Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाग लिन १० हजार रुपैयाँ लाग्ने, पुरस्कार रैछ जम्मा सात हजार रुपैयाँको

Posted on January 30, 2015 by Salokya

मान्छे झुक्याउन अनेक उपाय हुँदा रहेछन्। काठमाडौँको एउटा नाम चलेको कलेजको पारा पनि त्यस्तै देखियो। यो कलेजले एउटा प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गर्न लागेको रैछ- प्रिजेन्टेसन कम्पिटिसन। यसमा सहभागी हुन तिर्नुपर्ने रहेछ १० हजार रुपैयाँ। प्रस्तावित जजहरुको नाम सुन्ने? प्रोफेसर डा गोविन्द आचार्य, प्रोफेसर डा पुस्कर बज्राचार्य, प्रोफेसर डा माधवराज कोइराला, प्रोफेसर डा उपेन्द्रकुमार कोइराला। ठूलै कार्यक्रम आयोजना हुन लाग्या रैछ जस्तो लाग्ने। एउटा कलेजबाट १० हजार रुपैयाँ सहभागिता शुल्क भनेपछि पुरस्कार रकम पनि टन्नै होला जस्तो लाग्ने। तर अहँ, पुरस्कार रकम त पहिलो हुनेलाई सात हजार मात्रै रहेछ। दोस्रो र तेस्रोलाई त झन् ५ हजार र ३ हजार मात्र रे। सान्त्वना पुरस्कार भनेर १ हजार पनि दिने रैछन्। म्यानेजमेन्ट पढाउनेले नाफा कसरी खाने भनेर त व्यवहारिक रुपमा देखाएरै सिकाउने रैछन् बा…!

universal

10 thoughts on “भाग लिन १० हजार रुपैयाँ लाग्ने, पुरस्कार रैछ जम्मा सात हजार रुपैयाँको”

  1. bibek dhakal says:
    January 30, 2015 at 11:01 pm

    देशमा जबसम्म स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्र पूर्ण रुपमा व्यापार बाट मुक्त हुन्दैन, तबसम्म देशमा परिवर्तन औन सम्भव छैन. माओवादी ले भनेजस्तो जनवादी शिक्षा त आउट्डेटेड भैसक्यो तर माथिको उदाहारण जस्तो शिक्षालाइ अनि स्वास्थ सेवालाई पसल मा मासु बेचे झैं बनाउनु भन्दा त बरु त्यै जनवादी सिक्षा नै ठिक होला… खुल्ला अर्थतन्त्र नीति अंगाल्ने भन्दै शिक्षा र स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा क्यापितालीजम घुसाउनु जस्तो बिडम्बना अरु के होला ?

    Reply
  2. Dhiraj says:
    January 30, 2015 at 10:22 pm

    प्रत्येक सहभागी कलेज ले १०,००० बुझाउने भन्या छ, बिद्यार्थी ले हैन/ एउटा कलेज बाट धेरै बिद्यार्थी सहभागी हुन सक्छन नि/ तर जसो भनेनी लुट त लुट नै हो/ नेपाल मा Education त ब्यापार भएको धेरै नै भैसक्यो, अझ उधो गति जादै छ /

    Reply
    1. xyz says:
      January 31, 2015 at 8:08 pm

      At the end of the day, whether the fee is charged to the students or to the participating colleges, the final burden rests with the parents.

      Reply
  3. xyz says:
    January 30, 2015 at 4:59 pm

    Nepal may be the only country in the world where stupid professors in the university like to have heir names prefixed with “Prada”, standing professor doctor. I call them stupid professors because they all have political backings. Some day, they will have their name tag like NC Prada, UML Prada, Maoist Prada etc. How long these thug professor doctors going to cheat our students? A commentator has already pointed out how a PhD holder cannot properly spell his name, may be he is trying to give a distinct impression.

    Reply
  4. Bishnu Nepali says:
    January 30, 2015 at 10:52 am

    It looks like spelling of the first, middle and family name of the organiser (Shiba Datta Gnawali) all is wrong:
    Shiba or Shiva
    Datta or Dutta
    Gnawali or Gyawali

    धन्य छ नेपाल – डाँका हरुको बिग बिगी

    Reply
  5. Sudip Sharma says:
    January 30, 2015 at 7:46 am

    ठगहरु…रेडन भन्ने स्कुलले २ कक्ष्यामा पढ्ने मेरो छोरी संग अनिबार्य ब्युटी पेजेन्ट भनेर ७ हजार मागेछ…पैसा नल्याए स्कुल्नै नआउ सम्म भन्दा रैछन..बाध्य भएर दिनु पर्यो..यो देश मा लुटेरा नबने सम्म बाच्न गारो भो…

    Reply
    1. सिर्जने says:
      February 3, 2015 at 12:04 am

      सुदिप जी,
      तपाइले प्रिन्सिपल अथवा क्लास टिचरसंग कुरा नबुझी ब्युटी प्याजेन्टको लागी सात हज्जार दिएर पठाउनुभएछ, भने’सी तपाइसंग कि त लुटेको, कि त ठगेको नत्र चोरेको पैसो रै’छ भनेर बुझ्छु म / आफैले दुख गरेर कमाको पैसो त्यसरी बिथ्थामा दिएर पठाउन मेरो आत्माले चै मान्दैन, बरु पशुपतिको बृद्धआश्रम लगेर दान गर्छु म त /

      Reply
  6. Ritika says:
    January 30, 2015 at 6:46 am

    यो जजहरू डा गोविन्द आचार्य, प्रोफेसर डा पुस्कर बज्राचार्य, प्रोफेसर डा माधवराज कोइराला, प्रोफेसर डा उपेन्द्रकुमार कोइरालाले ट्यूशन पढ़ेर PhD गरे जस्तो छ । हिजोको ब्लगको जस्तो ।

    Reply
  7. Prakass says:
    January 30, 2015 at 2:42 am

    Are the students dumb to pay 10000 for a competition to win 5000 ? This is insane dude. I don’t believe how are the professors there. Very poor management and stupid ideas.

    Reply
    1. Laxman pariyar says:
      January 31, 2015 at 6:21 pm

      Are you even dumber to notice 5000 for 7000?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme