Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेलो सरकार, लोकगीत निकै छाडा भो !

Posted on November 13, 2014November 12, 2014 by Salokya

बाबुराम भट्टराई सरकारले जनतासँग प्रधानमन्त्री र हेलो सरकार दुई वटा जनतासँग नजिकिने कार्यक्रम सुरु गरेका थिए। जनतासँग प्रधानमन्त्री कार्यक्रममा रेडियो टेलिभिजनबाट प्रत्यक्ष कुरा गर्ने गरिन्थ्यो। त्यो हालका प्रधानमन्त्री सुशील कोइरालाले गरेका छैनन्। तर हेलो सरकार चाहिँ जारी छ। असोज महिनामा केकस्ता उजुरी त्यसमा आए त ? हेरौँ केही प्रतिनिधिमूलक उजुरीहरु।

१) विद्युतसँग सम्बन्धित गुनासाहरु
लोडसेडिङ्ग समय तालिका अनुसार बत्ती नआउने, ट्रान्सफर्मर विग्रेमा लामो समय नबन्ने, नो लाइटमा फोन गर्दा नउठ्ने तथा उठे पनि राम्रो Response नगर्ने, काम हुँदैछ भन्ने तर कहिले नहुने।जस्ता उजुरी आउने गरेका छन्।

२) शिक्षा क्षेत्रमा
गाउँमा शिक्षकहरुले नपढाउने, लामो समयमा विद्यालयमा आई एकैपटक हाजिर गर्ने, भौतिक विकासको लागि आएको रकम प्र.अ. र व्यवस्थापन समितिका अध्यक्ष मिलेर काम नगरी खाने, शिक्षक दरबन्दीमा आफ्ना मान्छे भर्ना गर्ने, एस.एल.सी. लगायतको नतिजा अत्यन्त नाजुक, शिक्षकको सेवालाई नतिजासँग आवद्ध गराउनु पर्ने ।

विश्वविद्यालयले समयमा नतिजा ननिकाल्ने, प्रमाणपत्रमा गल्ती हुने, गुनासो नसुन्ने, उच्च माध्यमिक विद्यालयहरुमा योग्यता नपुगेका शिक्षकहरुबाट पढाउने, संस्थागत विद्यालयहरुले सरकारले तोके अनुसारको कोटामा छात्रवृत्ति नदिने जस्ता गुनासाहरु प्राप्त ।

३) दुरसञ्चारतर्फ
नेटवर्कमा समस्या देखिने, भनेको समयमा फोन नलाग्ने, लागेपनि आवाज नबुझिने, गुनासो गर्दा सुनुवाई नहुने, एस.एम.एस. बाट मौज्दात रकमको जानकारी हुन्छ भने पनि जानकारी नआउने तर पैसा
काटिने जस्ता समस्याहरु ।

४) वैदेशिक रोजगारतर्फ
सरकारले तोकको रकम भन्दा बढी पैसा लिने तर रसिद नदिने, दिएमा तोकेको रकमको मात्र दिने, तोकिएको कम्पनीमा र तोकिएको काम नपाउने गरिएको, रोजगारीमा पठाइदिन्छु भनी रकम लिएर नपठाउने, परिवारको मुख्य सदस्य विदेश काम गर्न गए खर्च नपठाउँदा र सम्पर्क नहुँदा परिवारमा समस्या पर्‍यो, त्यस्ता परिवारका सदस्यलाई फिर्ता गराइयोस, बैदेशिक रोजगारीमा जान के कस्ता कागजात चाहिन्छ, स्पष्ट सूचनाको कुनै आधिकारिक सूचना जारी भएन, सूचना केन्द्र राखियोस्, काममा गएका कम्पनीहरु एक दुई महिनामै बन्द भएर विदेशमा अलपत्र परेका छन्, उद्दार गरियोस्, मृत्यू भएका व्यक्तिहरुको वीमा रकम पाइएन, दुई खालको सम्झौता बनाएर कामदार बिदेश पठाइएको छ कारवाही होस् भन्ने जनअपेक्षाहरु ।

५) सञ्चार माध्यमहरुमा बज्ने गीतहरु (खासगरी लोकगीतहरु) अत्यन्त छाडा र परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । सरकारको ध्यान जानुपर्‍यो।

६. विभिन्न राजनैतिक दल तथा भातृसंगठनहरुले बन्द हडताल गर्दा सरकारले सवारी साधन चलाउन एवं उद्योग कल कारखाना खोल्न भन्ने तर क्षति हुँदा त्यसको क्षतिपूर्ति नदिएकोले तत्काल दिइयोस् ।

७. राष्ट्रिय राजमार्ग जस्तो महत्वपूर्ण सडकमा बाढीले पूल क्षति गर्दा पन हप्तौसम्म मर्मत नगर्ने सरकारको निकम्मापन देखियो । छिटोभन्द छिटा मर्मत र चालु रहोस् ।

८. सहकारीहरुले जनताबाट पैसा उठाएर आफूखुसी खर्च गरेका छ्न्। रकम हिनामिना गरेर भागेका
छन्। यिनीहरुलाई कहिले कारवाही हुन्छ ?

९. बाढी, पहिरो पीडितका नाममा विभिन्न व्यक्ति तथा संघ/संस्थाले रकम उठाएका छन्। त्यो रकम पिडित समक्ष पुगेको छ कि छैन ? अनुगमन कसले गरेको छ ? सहयोग पिडित समक्ष पुगोस्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भ्रष्टाचार‚ गलतकार्य‚ जनतालाई दुख दिने गैरजिम्मेवारपूर्ण कार्य जस्ता गलत प्रवृति विरुद्ध हेलो सरकार ११११ मा फोन वा एस.एम.एस. गर्न वा ११०० मा फ्याक्स गरी आफ्ना गुनासाहरु टिपाउन पनि सर्वसाधारण समक्ष अपिल गरेका छन्।

2 thoughts on “हेलो सरकार, लोकगीत निकै छाडा भो !”

  1. उपासक उदास says:
    November 13, 2014 at 11:07 pm

    छाडा किन भन्नु नि !
    गला र कला भित्र बन्द भएको कृति लाइ विमुक्त गर्नु लाइ ‘विमोचन’ भन्छ.
    अर्थात, वन्धन बाट मुक्त …छोडे पछी गोरु र बोका जस्तै छाडा हुनु स्वाभाविक हैन र ?

    Reply
  2. Shankar says:
    November 13, 2014 at 1:38 pm

    यत्ति पनि गुनासो न गरौ कतै हाम्रो गुनासो उनीहरुको लागि मनोरंजन न बनोस | गुनासो गरेर हुन्न , सियो ले घोचे मात्र यिहरुले सुन्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme