Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिचरा, हाम्रा प्रधानमन्त्री सुशील कोइराला

Posted on January 21, 2015January 21, 2015 by Salokya

sushil संविधान सभाको बैठकमा सोमबार मध्यरात जे भयो, त्यो सबले थाहा पाइसके। देशविदेशमा रहेका लगभग सबै नेपालीले थाहा पाएको र टेलिभिजनका भिडियो र मिडियाका फोटोमा देखेको कुरा हो- एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तोडफोड गरे। घम्साघम्सी गरे। मिडियामा अर्को कुरा पनि आयो- एमाले अध्यक्ष केपी ओलीमाथि पनि ताकेर माइकले हानियो। ओली आफैले यो कुरा भनेका थिए। एउटा कुरा भने मिडियामा आउँदै आएन- त्यो दिन प्रधानमन्त्री सुशील कोइरालामाथि भएको हातपात। मिडियामा नआएको कुरा तैँले कसरी थाहा पाइस् भन्नुहोला। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले हिजो राति पठाएको प्रेस विज्ञप्ति र ओलीले गरेको ट्विटमा यो कुरा उल्लेख छ। हेर्नुस् भित्र।

संविधान जारी गर्न हामी कटिबद्ध छाैं…… pic.twitter.com/Vby474IzsG

— K.P. Sharma Oli (@kpsharmaoli) January 20, 2015

pm_aakraman

ल हेर्नुस् त, देशका प्रधानमन्त्रीमाथि भएको हातपातको कुनै न्युज नै बनेन। भन्दै नभनेपछि आफैले थाहा पाएर न्युज बनाउने कुरा पनि आएन। केपी ओलीमाथि माइकले प्रहार भएको कुरा पनि कसैले देख्या होइन, न भिडियोमा न फोटोमा। उनी आफैले नै भनेपछि बल्ल थाहा भएको हो।

तर यहाँ संविधान सभा भित्रै हातपात हुँदा पनि प्रधानमन्त्री चुप रहे। यो घटनाबारे उनको एउटा प्रतिक्रिया पनि सार्वजनिक भएको छैन। घटनाको हिसाबले केपी ओलीमाथि माइक हान्नु र प्रधानमन्त्रीमाथि हातपात हुनुमध्ये दोस्रो घटना समाचारको दृष्टिकोणले पनि महत्वपूर्ण हो। किनभने केपी ओली सत्तारुढ दलको एक घटकका अध्यक्षमात्र हुन् भने सुशील कोइराला जननिर्वाचित प्रधानमन्त्री हुन्।

तर किन बनेन त मिडियामा समाचार ? के त्यो विज्ञप्ति पत्याउँदै पत्याएनन् मिडियावालाले? तर त्यसो हो भने केपी ओलीले भनेको कुरामात्र चाहिँ कसरी पत्याए ? यो पनि अनौठो कुरा भो।

कि भने देशका प्रधानमन्त्री भन्दा एमाले अध्यक्ष केपी ओली पावरफूल हुन् भन्ने कुरा प्रमाणित हुन्छ यसले। प्रधानमन्त्री नाम मात्रका भए। उनको न कुनै अडान छ, न कुनै सिद्धान्त। ओलीले जे भन्यो त्यही हुने भइरहेको छ। अर्थात् ओलीको समाचार बिक्छ। प्रधानमन्त्रीको समाचार बिक्दैन। त्यसैले प्रधानमन्त्री आफैले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूलाई पनि हातपात भएको भनेर लेखिँदा पनि समाचार बनेन। नबिक्ने समाचारलाई मिडियाले पनि किन बनाइराखोस्। यही हो त कारण ? के लाग्छ तपाईँलाई ?

16 thoughts on “बिचरा, हाम्रा प्रधानमन्त्री सुशील कोइराला”

  1. Keshab says:
    January 24, 2015 at 3:11 pm

    जसको शक्ति उसकै भक्ति भन्छन नि ….!!!!

    Reply
  2. प्रणय says:
    January 24, 2015 at 9:39 am

    हातपातै गर्नु ठिक छैन| अनुचित हो| देश बिगार्ने बाजेहरु हुन्, यसमा पनि फिल्हाल दुई मुख्य बाजेहरुमा सुशील र ओली हुन्, यसमा शंकै छैन| कति दिन हो र यी दुई बाजेहरु? माकुने, प्रचंडे, बाबुरामे र अरु मुख आँ गरेर बसिराका छन्|

    Reply
  3. ekraj says:
    January 23, 2015 at 6:37 pm

    एसो हेर्दा यो ६०१ को बथान, काम नलाग्ने, निकम्मा, अल्छि र जाली फटाहा, चोर, र भ्रस्टचारी हरुको गुट मात्र हो र इनको धन्दा भने को ठगेर खाने मात्र हो भन्ने कुरा इनिहरुले घाम भन्दा पनि छर्लंग गरे|
    यस्ता नपुंसक र घोटाला बाज हरुको नेत्रित्य नत देश न देश बाशी लै नै चाहिएको छ| यस्ता समाज बाट बहिस्कार हुन लाएक फटाहा , बेकम्मा ठहरी सकेकोले; इनिहरु आम आत्मा हत्या गरे देश र जनता लाई है सन्चो हुने थियो|
    यसरी आफै एक अर्का सदन भित्रै लडेर मरे पनि देश र जनता लाई बोझ कम हुने थियो र अर्को पटक लुटेरा खाने को संक्य अबस्य पनि कम हुने थियो होला?
    तेही हो गुन्डा र अपराधी हरुबाट अरु केनै आशा राख्न सकिन्छा?

    Reply
  4. BS says:
    January 23, 2015 at 8:39 am

    पीत पत्रकारितामा भर पर्नेहरुले “चीप न्युज” र “क्रेडीबिलिटी” नभएका समाचारहरु छापेर मु..को (क्षणीक) न्यानो अनुभव गर्छन,र यस्ता पत्रिका र पत्रकारहरु धेरै दिन टिक्दैनन / यस्ता समाचारहरु समाजलाइ घातक हुन्छन नै, सर्ब-साधारण नागरिकहरुको मानसिक स्वास्थमा पनि प्रतुत्पादक असर पार्ने पनि हुन्छन / त्यसैले पढ्न पायो भनेर जे पायो त्यही नपढ़ौँ र र सुन्न पायो भनेर जे पायो त्यही पनि नासुनौं / (अनि बोल्न पायो भनेर जे पायो त्यही पनि नबोलौं – बुद्दिमान मानिस कम बोल्छन र बढी सुन्छन / ) चेतनशील हुनुको मतलब बाहीरको चेतना मात्र होइन, आन्तरिक (आफु भित्रको) व्यक्तित्वको पनि बिकास गर्दै ‘सेलेक्टेड रिडीङ्ग’ तथा ‘सेलेक्टेड हियरिङ्ग’ लाइ बिशेष महत्व दिनुपर्छ भन्ने मलाइ लाग्छ /

    Reply
  5. Chiran says:
    January 23, 2015 at 7:45 am

    धनीलाई चैन गरिब लै ऐन , गर्दा एस्तो दसा देश र जनता ले भोग्नु पर्यो . अब सबैलाई कानुनले चालउनु पर्छ एसको लागि संसद बाट नै शुरु गर्नु पर्चा , संसद को पालना नगरे :
    के गर्ने
    मयक ठुलो shor banaunaka लागि हो जसले एसको दुरुपयोग गर्छ तेस्लाई के सजाए वा जरिबाना गर्ने भन्ने बारे येही समयेम कानुन पास गर्नु पर्छ
    १ पटक मायाक दुरुपयोग गर्नेलाई १००००० रुपया
    २ पटक गर्नेलाई ३००००० रुपया र
    ३ पटक गर्नेलाई आर्को पटक संसद हुन बाट बन्चित र 500000 जरिबान गर्नु पर्छ
    नत्र यिनीहरु ज गर्दा पनि छोट छ वनेर जंगली आचरण गर्दै जानेछन .

    चिरन

    Reply
  6. cikale says:
    January 23, 2015 at 3:53 am

    सर्प लै जति दुध खुवाए पनि डस्छ भनेको येही हो .. चुनाब हरेका लाई अहिले सम्म किन येत्रो भाउ दिएको

    Reply
  7. G Sherpa says:
    January 22, 2015 at 1:23 pm

    ए को हो त्यो पितृ लाई हात पात गर्ने ? हात झर्ला है!

    Reply
    1. Shankar says:
      January 24, 2015 at 3:11 pm

      तरुनी देखे अझै मस्किन्छ , पितृ ?

      Reply
  8. Shankar says:
    January 22, 2015 at 8:51 am

    सुसिल बुढी आउला जस्तो सोझा परे ओली ले पाए ओली ले पेल्ने, पु क दा ले पाए पु क दा ले पेल्ने |

    तर उसले उ गराएर उ गर्न खोजेको पनि त् हुन् सक्छ |

    Reply
  9. xyz says:
    January 22, 2015 at 7:50 am

    This is the result of partisan, highly corrupted and mafia dominated media work in Nepal. A goof example is the rise of Rishi Dhamala and Dhamala like characters in Nepal. Democracy needs to be established in media sector as well and then only people can expect impartial, truthful and factual information.

    Reply
  10. Jha says:
    January 22, 2015 at 3:38 am

    यो घटनाको पूर्ण रुपमा माओबादीले जिम्मा लिएर; तोडफोड भएको सामानको छ्यतिपुर्ति तिरेर सबै संग माफी मागेर , सबै देशबासीको चाहना अनुसार संबिधान जारी गर्नु पर्छ, नत्र ……

    Reply
  11. pallbi says:
    January 22, 2015 at 3:37 am

    ठिक गरे छ! साले ६०१ लै लिने राखेर एक एक गरि थोक न पर्छ| यिनी हरु कोइ पनि लाएका छैनन्| यी नि हरु को अन्त्य हुनै पर्छ! बल्ल देश सान्ति र विकास हुन् छ| सब जनता मिलिएर थोक दिए हुन् छ|

    Reply
  12. Mk says:
    January 22, 2015 at 12:06 am

    रामै-राम हरु ले देश लाई राम-राम वनाए , हे राम ! के देख्नु पर्यो ?

    Reply
  13. bibek dhakal says:
    January 21, 2015 at 10:03 pm

    जो बढी भ्रस्ट र दुष्ट छ उही उत्कृष्ट हुन्छ राजनीतिमा अनि चर्चामा आउछन . उदाहारण के पी ओली र उनका पिछलग्गुहरु ( अनपढ गुण्डा महेश बस्नेत जो मन्त्रि सम्म भए )

    Reply
    1. shyam says:
      January 22, 2015 at 10:13 am

      http://www.maheshbasnet.com/ यो वेब साइटमा त महेश बस्नेत कानुनका स्नातक पास गरेका हुन् भनेर लेखेको छ त | तपाई भने हावा भरमा अनपढ भन्नु हुन्छ !

      Reply
  14. Netra Prasad Paudyal says:
    January 21, 2015 at 8:22 pm

    दु:ख लाग्यो प्रधान मन्री सम्मको न्यूज बनेन भनेको पढेर, हिजो माअोवादीले गाउँदेखि सहर सम्म हानेका हजारौं लातहरूको त कहिले न्यूज बन्ला र बाबै! मैले नबुझेको एउटा कुरा नि:

    हाम्रो नेपालमा अफिसियल समय दश बाट पाँच सम्म होइन र भन्या? फेरि अति जरुरि यस्ता मिटिङहरू मध्यरातमा किन गरिन्छ? त्यस्तो रातको समयमा मान्छेको स्वभाव अलि हिंसक हुन्छ। दिनमा जस्तो रातमा दिमाकले काम पनि गर्दैन। फेरि यो बिजुलीपानी लगाएपछि संसारको सबै भन्दा जान्ने बुझ्ने मै हु जस्तो लाग्छ। शरिरमा कता कता बल पनि निस्किन्छ। अनि यि माअोवादी मित्रहरूले बिगतमा रातको समयमा के साह्रो गरेका थिए भन्ने हामीले यति छिटो बिर्सनु भएन। रातको समयमा अारामले बिश्राम गरौं र यस्ता राष्ट्रिय महत्तव राख्ने मिटिङहरू दिउसो अफिसियल समयमा गरौं। दिउसोमा पनि कसैले बिजुलीपानी खाएर अाइ मिटिङमा हुल हुज्जत गर्छ भने त्यसलाई कार्वाही गरौं।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme