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइएको थियो। जसको काम सहमति जुटाउनु र नसके प्रश्न बनाउनु थियो। केही विषयमा सहमति जुटे तर सबै विषयमा न सहमति जुट्यो न प्रश्न नै बनाउन सक्यो। प्रश्न बनाउन नसकेपछि अर्को समिति बनाएर प्रश्न तयार पार्ने काम अहिले भइरहेको हो।

यो प्रश्नले के गर्ला भन्ने पनि जिज्ञासा उठ्ला तपाईँलाई। प्रश्न बनाएर संविधान सभाको बैठकमा भोटिङमा जाने हो। भोटिङमा बहुमतले जितेको विषयलाई संविधानमा लेखिन्छ। जस्तै राप्रपाको माग अनुसार प्रश्न बनाउने हो भने नेपाललाई गणतान्त्रिक देश मान्ने कि नमान्ने भन्ने प्रश्न बन्छ। यसमा भोटिङ हुन्छ अनि जसको बढी मत हुन्छ त्यो विषय मस्यौदामा जान्छ।

यसो हेर्दा ठीक छ नि त उनीहरु हारिहाल्छन् नि बनाइदिउँ न त प्रश्न भन्ने पनि लाग्ला। तर कुरा विधि र प्रक्रियाको हो। सहमति भइसकेका भन्ने विषयमा पनि यसरी प्रश्न बनाउने माग गर्ने हो भने त कति मात्र प्रश्न बनाउने? अघि बढ्ने होइन पछाडि फर्कने कुरा आउँछ।

राप्रपा नेपाललाई आफ्नो आफ्नो अभिमत देखाउने नै इच्छा जागेको हो भने त संविधानको मस्यौदा बनिसकेपछि प्रत्येक धारामा संशोधन हालेर मतदान गर्न सकिन्छ। त्यतिबेला गरे पनि भइगयो। संविधानका प्रत्येक धारा दुई तिहाई बहुमतले पारित हुनुपर्छ। आफूलाई चित्त नबुझेको कुरामा विपक्षमा मतदान गरे भइगयो।

अहिले चाहिँ स्टन्टबाजी नै हो यो। नौटंकी कुन हदसम्म देखियो भने हिजो जसकाविरुद्ध लडेका हुन् उनीहरु नै कार्यगत एकता र पानीले जोड्न सक्ने जस्तो अभिव्यक्ति दिँदै हिँडेका छन्।

नाराबाजीका बीच म्याद थप प्रस्ताव पास
नाराबाजीका बीच म्याद थप प्रस्ताव पास
बैठक सकिएपछि नेपाल प्रहरीबाट ल्याइएका मार्सलहरु प्रहरीको बस चढेर फर्कने क्रममा
बैठक सकिएपछि नेपाल प्रहरीबाट ल्याइएका मार्सलहरु प्रहरीको बस चढेर फर्कने क्रममा
बैठक सकिएपछि नेपाल प्रहरीबाट ल्याइएका मार्सलहरु प्रहरीको बस चढेर फर्कने क्रममा
बैठक सकिएपछि नेपाल प्रहरीबाट ल्याइएका मार्सलहरु प्रहरीको बस चढेर फर्कने क्रममा
बैठक सकिएपछि नेपाल प्रहरीबाट ल्याइएका मार्सलहरु प्रहरीको बस चढेर फर्कने क्रममा
बैठक सकिएपछि नेपाल प्रहरीबाट ल्याइएका मार्सलहरु प्रहरीको बस चढेर फर्कने क्रममा

8 thoughts on “पानी धमिलो छ कमल थापा जी, मारौँ माछा मारौँ !”

  1. rish says:
    February 7, 2015 at 10:08 am

    I can understand about Nepal being Republic country but can we not call our country A only Hindu country in the world ?? I am 100% sure that country will benefit from tourism sector if we remain a Hindu country. Pashupatinaath , lumbini , janakpur , muktinaath are world heritage places in Nepal. Why politics on this matter ??

    Reply
  2. Kaphle says:
    February 6, 2015 at 11:24 pm

    प्रजातन्त्र मा विश्वास गर्ने हो भने, सबै को अवाज सुन्नु पर्छ के नै गलत गरेको थेए कमल थापा जीले येसरी पुर्बग्राही नबनाऊ न देश तहस नहस हुदै छ र अहिले रमाइलो लागे पनि हाम्रै सन्ततिले फेरी लड्नु पर्ने हुन्छ. अहिले नै अलि टाढा को देखेर फरक अवाज़ा हरुलाई सम्मान गरौ कसैलाई निषेध गर्न खोज्दा झनै बल्झिने र सबै को नोक्सान हुने त हामीलेनै देखि सक्यौ आखिर नेपाली नै न हुने होभन्ने लै त क भन्न सकिन्छ तर पनि मेलमिलाप र सहकार्य को विकल्प छैन

    Reply
  3. Bajra Kumar says:
    February 6, 2015 at 5:05 pm

    नेपाली नेताको जिबन चर्या ले समस्त जनताको जिन्दगी बर्बत गर्यो / जो चोर उसको ठुलो स्वोर /
    भारती समर्थन बाट मोटाएको नेता मान्छे को जिन्दगी नै ठगि गरेरे देश लुट्ने अनि मान माय्र्दा लिने बाहेक केहि छैन / धिकार पशु नेताहरु /

    Reply
  4. ekraj says:
    February 6, 2015 at 4:23 pm

    यी सब जेल को चक्की पिस्नु पर्ने हरुले, सम्भिधान बनाउने जिम्मा लिएको नाटक गरे|
    तर नाटक टुंगियो भने सिद्धिमा खाएको भत्ता पनि आउन छादछा केहि गरि विधिको बिधान चल्न थाल्यो भने, इनिहरु पुन चुनाब लडेर जितेर आउने सम्भावना अति निम्न हुन्छा र विधिको बिधान ले राम्रै काम गर्न थाल्यो भने, सब भन्दा पहिला जेल मा हाल्नु पर्ने इनिहरुनै हुन्छन| तेश पछि अपराध र भास्त्रचार गरेर लुटेको धन को सेखी मा नत राज्य हाक्न पाइयो, नत कसैले इनको टेर पुच्छर गर्दछन|
    इ सारा इनिहरुको समस्या हुन्?
    भांड भैलो गरेर हुर्किए, भांड को राज नीति गरे, अपराध र भ्रस्टाचार बाट पैसा कमाए, तेसैले सक्ति किने, अनि तेही भांड तन्त्र लादेर राज्य सत्ता चलाउने इ सब को दाउ हो|
    यो सारा झगडा त केवल लौरो कसरि खोसेर लिने भन्ने मात्र हो|
    यस्ता स्वाँठहरु नभएर देश चल्दैनर?
    एदी चल्दछ भने इनिहरु किन चाहिओ?
    यी सब लाई सामाजिक बहिस्कार गर्दा कसको के बिग्रनछ?

    Reply
  5. Shankar says:
    February 6, 2015 at 5:42 am

    भेडा बाख्राको बथान मा फ्याउरो पनि करायो | ये करायेछ , करायो मात्र भन्ने हैन, अब आफ्नो कुखुरो पनि हरायो कि त्यतातिर पनि बिचार गरम |
    मिसन राजतन्त्र , हिन्दु धर्म भन्छन , मोटो दाम पाए सभासद टिकट माड़े लाइ बेछन् |

    Reply
  6. rakesh R says:
    February 6, 2015 at 3:25 am

    एक पटक फेरी हाम्रो नेपाल र हामी नेपालीलाई बर्सौ पछाडी धकेलिने एजेन्डा नेपालको राजनीतिक पार्टीहरुले सर्बसम्मत रुपमा पारित गरेका छन् …..यस योजनालाई छोटो समयबाट लामोसमय पछाडी लम्याउन एक यस्तो भुमरीको सिर्जना गरिएको छ जुन भुमरी जापानमा आउने typhoon के typhoon भन्ने भान हुन्छ…. यो भुमरी अरु केहि नभएर राजनीतिक अस्थिरताको भुमरी हुनेछ जुन पहिले पनि नेताहरुले समय समयमा सिर्जना गरेका थिए …यस भुमरीको कारणले गर्दा नेपालले फेरी अकल्पनीय छ्यति बेहोर्दै बिस वर्ष पछाडी धकेलिने लक्ष्य नेपाली नेताहरुले लिएका छन् …आगामी वर्षहरुमा नेपालले समयको खेर फाल्ने , विकाशको गति सुस्तबाट zero मा झार्ने, हरेक परिवारका दुइ तिन सदस्यलाई बैदेसिक रोजगारीका लागि बाद्य बनाउने र घरपरिवार टुक्र्याउने , भएका संरचनाहरुलाई तोडफोड गर्ने, भ्रस्टचार र लूटपाटलाई नियन्त्रण नगरी छाडा छोडदिने, भएका बिकाश परियोजनाहरुलाई वास्ता नगर्ने जस्ता कार्यहरुमा जोड दिने लक्ष्य राखिएको छ
    यसरी लिएको लक्ष्यले नया पुस्ता बाहेक अरु पुस्ताले बर्सौ अगाडिको रोमांचक क्षणको ताजा स्मरणका साथै सोहि समयको एक पटक फेरी मिठो अनुभव लिन पाउने छन् ..

    एउटा काम पुरा भएन भने धेरै छ्यति र समस्याहरु बेहोर्नु पर्छ नाटकमा मात्र ध्यान नजाओस यो कुराको पनि नेताहरुलाई स्मरण रहोस् !!!!!!

    Reply
  7. Kedar says:
    February 6, 2015 at 12:58 am

    जनयुद्ध र माओबाद्ले धेरै कुराको आबिस्कार गरो यो देशमा, त्यसमद्धेको पछिल्लो आविस्कारको उपयोग र उपभोग गर्दैछन कमल थापा एंड ल्याबरोटरी |

    Reply
  8. rajan says:
    February 6, 2015 at 12:16 am

    अमेरिकामा सराह पलिन, रन्ड पल को नाटक हुन्छ . नेपालमा कमल थापाको मेडियामा चर्चा पाउन बेला बेला मा नाटक गरिरख्चन. मेडिया stunt बाहेक यिनीहरुलाई के नै गर्छन र! राम्रो निएम र बेबस्था भएको भए कमल थापालाई सत्य निरुपण आयोग बनायर जेल हाल्नु पर्ने हो तर यहाँ को कानुन दैब जनून भन्छन. जर्मनी मा worldwar को बेला राज्यमा हिंक्स्रक गतिबिदी गर्ने लै २०१४ मा फेला पारी कारबाही हुन्छ हाम्रो मा भने कर्भाही गर्नुपर्ने मान्छे को corrupt भाईलाइ समेत MP बनाउदा कुनै कारवाहि हुदैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme