Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब तपाईँको पालो : नेम्वाङले प्रक्रियामा हालेको कस्तो लाग्यो?

Posted on January 27, 2015 by Salokya

nemwangसंविधान सभा अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणलाई बहुमतीय हिसाबले लाने प्रक्रियामा प्रवेश गर्न ढोका खोल्ने एउटा प्रस्ताव विपक्षीको विरोधका कारण सत्तारुढ दलले राख्न नसकेपछि आफ्नै टेबलबाट राखेर पास गराएपछि उनको कदम ठीक हो कि होइन भन्नेमा देशैभर विचार बाझिएको छ। नेताका पुत्ला जल्थे तर पहिलो पटक  तटस्थ भूमिकामा रहनु पर्ने व्यक्तिको पुत्ला जलाएर विरोध भयो।

विपक्षीहरु हिजो यही अवस्थामा प्रक्रियामा जाउँ त्यहाँ हुने भोटिङ अनुसार निर्णय गरौँ भन्दा एउटा बैठक समेत उनले बोलाउन नमानेको भन्दै यो कदमको विरोध गरिरहेका छन् भने सत्तापक्षीयहरु सँधै त्यही भनेर अडकिएर कहाँ हुन्छ, अहिले हाम्रो दुई तिहाई बहुमत छ भन्छन्। हुनत अहिलेको स्थिति आफूलाई ठीक लागेको कुराको तर्कमात्र ठीक लाग्ने, अरुको राम्रै तर्क भए पनि त्यो बेठीकै लाग्ने छ। तर पनि तपाईँको यसबारे धारणा के छ ?  यो स्थितिमा संविधान बन्ने संभावना तपाईँ कतिको देख्नुहुन्छ ? अब तपाईँको पालो, आफ्नो विचार तल कमेन्टमा राख्नुस्। 

नेम्वाङ कानुन व्यवसायी थिए। त्यसैले उनी नियम र प्रक्रियाको कुरा निकै गर्छन्। अघिल्लो संविधान सभाको एउटा बैठकमा उनले प्रक्रियाको विषयमा यसरी बोलेको निकै चर्चित भएको थियो। सुन्नुस् अडियो-

49 thoughts on “अब तपाईँको पालो : नेम्वाङले प्रक्रियामा हालेको कस्तो लाग्यो?”

  1. surendra budhathoki says:
    January 30, 2015 at 3:51 pm

    देशलाई सधै अनिर्णयमा राख्नु भन्दा केही न केही कदम अघि बढाएकै राम्रो । जुन सुकै पार्टी सत्तामा भएको भए पनि । यस अर्थमा नेम्बाङ्गको कदमलाई अन्यथा सम्झिनु राम्रो होइनकी । आफ्नो चित्त बुझाउन त गाह्रो पर्ने अवस्थामा सबैको चित्त बुझाएरै अघि बढौँ भन्ने शब्द आफैमा हाँस्यस्पद छ । कुनै पनि कुराको पक्ष विपक्ष हुनु स्वभाविक हो । यसमा युवानेताहरु पनि एक कदम अघि बढेर पुरानो विचारलाई अनि मान्यतालाई केही परिवर्तन गर्दै लाने हो भने पनि देशले केही निकास पाउँनेथियो की ।

    Reply
  2. KESHAR says:
    January 30, 2015 at 12:37 pm

    १ दम गद्दार हो ३० दलिय लै बाहिर राखेर बनाएको संबिधान को कुनै अर्थ हुन्दैन देश मुद्भेद तिर धकेलिएको सिझई अनुमान गर्न सकिन्छ संबिधान कुनै कागज को खोस्त नासोचौंग यस le सबैको BHAWANA लै जित्नु पर्छ .जहाँ सोसिद उद्पिदित सबै को संबिधान होस् .यसमा सबै पाटी को गल्ति हो . सबै भन्दा ठुलो गल्ति सत्ता पक्च्याको हो किन भने सबै लै मिलाएर लानु पर्ने मा उल्टै बिचाक्ये दिन्छा यस मा नेम्बंग को कता कता भूमिका पक्कै छ .हामी नेपाली जनता हरु सान्ति होस् वन्ने चाहना छ .

    Reply
  3. Yagya Bhandari says:
    January 29, 2015 at 6:07 am

    ५ वर्ष सम्म पनि सहमति नभएको अब सहमतिको लागि पर्खिन अबसेक छैन र राप्रपालाई नेपाललाई बेवास्ता गर्नु पनि ठिक लागेन राप्रपा पनि चौथो सक्ति हो फेरि पनि तेस्रो संबिधान सभाको चुनाब हुने हो र पूर्व राजाले यो पार्टीलाई भोट दिन अपिल गरे भने पहिलो सक्ति भन्नेछ तेस्पछि प्रचण्डको चुरीफुरी पनि समाप्त हुनेछ तर तेस्तो अबस्ठा भरसक नाओस भनेर सभामुखले उचित कदम चलेका छन् एसको चेतना माओ र मदेस्बदिलाई भएकै छ केहि दिनको खुर्की पछि बार्तामा आउने छन्..

    Reply
  4. Anil says:
    January 29, 2015 at 5:09 am

    मलाई के अचम्म लागेको छ भने, बाबुराम जी ले ३/४ महिना सम्म संबिधान सभालाई अनिर्णयको बन्दि बनाएर राखे येदि संबिधान सभाको इतिहास लेखियो भने यिनी खलानायेकिमा गनिन्छन !
    जहाँ सम्म सभामुख नेम्बाङ्ग को कुरा छ एउटा रेफ्री ले गर्नु पर्ने काम गरे ! निश्चित समयेमा खेल नसकिए पछि फूटबल गेममा पनि आधा घण्टा समय थपिञ्छ कसैको गोल नभएमा फेरि १५ minutes थपिञ्छ त्येस्मा पनि गोल नभएमा पेनाल्टी kick को अवसर दिएर भए पनि हार जित को निर्क्योल सहित खेल समापन गरिञ्छ ! यी माथिको खेलमा सभामुख आफै आएर कहिँ पनि खेलर गोल गरेका छैनन् !
    जहाँ सम्म संबिधान सभामा प्रतिपक्ष्य हुदैन भन्ने छ १००% झुट हो पार्टीको घोसणा पत्र मा संबिधान
    सभा को चुनाव लडेर जितेर आउने अनि यो पार्टीले जित्यो र एसले हार्यो भन्ने आफ्ना घोसणा पत्रको कुराहरुनै सबै लागु हुनु पर्छ भनेर हलो अड्काउने अनि कसरि प्रतिपक्ष्य हुंदैन ? कि त संबिधान सभाको चुनाव निर्दलीय तरिकाले गर्नु पर्यो !
    पार्टीहरु ले अधिकतम लचकता का साथ संबिधान बनाउदा नै देस,जनता र पार्टी हरुको कल्याण हुने छ !

    Reply
  5. kishor says:
    January 29, 2015 at 2:18 am

    सहमति भनेको हुन नसक्ने कुरा हो | चौथो ठुलो पार्टी राप्रपा ले भन्छ राजतन्त्र चाहिन्छ, अरु पार्टी हरु भन्छन गणतन्त्र चाहिन्छ, ७५ % जनमत भन्छ जातीय राज्य हुनु हुदैन, माओबादी र ३० अथवा ५० पार्टी जसका पछाडी जनता छैनन् तर पार्टी को नाम र नेता मात्र छन् भन्छन जातीय राज्य चाहिन्छ| त्यसकारण सहमति भनेको सुन्दा राम्रो लाग्ने सब्द मात्र हो, न त्यो कहिले सम्भव छ न कहिले हुन्छ नै | धेरै ढिलो भयो तर नेम्वांग जी ले गर्नु भएको काम को कुनै विकल्प छैन येदि संबिधान सभा बाट संबिधान बनाउने हो भने | मलाई तेती मन नपर्ने मान्छे ओलीजीको आहिले अडान को पछाडी सिंगो जनमत छ , धन्यवाद ओलीजी |

    Reply
  6. Madhu says:
    January 28, 2015 at 7:46 pm

    उपाए के हि नदेखिए पछि गरिएको कठोर निर्णय हो यो…..सुबाश नेमांगले यो काम गर्नै पर्थ्यो यस्तो अवस्थामा…..माघ ८ मा संबिधान ल्याउनु पर्छ भन्ने कुरा पूर्व निर्धारित थियो….सहमतिनै गर्नु थियो भने पहिले नै गर्नु पर्ने थियो….यो फगत सुबाश नेमांगलाइ दोष दिने कुरा मात्रै हो….सहमतिनै गर्ने भए अझै समय दिएका छन् त….१ दिन मागेको रे ३० दलिए मोर्चाले ११ दिन दिए भन्दै थिए त नेमांग….अब गर न सहमति…..होइन भने के अब सहमति खोज्ने तेस्रो संबिधान सभा चुनाब गर्ने?

    Reply
  7. deepak says:
    January 28, 2015 at 5:58 pm

    देश बिकाश नभएर होइन, हामी नेपाली को मनस्थिति र नेता हरु को अकर्मन्यता ले हो. तेसैले ४७ को संबिधान नै पुनर्स्थापना गरौ, नेपाल लाइ राजतन्त्र आबश्यक छ, यो हिन्दु रास्ट्र रहिरहनुपर्छ(हिजो का दिन मा अरु धर्म लाइ पनि पुरा छुट थियो)र संघियता आबश्यक छैन.

    Reply
  8. GP says:
    January 28, 2015 at 5:20 pm

    पहिला प्रक्रियामा नगएर बेठिक गरेका थिए….अति नै आलोचित पनि भए…..अहिले उनले चालेको प्रक्रिया नियमसंगत छ भने ठिक गरेका छन….सधै सहमति भन्ने अमुर्त शब्द फलाकिरहने हो भने ६०१ मध्येका ५९० जनालाई बर्खास्त गरेर श्रमसिविरमा पठाए भैगो नि….किन पाल्नु ति हातीहरु……हैन भने ६०१ ले नै बिबेक प्रयोग गरेर मत राख्न पाउनुपरो…सहमति सभाहलभित्र खोज्ने हो…होटेल/रिसोर्ट/ दरबार तिर हैन न कि विदेश वा बिदेशी बस्ने दुताबास तिर हैन…..त्यसैले नेम्बाङ्गले कानुनसम्मत गरेका हुन् भने ठिक गरे….निरन्तरता दिनु नै उत्तम

    Reply
  9. Agyat Shrestha says:
    January 28, 2015 at 1:37 pm

    मलाई त नेम्बाङ्ग को निर्णय ठिक लाग्यो, संधै ल्यांग ल्यांग गरेर कहाँ हुन्छा र? बहुमतलाई अल्पमतले पेल्न खोजेर कहाँ हुन्छ र?
    फेरी संबिधान भनेको ढुंगामा लेख्ने हैन क्यारे, यदि ३० दलको अडान सहि हो भने अर्को चुनाब सम्म कुरेर २/३ बहुमत ल्याएर आफुले चाहेको जस्तो संबिधान लेखे त भै हाल्छ नि, कति अमुक जनताको दुहाई दिएर आफ्नो दुनो मात्र सोझ्याउने हो?
    जस्तो सुकै भएपनि हामीलाई चाहिएको एक प्रति संबिधान हो, आखिर त्यसमा लेखेको कुराले जनताको समस्या समाधान हुन्छ भन्ने ठान्नु त मुर्खता मात्रै हो.
    यो भन्दा अघि पनि देशमा संबिधान थियो क्यारे…त्यहि ठुला ठालुलाइ मात्रै हो…हामीलाई त बस आफ्नो काम आरामले गर्ने दिन आइ दिए पुग्छ..

    Reply
  10. rakesh R says:
    January 28, 2015 at 1:22 pm

    सहि गर्या हो …सहमति भयो भने त्यो भन्दा राम्रो के हुन्थियो होला ..सहमति भएन भने प्रक्रिया बाट संविधान बन्छ ….संविधान पक्कै बन्ने बाटो खुल्य छ ……तर माओबादीका जनजातीका नाममा politics गर्ने नेताहरु आफैले बनाएको यो नियमवालीलाई कुकुरको गु जति नि मान्य हैन ..त्यसमा पनि भण्डाफोर गर्ने,आन्दोलन गर्ने ,नेपाल बन्द गर्ने जस्ता भाड्ने कुरा गरे र तर्साउन खोज्या छ ….सहमति बाटै हुनु पर्ने अडान राख्ने यिनीहरुले अहिले सम्म के हेरेर बस्या थियो????? लेनदेन नै नगर्ने हो भने कसरि सहमति हुन्छ ????? अरुले दिए ठिकै छ नत्र उहिहो भन्या जस्तो गरेर समय र जनताले तिरेको कर बर्बाद गर्या छ बा …..एमाओवादीको भविस्य राम्रो छैन भन्ने लाग्याछ ……..

    Reply
  11. bikash says:
    January 28, 2015 at 12:29 pm

    मैले बुज्न नसकेको कुरा हामीले संबिधान बेद, कुरान वा बाईबल जस्तो कहिले परिवर्तन गर्न नमिल्ने ग्रन्थ बनाउन लागेको हो र? येदि होइन भने पहिलो पल्टनै सबैले चाहे जस्तो, जुन असम्भब छ, किन बन्नु पर्यो.

    अहिले बहुमत को चाहना को बनायर पछि अल्पमत वालाको बहुमत भय पछि उनीहरुको चाहना बमोजिमको संसोधन गरे त भैहाल्यो. अहिले नै के को रडाको गरिरहनु पर्यो.

    कि कसो साथी हो?

    Reply
  12. chandra says:
    January 28, 2015 at 11:47 am

    राम्रो भएन! प्रक्रिया मा हालेर १ थान कागजी खोस्टो “संबिधान” आउला तर, शान्ति आउदैन! २-४ वर्ष लाग्ला अर्को अर्को ठुलो बिद्रोह हुन, जुन तराई मा सी. के. राउतले र पहाडमा बिप्लव ले र पूर्व बाट लिम्बुवान ले थाले कै छन्, हेर्दै गर्नु अहिलेका ओली, खनाल, कोइराला, पौडेल हरुको कसरि पत्ता साफ हुने छन् – अनुमान मात्र गर्न सकिन्छा ! अब त माओबादी लडाकु हरु नेपाली सेना मा नै छन्! उनीहरुले त्यहि बिद्रोह गरे के होला? कसैले कल्पना सम्म गरेको छ???

    अहिले होस् या पछि होस् “सहमति” वा “मिलि-जुली” जानु को विकल्प छैन! अब नेपालमा महिला, दलित, मधेशी, जनजाती, मुस्लिम र कर्णालीबासि “सिमान्तकृत” हरुको अजेण्डा लाइ सम्बोधन नगरी नेपालमा शान्ति आउदैन!

    Reply
  13. Abhaya says:
    January 28, 2015 at 9:26 am

    माधब नेपाल , बाबुरामको विश्वास लाग्छ! तर ओली को पटकै छैन ! किनभने उसको मनसाय भनेको माओबादी लै खत्तम गर्ने मात्र हो. देशमा शान्ति होइन!

    Reply
  14. Guneshwor says:
    January 28, 2015 at 9:09 am

    संबिधान सभामा तोडफोड भएपछी मन खिन्न हुनुको साथै एउटा प्रश्नको उत्तर खोजिरहेको छु. शायद मैले समाचार राम्रोसंग केलाउन सकेको छैन कि – तोडफोडमा संग्लन सभासदहरुलाई कारबाही भयोकि भएन? भएन भने किन? सार्बजनिक सम्पत्ति को तोडफोड गर्नु कसुर हो. Some Public (Crime and Punishment) Act, 2027 (1970) अनुसार कारबाही हुनु पर्ने हो. देशको नाम बदनाम गर्नु र जनताको भरोषामा कुठाराघात गर्नु पनि अपराध हो. अपराधीहरुलाई सजाय हुनु पर्ने. कि उनीहरुलाइ कानून नलाग्ने हो कि!

    Reply
  15. Shankar says:
    January 28, 2015 at 7:45 am

    नेमंग ले ठिक गरे | यो सर्ब सहमति तेस्माथि पनि को सग भन्दा कोइ उत्तर , कोइ दक्षिण ,कोइ पुर्ब फर्केका हरु सग | नेपाल मा त् के दुनिया मा कहिँ पनि न हुने कुरो |
    माकुने र प्रचण्ड प्राय जसो हल मा हिन्दि मुभी हेर्न जान चै सहमति हुने ,अनि देश को बजेट मा हेलिकोप्टर चढेर गाउ गाउ चहार्न र पखाला लाग्दा समिति भेज अस्पताल ( बैंकक ) जान सहमति हुने , संबिधान बनाउन चै सधै किच किच ?

    Reply
  16. Shishir says:
    January 28, 2015 at 7:29 am

    होइन यो सहमति भनेको के हो? कस कसको सहमति चाहिएको हो? कुनै दलको विचार मिल्दैन | ५ बर्ष त्येही सहमतिमा खेर गएको होइन र? बाबुराम त्येही सहमति समिति मा थिए होइन र? किन नसकेको त सहमति गर्न? आफुले गर्न नसक्ने अनि अरुलाइ औला ठड्याएर मात्र हुन्छ ?
    माओबादी मोर्चा लाई जातिय राज्य चाहिने | एमाले र कांग्रेस लाइ त्यो नहुने | मधेशी मोर्चालाई आत्म निर्णय सहितको स्वायत्त मधेश प्रदेश चाहिने | राप्रपा नेपाललाइ हिन्दु राज्तान्त्रमक अधिराज्य चाहिने | चित्र बहादुर केसीलाई संघियता नै नचाहिने | ड्यास र ध्यास माओबादी लाई संबिधान सभाले बनाएको जस्तो सुकै संबिधान पनि मान्य नहुने | अझै अरु कस कसका के के मागहरु छन् | साचिकै सहमतिमै संबिधान बनाउने हो भने त प्रस्तावना नै यस्तो हुने देखियो
    “जातिय पहिचान युक्त गैर-जातिय संबैधानिक राज्तान्त्रमक अखण्ड धर्म निरपेक्ष संघिय हिन्दु गणतन्त्र नेपाल”
    झन् भित्रका धारा-उपधार सबै राख्दा त “टाउको राँगाको, सिंह गैडाको, पुच्छर बाँदरको, कान हात्तिको, भुँडी सुंगुरको, खुट्टा अक्टोपसको, मुख सुगाको भएको न मान्छे, न जनवार, न थलचर न जलचर, न उड्ने न गुड्ने, न हाँस्ने न बास्ने प्राणी पो बन्ने रहेछ त | साचिकै हामीले खोजेको येही हो त भन्या?

    Reply
  17. joie says:
    January 28, 2015 at 6:20 am

    नेम्वांग को मात्रै हैन कसै को नि ठिक लागेको छैन !!! कसै- कसैले के सोछ्चन रे भने – भगवान ले बुद्धि को एउटा सिंगो डल्लो बनाए रे.. आधा चाही एउटा व्यक्तिलै दिए अनि बाँकि आधा चैहीं अरु सबै मा बाँडे रे !! अहिले एस्तो सोच्ने मा प्रचण्ड, बाबुराम, के पी ओली , रामचन्द्र , सुशील , देउबा, गगन, माधव , झलनाथ, बामदेव, नारायण काजी, कमल थापा, सुभास नेम्वांग, उपेन्द्र यादव, गछादर, महन्थ ठाकुर, अशोक रे, सी के रौत, रामबरण आदि हुन्.. यिनी हरु सबै ले राजनीति बाट सन्यास लिए देखि अलि अरु को कुरा नि सुन्ने मान्छे आए भने सायद हाम्रो देश ले बिस्तारै परिवर्तन देख्थ्यो होला विचार, attitude, र “विकास ” बाट !!

    Reply
  18. Simit gauchan says:
    January 28, 2015 at 3:34 am

    सहमति नै गर्ने हो भने पहिले ६०१ सभासदलाइ बर्खास्त गरि कम खर्चमा सहमति गर किन जनताको सम्पत्तिमा रजाइ गर्छौ चोरहरु ?????
    जसले जनजातिको नाममा पैसा खा को छ तेही भूतले सर्ब साधरनको दिमाग भुटी जातीय राज्य मगाउन हल्ला फिजाएको छ जनजाति ले भुज्नु पर्ने यहि हो
    एक मदेश एक राज्य बनाइ भारतले नेपाल खाने रणनीति तराइ मधेशका राष्ट्वादिले बुझ्नु पर्ने र निर्वाचन प्रणाली शासकीय प्रणाली र न्याय प्रणालीमा कांग्रेस एमाले लचक भए के बिगर्ने थियो कुन्नि !!!!! देश बचाउनु मूल कुरा हो देश रहे हामि हामि रहे देश!!!!!

    Reply
  19. bibek dhakal says:
    January 28, 2015 at 12:16 am

    खै हालेको ठिक होला तर नसुल्झाइयेका मुद्दाहरुलाई पेलेर लान खोजियो भने ठिक नहोला .

    Reply
  20. बशन्त राज says:
    January 28, 2015 at 12:09 am

    एकै आमाको कोख बाट जन्मेका एकै आमाको लाम्टा चुसेका दुई दाजु भाईको ठुलो भय पछि बिचार मिल्दैन अनि सम्पतिमा अम्सबण्डा गर्नु पर्छ कतिपय अबस्थामा सम्पति कित्ता काटमा तलमाथि भो भन्दै हात हालाहाल देखि हत्या सम्म गर्न पुग्छन/ सहमति त्यो पनि ६०१ भिरंगी लागेका सभासदहरुमा एकदम असम्भब छ/ महाभारतको लडाई काकाको छोराहरु आपसमा राज्यकसले सासन गर्ने भन्ने बिबाद कारण भाको थियो / अब यस्तै महाभारत कै लडाई गर्नु भन्दा शभामुखले चाल्नु भाको कदम एकदम सहि छ / मेरो तर्फ बाट हातको बुडी औला माथि पट्टि सभामुख को कदमलाई लियर /
    अझ मिल्छ भने त्यो कुर्शी भाच्ने सभासदको तलब बाटनै तो समसदमा भाको हानी नोक्सानी को भरपाई गर्नु पर्छ / अनि सार्बजनिक सम्पति तोडफोड गरेकोमा जेलमा हाल्नु पर्छ / सर्बसाधारणले सार्बजनिक सम्पदा अथवा सम्पतिमा हानी नोकसनी गरेको प्रमाणित भय जेल सहित हानी को भरपाई गर्नुपर्ने कानुन छ त / कि त्यो कानुन सर्ब साधारणलाई मात्र लाग्ने त होईन होला ?? त्यो कुर्सि भाच्ने सभासद फोटो सबै मिडियायामा छ प्रमाणको त्यही हो / मात्र प्रहरीमा “कुर्सी भाच्ने सभासद्लाई कारबाही गरी पाउ” भन्दै को निबेदन हाले पुग्छ / नेपाल प्रहरी फेसबुकबाट निबेदन हाल्दा हुन्थ्यो कि ???

    Reply
  21. Priti Rana says:
    January 27, 2015 at 11:59 pm

    एक छिन पख्नोस….जन-युद्ध कसरी सुरु भो ? अकालमा हजारौ मान्छेहरुले किन बलि दिनु पर्यो? आखिर भो के ? केकालागि थियो त्यो लडाई? आखिरमा संबिधान सभाको मागमा आएर टुंगिएको होइन? तेसैकोलागि अरबौ खर्च गरेर संबिधान सभाको चुनाब भा’को होइन? गरिब देशका सोझा जनताहरुलाई लाटोले केरा हेरे जस्तै बनाएर छाडे. माओबादीलाइ जनताले मौका न दिएको होइन र ? तर जनताहरुलाई पाखा लगाएर नेताहरु आफु अरबपति हुने अछ्य्म्म गल्ति गरे. आखिर देशको माया र गरिब जनताको माया त होइन रैछ ? अनि आफ्ना गेडी गुमाउदै गए पछी बर्गीय राजनीतिलाई छोडेर जातीय राजनीतिलाई अगलना पुगे र फेरी पनि गल्ति गरे
    अनि दोश्रो चुनाब….फेरी जनताको पसिनामा रजाइ भो ..जनतामारा नेता, पद लोलुपता बाहेक केहि प्रमाणित गर्न सकेनन. अखिर अब संबिधान आउने बेलामा कुर्सि भाच्ने र जंगली स्वाभाब देखाउने? यहानेर फेरी अर्को गल्ति भो .
    अब पनि संबिधान न ल्याएर फेरी चुनाबमा जाने? यस्ता चुनाब १० वोटा गरे पनि को मन्त्रि बन्ने, कुन पार्टीको राजदूत बनाउने भन्ने बाहेक अरु कुरा हुने छैन. हामी यी भोकाएका ६०१ को झुण्ड , जसलाई संबिधानको स पनि सुनेका chhainan, उनीहरुलाई पालेर बस्ने पक्षमा छैनौ . संबिधान आउनु पर्छ – सहमति मा हुदैन भने कसरि हुन्छ चाहियो

    Reply
  22. Manoj says:
    January 27, 2015 at 11:49 pm

    i am many many happy with subhash nembang , he did what democracy want, what is meaning of democracy , to accept the decision made by mass of people, he is trying to make country get rid of from construction of constitution
    solute again subhash nembang

    Reply
  23. jasmine says:
    January 27, 2015 at 11:47 pm

    ठिकै गरे नेम्बाङ्ग बाजेले…मिले सम्म सहमति नै ठिक हो..अब मिल्दै नमिल्ने एजेन्डा भए पछि त भोट हालेर टुंगो लाउने त हो नि…१०-१५ जना बसेर सहमति मै गर्नु थियो भने किन ६०१ लाइ येत्रो वर्ष पालेको त? माओबादी ले यो सबै पैसा र समय फिर्ता गर्न सक्छ?

    बिचरा नेम्बाङ्ग लाइ पहिला केहि गरेन भनेर कराए..अहिले गर्दा नी किन कराउनु? पहिला कै गल्ति दोहोराई रहेर त कहाँ हुन्छ र? सहमति गर्ने काम दल हरु को जिम्मा हो…सहमति गर्छन भने ठिकै छ नत्र सभामुख को काम चै प्रक्रिया अगि बढाउनु नै हो…

    मेरो यौटा साथी ले भन्थ्यो: शिक्री नलाउने केटी लाइ आफु ले हेरिन्न…शिक्री लाउने केटी ले आफु लाइ हेर्दैनन् ..अनि केटि कहाँ बाट पाउनु त…नेपाली राजनीति को सहमति पनि तेस्तै हो जुन असम्भव छ…

    Reply
  24. Mk says:
    January 27, 2015 at 11:38 pm

    नेम्वांग ज्यु ले अरुलाई दोष दिनु भनेको : ‘ अस्क्छेम सिकर्मी ले ज्यावल लाई दोष दिए जस्तै’ वा ‘गाडी को चालक ले गाडी दुर्घटना गर्दा यात्रुहरु लाई दोष दिए जस्तै’ वा कप्तान ले जहाज दुर्घटना गर्दा यात्री तथा परिचारिकाहरु माथि दोष दिए जस्तै, ‘पानि माथि ओभानो हुनु होइन र ? नैतिकता भए वोहा ले तु. राजिनामा दिनु पर्छ र तेसरी नै रमिते भएर भत्ता र सत्ता पचउने विना कामकाजी ‘देख्नका दाल, खान काकाल’ अन्य सम्बन्धित अधिकारी हरु , जस्तै: रास्ट्रपति , उप्रस्त्रपति आदिले पनि /

    Reply
  25. Priti Rana says:
    January 27, 2015 at 10:23 pm

    एक छिन पख्नोस….जन-युद्ध कसरी सुरु भो ? अकालमा हजारौ मान्छेहरुले किन बलि दिनु पर्यो? आखिर भो के ? केकालागि थियो त्यो लडाई? आखिरमा संबिधान सभाको मागमा आएर टुंगिएको होइन? तेसैकोलागि अरबौ खर्च गरेर संबिधान सभाको चुनाब भाको होइन? गरिब देशका सोझा जनताहरुलाई लाटोले केरा हेरे जस्तै बनाएर छाडे. माओबादीलाइ जनताले मौका न दिएको होइन र ? तर जनताहरुलाई पाखा लगाएर नेताहरु आफु अरबपति हुने अछ्य्म्म गल्ति गरे. आखिर देशको माया र गरिब जनताको माया त होइन रैछ ? अनि आफ्ना गेडी गुमाउदै गए पछी बर्गीय राजनीतिलाई छोडेर जातीय राजनीतिलाई अगाल्न पुगे र फेरी पनि गल्ति गरे
    अनि दोश्रो चुनाब….फेरी जनताको पसिनामा रजाइ भो ..जनतामारा नेताहरुले पद लोलुपता बाहेक केहि प्रमाणित गर्न सकेनन. अखिर अब संबिधान आउने बेलामा कुर्सि भाच्ने र जंगली स्वाभाब देखाउने? यहानेर फेरी अर्को गल्ति भो-जनताको अलि अलि भएको झिनो बिश्वास पनि गुम्यो.
    अब पनि संबिधान न ल्याएर फेरी चुनाबमा जाने? यस्ता चुनाब १० वोटा गरे पनि को को मन्त्रि बन्ने, कुन पार्टीको राजदूत बनाउने जस्ता भाग लगाउने बाहेक अरु कुरा हुने छैन. हामी यी भोकाएका ६०१ को झुण्ड , जसले संबिधानको स पनि सुनेका छैनन्, उनीहरुलाई पालेर बस्ने पक्षमा छैनौ – संबिधान आउनु पर्छ – सहमति मा हुदैन भने कसरि हुन्छ चाहियो .

    Reply
  26. G.K. says:
    January 27, 2015 at 9:53 pm

    दिन मन छ रे’न्त बुढा लाई !! कुन ठाउँ बाट हाल्नी पो थाहा नभा’ रे !! 😀 :पी

    Reply
    1. Shankar says:
      January 28, 2015 at 3:26 pm

      अहिले पनि आन्दाज मै दिएकी जस्तो छ बुढा ले , बन्यो भने चै ठाम मै दिए कि भन्न सकिन्छ |

      Reply
  27. Kamal bishwokarma says:
    January 27, 2015 at 9:30 pm

    ठिक हो नि, देशलाई अनिर्णयको बन्दि बनाएर राख्न मिल्दैन, फेरी पुरा सहमति नै चाहिने भए किन चुनाव गरेको! संविधान सम्मत कुरालाई रोक्न मिल्दैन !

    Reply
  28. Jha says:
    January 27, 2015 at 8:16 pm

    जे गर्यो ठिक गर्यो; कति जनताको पैसा खानु; दिनु पर्यो नी संबिधान; यो काम नलाग्ने ६०१ लाइ तलब दिनु भन्दा त हामीले तिरेको करको पैसा बिकाशमा त जाला नी; बिकाशमा नै नगएपनि यो ६०१ लाइ चै हाम्रो पैसाको तलब दिनु हुन्न; काम गरेको पो तलब दिनु;
    जय राष्ट्र; जय नेपाल

    Reply
  29. Durga Adhikari says:
    January 27, 2015 at 7:32 pm

    गाईले बाछो पाय नि बाछि पाय नि हामीलाई बिगौती हो/ मेरो बिचारमा ठिक गर्दैछन नेवांगले/ देश र जनतालाई कतिदिन बन्दि बनायर राखने? कसैले त् लिडरशिप लिनै पर्यो नि/ सुरुगरेको काम पुरा गर्लान? त्यो मात्र चिन्ता हो/ यो कामको लागि हामी सर्वसाधारणले समर्थन गर्नु राम्रो होला/

    Reply
  30. Ram C says:
    January 27, 2015 at 7:09 pm

    यो सबैलाई मिलाएर लाने भन्ने कुरा भन्न लाई मात्र ठिक छ गर्न सम्भब छैन. संबिधान सभा मा राजा चाहने र न चाहने लाई कसरि मिलाउने ? गणतन्त्र चाहने र नचाहने कसरि मिल्ने ? सहमति भने पछि सबैको चित्त त बुझानुनु पर्ला नि ? कि आफु को कुरा मिले केहि चाहिदैन ? सँधै सहमति मात्र भनेर देसका विकास का काम हरु रोकी राख्न मिल्दैन तेसैले जे जे मिल्छ तेस्लाई सबैले मिलाएर जाने अनि नमिले का कुरा लाई बिस्तारै मिलाउदै जादा हुन्छ . संभिधान मात्र भनेर जनता लाइ दुख दीही राख्न पायिदैना . नेता को त के हुन्छ र जति पछि तेती भत्ता र पद पाउने चान्स खोज्ने त हो नि .

    Reply
  31. Rajib sangroula says:
    January 27, 2015 at 6:46 pm

    संसदलाई अनिर्णयको बन्दि बनाएर कहिले सम्म राखी राख्ने ? सभामुखले गर्नु पर्ने नै थियो गर्नु भो मलाई त १००% नै ठिक लागेको छ !

    Reply
  32. Navin Rayamajhi says:
    January 27, 2015 at 6:45 pm

    केही गर्दा पनी नभएपछि के गर्ने त्?

    Reply
  33. Baaje says:
    January 27, 2015 at 5:43 pm

    सुचनेले गर्ने नहुने काम गरे, उनको यो निर्णयले देशलाई फेरी एउटा नया द्वन्द तर्फ घचेट्न अग्रसर गराएकोछ।
    पाईला पाईलामा नीति नियम उल्लङ्घन गरेर बनाउन खोजिएको संबिधानबाट हामीले के आश गर्ने?
    एउटा कुरा बुझ्न एकदमै जरुरि छ २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान–२०६३ जारी भयो तर त्यसको भोलिपल्टबाट नै तराईमा त्यस संविधानलाई जलाएर मधेस आन्दोलन सुरु भएको थियो। त्यसैले संविधान जारी गरेर मात्र हुदो रहेनछ, हामी दुरदर्शी भएर सोचेनौ भने त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ भन्ने यो नजिर साक्षी छ।

    Reply
  34. anjeet says:
    January 27, 2015 at 5:16 pm

    म एमाले र कांग्रेस को समर्थक त हैन तर अहिले यी दुइ पार्टीले लिएको अडान राष्ट्र हित को लागि एकदमै सहि छ /

    सब का सब नेता हरु सत्तालोलुप छन् , सत्ता को लागि जस्तै राष्ट्र को अहित पनि गर्न पछि पर्दैनन् / अहिलेका घटना क्रमले देशको सबै भन्दा राष्ट्र बादी नेता सुशील र के पी ओली देखिए / सुशील सत्ता छोड्न आतुर छन् के पी राष्ट्र हित बिपरित सम्झौता गरेर सत्ता मा पुग्न चाही रहेका छैनन्

    हामी सबै नेपाली हौ , हाम्रो परिचय /पहिचान नेपाली हो / जात भात पछि सिर्जना गरिएको कुरो हो / अहिले को मुख्य समस्या भनेको अशिछय्या , गरिबी हो / अहिले हट्नु पर्ने भनेको विभिन्न समुदाय बीच रहेको भेदभाद पूर्ण बेबहार , पहुच मा पुगेकाहरुले गर्ने भास्त्राचार , कानुन पालना नगर्ने बनि हो /

    जनजातिको नाम मा राज्य हुदै मा गरिबी हट्ने हैन , सुशाशन हुने हैन / एउटा system बसाउने हो भने बिस्तारै सबैले राज्यको जुन सुकै ठाउमा पनि बराबर अवसर पाउछन / अहिलेको आवसेकता भनेको भास्त्रचार,नाताबाद, किर्पाबाद , कानुन हिनता बिरुद्ध सशक्त आवाज उठाउनु हो

    हामी नेपाली धेरै ‘म’- बादी भयौ , अरुको अधिकार को, स्वोतान्त्राको बारेमा सोच्दैनौ , हामी सिर्फ आफ्नो फाइदा को सोच्छौ , समाजको , रास्ट्रको हित बारे सोचदैनौ

    Reply
  35. deepak says:
    January 27, 2015 at 4:34 pm

    येसरी संबिधान त आउला एक किताब बिमोचन गरे झैँ,तर देश अन्तहीन संघर्ष मा फस्नेछ. ठुलो जनमत लाइ बाहिर राखेर बनेको संबिधान सर्बमान्य huden

    Reply
  36. राज says:
    January 27, 2015 at 4:16 pm

    मलाइ एकदम ठिक लागेकाे छ । धन्यवाद नेम्वाङजी । सहमति सहमति कति सहमति हद हुन्छ नि धैयता ।

    Reply
  37. Rajesh says:
    January 27, 2015 at 3:50 pm

    एकदमै हरामी कदम चालेको हो । नेम्बांगले ठिक गरेनन् ।

    Reply
  38. RM says:
    January 27, 2015 at 3:20 pm

    यो सभामुखको ठुलो भुल हो । सहमतिमा जानु नै उपाय हो ।

    Reply
  39. Prakash says:
    January 27, 2015 at 2:05 pm

    बहुमतमा त नेपाल मा संबिधान कहिले पनि बन्दैन १०० वटा पार्टी हरु (कमै होलान) देश मा सहमति मा कहिले संबिधान बन्ने? जहिले पनि देशलाइ लुटी मात्रै रहने छल हो यो. तेसैले मेरो पुरा समर्थन छ यो प्रकियाको लागि. दुइ तिहाई जनादेश नभएर संसार को कुन देश मा एक तिहाई जनादेश भयो???? कस्तो अचम्म बा? माओबादी हरु जति कुर्ले पनि सहमति मा आउने भए पो सहमति को कुरा गर्नु सहमतिको नाटक गरेर देशलाइ लडाईमा लाने संग के कुरा गर्नु? सहमति हुने भए ६ बर्ष भयो सहमति को संविधान खै? अहिले लास्ट मा आएर किन फेरि बखडा यो? माओबादी भनेकै देश मा लडाई निम्त्याउने पार्टी हो खै जनता ले बुझेको उहिले पनि लडाई मा देशलाई लागेकै हो अहिले पनि लान खोज्दै छ? कहिले बुझ्ने खै? सायद येस्मा पनि प्रभु को खेल होला………..

    Reply
  40. ashish lama says:
    January 27, 2015 at 1:52 pm

    महाभुल गर्यो सुभास ले देशको आदि हिस्सा जनसङ्ख्या रहेको आदिबासी जनजाती मदेशिको भबिस्यमाथी निरङ्कुस्ता लाद्ने कोसिस सुरु भएको छ प्रतिगामी यथास्थिती बादी र्प्परिबर्तन गामिसङ्गको दुरिलाइ दन्दतिरको बाटोमा जाने बनायको छ।तेसैले शुभासको यो कद्म महा गलत हुन!

    Reply
    1. roshan limbu says:
      January 28, 2015 at 4:51 am

      लामाजी मैले बुज्न नसकेको एउटा कुरो है,एक त् मैले तपाइको यो भाषा बुजिना,जातीय पहिचान भनेको क हो? तपाइको जातीय पहिचान छैन? कि तपाई ले लामा भएर लामा जस्तो गरि बच्न पाउनु भएको छैन? आफ्नो चलि आएको रिति सब गर्न पाउनु भाको होला, आफ्नो भाषा बोल्न पाउनु भाको होला,ढुक्क संग यो देश मा हिड्न दुलना पाउनु भाको होला,बोल्न पाउनु भाको होला कम गरेर व्यापार गरेर खान पाउनु भाको होला,आफ्नो धर्म मान्न पाउनु भाको होला अब यो भन्दा ठुलो पहिचान के चाहिएको हो तपाई लाई? मैले म जस्ता जनजाती को बुज्न नसकेको कुरा यही हो,हामीले ले नेपाली भएर बच्न सिकौ यो हो सबै भन्दा ठुलो कुरो, जात जात भनेर क हामी अब यो देश लाई सयौ टुक्रा बनाउने? तपाई को लामा भित्र नि धेरै थरि छन् हाम्रो लिम्बु भित्र पनि धेरै थरि हुन्छन,छेत्री पनि धेरै थरि छन् एसो भनेर हरेक लाई राज्य दिन पर्ने? तपाई जस्ता मुर्ख हरुले गर्दा यो देश को बिकाश नभाको हो अब पनि दोन्द भनेर धम्कि दिने लाई हामी जस्ता साधारण जनता ले सिस्नु पनि लगौचन,हामी लाई देश बिकाश र शान्ति चाहिएको छ,तपाई को जस्तो यो सब्दकोश हेर्नु पर्ने भासन र धम्कि हैन

      Reply
  41. Rajaram says:
    January 27, 2015 at 12:56 pm

    अघिल्लो संबिधान सभा र अहिले को संबिधान सभा को सभामुख एउतै हुन् तर मुखुण्डो फरक फरक. एस्लाई अंग्रेजी मा double standard, अर्थात दोहोरो चरित्र भनिञ्छ. नेम्बांग जी janajaati र pichhadiyeka barga ko hero huna chhodera kaile samma oli ko ghoda hune hun. Hernu chha.

    Reply
  42. Ranaji says:
    January 27, 2015 at 12:12 pm

    एनिहरुलाई
    येस्तई गर्नु पर्छ नत्र कहिलेइ पनि सम्भिधन औदैना
    A

    Reply
  43. Madhav sharan poudel says:
    January 27, 2015 at 11:58 am

    बनदैन,गरने भनने हनुमान पगरी गुथने ढेडु हुने भयो ।

    Reply
  44. karki D says:
    January 27, 2015 at 11:34 am

    दर्जनौ पटक सहमतिको नाममा समय दिदा नतिजा नआएकोले संबिधान बनाउने सिलसिलामा दवाब सिर्जनाको लागिपनि प्रक्रियामा जानु नितान्त जरुरि थियो / समय गुजार्ने सहमति नगर्ने लाइ अरु उपाए छैन /

    Reply
  45. Mk says:
    January 27, 2015 at 11:30 am

    ‘कुराले’ भन्दा ‘काम’ ले वोल्ने हुँदा, हाल सम्म पनि संबिधान बनाउन नसक्नु मुख्येता नेम्वांग को असक्छेमता को पराकस्था हो , येस्मा भलै रास्ट्रपति , उप रास्ट्रपति तथा अन्य धेरै ‘सत्ताधारी -भात्तधारी -सतुवाधारी’ जिम्मेवारी छन् / माओवादी को एक पछि अर्को ऐतिहसिक भुलहरु तथा नेपाली काँग्रेस र ए -माले को सत्ता लोलुपता र जनता हरु को निरीहता आदि हरु को संयुक्त कारण ले गर्दा यो सवै सिर्जना भएको हो कि जस्तो लाग्छ/

    Reply
  46. kamal says:
    January 27, 2015 at 11:28 am

    मलाइ ठिक लागेन किन भने ३० दलिय मोर्चा लाई बाहिर राखेर ल्याएको संविधान सयद आएको भोलि पल्ट बाट झन ठूलो दुर्घटना हुन सक्छ । माओबादी को जनयुद्धको बल मा आएको गणतन्त्र धराप मा पर्न जान्छ क.पि ओलि को उखान टुक्का ले देश चल्दैन देश चलाउन सबै लाई मिलाएर लानु अहिलेको अति आवश्यक कुरा हो ।आधा जन्न्ता लाई पाखा लगाएर ल्याएको संविधान को औचित्व हुदैन जति जति सता पक्ष ले ३० दल लाई पाखा लगाउदै छ उति उति माओबादी एक जुट हुँदै छन किरण त एमाओबादी संग मिलि सक्यो बिप्लब पनि सडक मा आए मिल्न सकेत गरेको छ यस्तो मा संविधान सम्भब हुदैन ।फेरि देश मा रगत बग्न सक्छ देश झन २० बर्ष पछाडी पर्न सक्छ त्यसै ले मिलाएर अघि बढ्नु को बिकल्प छैन सभामुख सुभाष नेम्वाङ लाई।

    Reply
    1. Aryan says:
      January 28, 2015 at 1:47 am

      सडकमा आऊ तिमीहरु अनि जंगल मा जाउ , फोड्ने , भत्काउने अनि बिगार्ने बाहेक के जानेको छ र माओबादीले !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme