Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा भारतीय प्रधानमन्त्रीको लोकप्रियताबारे किन जनमत सर्वेक्षण गर्नुपर्ने?

Posted on February 4, 2015February 4, 2015 by Salokya

भर्खरै एउटा जनमत सर्वेक्षणबारे विभिन्न मिडियामा समाचार पढियो। धर्म निरपेक्षता, स‍ंघीयता आदि विषयमा जनमत बुझ्न Interdisciplinary Analysts नामको पाटनढोकामा कार्यालय भएको स‍ंस्थाले गरेको सर्वेक्षणको नतिजालाई सबले आ-आफ्नो स्वार्थ अनुसार समाचार बनाए। म चाहिँ यो सर्वेक्षणकै स्वार्थ बुझ्न नसकेर वाल्ल परेको छु।

सर्वेक्षणको नतिजा उसको वेबसाइटमा अङ्ग्रेजी र नेपाली दुई भाषामै राखिएको रहेछ। सुधिन्द्र शर्मा र साथीहरुको नाममा ‘नेपाल समसामयिक राजनीतिक परिस्थिति : मतसर्वेक्षण’ शीर्षक राखिएको त्यो प्रतिवेदन पल्टाउँदै जाँदा त्यहाँ एउटा प्रश्न यस्तो पनि सोधिएको रहेछ-

म तपाँईसँग नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) प्रतिको समर्थन मापन गर्न चाहन्छु। तपाँईको सोचाई ० देखि १०० सम्मको अंकमा बताउन सक्नुहुन्छ।

ल भयो अब। नेपाली जनतालाई के खान सोध्नुपर्ने भारतीय प्रधानमन्त्रीप्रतिको समर्थन?

के नेपाल भारतको कुनै भूभाग हो ? के नेपाली जनताले भोट दिएर मोदीलाई जिताएका हुन् ? होइनन् भने छिमेकी देशका प्रधानमन्त्रीको समर्थन वा विरोधको के अर्थ ? न हाम्रो समर्थनले उनका प्रधानमन्त्री बलियो हुने हुन् न हाम्रो विरोधले फेरिने हुन्।

यदि छिमेकी देशकै सोध्ने हो भने चीनका राष्ट्रपति वा प्रधानमन्त्रीको बारेमा किन सोधिएन ? अमेरिकी राष्ट्रपति बाराक ओबामाको बारेमा सोधे पनि हुन्थ्यो नि। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा पनि सोधे के बिग्रन्थ्यो ?

अहँ सोधिएन। नरेन्द्र मोदीको चाहिँ सोधियो। अनि जवाफमा ६८ प्रतिशत लेखियो। नेपालका भएभरका नेता र अझ राष्ट्रपतिभन्दा बढी समर्थन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति रे। के भन्न खोजेको? अब नेपालका नेताप्रति विश्वास छैन, भारतका प्रधानमन्त्रीप्रति नेपाली जनताको विश्वास छ भन्न खोजेको हो ?

के आधारमा नेपालका नेता र भारतका प्रधानमन्त्रीको तुलना हुन्छ ? नेपाल र भारतबीच के आधारमा तुलना गर्ने ? राजेश हमाल लोकप्रिय कि शाहरुख खान लोकप्रिय ? आलिया भट्ट लोकप्रिय कि रेखा थापा लोकप्रिय भनेर पनि जनमत सर्वेक्षण गरिन्छ?

नेपाललाई भारतमा गाभ्दा के होला भनेर पनि सर्वेक्षण गर्ने हो कि ? भारतीय प्रधानमन्त्रीलाई नै नेपालमा शासन गर्न दिने कि नेपाली नेताहरुलाई भनेर पनि सर्वेक्षण गर्ने हो कि ?

भारतीय प्रधानमन्त्रीबारे सर्वेक्षण
modi

नेपाली नेताबारे सर्वेक्षण
nepali-neta

14 thoughts on “नेपालमा भारतीय प्रधानमन्त्रीको लोकप्रियताबारे किन जनमत सर्वेक्षण गर्नुपर्ने?”

  1. ramesh says:
    February 5, 2015 at 7:49 am

    एक दम ठिक छ मोदी राख्नै पर्छ । यसो गरेमा यहाँका ठालुहरु ओ हो हाम्रा प्रभु पनि परेछन् भनेर रमाउने छन् या केही चेत्ने छन् । किन कि मोदीको जादु त दुनियामा नै चल्दैछ । अनि यस्ता जादुमय व्यक्तिलाई एउटा फुच्चे अरबिन्द केजरीवालले अहिले दिल्ली चुनावमा आच्छु आच्छु पारेको छ । अर्थात महाराजहरुलाई कस्ताले के कसरी चुनौती दिन सक्छन् भनेर पनि जान्न बुझ्न सक्ने अवस्था सिर्जना हुने छ ।

    Reply
  2. ramu says:
    February 4, 2015 at 7:51 pm

    दोषी ति आफुलाई जे मन लागे त्यो सोध्दै हिड्ने वा आफुले चाहेको जस्तो रिजल्ट निकल्ने खालको sample बनाई सर्बक्षण गर्ने होईनन(उनीहरुलाई त आफ्नो कुरा त्यसरी राख्नु परेको छ) दोषी त्यस्ताहरुलाई आफुले नचाहाने कुराको बिरोध गरि कि केहि नसोची छापिदिई हाल्ने मिडिया हो।त्यसैले त नेपालमा पित पत्रकारिता हाबि छ भनिन्छ।
    देश अहिलेको स्थितिमा आई पुग्न नेताहरु सँगै शायद पत्रकारिता जगत वा मिडिया पनि केहि हद सम्म जिम्मेवार छैन भन्न सकिने अवस्था छैन।

    Reply
  3. kshitij says:
    February 4, 2015 at 3:36 pm

    मैले फोन गरे र के गर्नु भयो भने को यूरोप मा पनि तेस्तो हुन्छ रे । त बिदेश म बस्ने मान्छे नेपाल म जे भए पनि तलाई क मत्लब भन्यो ? मैले कुरा गरे को त्यहाँइ स�धन्द्र शमा सँग हो । नेपाल मा बस्ने ले जे गरे पनि हुने रै छ हामी केहै बोल्न न हुने ? contact Phone:977 1 5528111
    977 1 5542354
    Fax : 977 1 5524816
    Email : [email protected]
    Website : http://www.ida.com.np

    Reply
  4. Rohini says:
    February 4, 2015 at 12:42 pm

    यो त हदै सम्मको चाकडी भयो | यो आफ्नै देशको प्रधानमन्त्री र रास्ट्रपतिको अपमान हो | अनि सर्वेक्षणमा सहभागी नेपाली जनता चाही के भएका नि फेरी , आफ्नो देशको प्रधानमन्त्रीलाइ भन्दा अर्को देशको प्रधानमन्त्रिलाई धेरै भोट दिने |

    Reply
  5. कमल नेपाल says:
    February 4, 2015 at 12:07 pm

    अनि भारतिय दुताबासले पैसा दिएर गरेको सर्वेक्षणमा मोदीको बारेमा नसोधेर के सि जिङ पोङ को बारेमा सोध्छ त ? चिनिया राष्ट्रपतिको बारेमा सोधेको भए त ९० प्रतिशत पाउथे कि के थाहा ? अब हेर्दै जानु होला अर्को सर्वेक्षणमा भारतका प्रधानमन्त्री मोदीलाई नेपालको पनि प्रधानमन्त्री बनाउने कुरामा के भ्नुहुन्छ ? भनेर सोध्नेछन अनि उत्तर पनि रेडिमेड नै हुन्छ होला कि ८० प्रतिशत । तेसपछि त यहि सर्वेक्षणको रिपोर्टलाई आधार बनाएर भारतिय सेना नेपाल प्रबेश गर्छ । तेसपछि यो ईन्टरडिसिप्लिनरी एनालिष्टलाई भारतिय खुफिया संस्था RAW (Research and Analysis wing ) को एउटा हाँगोको रुपमा राख्ने समझदारी भएको हुनुपर्छ । यस्ता राष्ट्रघाती पनि हुन्छन हो यो देश भित्रै ।

    Reply
  6. Sanjay Rawal says:
    February 4, 2015 at 11:00 am

    बोल्यो भने ‘कस्पिरेसी थियोरिष्ट’ को बिल्ला लाग्छ, नबोलुँ देखेको लाई कसरी नदेखेझैँ गर्नु? नेताहरूको दिल्लीतिरको गुलामी र लैनचौरको तीर्थयात्रा,नागरिक समाज भनाउँदाको नाटक, सञ्चार माध्यममा समेत विदेशी प्रमको वाहवाही र यस्ता ‘स्वतन्त्र’ संस्थाहरूको यो ‘उद्देश्य’ सहितको सर्वेक्षण।अझ दिनदिनै बढेको उताको टिभी, चलचित्र,संगीत र संस्कृतिको अन्ध अनुसरण। यो धेरै मान्छेले नदेखेको कि, २‌+२ =४ हुन्छ भनेर बुझ्न अस्वीकार गरेको?

    Reply
  7. Rajendra Adhikari says:
    February 4, 2015 at 8:45 am

    हैन सोलोक्यजी किन तेती धेरै रिसाउनु भएको । तपाईँले उठाउनु भएको कुरा ठीकै हो, यो सर्वक्षेणको कुनै तुक छैन।
    तर नरेन्द्र मोदीको नै किन ? भनेर आश्चर्य मान्नु चाहिँ पर्दैन ।
    नेपालमा भारतको जति आर्थिक, राजनैतिक र सांस्क्रिति प्रभाव, रूस, चीन आदिले पार्दैनन्, त्यसैले हरेक कुरामा अरू देश भन्दा भारत अगाडि आउनु नौलो भएन । साथै मोदी भर्खर नियुक्त भएका, नेपालमा आएर भाषण गरेका र अरू धेरै कुरामा नेपालको संचार माध्यम मा छाएकोले, उक्त सर्वेक्षण गर्ने संस्था पनि तेही बाट प्रभावित भएको हुनुपर्छ ।
    अनि नेपाली जनताहरू चाहिँ, आफ्ना देशका नेता बाट दिक्क भएकोले, पारिको घाँस हरियो भनेजस्तो भारतको मोदी चाहिँ के के न होला भनेर रेटिङ्ग ठोक्दिए ।
    यो सब बकवास कुरा हो , कुनै अर्थ छैन, शिवाय एउटा अर्थकी, जती मन नपरे पनि नेपालमा भारत हावी छ ।

    Reply
  8. xyz says:
    February 4, 2015 at 7:23 am

    This a bullshit survey organized by pro-monarchists, pro-hindu, anti-federal groups. Let me draw readers attention on one more item besides Modi factor. In the survey 23 per cent of the respondents said that they did not vote in the last CA elections. How do you reconcile this findings with the Election Commission calculation of more than 80 per cent voter turnout?

    Reply
  9. लेखनाथ भण्डारी says:
    February 4, 2015 at 5:54 am

    यो प्रकारको सर्वेक्षणमा भारतीय प्रधानमन्त्रिको नाम राख्नु असल नियत होइन | पुरानो प्रयासको लामो योजनाकारुपमा बुझ्नु पर्छ |

    Reply
  10. Himal says:
    February 4, 2015 at 3:54 am

    यो मान्छे सुधिन्द्र ले Indian embassy बाट पैसा खाएको pukka हो या यो लेख देखाएर पैसा खान खोज्यो त्यो दुई मद्ध्य एक पक्कै हो. तेसको लागि अब जशुशी गर्नु पर्नेभयो.

    Reply
  11. Shankar says:
    February 4, 2015 at 3:53 am

    आज यो नौबत आउनुको पृष्ट भुमि हेरौं न
    १) दुइ सार्ब भौम देश बीच मा खुला सिमाना यहा मात्र किन ? गिलास को पानीलाई समुद्र सग जोड्ने अनि गिलास कै पानीको स्वाद खोज्ने ? राजा , बहुदल , गणतन्त्र , प्रचण्ड ,बाबुराम सत्ता मा हुदा समेत यो रोक्ने ,सिमाना निर्दिस्ट गर्ने काम किन भएँन ?
    किनभने इन्डिया नेपाल लाइ अघोसित स्टेट मान्छ |

    २) दोष दीपेन्द्रलाई , संका ज्ञानेन्द्र माथि हुनेगरी नेपालको राजतन्त्र सखाप किन पार्यो ?

    किनभने नागरिकता बिधेयक रोक्ने ( नेपाल लाइ चाडै भारत बनाउने काम को बिरोध, या ने कि भारतीय ले भर्ने ) , चीन सग हतियार किन्ने पहाडी सासक इन्डिया लाइ सैह्य हुन् सकेन |

    ३) नेपाल मा संबिधान किन बनेन ?

    —-किनभने संबिधान बने , नेपाल एउटा सिस्टम मा चले नेपालि नेता र जनता एक हुन्छन , अनि यहाको नदीनाला र प्राकृतिक स्रोत को इन्डिया ले सिधा बलात्कार गर्न पाउन्न?
    बिहार मा घर बन्न चुरेको गिट्टी ,ढुंगा इन्डिया लान गाह्रो पर्छ ,बा बिरोध हुन् सक्छ ( १ उदाहरण ) ( भारतीय स्वार्थ )
    —-नेपाल मा जाति जाति बीच द्वन्द सिर्जना गर्न , र त्यो द्वन्द लाइ तिब्बत सम्म पुर्याएर आगो झोस्न ( अमेरिकी , पश्चिमी देश को स्वार्थ )

    Reply
  12. Kedar says:
    February 4, 2015 at 2:09 am

    मेरो शंका ठ्याक्कै उठाएकोमा धन्यबाद, हिजो समाचार पढ्ने बित्तिकै दिमागमा कुरा खेलेको थियो नेपालका राष्ट्रपती प्रधानमन्त्री देखि मोदीको सम्मको तुलना एकै ठाउँमा गर्ने यो कस्तो खालको सर्वेक्षण होला भनेर | सबैलाई तेस्तै लागेको रहेछ |
    जटिल बन्दै गएको राजनैतिक परिस्थिती र येस्ता सर्वेक्षणको तारतम्य कतै अर्को सिक्किम बनाउने “RAW” को खेल त होइन ?.

    Reply
  13. Bindu says:
    February 4, 2015 at 2:08 am

    पैला कुरा त के भने नि यस्तो प्रश्न नै सोध्ने हरु सप्पै ‘ र — ‘ को कुन्नी — के जस्तो —
    उसो त दिक्क भा’का नेपालीको मन चोर्न त्यै रा — को बान हरुले बिच्याएको जाल हो
    यो —- यसरी जाल बिच्याईदे बापात चारा हाल्ने काम पनि तिनैले गरेका हुँदा हुन् —
    के भन्नु अरुलाई हाम्रै हरु ! नेपाल आमालाई बेच्न तयार छन् — दलाल हरु ——-
    उबेला खुब खोक्थे नि भारतीय बिस्तारबाद भनेर ! ऐले ति आफै भारतीय ( मोदिहरुको )
    बिस्तारांमा फस्या जस्तो छ — नत्र किन चुपचाप हँ ???!!!

    Reply
  14. ekraj says:
    February 4, 2015 at 2:02 am

    तेही हो आफ्नो घरमा खेही नभएर भोकले मर्न लागेपछि, झोक्ले छिमेकि घरमा पसेर चोरेर भए पनि खाने भने जस्तै होला?
    मर्ता त क्या नही कर्ता?
    होइन भने पूजा गरे बापत प्रसाद खान पाउने भएर पनि हुन सक्दछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme