Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्बको कुरामा ओलीको ‘मिस फायर’ भएको बोली

Posted on February 1, 2015February 2, 2015 by Salokya

एमाले अध्यक्ष केपी ओलीले १० अर्ब रुपैयाँ दियो भने माओवादीले आन्दोलन रोक्छ, संविधान आउँछ, पहिले पनि संसदमा अवरोध खोल्न २ अर्ब रुपैयाँ दिने कागजै गरेको हो भनेछन् भनेर हिजो न्युज आउँदा विश्वास लागेन। ओलीको तहको नेताले त्यस्तो बोल्दैनन् होला, पत्रकारले बङ्ग्याएर लेखे होला भन्ने लागेको थियो।

स‍ंसदमा अवरोध हटाउन २ अर्ब रुपैयाँ दिन कागज गरेको हो भने त दिने र लिने दुवै नालायक भएनन् र। त्यो गैरकानुनी काम भएन र? त्यस्तो पनि भने होला र लाग्यो।

तर आजका सबै पत्रिकामा त्यसबारे समाचार पढेपछि भने भनेकै हो भन्ने विश्वास गर्न करै लाग्यो। तर पनि फरक फरक पत्रिकामा फरक फरक उद्धरण देख्दा शंका लाग्यो र साँच्चिकै बोलेको चाहिँ के रहेछ भन्ने जिज्ञासा जाग्यो।

कान्तिपुर टेलिभिजनले बजाएको रहेछ ओलीको ‘बाइट’ (बोली)। त्यसमा ओलीले भनेका छन्-

२ अर्ब ८० करोड रुपैयाँ दिन्छु भन्ने कागज गरेपछि बल्ल खुल्यो। यसरी चल्छ? दुनियाँमा सक्छ? संविधान? संविधान सभा। उसको त्यस्तै हुन्छ कुरा। अहिले पनि ५/१० अर्ब दिन्छु भन्यो भने संविधान सभा चल्छ। बाहिरको उफ्राइ सुफ्राइ बन्द हुन्छ।

यो अर्बौँको हिसाब के रहेछ भनेर चाहिँ कुनै मिडियाले बताएनन्। सोधिखोजी गर्न आवश्यक पनि ठानेनन्। ओलीले बोलेपछि हो त भनेर लहैलहैमा लागे मान्छे पनि। अहिलेको देशव्यापी ध्रुवीकरणले साइबर बाल्कानाइजेसनको स्थिति सिर्जना गरेको छ। आफ्नो विश्वासविपरीतका विचार र सूचनाको वास्तै नगर्ने प्रक्रियालाई साइबर बाल्कानीकरण भनिन्छ। आफूले जे ठानेको छ, त्यही ठीक हो। त्यही विश्वासलाई बल पुर्‍याउने विचार वा जानकारी जताबाट आए पनि ध्यानै नदिई ठीक हो भन्ने प्रवृत्ति यसमा हुन्छ।

के रहेछ यो भनेर खोज्दै जाँदा माओवादीले भदौ १३ गतेदेखि असोज २२ गतेसम्म अवरोध गरेको संसद् खुलाउन तीन दलका नेताले हस्ताक्षर गरी पाँच बुँदे सहमति भएको रहेछ। केपी ओली आफैले आफ्नो फेसबुकमा असन्तुष्टि जनाउँदै त्यसलाई राखेका छन्।

Post by K.P.Sharma Oli.

त्यही सहमतिको दोस्रो बुँदामा भनिएको रहेछ

सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई प्रत्येक व्यक्तिका आधारमा नेपाल सरकारले निर्देशिका बनाई यसै आर्थिक वर्षमा रु २ लाख दुई किस्ता गरी दिने।

यही रहेछ कुरो। द्वन्द्वपीडितले २ लाख पाउने गरी यही हिसाब गर्दा हुन आउने रहेछ २ अर्ब ४९ करोड रुपैयाँ। अब यो सबै माओवादीले पाउने पनि हैनन् फेरि। द्वन्द्वमा त दुवै पक्ष पीडित भए। माओवादीले मारेका प्रहरी, सेना र सर्वसाधारणले पनि पाउने रहेछन् यो रकम।

फेरि यो नयाँ कागज गरेको पनि होइन रहेछ। बृहत शान्ति सम्झौतासँगै मूलधारको राजनीतिमा आएको माओवादी र राज्य पक्षबीच द्वन्द्व व्यवस्थापनको विषयमा भएको सहमतिमा द्वन्द्व र लोकतान्त्रिक आन्दोलनमा मारिएका तथा बेपत्ता पारिएका परिवारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने उल्लेख थियो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयका त्यसअनुसार अहिलेसम्म १४ हजार ३ सय ७५ मृतकका परिवार र १५३० जना बेपत्ता पारिएका परिवारका सदस्यले ३ लाख रुपैयाँका दरले रकम पाइसकेका छन्।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहप्रवक्ता दामोदर भण्डारीका अनुसार यो रकमको ठूलो हिस्सा द्वन्द्वमा परेका गैर माओवादी तथा सरकारी कर्मचारीका लागि पनि छुट्याइएको थियो। सहमतिअनुसार द्वन्द्वका क्रममा मारिएका र बेपत्ता पारिएकामध्ये ३ हजारभन्दा धेरै सरकारी कर्मचारी, सेना र प्रहरीका छन्। यी परिवारले अहिलेसम्म ७ लाख ५० हजार रुपैयाँ पाइसकेका छन्। ओलीले उल्लेख गरेको रकम अर्थ मन्त्रालयबाट निकास हुने हो भने निजामति कर्मचारी, सेना र प्रहरीका द्वन्द्वमा मारिएका र बेपत्ता पारिएका परिवारले पनि एक/एक लाख रुपैयाँ थप पाउने तय थियो। थप पढ्नुस्।

यसैलाई ओलीले पैसाका लागि माओवादीले संसद अवरुद्ध गरेको र अहिले पनि पैसा दिए संविधान सभा चल्ने भनेर हलुका बोलेका रहेछन्। जनआन्दोलनताका ओलीलाई गाली गरेर नथाक्ने मुखहरु अहिले एकाएक राष्ट्रिय एकताका प्रतीक भन्दै वाहवाहीमा जुटेका छन्। तर यस्तै हलुका बोलीले प्रचण्ड सडकमा आइपुगेका थिए। ओली पनि त्यही पथमा लागेको देखिन्छ। तर एकाएक एलिटहरुको नेता बनेका ओलीलाई यस्ता कुराको के वास्ता र। थाहा पाउनेले पो सोधिखोजी गरेर के हो कुरा बुझे। नबुझ्नेलाई त ओलीले माओवादीलाई २ अर्ब दिएरै संसद खुलाएको रहेछ भन्नेमा नै विश्वास हुनेभो।

ओलीको आरोपबारे आज प्रचण्डले पेरिसडाँडामा यस्तो जवाफ दिएका थिए। हेर्नुस् भिडियो-

18 thoughts on “अर्बको कुरामा ओलीको ‘मिस फायर’ भएको बोली”

  1. Chiran says:
    February 3, 2015 at 11:47 am

    तलाई हेर मलाई हेर
    तेरो हातको लौरी मलाई दे
    भन्ने खालको पुरानो नेपाली उखान
    नेपालमा लागु हुने नै भयो त
    येदि येस्तै नेताको ताल र
    जनता को चाहना हो भने
    राजतन्त्र नदोहोरिएला वन्न सकिदैन
    यो परिस्थि मा जे पनि हुन सक्छ
    यो समयको र बाध्यताको माग हो
    तेसै २०१७ मा राजा महेन्द्रले पंचायती बेबस्था लादेका
    रहेनछन भन्ने कुरा आज सम्पूर्ण जनमानस माज प्रमाणित हुदै छ
    अब कति प्रमाण खोज्छौओ नेपाली हो .
    hit the iron when it is hot

    Reply
  2. nimesh, bkk says:
    February 2, 2015 at 5:55 pm

    जनयुद्धको औचित्य समाप्त पर्ने भावना हो के पी ओलीको, यस्ताले देश हान्क्दो रहेछ . अब देखि सम्झौता गर्नासाथ तत् कालै कार्यान्वयनमा जाने सहमति गर्ने .

    Reply
    1. Kedar says:
      February 3, 2015 at 2:47 am

      बर्गीय नारा बाट सुरु भएको जनयुद्ध व्यक्तिगत महत्वाकांक्षा पुरा गर्नका लागी जातीय बाटो समातेर बिखन्डन तिर लम्किने नै हो भने औचित्य मेटिनु नै बेस, कि कसो ?

      Reply
  3. ekraj says:
    February 2, 2015 at 4:06 pm

    ओली को राजनीति भूमिका भनेकै, उसको जाली र खाली दिमाग को फोहोरी उपज लाई नारा बनाएर हिरो हुन खोज्ने हो| अरु के औकात छ न ओली को इज्जज छ, न पदाई छ, न बिस्वाश गर्न सकिन्छा| आखिर जो दलान न पर्यो|
    एदी मायो बादी नेता हरुले पैसा मागेका रहेछन भने पनि, हाल को ओली को दाउ पेच हेर्दा उसले पैसाले किनेर भए पनि उसले चाए जस्तो सम्भिधान बनौन मायो बादीलाई यसले किन्न पनि सक्दछ| किन भन्दा, लुट्न त पछि नपर्ने मायो बडी हरु सित्तिमै पाएको पैसा छोदछन? इ पनि देखि सकेका कुरा हुन्|
    यो किन भन्न सकिन्छा भने, उसले देश को दिकुदी बाद दिने हो| गुण्ड राज बाट पैसा असुलेकै छ यो मान्छे भन्दा पनि फटाहा र औसरबादी मै बडी चिनिन्छा| यसैले होइन जाली सर्टिफिकेट किनेर ल्याएको| खाली गुण्डा हरुको नेता हो | उसको बोलि चाली पनि डन को दलाल जस्तो लाग्दछ|

    Reply
    1. bibek dhakal says:
      February 2, 2015 at 6:00 pm

      ओली लाइ नेता मानेर पछि लाग्नेहरुको पृष्ठभूमि हेर्नुस न छर्लंगै भैहाल्छ नि सबै कुरा.. महेश बस्नेत र चरी भन्दा ठुलो उदाहरण अरु चाहिंदैन होला. सुकुल्गुन्दे राजनीति गर्ने राजनीति को र नबुझेको, राजनैतिक दर्शनको नाममा द नभएको , नैतिकताको न नभएको , उखान टुक्का बाहेक केहि खुबी नभएको रोगिलाइ अबको देशको भावी प्रधानमन्त्री होस् भनेर सम्म कामना गर्ने हरु कस्ता हून कुन्नि …

      Reply
  4. Ram says:
    February 2, 2015 at 3:32 pm

    Plz, Remember/check the shaktikhor video. What maoist are/will be doing such money. Mr KP Oli is right. But time for telling such truth is not the proper now……..

    Reply
  5. pritam says:
    February 2, 2015 at 11:48 am

    सामन्तिले गरिब जनताले द्धन्द्धको क्षतिपूर्ति स्वरुप पाएको पैसा कहा देख्न सक्छ र, तेस्को उपचारमा करौडौ खर्च भएको नेपालि जनताको पसिनाको लेखाजोखा गर्नुपर्छ,यदि के पि सच्चा देशभक्त हुन भने यो रकम नेपालि जनतालाइ फिर्ता गर्नेछन

    Reply
  6. pawon says:
    February 2, 2015 at 11:43 am

    thanks GOD we have mysansar…which atleast analyse the news before giving it to us.At least there is someone (salokya) who , we can believe upon.thanks.Going through Mysansar at least once a day has become a habit…continuing this trend since 2006.

    Reply
  7. karki D says:
    February 2, 2015 at 11:09 am

    उरन्ठेउला नेतालाई तुक्के नेताले झापु हानेपछि दिन बिग्रिएको महसुस गर्नु स्वोभाबिकै हो / अरुलाई सहमतिको झटारो हान्ने उरन्ठेउलो नेताले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ कि पर्दैन / छली कुराले कतिदिन राजनीति गर्ने ?

    Reply
  8. madan bajracharya says:
    February 2, 2015 at 11:00 am

    मावोबादी सिट तत्कालिन सरकारले दिल्लीमा गरेको सम्झौता र मावोबादी सिटी पव्छी भयको ८ बुंदे सम्झौताको कुरा गर्ने हो भने मावोबादीको मागहरु पुरा गर्नमा कसैले बाधा पुर्यायको देखिंदैन/ अब बन्ने संबिधान पनि मावोबादिले चाहे अनुसार रास्ट्रले संघीय गणतन्त्र अपनाउने,धर्म निर्पेछ्यता र नेपालको कुनै पनि नागरिकलाई उपेछ्या गरेको महसुस गर्नु नपर्ने कुराहरु सबैले सहमति गरेकै छ/

    मावोबादीले अब बनिने संबिधान नागरिकहरुको मत बात चुनेको नागरिकहरुको प्रतिनिधिहरु बात गठन भयको संबिधान सभा बात बन्नु पर्ने माग राखे अनुसार नै संबिधान सभा गठन भयको हो/ मावोबादी र तत्कालिन सरकार बीच भयको १२ बुंदे र ८ बुंदे सम्झौतामा नेताहरु बीच संबिधान सभा बाहिर सहमति गरेर संबिधान बनाउने कुरा उल्लेखित छैन संबिधान सभा बात संबिधान बनाउने कुरा उल्लखे गरेको छ/

    संबिधान सभाको काम कर्तब्य र अन्तरिम संबिधान मावोबादी र मावोबादी सिट सम्झौता गर्ने नेताहरुले नै बनायको हो र उनीहरुले नै संबिधान सभाले सहमति हुन् नसकेको मुद्दा मा बहुमत बात निर्णय गरिने भने लेखेको हो/ तर अहिले मावोबादीहरु संबिधान सभा बात संबिधान बनाउने कुरामा बिरोध गरेर सहमति गरेर संबिधान बनाउनु पर्छ भन्नु बात बिगतमा उनीहरु सिटी भयको सम्झौता उनीहरुले नै नमानेको स्पस्ट देखिन्छ/

    यसो भन्नुको अर्थ नेता र दलहरु बीच बाहिर कुनै सहमति र सम्झौता गर्ने हुँदैन भन्ने होइन/ तर नेताहरुले सहमति गरे अनुसार मात्रै संबिधान बन्नु पर्छ नेताहरु बिचमा भयको सहमतिमा संबिधान सभाले बहस गर्न नपाउने निर्णय गर्न नपाउने भन्नु नितान्त अलोकतान्त्रिक कुरा हो/ संबिधान सभा नागरिकहरुको सभा हो नेताहरुको मुनिम सभा होइन र नागरिकहरु नेताको बँधुवा मजदुरहरु होइन/लोकतन्त्रमा नेताहरु बिचको सहमति र सम्झौता नागरिकहरुको निमित बाध्यात्मक हुँदैन र नागरिकहरुको बहुमत बात नेताहरुको कुनै पनि सहमति र निर्णय अस्विकार गर्ने अधिकार छ/ तर कुनै पनि नेता र दललाई तिनीहरुको सहमति र निर्णय नागरिकहरुले बिना बहस र बिना मतदान जस्ताको तस्तै स्विकार्नु पर्छ भन्ने अधिकार छैन/

    अहिले संबिधान बनाउने कुरा मावोबादिले चाहे खोजेको “पहिचान हुने संघियता” र मधेश बादिलाई रास्ट्रिय आत्म निर्णय गर्न सक्ने अधिकार सहित सम्पूर्ण तराईलाई ‘मधेश बनाउनु पर्ने कुरामा अड्केकोछ/ पहिचान हुने संघीय राज्य बनाउने कुरामा मावोबादी र मधेशबादीहरुको नीति र माग स्पस्ट छैन/ पहिचानको अर्थ जात हो भने नेपालमा १०० भन्दा बढी जातको नागरिकहरु छन् / त् सबै जातिकालाई अलग्ग अलग्ग राज्य बनाउने सकिंदैन/ ऐतिहासिक र भौगोलिक पहिचानको आधारमा संघीय राज्यहरु बनाउन त् सकिन्छ तर यसरि संघीय राज्य बनाउँदा पनि राज्य संचालन गर्न र राज्यको बिकास गर्न अत्याबस्यक रास्ट्रिय श्रोतको परिचालन कसरि गर्ने भन्ने अहम सवाल उठ्छ/

    नेपाल हिमाल पहाड र तराई मिलेर बनेको देस हो/ हिमाल बात निक्लेको पानि पहाड हुँदै तराइमा बहन्छ/ तराइको माटो मलिलो र उब्जाउ पहाड हिमाल बात बगेको पानीले हो/ तराइ नै नेपाल र भारत लगायत तेश्रो मुलुक बीच ब्यबसाईक सम्पर्क पनि हो/ त् अब बनिने संघीय राज्यहरु तराइ बात अलग्यायर होइन तराइ सिट जोदेरै बनाउनु पर्ने हुन्छ/ किन भने तराइको श्रोत को समानुपातिक वितरण बिना कुनै पनि संघीय राज्य चलन र बिकशित हुन् सक्दैन/ तर यो कुरामा मधेशबाद नै प्रमुख बाधक बनेको छ भने मावोबादिले मधेशवादको प्रखर समर्थक बनेको छ/ त् नेपालमा भयको राजनैतिक परिबर्तनको कारक बनेको दल नै आज नेपालमा सार्थक राजनैतिक परिबर्तनको बाधक बनेको छ/

    Reply
  9. kumar says:
    February 2, 2015 at 3:38 am

    आमा को नाम म नागरिकत निकल्छु भन्दा बखेडा पैदा गर्ने । जनान्दोलन म सुतेर बासने के पि दलाल्को बुझाई नै त्यस्तै हुन्छ bro

    Reply
  10. गगने says:
    February 2, 2015 at 3:14 am

    खप्परमा गिदिभाको दिमाग फुस्क्याको मान्छेको सम्म कुरा गर्न सकिन्छ! तर खप्परमा किड्नी भाको मान्छे त्यो पनि किड्नी फुस्केको मान्छेको नि कुरा गर्नु?
    यस्ता मान्छेलाई नेता मान्छन र रास्ट्रिय एकताको प्रतिक ठान्छन कोहिकोही!
    एमालेको अध्यक्ष,
    हाहा भनेपछि एमालेको स्तर को आंकलन यहीबाट गर्न सकिन्छानी!
    धत्!

    Reply
    1. jeevan verma says:
      February 2, 2015 at 1:06 pm

      अनि करोड पति हम्रेट चाही के नि ? कि उ तपाई को मसिहा ?

      Reply
  11. Kedar says:
    February 2, 2015 at 2:34 am

    “जनआन्दोलनताका ओलीलाई गाली गरेर नथाक्ने मुखहरु अहिले एकाएक राष्ट्रिय एकताका प्रतीक भन्दै वाहवाहीमा जुटेका छन्।”
    हो अहिले जसरी गुणगान गाइदै छ त्यसको लायक ब्यक्ती होइनन ओली
    तर
    राजसंस्थाका उत्तराधिकारी फेरेर जनमत-संग्रह नै गर्ने हो भने ६२/६३ पछिका सबै परिबर्तन उल्टिने करिब करिब पक्का भैसकेको यो परिस्थितीमा एक तिहाइले भने भने जसरी देश चिरा चिरा पार्ने एक तिहाइ कै इसारमा संबिधान बन्ने हो भने संबिधान सभा किन चाहिएको थियो त ? हो तिनै बहुसंख्यक जनताको दबेको बोली ओलीले बोलेकाले कालिदाश बन्ने दिशामा छन् ओली |

    Reply
    1. jeevan verma says:
      February 2, 2015 at 1:05 pm

      एक तिहाइले भने भने जसरी देश चिरा चिरा पार्ने एक तिहाइ कै इसारमा संबिधान बन्ने हो भने संबिधान सभा किन चाहिएको थियो त ? हो तिनै बहुसंख्यक जनताको दबेको बोली ओलीले बोलेकाले कालिदाश बन्ने दिशामा छन्

      त्यहि कारण हो ओली लाई अहिले मन पराउनु भन्दा पनि सपोर्ट गर्नु परेको| जब छबिलाल दाहाल उर्फ अरब पति हाम्रेट देश चिरा नै पर्नु पर्छ ब्नान्नु हुन्छ त्यस बेला ओली मन पारिनु कुनै अचम्म होइन |

      Reply
      1. गगने says:
        February 3, 2015 at 3:18 am

        “एक तिहाइले भने भने जसरी देश चिरा चिरा पार्ने एक तिहाइ कै इसारमा संबिधान बन्ने हो भने संबिधान सभा किन चाहिएको थियो त ?”
        jeevan verma साथि,
        कुरा एक तिहाइले भने जसरि देश चिरा पार्ने नभयर देशको पुनर्निर्माण र पुनर्संरचनाको क्रममा प्रोग्रेसिभ फोर्सले गरेको संघर्ष र बिचार संग भयको सहमति अनुसार देशको पुनरेकिकरण गर्ने हो!
        अनि यो संबिधान सभा तेसरि सहमतिमा बनेको संविधानलाई अनुमोदन गरि कार्यन्वायानको लागि जारि गर्नको लागि हो!
        कुरो एक तिहाइ दुइ तिहाइ र बहुमतको भन्दापनि सहमतिको हो!
        बिगतको युद्द र विभिन्न आन्दोलन थाति राखी भयको सम्झौतानुशार सहमतिमा संबिधान निर्माण गर्ने र त्यो संविधानलाई संबिधान सभाबाट अनुमोदन गरिकन जारि गर्ने हो किनकि कुनै एक आयोग बनायर संबिधान जारि गर्दा त्यो जनताबाट अनुमोदित भयको नमानिंन सक्दछ तेसैले संबिधान सभा जनताद्वारा जनताको लागि संबिधान अनुमोदन गर्नको लागि हो! तर संबिधान भने बिगतको सम्झौता र सहमतिअनुशार बन्नेहो!
        यी दुइ कुरा एक अर्कोको परिपुरक हुन् तर नितान्त अलग हुन्!
        तर बिडम्बना यी सबैकुराको बिरोधि ओली हाबी हुन पुगेको छ यो रास्ट्रको प्रगतिशील एकिकरण र पुनर्निर्माणमा!
        ओली गणतन्त्रको बिरोधि हुन्!
        ओली संघियताको बिरोधि हुन्!
        ओली प्रगतिशील पथको बिरोधि हुन्!
        ओली जनताको माग र हकको बिरोधि हुन्!
        ओली जनताको बिरोधि हुन्!
        ओली शामन्ती बन्ने क्रममा शामन्ती राज्यसत्ता र राजतन्त्रका हिमायती हरुले नचाउने फ्याउरो हुन् !
        यो आफैमा केहि होइन न बिचार हो न शिद्दांत छ न नैतिकता र हैसियत छ!
        यो त सिर्फ शामन्तको धागोमा नाच्ने चटके पुतली हो!
        केहि परिस्थितिबस र समयक्रममा गाइले दुध दियन लात्ता हान्यो भनेर गधा दुहुन खोज्ने हरु मुर्ख भन्दापनि पागल भन्छु म त्!
        कुकुर ले भुकेर निन्द्रा बिथोल्यो भनेर फ्याउरो पाल्न खोज्नु बौलाहा पना हो!
        अब साथि केहो?
        सोचौ!

        Reply
  12. bibek dhakal says:
    February 2, 2015 at 12:55 am

    आफ्नो जीवनकालमा पाप गरेर जतिसुकै बदनामी कमाए पनि गिरिजा ले त मर्ने बेला सबलाई मिलाएर गाका थिए जसले गर्दा उनले मरेपछि अलिकति ‘जस’ त पाए ; यो ओली लाइ मर्नेबेला मरेपछि पनि सबले सरापोस न भन्ने खालको बुद्दि किन आको होला. आफु त बौलायो बौलायो देशलाई पनि अराजक बनाउन कम्मर कसेर लाग्दैछ …. यस्ता पनि नेता.

    Reply
  13. Shankar says:
    February 1, 2015 at 11:49 pm

    एउटा फटाह ले आर्को फटाह लाइ झुक्कायो | सरि, एउटा नेता ले आर्को लाइ झुक्कयो या झुक्क्याउन खोज्यो भन्न खोजेको | प्रचण्ड ले कुम हल्लाई हल्लाई कुरा साधु जस्तो कुरा गर्दा शक्ति खोर को भिदिवो सम्झन पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme