प्रधानमन्त्री सुशील कोइरालाले केही अघि एउटा भाषणमा डा. कुमुद धिताललाई उल्लेख गर्दै राजनीतिक, आर्थिक तथा अन्य विविध कारणले विगत डेढ दशकदेखि मुलुकवाट बौद्धिकताको पलायन भएको अवस्था दर्दनाक विषय बनेको छ, बौद्धिक पलायनता कुनै पनि राष्ट्रका लागि सुहाउने कुरा होइन भने। उनले भने, मुलुकमा अनुकूल वातावरण नभएकाले बाध्य भएर कामको खोजीमा बाहिर जानुपरेको गुनासो सुनिन्छ, तापनि नेपालमा जतिसुकै असहज परिस्थिति आइपरे तापनि नेपाली धर्तीको मुहार उज्यालो पार्न सहज परिस्थितिको वातावरण आफैँले निर्माण गर्दै आफ्नो सीप तथा विज्ञताको उपयोग गर्न आफ्नै मुलुकमा फर्कनुहोस् र मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
आफ्नो देश सम्झी विदेशबाट फर्केका विज्ञहरु भने यहाँको राजनीतिबाट दिक्क भएको एउटा उदाहरण पोखरा विश्वविद्यालयमा देखिएको छ। यस्ता कुरा भाषणमा मात्रै राम्रो सुनिने रहेछ। व्यवहारमा आइपुग्दा त राजनीतिमा नलागेकाहरु विरक्तिने स्थिति हुँदो रहेछ।
ओपन हर्ट सर्जरीमा विद्यावारिधि गर्ने पहिलो नेपाली प्रा. डा. धर्मराज श्रेष्ठ (६२) यतिबेला नेपाल बस्ने नबस्ने दोधारमा छन्। जापानको युनिभर्सिटी अफ रेउकेउबाट सन् १९९२ मा पिएचडी गरेपछि केही वर्ष उनले त्यहीँको विश्वविद्यालयमा अध्यापन गरे। इज्जत थियो, राम्रो कमाइ थियो तर सन्तुष्टि भएन। देशमै केही गर्नुपर्छ भन्ने सोचेर पोखरा फर्के। आफू जन्मेको ठाउँमा एउटा अन्तरराष्ट्रिय स्तरको मेडिकल कलेज स्थापना गर्ने सपना थियो।
उनी देश फर्कँदा भर्खर पोखरा विश्वविद्यालय खुलेको थियो। २००१ देखि प्राध्यापकका रुपमा उनले त्यहाँ पढाउन थाले। तर विगत फर्केर हेर्दा उनलाई बेकार देश फर्केछु भन्ने लाग्छ। ‘दुई वर्षदेखि मेडिकल कलेजको योजना विश्वविद्यालयमा बुझाएको छु तर कसैलाई चासो नै छैन’, कार्डियोलोजिस्ट श्रेष्ठले भने, ‘उपकुलपतिकहाँ गयो, रजिस्ट्रारकहाँ जाउ भन्छन्। रजिष्ट्रारकहाँ गयो रेक्टरकहाँ जाउ भन्छन्। कहाँ कहाँसम्म जाने?’
राजनीतिक आवद्धता नहुँदा प्राज्ञिक निकायहरुमा स्वतन्त्र र व्यवसायिक ढंगले काम गर्नै गाह्रो भएको उनको अनुभव छ। ‘राजनीतिक दलका मान्छेले जे भने त्यही हुने। नियमकानुन कसैले नमान्ने। अब फेरि विदेश नै फर्किन्छु भन्ने सोच्दै छु’, उनले आफ्नो निराशा यसरी व्यक्त गरे।
पोखरा विश्वविद्यालयमा सबैभन्दा सिनियर उनी नै हुन्। तर उनी न भिसी भए, न रजिस्ट्रार, न रेक्टर। यसको एउटै कारण हो, उनी कसैकहाँ आफूलाई पदमा पुर्याइदेउ भन्दै ‘लबिङ’ गर्न जाँदैनन्। कुनै राजनीतिक दलसँग आबद्ध छैनन्।
‘मलाई कुनै पद चाहिएको छैन। म मेडिकल कलेज चलाउन चाहन्छु। कसरी चलाउने, फन्ड कहाँबाट ल्याउने पुरै प्लान दुई वर्षदेखि मेरो हातमा छ। सबैलाई त्यो बुझाएको पनि छु’, उनी भन्छन्, ‘भिसी नै म हुनुपर्ने हो तर म बोलिन। रजिष्ट्रार त मैले नै पाउनुपर्ने हो। तर मेरो स्थान यहाँ रहेनछ। विदेश फर्किन्छु भन्ने सोच्दै छु।’
उनकी श्रीमती जापानमा छन्, छोराछोरी पनि उतै छन्। यहाँ उनी एक्लै बसेका छन्, विद्यार्थीकालदेखिको सपनाले तानेर। जापानी श्रीमतीले उनलाई भन्छिन्, ‘तिमीजस्ता मान्छे त्यहाँ छैनन्। एक्लै तिमी केही गर्न सक्दैनौ। फर्क। यतै आउ।’
पोखरा विश्वविद्यालयमा अख्तियार पसेर मुद्दा दायर गरेपछि पदाधिकारीहरु निलम्बित भए। त्यही निलम्बित पदहरुमा कामु राख्दा चरम राजनीतिकरण भयो। अनि अहिले त्यसैमा लफडा भइरहेको छ। विदेशबाट फर्केकाहरु यसरी निराश हुँदै फेरि विदेशतिरै जानु पर्ने सोचिरहेका छन्। पोखरा विश्वविद्यालयको लफडाबारे पढ्नुस् विस्तृतमा यहाँ क्लिक गरी
Those who succeeded outside won’t be successful in Nepal.If you come up with new idea seniors are going to suppress you.How can they progress.
मेरो एकजना साथी हुनुहुहुन्छ, मास्टर्स पनि पोखरा बिश्वबिध्यालय बाटै गर्नु भाको.. सरकारी छात्रवृत्ति बाट बिदेशमा गयर पी.एच.डी. पनि गर्नु भयो. ऐले फर्केर केहि गरौ, रिसर्च गरौ, भनेर जिउ ज्यान दियर लाग्दै गर्दा कर्मचारी, राजनीतिक दलका भरौटा बिद्यार्थी, फितलो प्रसासन र निकम्मा पदाधिकरिको कारण ले गर्दा दिन दुइ गुना रात चार गुना फ़्रस्टु भैरख्नु भाको छ.. “म पनि नेपाल फर्किन्छु, केहि गरौ मिलेर.. बाताबरण कस्तो छ?” भनेर सोध्यो भने साथीको जवाफ सधै एउतै हुन्छ.. “जे जे गर्न सक्छौ उतै गर, म आफैं येह बस्न गारो छ.. अनावस्यक दबाब, धम्कि, डर को बिचमा काम गर्नु छ, जति कमाइ मेरो स्तर को काम गरेर मैले बिदेशमा कमाउन सक्थें तेस्को ५०% पनि कमाइ छैन, ढुक्क भर आफ्नो काम गर्न पाउनु छैन, एस्तो ठाउमा तिमि के गर्ने सोचेको छौ? जानी जानी एस्तो दल दलमा हाम नाफाला”.. यो त एउटा प्रतिनिधि घटना हो.. यस्ता घटना धेरै सुनेर देखेपछि धेरै थोरै मान्छे मात्र नेपाल फर्किन्छु भनेर आट्न सक्छन.. मैले त सकुला जस्तो लाग्य छैन.. तपाई सक्नुहुन्छ भने जानुहोस.. केहि गर्नुहोस.. सुभकामना..”
‘डाडा पारीको घास हरियो ” भने झैँ नेपाल बस्ने नेपालि लाइ विदेश मा सुखी जिबन र पैसा नै पैसा छ भन्ने लाग्छ , तेस्तै विदेश भोगेका लाइ पैसा र आराम को जिन्दगि देश मै थ्यो भन्ने लाग्छ | तेसैले घास पाउना साथ् देश या बिदेस चर्न थालिहाल्नुस अनि अघाइ न्छ |
विदेश जाने ले के गुमाउछ ?
देश को इस्ट मित्र को माया , चाड बाड को मज्जा , चुनाब को मजा , चिया पसले गफ स्वदेसी ओर्ज्ञानिक खाना को स्वाद , मन्दिर ,मठ को पुजा
लोक दोहोरि युवा ,युवती भए लाइन मार्ने फेसिलिटी
स्वदेश हुनेले के स्वाद पाउदैन ?
स्वच्छ हावापानी ( काठमान्डू को तुलनामा मात्र ), ८०-९० माइ को स्पिड मा हाइवे मा सबारी चलाउने मज्जा ,टिम हर्तन को कफी ( नेपाल मै पनि सायद छ अब ),देसी पढाइ ,खैरिको मुस्कान ( हाम्रा लाइ हेरे भने भुत भुताउदै सराप्न थाल्छन , पोइला लान खोज्यो भने झैँ गर्छन , खैरिलाई हेरे मुसुक्क हासेर हाइ भन्दै हिड द छन् }
छिमेकि मित्रहरु (भारत र चिन ) ले बिदेशियाका हरु start up fund दियर र राम्रो पद प्रतिष्ठा दिने policy लागु गर्दा हाम्रा प्रधान मात्री ले बोल्न त बोले – बोल्नत सार्बजनिक रुप मा कहिले नेपाली नेता ले नराम्रो बोल्छन र (केहि बहेयक ) !!!
राजनीति पनि येति बढीको छ कि मलाई केहि चाहिदैन सुख संग काम गर्न देउ भन्नेलाई पनि – त कुन पार्टी कुन गुट , कुन पछे को अग्रगामी कि प्रतिगामी – भनेर खुट्टा तान्छन …. बिश्वोबिधालय हाना हान, बिभागमा तानातान – कुरो गरेर मात्र के … प्रधानमात्री ले एस्तो आहोवन गर्दा योजना र commitment सहित आउनु पर्थ्यो !!!
जन्म दिने आमा जति गरिब वा दुस्ट भए पनि र जन्म भुमी जति बिकट वा दुखः पाउने ठाउ भए पनि माया आफु नमर्दासम्म लागिनै रहन्छ / उदहारण तुल बहादुर vc को देख्नु भएको नै होला जसलाई बेलाइत रानीले सम्मान गरिरहन्थिन र उनलाइ uk मा बस्ने र उपचारको पुरै बेवस्था थियो र पनि उनले मर्ने बेला मेरै देसमा मर्न चहान्छु भनि नेपाल नै फर्किएको थिय/ नेताले भाषण दिएर सुनाएर देसको उन्नति हुदैन/ सम्पूर्ण नेपालीलाई आफ्नो शिर मात्र ठाडो पार्ने र शान देखाउने प्रविदी हतेर देसको शिर ठाडो बनाउछु भन्ने सोच को साथ काम नगरे सम्म नेपालमा केहि हुनेवालाछैन / म यो लेखमा बर्णन गरिएको जस्तो सोच भएको व्यक्ति (प्रा डा श्रेष्ठ) लाई हृदय देखी salute गर्दछु/
भू पु लाहुरे राम शेरचन u k
पहिले राजा र पञ्च मिलेर देश विगारे भन्थे । दलका पुराण सुनियो । शास्त्रहरूमा नरवली दिन्छन् रे केही ठूला कार्य गर्न भन्थे । कोही काङ्ग्रेश पुराण, कोही एमाले कोही माओबादी कोही पूर्व पञ्च पुराण सुनेर सबै बली दिन तयार कोही लिन तयार । सबैलाई आ-आफ्ना अनुकुलका पुराण राम्रा प्यारा । कहिले जन आन्दोलन १, २, जनयु्द्ध आदिका नाममा नरवली पुराण सुनियो । रगतका होली खेलियो । आ-आफ्नै ताल र शूरमा सुनेका पुराण अनुसार घिच्रो थाप्ने हामी महान जनता । ढोँगी कर्मकाण्ड त्यागेर उत्तर आधुनिक सभ्यताको खोजिमा पार्टीका महामूर्ख पण्डित पुराण गोठ, झाडी रात बिरात केही नभनि अग्रगामी पुराण सुनेका शूरवीर नेपाली हामी । अहिले तिनै महामूर्ख पार्टी पण्डित कोही शस्त्र पण्डित, कोही अस्त्र पण्डित, कोही जातीय महापण्डित । नेताका देववाणी फिक्का हुन थाले पछि जस्ले देववाणी सुन्छ र नेताको झोला बोक्छ त्यो पदमा पुग्छ कुनै बेला त त्यसलाई पनि गाह्रो हुन थाल्यो । हाल जस्ले पण्डित नेतालाई बलियो दक्षिणा दिन्छ उही असल उही विद्वान उही योग्य । यहाँ गिदी युक्त टाउको हैन खोक्रो टाउकोको महत्व छ । नेतालाई देउता देखिदिने र चमार हम्किनेको खाँचो छ । यहाँ दक्ष कुशल हैन गरियो भरिका तेल दल्ने र मोल्नेको महत्व छ ।
राम्रा हैन हाम्रा चाहिएको छ । देश हैन द्रव्य आवस्यक छ । राणाले पढे मान्छे भड्किन्छ भन्थे रे विद्यालय खोलेनन् । अहिलेका महाराणाले पढेकाले भड्काउँछ भन्छन् । अरबमा गधा जोत्न लखट्छन् । विदेशमा फल टिप्न र कार पुछ्न धकेल्छन् । त्यसबाट आएको केहीमा पनि विमानस्थल छिर्दा र निस्किँदा समेत ठूलो ट्याक्स ठोक्छन् ।
ल्याप्चे शिक्षा मन्त्री, डाका र गुण्डा गृह मन्त्री, लुटेरा उद्योग मन्त्री र पाखण्डी विज्ञान मन्त्री बनेपछि पढ्नेको काम किन पर्यो ? भत्काउने ठूलो भए पछि बनाउने किन चाहियो ?
नेपाल फर्केर
ब्यापार गर्न ,उद्दोयोग धन्दा गर्न पार्टीको नेता बा बलियो कार्यकर्ता न समाई हुदैन | ब्यापार ब्यबसाय गर्ने भए डन हरुलाई पनि समौनै पर्यो |
कृषि मा लाग्ने भए ,ल भानु हाल काठमान्डू मा अत्याधिक गोलभेडा खेति भयो , लागत पनि न पाएर कृषक हरु हैरान भए | किनकि बिहार बाट पनि उत्तिकै भित्रेकै छ | अनि कहा छ बजार ?
प्रचण्ड पुत्र को बंगुर पालन , बाबुराम को हुनेवाला बाख्रा पालन , मह को तरकारी खेति , गगन को मासु ब्यापार चै चल्ने कुरा भो | अरुको चै चलेपछि मात्र ये चलेछ भन्न सकिन्छ |
खास कुरा के भने प्रचण्ड पुत्र ले बंगुर को ठाउ मा लंगुर पालेपनि, बाबुराम ले बाख्रा को ठाउमा भंगेरा पालेपनि , गगन ले मासु को ठाउमा पद न पाएका कांग्रेसीको आँसु बेचेपछि पनि ब्यापार त् उनीहरुको चल्छ नै सेलेब्रिती जो परे !
मेरो अनुभव पनि तेस्तै छ | बाहिर गएर स्नातकोत्तर गरे , धेरै अवसरहरुलाइ छोडी नेपाल मै केइ गर्नु पर्छ भनेर नेपाल फर्के | एक वर्ष जति हुन लागिसक्यो, अहिलेसम्म पनि मैले जागिर पाउन सकेको छैन| धेरै गैर सरकारी सस्थाहरुमा आफ्नो biodata बुझाए ..तर हरेक ठाउमा आफ्नो चिनजान भएका मान्छे हरुलाई मात्र राख्दा रैछन ..हुदा हुदा अहिले एउटा NGO मा त graduate नै नभाको व्यक्तिलाइ एउटा रीसर्च scientist को पोजिसन दिईयो …मेरो biodata टोकरी मा मिल्काए..केहि गर्न सकिन्छ त?
उदेक लागेर औछ …
जय होश |
मेरो पनि तपाइको जस्तै कथा थियो शर्मा जी| UN तिर apply गरे तर आफ्नो मान्छे नभए सम्म chance नै छैन| हैरान लागेर क्यानाडा तिर लागियो. अहिले आएर ठिक गरेछु जस्तो लाग्छ|
अहिले नेताहरुको मुखमै झुन्डिएको छ मातृभूमीलाई सम्झेर फर्केउ भन्ने | एक जमानामा नेताहरुको थेगो हुने गर्थ्यो मुठ्ठीभर, कलिलो प्रजान्तंत्र, ग्राण्ड डिजाइन र अहिले यो सुरुभाको छ | बिदेशी लगानीको सुरक्षा र ग्यारेन्टीको लागी विभिन्न कानुन र बिप्पा सम्झौता जस्तै शिप र ग्यान बोकेर मातृभूमिको लागी केही गर्छु भनेर फर्किनेका लागी पनी ब्यबस्था नभए सम्म नेताका चिल्ला भाषण सुनेकै भरमा राजनीतक र प्रशासनिक पहुँच छैन भने स्वदेश नफर्किए हुन्छ |
काम नपाएर राजनीतिमा लागेकाहरुले देश चलाउने भएपछि बौद्धिक पलायन त हुने नै भयो
देश फर्कनुहोस पोलिटिकल पार्टि जोइन गर्नुहोस, रोगी , बुढो अनि असक्त भए पछि प्रधानमन्त्रि बन्नुहोस
बाताबरण बन्छ/ बनाउनु पर्छ/ यो देशका दिमाग, बुद्धि, र तागत नै पलायन भयपछि देशमा बुदापाका रोगि र दरिद्रिहरुमात्र बाकि छन/ अब तपाई नै भन्नुस यो देशको उन्नति कसरि हुन्छ?
नेपाल मा पढेको योग्य मनिष को कुनै कदर छैन र एस्तो अराजक् बाताबरण मा कहिले हुदैन पनि| तपाई आफ्नो अमुल्य समय दुइ कौडी को भ्रस्ट नेता/कर्मचारी को चाकरी गरेर किन फाल्नु हुन्छ (त्यति नगरी यहाँ केहि काम भएको छ ? ) बरु आफ्नो उर्जा – दक्षता को जहाँ कदर हुन्छा जहाँ स्वाभिमान को कदर हुन्छ त्यही जानुहोश |
नेपाली सरकारी वा सरकार संग सम्बन्धित अरु कुनै पनि संघ संस्थामा काम गर्ने कमचारी यति निकम्मा छन् नि तेस्को कुरै गर्नु पर्दैन| यिनी हरु यति सम्म निकम्मा छन् कि भ्रस्टाचार गर्न नपाउने हो भने यिनी हरु कामै गर्दैनन् |त्यसैले विकास बजेट खर्च हुन् नसकेको कुरा तपाई हामीले धेरै चोटी सुनेका छौ| किन त ? किन भने जब भ्रस्टाचार गर्ने सक्ने ठाउँ वा परिस्थिति हुन्दैन, यिनी हरु केहि गर्दैनन् |
यिनी हरु काम गर्न दिनैनन, दि हाले पनि घुस दिनु पर्छ | तपाई कर तिर्न जानुस, तपाई कर लिदैनन र भन्छन मिलाएर ल्याउनुस, मतलब कर कम देखाउने अनि बाँकि रकम उनि हरु लाई दिने |
अनि समाज वा अरु लाई देखाउन हाम्रा पी एम भन्छन स्वदेश आउनुस र देश को लागि केहि गर्नुस | आएर के गर्ने शुशिल दा ? हामी तपाई, राम शरण महत, मृनेन्द्र रिजाल वा राम चन्द्र पौडेलका आफन्त परेनौ ? अनि नेपाली कांग्रेस पनि परेनौ ? अनि लुट पात मचाउने वा बुथ क्याप्चर गर्न सक्ने वा ठेक्का पट्ट बाट लुटेर तपाई क कार्य कर्ता लाई खुवाउन सक्ने मा पनि परनौ ? अनि हामी नेपाल आएर के गर्ने ? प्रा. डा. धर्मराज श्रेष्ठ जस्तै ज्यु को नेपाल मा अति आबस्यक मेडिकल college त्यो पनि आफै fund जुटाएर खोल्ने भन्दा त दिदैनन तपाई का कार्य कर्ता ले अरुले गर्न नै के सक्छ होला र?
देश फर्केर केहि गरौँ भन्ने , उनि जस्ता, धेरै अप्रवाशी नेपाली हरु लाई लाग्ने रहेछ , मलाई पनि लागिरहेछ / तर वोहाँको बेहाल देख्दा, नेपाली राजनीति को गाइजात्रा देख्दा, मनै कुटुक्क हुन्छ ; ‘ न खाउँ दिनभरी को सिकार,, खाउँ , कान्छा बा को अनुहार’ ले समग्र देश लाई हानी नोक्सानी पुर्याई रहेको छ, दुर्भाग्यवस/
नेपालमा यस्तो कथा धैरैका छन् । त्यस मध्ये मपनि यौटा पात्र हूँ ।
नेपालमा दुइ दशक भन्दा बढ़ी स्थायी सरकारी सेवामा कहिलेपनि कुनै प्रश्न सम्मपनि विभाग र मन्त्रालयलाई दिनु न परेको र उपत्यकामा लगभग एक बर्ष बाहेक बाक़ी बर्षहरु बाहिरको जिल्लामा सेवा गरेको थिए । तर नेपालमा सेवामा फर्के पछि थाह पाए कि मलाई त नालायक घोषित गरिसकिएको रहेछ। तसर्थ सो असहज परिस्थितिमा सरकारी सेवाबट तत्काल राजिनामा दिए । कुनै पछुतो छैन ।
यस्तो बेइज़्ज़ती अब आइन्दा योग्य, ईमान्दार, र कर्मशील सेवकहरुको कुनै सरकारी, संस्थान, शिक्षण संस्था लगायत निजी निकायमा न होस् भन्नकालागी केही शब्द लेखेको हुँ ।
डा. मास्के