Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बैँकको नाम मात्रै ठूलो, यस्तो कमजोरी देखायो प्रहरीले

Posted on January 28, 2015January 28, 2015 by Salokya

61मेगा बैँकको दुई करोडभन्दा बढी रुपैयाँ ठगी भएको केसमा प्रहरीले मुख्य योजनाकार राजेन्द्र पाण्डेलाई पक्राउ गर्न सफल भएको छ। इन्टरपोल लगाएर पक्रन्छौँ भनेपछि जापानमा उतैकी केटीसँग बिहे गरेर बसेका पाण्डे नेपाल आई आत्मसमर्पण गरेका थिए।

टुरिज्म डेभलपमेन्ट बैंकको मेगा बैंकमा रहेको खाताबाट नौ लाख ९० हजार रुपैया र राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट रु दुई करोड रुपैया चेक क्लियरिङको माध्यमबाट निकालेका थिए। मेगा बैँक र त्यसका पदाधिकारीको नाममात्रै ठूलो रहेछ। प्रहरीले अनुसन्धानका क्रममा बैँकमा यस्तो यस्तो कमजोरी देखियो भनेर सार्वजनिक नै गरिदिएको छ। हेरौँ के के कमजोरी देखिए त?

Tourism Develpoment Bank

tourism
• Tourism Develpoment Bank का तत्कालिन CEO रेवन्त दाहालले बैंक छाडेको ६ महिना बितीसक्दा समेत सो सम्बन्धमा Tourism Development Bank ले मेगा बैंकलाई आधिकारीक रुपमा जानकारी नगराएको । (Cheque Requisition form मा निज रेवन्त दाहाल समेतको दस्तखत रहेको ।)
• Tourism Development Bank ले] Mega Bank मा रहेको आफ्नो खाताको transaction लामो समयसम्म चेक नगरेको।

61

मेगा बैंक

• मेगा बैंक कान्तिपथ शाखाबाट अनाधिकृत ढंगबाट आधिकारिक पत्र बिना Tourism Development Bank को नामको १० थान चेक जारी गरिएको ।

• Cheque requisition form मा प्रयोग भएको व्यक्तिको नाम, बैंक छाप, बैंकले प्रदान गरेको खातावालाको आधिकारिक दस्तखत नमुना नियमानुसार सनाखत नगरिएको । साथै मेगा बैंकको सम्बन्धित कर्मचारीले उक्त form मा दस्तखत नगरेको ।

• Cheque requisition form मा उल्लेखित व्यक्तिको नाम, निजले पेश गरेको परिचय पत्र तथा निजले चेक बुझ्दा रजिष्टरमा गरेका दस्तखतहरुमा फरक–फरक नाम उल्लेख हुँदा समेत चेक जारी गरिएको ।

• संजय ढकालको नाममा काटिएको रु २ करोडको चेक Electronic Check Clearing को माध्यमबाट रा.बा. बैंक भोटाहिटी शाखाबाट मेगा बैंक clearing department मा आएको, उक्त department बाट सम्बन्धित बैंक मेनेजर समेतलाई confirmation को लागि इमेल समेत पठाइएको तर सम्बन्धित कोही कसैले उक्त मेललाई response नगरेको।

• दुई करोडको चेक व्यक्तिको नाममा काटिएको देखिंदा समेत Tourism Development Bank संग Confirmation नगराईकन रु. दुई करोड भुक्तानी दिएको देखिएको ।

• मेगा बैंकको न्यूरोड शाखाको CCTV Camera ३ दिनदेखि बिग्रँदासमेत सो सम्बन्धमा operation incharge लाई जानकारी नगराएको र मर्मत समेत नगराएको।

• रा.बा.बैंक टेकुबाट प्राप्त CCTV Footage तत्काल मेगा बैंकका कान्तिपथ शाखाका मेनेजर शम्भु ब. थापा लगायत अन्य कर्मचारीहरुलाई देखाउदा कसैले पनि CCTV Footage मा भएका राजेन्द्र पाण्डेलाई नचिनेको ।

राष्ट्रिय वाणिज्य बैंक

BankLogo
• रा.बा.बैंक भोटाहिटीमा संजय ढकालको नाममा तथा टेकु शाखामा रजत तोदीको नाममा नया खाता खोल्दा पेश गरीएका कागजातहरु भेरिफाइ नगरिएको।

• रु २ करोडको चेक रा.बा. बैंक भोटाहिटी शाखामा प्रस्तुत हुँदाको अवस्थामा चेकमा RS 20000000 check writer द्धारा लेखिएको तर उक्त चेकमै A/C payee भनी हस्तलिखित हुँदा समेत रकम भुक्तानीको लागि ECC मार्फत मेगा बैंकमा पठाइएको।

• महाराजगंज शाखाबाट सविना खनाल र आयुष झाको नाममा काटिएको जम्मा ९ लाखको चेकको भुक्तानी प्रविण पाण्डेले राम प्र. बम्जम र एक बहादुर थापाको नागरिकताको प्रतिलिपी पेश गर्दा समेत बैंकले verify नगरी भुक्तानी दिएको ।

यसरी भयो ठगी

२०७०।८।९ गते मेगा बैंक कान्तिपथ शाखाबाट अनाधिकृत ढंगबाट Tourism Development Bank को नामको १० थान चेक जारी गरिएको
चेक जारी गर्दा Cheque Requisition form मा प्रयोग भएको Tourism Development Bank को छाप, बैंकले प्रदान गरेको खातावालाको दस्तखत नमुना नियमानुसार सनाखत नगरिएको । सम्बन्धित कर्मचारीले Cheque Requisition form verify नगरेको साथै उक्त form मा दस्तखत समेत नगरेको ।

तत्कालीन अवस्थामा चेक लिन आउने ब्यक्ति Beta college को Student परिचयपत्र लिई आएका हाल खुल्न आएको प्रविण पाण्डे भएको । साथै निज प्रविण पाण्डे तत्कालिन मेगा बैंक शाखा कार्यालय धादिङका मेनेजर राजेन्द्र पाण्डेका सहोदर भाई भएको ।

Cheque Requisition form रजत तोदीको नामको भएको तर चेक बुझिलिंदा राकेश सिलवालको नक्कली परिचयपत्र र नाम राखि Rakesh Silwal दस्तखत गरी चेक बुझि लगेको ।

प्रविण पाण्डेलाई उक्त Cheque Requisition form निजका दाजु राजेन्द्र पाण्डेले उपलब्ध गराएकोमा Customer Service Center का कर्मचारीले
उक्त फर्म माथी शंका लागी cheque issue गर्न आनाकानी गर्दा उक्त बैंकका मेनेजर शम्भु बहादुर थापाले निज कर्मचारीलाई cheque issue गर्न आदेश दिए पश्चात cheque issue भएको खुल्न आएको ।

मिति २०७०।०९।०९ गते रा.वा.बैंक शाखा कार्यालय टेकुमा रजत तोदीको नामबाट १७०००१२६३८१० नं. को खाता खोलिएको तथा उक्त खाता खोल्दा पेश गरिएका कागजातहरु नक्कली रहेको पाईएको । उक्त खाता हाल फरार राजेन्द्र पाण्डेले खोलेको भन्ने खुल्न आएको । रा.वा.बैंक शाखा कार्यालय टेकुको CCTV footage बाट समेत उक्त कुरा पुष्ट्याँई हुन आएको ।

मिति २०७०।१०।१२ गते रा.वा.बैंक शाखा कार्यालय भोटाहिटीमा संजय ढकालको नामबाट खाता नं १३६००३०७५२१० खोलिएको तथा उक्त खाता खोल्दा पेश गरिएका सम्पुर्ण कागजातहरु नक्कली रहेको पाईएको । उक्त खाता प्रविण पाण्डेले खोलेको भन्ने खुल्न आएको

मिति २०७०।१०।१२ गते संजय ढकालको नामबाट प्रविण पाण्डेले मेगा बैंकको न्युरोड शाखाबाट Tourism Development Bank का तत्कालिन २ जना CEO मनोज खड्का र मोहन प्रसाद पाण्डेको दस्तखत गरि रु. ९ लाख ९० हजार भुक्तानी लिएको ।

मिति २०७०।१०।१३ गते प्रविण पाण्डेले संजय ढकालको रा.बा.बैक भोटाहीटी शाखाको खातामा चेक क्लिएरिङ्गको माध्यमबाट रु. २०००००००। (दुई करोड) जम्मा गरेको ।

सबिना खनालको नाममा रा.बा.बैंक महाराजगंज शाखाबाट रु ३५ लाख काटीएको जस मध्ये रु ४ लाखको भुत्तानी लिई बाकी ३१ लाख रजत तोदीको नाममा Transfer गरीएको र आयुष झाको नाममा रु ३५ लाख काटीएको जसमध्ये रु ५ लाखको भुत्तानी लिई बाकी ३० लाख रजत तोदीको नाममा Transfer गरीएको । उक्त रकम भुक्तानी लिदा पेश गरेको राम प्रसाद वम्जन, एक बहादुर थापाको नामको नागरिकताको प्रतिलिपी अनाधिकृत रुपमा प्रयोग भएको पाइएको ।

बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुको नामबाट संजय ढकालको नाममा काटिएको राष्ट्रिय बाणिज्य बैंकको चेकबाट जम्मा रु. १ करोड ४१ लाख ९० हजार रकम निकाल्न सफल भएको । रा.बा.बैक महाराजगन्ज शाखाबाट मिति २०७०।१०।१९ र २० गते क्रमशः रु ३०,००,०००।– (तीस लाख) र रु ३१,००,०००।– (एकतीस लाख) गरी जम्मा रु ६१,०१,०००।–(एकसठृी लाख एक हजार) रजत तोदीको खाता नं. १७००१२६३८१० जम्मा भएको र हाल सम्म पनि उक्त रकमको भुक्तानी लिन कोही ब्यक्ती नआएको ।

सन्जय ढकालको खाता न. १३६००३०७५२१० मा रु ७,०१,०००।–(सातलाख एकहजार) मौज्दात रहेको ।

संजय ढकालको नाममा रा.बा.बैंक भोटाहिटीशाखामा खाता खोल्दा खातावालाको नाम संजय ढकाल, बुुबाको नाम श्यामकृष्ण ढकाल, ना.प्र.नं. ६२५२३, ठेगाना ठमेल १६ काठमाण्डौ लेखिएकोमा उक्त नाम र नागरीकता नम्वर मिल्ने ब्यक्ति सौरपानी ३, गोरखाको रहेको तथा निजको नाम समेत संजय ढकाल तथा ना.प्र.नं. ६२५२३ भएकोे खुल्न आएको ।

संजय ढकालको मेगा बैंक कान्तिपथमा खाता रहेको भन्ने खुल्न आएको ।

रजत तोदीको नाममा रा.बा.बैंक, शाखा कार्यालय टेकुमा खाता खोल्दाको बखत खातावालाको नाम रजत तोदी, बुवा रतन तोदी, ना.प्र.नं. ७४३३७, ठेगाना जि.मोरङ बिराटनगर उ.न.पा. ६ लेखिएकोमा उक्त नाम र नागरीकता नम्वर मिल्ने ब्यक्ति नाम रजत तोदी, ना.प्र.नं. ७४३३७, ठेगाना जि.मोरङ बिराटनगर उ.न.पा. ६, बुवाको नाम रमेश कुमार तोदी भन्ने खुल्न आएको ।

रजत तोदीको समेत बिराटनगर स्थित मेगा बैंकमा खाता रहेको खुल्न आएको ।

काम बिशेषले यस महाशाखाका प्रहरी अधिकृत बैंककमा पुग्दा निज संजय ढकालको वारेमा बुझ्दा निजले आफ्नै Reported lost travel document प्रयोग गरेको भन्ने बुझिएको र सोहि आधारमा थाईल्याण्डको Immigration act, section 12 अनुसार त्यस्तो किसिमको Document भएको ब्यक्ति थाइल्याण्डमा बस्न नदिने ब्यवस्था अनुसार Deport गरेकोले निजलाई त्रिभुवन बिमानस्थलबाट पक्राउ गरि अनुसन्धानको लागि यस कार्यालयमा ल्याइएको ।

निजलाई यस महाशाखामा ल्याई थप अनुसन्धान गर्दा उक्त ठगि कार्यमा निजको संलग्नता नभई मेगा बैंककै अन्य कर्मचारीको संलग्नता हुनसक्ने बलियो आधारका साथ थप अनुसन्धान गर्दा राष्ट्रिय बाणिज्य बैंक टेकु शाखाको CCTV Footage मा देखिएको ब्यक्तिवारे थप गहन अनुसन्धान थालिएको ।

राष्ट्रिय बाणिज्य बैंक टेकु शाखाको CCTV Footage मा देखिएको ब्यक्ति धादिङ्ग स्थित मेगा वैंकको तत्कालिन मेनेजर राजेन्द्र पाण्डे भएको खुल्न आएको ।

अभियुक्तहरु राजेन्द्र पाण्डे, प्रविण पाण्डे र प्रदिप पाण्डेको संलग्नता

राजेन्द्र पाण्डे उक्त ठगि घटनाको मुख्य योजनाकार रहेको ।

राजेन्द्र पाण्डे उक्त रा.बा.बैंक टेकुमा रजत तोदीको नाममा खाता खोल्न गएकोमा उक्त बैंकमा रहेको CCTV Footage मा देखिएको निजको हिंडाई तथा हुलियाको आधारमा निजको पहिचान गरिएको ।

खाता खोलिएको मिति २०७०।०९।९ गते राजेन्द्र पाण्डे बिदामा बसेको खुल्न आएको ।

राजेन्द्र पाण्डेले घटनाको करिव १ महिना पछाडीनै क्यानडा जाने बताई बैंकबाट राजिनामा दिएको ।

पक्राउ अभियुक्त प्रविण पाण्डेका अनुसार सम्पुर्ण कुराको ब्यवस्थापन राजेन्द्र, प्रविण र शम्भु थापा मिलि गरेको, राजेन्द्र पाण्डेले मेगा बैंकका खातावालाहरुको विवरण प्रविण पाण्डेलाई उपलब्ध गराएको, सोही विवरण प्रयोग गरि निज प्रविण पाण्डेले नक्कली कागजातहरु तयार गरेको ।

रा.बा.बैंक भोटाहिटी शाखा र मेगा बैंक न्यूरोड शाखाबाट रकम निकाल्न प्रविण पाण्डे र प्रदिप पाण्डे गएको । बैंकबाट निकालिएको रकम धादिङ स्थित घरमा लुकाई राख्नको लागि प्रदिप पाण्डेले भाई प्रविण पाण्डेलाई मो.सा. मा राखि कलंकीसम्म पुर्याएको ।

रकम निकालीसके पछि काठमाण्डौ, गोंगबु स्थित प्रविणको डेरामा र धादिङ स्थित घरमा लगि लुकाएको ।

धादिङ स्थित मेगा बैंक शाखाका मेनेजर राजेन्द्र पाण्डे र निजको भाई प्रविण पाण्डेको कान्तिपथ शाखाका मेनेजर शम्भु बहादुर थापासंग राम्रो सम्बन्ध रहेको ।

प्रविण पाण्डेले ल्याएको रजत तोदीको नामको Tourism Development Bank को Cheque Requisition form लाई verify नगरी online authorize गरेको ।

अभियुक्त शम्भु बहादुर थापाको संलग्नता
प्रविण पाण्डेलाई उक्त रजत तोदीको नामको Cheque Requisition form निजका दाजु राजेन्द्र पाण्डेले उपलब्ध गराएकोमा Customer Service Center का कर्मचारीले उक्त फर्म माथी शंका लागी cheque issue गर्न आनाकानी गर्दा उक्त बैंकका मेनेजर शम्भु बहादुर थापाले निज कर्मचारीलाई cheque issue गर्न आदेश दिए पश्चात प्रविण पाण्डेलाई अजभत्रगभ ष्ककगभ भएको खुल्न आएको ।

रा.बा.बैंक टेकु शाखाबाट प्राप्त भएको CCTV footage मा देखा परेका व्यक्ति (राजेन्द्र पाण्डे) शम्भु ब. थापालाई तत्काल देखाउदा निजले आफुले चिन्दिन भनेको ।

बरामद दशीको सामानहरु
मिति २०७१।१०।७ गते का.जि.गोंगबु गा.वि.स. वडा नं. ५ स्थित प्रविण पाण्डे र प्रदिप पाण्डेको डेरा कोठाबाट धमिराले खाएको अवस्थाको नगद रु १०,१५,५०० (दश लाख पन्द्र हजार पाँच सय)
मिति २०७१।१०।८ गते जि. धादिङ सलाङ गा.वि.स. वडा नं. ६ स्थित निजहरुको घर खोपीमा माटोले टालेको अवस्थामा तथा बारीमा गाडिएको अवस्थामा सडिगलेको अवस्थामा रहेका गन्न नसकिने नोटका बण्डलहरु

6 thoughts on “बैँकको नाम मात्रै ठूलो, यस्तो कमजोरी देखायो प्रहरीले”

  1. Lax says:
    January 31, 2015 at 12:36 pm

    Dear Nepal’s Leading CEO,
    Where is Internal control in your system? ??

    Reply
  2. Sudip Sharma says:
    January 30, 2015 at 7:40 am

    भातेहरु…हामी सोझा साझा जनतालाई घन्टौ लाइन मा राखेर साइन मिलेन भनेर फर्काउछन्…खरदारको जागिर खाने टेलर ले हकिमी सैली देखाउछन…अनि करोडौ को कारोबार मा चाही एस्तो खेलाची…ठगहरु!!

    Reply
  3. jaya thapa says:
    January 30, 2015 at 4:52 am

    पैसा देखे पछी महादेवको पनि तीन नेत्र
    आखिर शम्बु पनि महादेव नै त पर्‍यो

    Reply
  4. ramu says:
    January 29, 2015 at 8:37 pm

    पर्खाल,ताल्चा भनेको सोझो मान्छेको लागि हो चोरको लागि होईन भनेको जस्तै सानो भन्दा सानो कुरा गर्दा पनि फेरी गर्न लगाउने,अनेक प्रक्रिया पुय्याउन लगाउने,एउटै फर्म १० चोटि भर्न लगाउने सोझा साझालाई हो अरु त यी यस्तै गर्छन बैक हेरेको हेय्यै हुन्छ।

    Reply
  5. Shankar says:
    January 29, 2015 at 3:33 pm

    शम्भु जी राम्रो मान्छे लाग्थ्यो, यो संलग्नता देख्दा दुख लग्यो, हुन त अनुसन्धान बाकी नै छ, यिनले नराम्रो गरेको आउदैन कि भन्ने आशामा छु, कहिले कहिँ परिबन्दमा पनि त परिन्छा नि, नजिक को साथीले फसे जस्तो लग्यो, अब के हो बिस्तारै खुल्दै जल!!!

    Reply
  6. Tanka Kafle says:
    January 29, 2015 at 8:35 am

    मेगा बैंक हल्ला मात्र ठुलो, लाग्छ जम्मा अनिल शाहको हल्ला ले चलेको | नारा रे हलो देखि ह्य्द्रो सम्म तर न त हलो मा लगानी न त हाइड्रो मा लगानी | अरु बैंक को बारेमा थाहा छैन धेरै |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme