Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरे शिव शिव, के देख्नु परेको :P

Posted on December 4, 2014December 4, 2014 by Salokya

hare_shiva भगवान शिवका तपाईँले अनेक रुप देख्नुभो, सुन्नुभो होला।

अनि भगवान शिवका धेरै थरिका मूर्तिहरु पनि देख्नुभो होला।

तर मलाई लाग्दैन, तपाईँले अहिलेसम्म यस्तो खालको रुप भएको कुनै मूर्ति अहिलेसम्म देख्नुभएको छ। यी शिवजीको हातमा मोबाइल छ, अनि सुट प्यान्टमा गजबसित पो ठाँट्टिएका छन् त।


यो फोटो फेसबुकमा विकास धमलाले अपलोड गरेका हुन्। उनले लेखेको जानकारी अनुसार यस्तो मूर्ति काठमाडौँ उपत्यकाभित्र रहेको नख्खुको सिलौटे रेस्टुरेन्टमा छ।
hare_shiva
कस्तो लाग्यो त भगवान शिवजीको यो रुप? आफ्नो विचार तल कमेन्टमा राख्न सक्नुहुन्छ।

33 thoughts on “हरे शिव शिव, के देख्नु परेको :P”

  1. Rocky Baba says:
    January 12, 2017 at 6:24 pm

    Sundar, sanp(snake) lai hataunus: ati sundar. Yo Nakkhu Ko Restaurant ma Madonna auucha milk khana.

    Reply
  2. bk. suman says:
    December 10, 2014 at 5:51 am

    शिव र श‍कर काे हाे भन्दा पनि पहिला अाफूलाई चिनाै । भगवानकाे बच्चा भएछि शरीर त विनाश हुन्छ । शरीरबाट जुन पराभाैतिक तत्व निस्केर जान्छ । म भन्ने तत्व पनि त्यही हाे ।

    Reply
  3. भाई says:
    December 7, 2014 at 9:50 am

    शिवलाई शूट त ठिकै होला … तर अर्को कसैले ले मिनिस्कर्ट लगाको देवी बनाइदियो भने ? कुरो गम्भीर छ !

    Reply
  4. बशन्त राज says:
    December 7, 2014 at 4:48 am

    शिब भनेको को हुन् ? हिन्दु धर्म ग्रन्थ अनुसार कपालमा जटा भयका, त्रीसुल बोक्ने तेस्मा डमरु पनि साथमै हुन्छ, बाघको छालाले सरिर डाक्ने अनि चिसो हिमाल को गुफामा बस्ने (जसलाई कैलास पर्बत भनिने गरिन्छ) साढे बाहन भयका भुत प्रेत संग बस्ने मरेको मानब जलाएको खरानी घस्ने शिब हुन्/ एसको बैज्ञानिक बिस्लेसन यस प्रकार छ/ मानबहरु विकास क्रममा जब मानबले लाज महसुस गर्न थाल्यो त्यो बेला देखि सरिर ढाक्ने गर्न थाल्यो/ अर्को सरिर ढाक्ने कारण जाडो हुने हुदा आदि मानबहरु मरेको जनवोरको छालालाई पोसाकको रुपमा प्रयोग गर्न थालेका हुन्/ आदि मानबको समजमा बाघलाई सक्ति साली जनावोर मा गनिथ्यो/ तसर्थ बाघलाई परास्त गरेरेर बाघको छालालाई पोसाकको रुपमा प्रयोग गर्नु एक बिरता अनि सक्ति को प्रतिक थियो / शिब गुफामा बस्नुको कारण आदि मानब हरु वर्षा हुदा अथवा चिसो मौसम हुदा गुफामा बस्दा तातो महसुस गरे एसबाट क्रमिक विकास को क्रममा आदि मानबको जुन कल्पना गरियो त्यो शिब हुन्/ शिबलाई प्रथम पुरुस पनि भनिन्छ/ अब्रहमिक धर्ममा इदमलाई प्रथम पुरुस अनि उसको हड्डी बाट बनेको हब्बालाई महिलाई प्रथम महिला भन्ने आफ्नै प्रकारको सुरु सुरु को कथा छ/ यो कुरामा सबैको एकमत छैन/ सबैले आफ्नो प्रकारले परीभासित गरेका छ/ हरेक कुरालाई सकारात्मक अनि नकरात्मक २ तरिकाले परिभाषित गर्न सकिन्छ/ भगवान शिवले भंग धतुरो आदि नसालु पदार्थ सेबन गर्नु हुन्छ/ एसको सकारात्मक परिभाषा ” हे मानब हरु नसालु पर्दार्थ मालाई देउ अनि मानब हरु नसालु पदार्थ सेबन नगर्ने, इमान्दार नागरिक बन्नु, खराब चिज मलाई दिनु अनि मानब असल हुनु भन्ने उनको संदेश हो / तर कुतर्क अप व्याख्या गर्ने हरुले शिबले गाजा खान्छन तेसैले म गाजा भाङ्ग आदि खायर शिबको प्रार्थना गर्छु भन्नु मुर्खता पूर्ण परिभासा हो/ “बुज्नेलाई श्री खण्ड नाबुज्ने लाई खुर्पाको बिड बुझेर बुझा पाचाउनेलाई मुसाको लिड ” भन्ने उखान सबैले सुनकै होला ??

    Reply
  5. nisan says:
    December 6, 2014 at 5:02 am

    मलाई येसरी हाम्रो धर्म को अपमान गरेको देखेर रिश उठ्छा ….कसैले पनि अरुको भाबना मा खेल्नु हुदैन …के येशु पनि क्रोस मा आत्महत्या गरेको भनेर भन्दै हिडे के होला..अल्ला लै पनि कराएर पुञ्ज गर्दा वैरो भन्ने..तेही भएर एस्तो कुरा लै सक्हब बनाउनु पर्छ भत्काउनु पर्छ यो मुर्ति ..हामी हिन्दु को लागि ठिक होइन. जाए शिव

    Reply
  6. B.K. Suman says:
    December 5, 2014 at 10:20 pm

    शिव र शंकरमा आकाश र जमिनको फरक छ ।
    शिव निराकार (परमात्मा) र शंकर (आकारी) देवता हुन् ।
    शिव भगवान्, खुदा, अल्लाह, मौला, गड हुन् भने शंकर उसको बच्चा हो अर्थात देवता । शिवरात्री लाई शंकर रात्रि भनेको सुन्नु भा’छ ।

    Reply
    1. bibek dhakal says:
      December 6, 2014 at 1:21 am

      कृष्ण अस्टमि लाइ कन्हैया अस्टमि भन्या नि सुन्या छैन मैले… तर अब कृष्ण र कनैया को फरक थाहा छैन .

      Reply
      1. bk. suman says:
        December 10, 2014 at 5:46 am

        सत्य त्यही हाे । शिव परमात्मा हुन् भने श‌कर उसकाे बच्चा ।

        Reply
    2. Shankar says:
      December 6, 2014 at 2:06 am

      बि के जी
      ‘सब’ (मृत सरिर ) समान भएको ,आफ्नो सरिर लाइ कुनै माया नगर्ने , सांसारिक गतिविधिमा कुनै मतलब न राख्ने , गाँजा , भंग ,धतुरो मा मस्त सिबजी हुन् |

      संकर भनेको हात मा त्रिसुल लिएर त्रिपुरा सुर को बध गर्ने हुन् , फुल टाइम खट्ने , काम्देब लाइ हेरेरै खरानी बनाइदिने | तेसैले सिब भन्दा संकर ठुला हुन् भन्ने मेरो दाबि छ | शंकर लाइ सम्भु पनि भनिने रहस्य म यहालाई जानकारी गराउन चाहन्छु |
      हिन्दि फिल्म बैराग मा पुरानो हिरो ले ” शंकर मेरे कब् होगी दर्सन तेरे ” भनेर क्वाँ क्वाँ रोएको यो लिंक मा हेर्नुस |
      https://www.youtube.com/watch?v=zjCxsZOay24

      Reply
  7. श्रीकर says:
    December 5, 2014 at 10:17 pm

    अब रा. प्रा. पा.ले नेपाल बन्द गर्ने होला लौ न नि!

    Reply
  8. rajesh rai says:
    December 5, 2014 at 8:18 pm

    सिवजिले बोकेको iphone नै हो त कि samsung हो ?

    Reply
  9. Max Thapa, Sydney says:
    December 5, 2014 at 7:21 pm

    कसैलेपनि कसैको आस्था प्रति हसिमजाक गर्नु उचित हुन्न पक्कैपनि भन्ने लागेको छ मलाई त |यस्तै कारणले धेरै ठाउमा धेरै पटक झगडाको बिउ जन्मिएको छ | यो मुर्ति पनि झगडाको बिउ नहोस भन्ने कामना गर्दछु |

    Reply
  10. diwakar says:
    December 5, 2014 at 5:16 pm

    मलाई त राम्रो लाग्यो !! बनाउने ले राम्रै गरि बनाएछ !! बरु शिवजी ले फोन पो कसलाई गरेका हुन् ? संगै पार्वती ले फोन उठाउदै गरेको मुर्ति पनि हुनु पर्ने हो !!!

    Reply
  11. gokul sharma says:
    December 5, 2014 at 2:53 pm

    सबै कुरो भगवान शिव कै हो। हाम्रो सेल फोन, कोट आदी पनि बुढाले नदिकन हामीसंग आएको छैन। भगवान लाई जसरी जुन रुपमा पनि हामीले पुज्न सक्छौ। हामी मान्छे चाँही २००० वर्ष देखी अहिले सम्म कपडा फेर्न सक्ने, भगवान ले फेर्न नसक्ने भन्ने हुँदैन। भगवान लाई यसरी सोच्न सक्ने मुर्तिकार लाई म धन्यवाद दिन चाहन्छु। भगवान भनेकै श्रद्धा हो।

    Reply
  12. Sisir says:
    December 5, 2014 at 12:13 pm

    यो मुर्ति भगवान शिव को हो भनेर कहिँ कतै लेखेको त देखिन्न !!! तथापी जगल्टा पाल्दैमा र साप भिर्दै मा सबै शिव जी हुने पनि होइनन .. एस्तो बिरुपीहरु त शिव रात्रीमा प्रसस्तै देखिन्छन , तेसो हो भने के ति सबैलै भगवान शिब नै भन्ने .. तर जे भए पनि मलाई यो मुर्ति creative लाग्यो .

    Reply
  13. B.k. Suman says:
    December 5, 2014 at 11:49 am

    शिव र शंकर फरक हुन् ा शिव निराकार (परमात्मा) र शंकर (शरीरधारी).

    Reply
  14. लोर्के says:
    December 5, 2014 at 10:43 am

    के भयो त? शिव जी यो मर्त्य लोक को भ्रमण मा आएको बेला येही को चलन को सिको गर्नु भयो / पार्वती लाइ त कल गर्न केलाई मोबिल चाहिन्थ्यो होला र ? तर येही मर्त्य लोक का मनुवा हरु संग येसो गाँजा भाङ्ग को डिल गर्न मोबिल बोकेका होलान /
    एस्तो मुर्ति बनाउने लाइ फासी दिनु पर्छ भन्ने नि लेखेको देखियो / किन दिने ? कसैको बाउले शिव जी लाइ प्रत्यक्ष्य देखेको छ र एस्तो चै हुन्न भन्ने ? खालि फोटो र इन्डियन सिरिअल मा देखाए जस्तो हुनु पर्छ र भगवान ? जस्तो कल्पना गर्यो तेस्तै हुन्छन भगवान / उनको मर्जी ले दुनिया चल्ने भए पछि उनको मर्जी ले धोति लाउन मन लागे नि लाउछन बक्खु लाउन मन लागे नि लाउछन / यो नेपाल खण्ड मा सुकिला मुकिला को प्रभाब देखेर तेही प्रभाब मा परेका हुन सक्छन हाम्रा आराध्य पनि /

    लोर्के

    Reply
  15. लौटन अवधि says:
    December 5, 2014 at 8:41 am

    रछ्याने हरु हिजो जस्तो लाउथ्ये त्येस्तै पो खोज्छन बा हाम्रो शिव ब्रो मोर्डन भएको रछ्याने हरु लाइ पत्तै छैन ! मुर्ति जल्ले बनायेनी क्रियेटिव माइन्ड को लागि धन्यबाद !!!!

    Reply
    1. रामनरेस बंशी says:
      December 5, 2014 at 10:05 am

      कृयटिभ माइण्ड त ठिकै हो। सकरात्मक प्रतिक्रिया। तर रछ्याने चैं कसलाई भन्या? काष्ठकर्मी, लौहकर्मी, शिलाकर्मी, सिकर्मी, डकर्मी भन्न जान्या छैन? बेकुप! नफर्किने अवधि !

      Reply
      1. लौटन अवधि says:
        December 6, 2014 at 8:44 am

        राम नरेस तिमि लाइ के भन्ने ? मानसिक उपचार तिर जादा ठिक होला ! रछ्याने को अर्थ तिम्रा मालिक धर्म भीरु, पाखण्डी, पापै पाप ले भरिएका, रुढिबादी हिन्दु ठेकेदार लाइ भनेको न कि सिप भएका सिल्पी हरु लाइ !!!!

        Reply
        1. Ram Naresh Kurmi says:
          December 6, 2014 at 9:55 am

          मलाई राम नरेश नै भन। अर्को नाम छैन। double standard नि छैन। जाने भए संगै जाम्। तिमी भर्ना हुनु म चैं सलाह लेर फर्कन्छु। रछ्यान् भनेको के हो थाहा छ? जुठेल्नो, कोपराको मुत, थाङ्नाको फोहोर मिल्क्याउने ठाउँ हो। बुज्रुक पल्टिन्छौ? अहिले रातो कुत्तम र कालो कुत्तम जस्तो कुरा गरेर अफ्नो पक्षमा पार्छौ? तिम्लाई तर्कले जितिन्छ!

          Reply
  16. xyz says:
    December 5, 2014 at 7:01 am

    This is modern-day Shiva, remember last time you posted a poster of sexy Laxmi during Tihar festival? One thing that attracted me is not the suit but the ubiquitous mobile in his hand. The commentator named Bikram should be hanged, not the restaurant owner. If you not even have a sense of humour, WTF.

    Reply
  17. Shankar says:
    December 5, 2014 at 4:19 am

    भगवान सिबजी आज माइसंसार मा सुट लगाएर आउनु भएछ | उहालाई पनि त् लाग्यो होला सधै कति बाघ को छाला मात्र ओढ्ने , नाथे सांसद हरु त् सुट लगाएर सांसद मा जान्छ , उहा त् झन् नेपाल चलाउने सक्कली पशुपति नाथ |
    मुर्ति बनाउने ले उहाको गर्ल फ्रेन्ड लाइ किन छुटाएको नि ?
    सिब पार्वती एकान्त मा बसिरहेको बेला आग्नि भिक्ष्या माग्न आउदा सेतो पदार्थ आग्नि ले मात्र पायो ( स्रोत: स्वस्थानी ) , आफुले पाइएन भन्ने झोक देखाएको त् हैन ?

    Reply
  18. bibek dhakal says:
    December 5, 2014 at 12:53 am

    मूर्तिकार बोरो ले गाजा को ट्रीप मा मुर्ति कुदेछां जस्तो छ , कुरो ….

    Reply
  19. Anuradha Poudel says:
    December 5, 2014 at 12:16 am

    मलाई कुनै अनौठो लागेन । लट्टा कपाल त अचेलकाले नि पाल्छन् । निधारमा रहेको धर्सो अचेलका बाहुनले पनि बनाउँछन् । कुरो यत्ति मात्र फरक हो कि उनको घाँटीमा सर्प देखिन्छ । सर्प स्टाइलको मफलरको फेसन चलेको हुन सक्छ । कानका मुद्रा अचेलका ले नि लाउँछन् । समय अनुसार मानिसले सोच्ने शिब फरक हुन सक्छन् । जस्तै बुद्दका कति किसिमका अनुहार भेट्नुहुन्छ तपाँइ थाहै छ होला नि । भुँडे बुद्द लुरे बुद्द नाक चेप्टे बुद्द नाक लामो बुदद् । मान्छेले आफ्नो भगवान जस्तो सोच्छ उस्तै बनाउँछ । कुनले देखेको छ शिबको असली रुप र यहाँ ?

    Reply
  20. puru says:
    December 4, 2014 at 11:32 pm

    भगवानले सुट प्यान्ट नै लगाउदैनन भन्नु चाहि गलत होला कि ? किनभने जगतका रचायितानै उनी प्रभू हुन् अनि सुट प्यान्ट को के कुरा भो र ? आफ़्फ़ानो आस्थाको कुरा हो जसरि हेरे पनि र जुन रुपमा हेरे पनि हुन्छ सच्चा भावना भने हुनु पर्यो तर फोटो चाही झट्ट हेर्दा अड नै लाग्दो रहेछ नि ? आफ्नो देश आफ्नो भेस भन्ने नै यसैले होलानी ? हामीलाई भगवानलाई नौलो भेसमा देख्दा कस्तो कस्तो खल्लो लाग्दो रहेछ, सधै नाङ्गो रुप हेर्ने बानि अथबा भनौ तिघ्रा देखिने गरिको तस्बिर कति सुहाउने हाम्रो आखालाई ? यसको सट्टा धोति लगैदिएको भए कति राम्रो देखिन्थ्यो नि ? तर मोबाएल चाहि चाहिदैन है हाम्रो सिबजीलाइ वाहियात हो यो , आ होस् सुट फुट फुकालिदिउ बाघ छाला र डम्मरु नै ठिक छ हाम्रो सिबजिलाई …..जय कैलाश पते

    Reply
  21. सुगतशरण तुलाधर says:
    December 4, 2014 at 11:11 pm

    यस मुर्ति को पनि दुइतिर मुख अर्थात् पाटाहरु छन –
    नया पुस्ताले पनि आफ्ना आराध्य देवको सेवा-स्तुति गर्न अल्छी नगरोस भन्ने मनसाय भए राम्रो नै भन्नु पर्छ.
    त्यस्तो केहि होइन , केवल आफ्नो रेस्त्रांमा ग्राहक हरुलाई सजिलो संग तान्न मात्र ठड्याएको भए ‘फेशन देव’ भन्दिए हुन्छ.

    Reply
  22. Alikhit says:
    December 4, 2014 at 10:55 pm

    त्यो शिवजी कै मूर्ति हो भन्ने के ग्यारेन्टी छ ? शिवजीको भेष भुषामा सिलौटे रेस्टुरेन्टको मालिकको मूर्ति पनि त हुन सक्छ | आखिर रहरले कुत्कुत्याए पछि जे पनि त गर्न सक्छ मनुस्यले |

    Reply
  23. Rajendra Adhikari says:
    December 4, 2014 at 10:46 pm

    अब कति जना तम्सीने हुन्, शिवजीको Defense गर्न , as if the almighty GOD needs the help of poor humans to defend himself against humiliation of other humans.
    Everyone is entitled to their belief, and so is the man who made this statue.

    Reply
    1. Anshu says:
      December 5, 2014 at 2:48 am

      अंग्रेजी बोलेको मा कुन चैले एक डाउन भोट दिएछ |

      Reply
  24. प्रविण कुमार के.सी. says:
    December 4, 2014 at 10:28 pm

    पहिला पहिला जमाना अर्कै थियो । बाघको हात्ती मृग आदीको छाला घरमा राख्नु सम्पन्नताको प्रतिक मानिन्थ्यो । अब अहिले जमाना बदली सकेको छ । यस्ता जंगली जनावरहरुको छाला तथा अरु अंगहरु बेरेर हिड्न त के घरमा राख्‍न समेत पाईदैन । यदि सबै भि आई पि हरुले जंगली जनावरको छालाहरु पहिरनको रुपमा लगाउन थाले भने बाँकी भएका अलि अलि जंगली जनावरहरु पनि लोप हुने खतरा रहन्छ । त्यसैले महादेवले पनि जमाना अनुसार चल्न सिकि सकेका छन् । बाँकी रह्यो हातमा मोबाईल बोकेको । बिहान खाए बेलुकी पेटभरी खान मुस्किल हुने बर्गलाई त अति आवश्यक बनिसक्यो मोबाईल । त्यो मोबाईल नबोके पृथ्वीको नेपाल खण्डमा घुम्न आएको बेलामा श्रीमती पार्वतीलाई सन्चो बिसन्चोको कुरा पनि त सुनाउनु पर्‍यो नि ।
    अब महादेवको एउटा कुलत गाँजा भाङ छुट्यो भने आउने बर्ष उनि साँडे बाहन छोडेर पल्सर २२० मा अपग्रेड हुने निश्चित छ ।
    भगवान महादेवलाई उत्तरोतर प्रगतिको शुभकामना ब्यक्त गर्न चाहन्छु ।

    Reply
  25. Bikram says:
    December 4, 2014 at 10:26 pm

    एस्तो मुर्ति बनाउनेलाइ त फाशी दिनु पर्नी

    Reply
  26. शशङ् लामा says:
    December 4, 2014 at 10:24 pm

    हाम्रा शिवजिलाई यस्तरी खेलांची गर्ने भनेर खुम बहादुर र मोदनाथले सिलौटे रेष्टुरेन्टका मालिकलाई त्रिशुलले रोप्न बेर लाउंदैन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme