Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनौठो नम्बर प्लेट

Posted on November 12, 2014November 12, 2014 by Salokya

1-IMG_7133
आज काठमाडौँमा एउटा अनौठो नम्बर प्लेट भएको गाडी भेटियो। नेपालको नम्बर प्लेटमा हुने सुरुको अङ्क अञ्चल जनाउने अक्षर हुन्छ। त्यसपछि अङ्क हुन्छ र अन्तिममा हुने वर्णमालाका अक्षरहरुले निजी हो कि सार्वजनिक हो. अथवा सरकारी, संस्थान, पर्यटक वा कुटनीतिक क्षेत्रको गाडी हो भन्ने बुझाउँछ। यो नम्बर प्लेटमा त पछाडि अर्को एउटा अक्षर पनि थपिएको छ। यस्तो नम्बर प्लेट त आजसम्म देखेको थिइनँ।

यातायात व्यवस्था नियमावली हेर्दा पनि यस्तो किसिमको नम्बर प्लेटको व्यवस्था देखिएन। नियमावलीमा यस्तो छ-

numberplate1
numberplate2
numberplate3
numberplate4

त्यसो भए यो कानुनमै नभएको नम्बर प्लेट कसरी आयो होला त ?
1-IMG_7134

यसो यतातिर पनि हेरौँ प्रकाशका अनुसार यो नम्बर प्लेटै नभएको कार कोटेश्वरमा मंगलबार देखिएको हो
no

14 thoughts on “अनौठो नम्बर प्लेट”

  1. Ayush says:
    November 13, 2014 at 3:43 pm

    यो न. प्लेट अस्थाई र परियोजना को लागि हुनु पर्छ मैले यस्ता न. भएका अरु पनि मोटर देखेको छु काठमान्डू एअरपोर्ट क्षेत्र तिर जहा नया परियोजना हरु चल्दैछन |

    Reply
  2. Shreeram says:
    November 13, 2014 at 12:40 pm

    …. जे गरेनी जसो गरेनी हुन्छ नेपालमा …

    Reply
  3. Sailendra Thapa says:
    November 13, 2014 at 10:38 am

    यो “योयो हनी सिङ्ग” भन्ने तोरी लाहुरे को गाडी होला ! :प्या

    Reply
  4. vim says:
    November 12, 2014 at 8:44 pm

    यो समाचार पडेसी घुस लिएर छाडे अनि अर्को पटक गल्ती नगरेस भनेर चेतवानी दिने बाहेक अर्को के नै गर्ने हो र ।

    Reply
  5. saroj says:
    November 12, 2014 at 6:20 pm

    मलाई थाहा भए अनुसार यो गाडी कलंकी कोटेश्वोर रिङ्ग रोड chinese प्रोजेक्ट को गाडी हो .. यो yo yo चै सुजल फूड को chocolete को advertise होला .

    Reply
  6. मणि says:
    November 12, 2014 at 5:08 pm

    यो नम्बर प्लेट हेर्दा निजि, सबारी चाई मालबाहल ट्रक/लोडर/टिपर जस्तो छ| यातायात व्यवस्था नियमावली को खण्ड ‘क’ मा तेस्तो खाल को कुनै पहिचान खुल्ने ‘अक्षर’ मा ‘यो’ छोडौ ‘अ’ सम्म छैन| निकायलाई कति सम्म हेपेको यसको मालिक र ड्राइवरले?
    केहीगरी दुर्घटना भएर मान्छे किच्यो भने प्रत्यक्षदर्शीले यो नम्बर प्लेट भन्यो भने उल्टो त्यो प्रत्यक्षदर्शीलाइ प्रहरी अनि निकायले पागल साबित गराउन सक्छन किनकि स्वाभाविक रुपमा त्यस्तो नम्बर प्लेट सम्बन्धित निकाय मा रजिस्टर भएकै हुन्न| यस्तो अवस्थामा के गर्ने होला? प्रत्यक्षदर्शी छोडौ स्वयम् प्रहरीले (घुस्याहा छैन भने है) तत्काल नै देखे भने के गर्ने?
    निकायलाई छल्न खोजेको अपराधमा यसको मालिक र ड्राइवरलाइ हदै सम्मको कारबाही होस्, यदि यो नम्बर प्लेट वितरण गरिएकै हो भने नियम बिपरित यस्तो उपलब्ध गराउने जिम्मेवार निकायको व्यक्तिलाइ पनि कडा भन्दा कडा सजाय होस्|

    Reply
  7. Binod Subedi says:
    November 12, 2014 at 4:40 pm

    यो कुनै एउटा निर्माण आयोजनाको लागि लिएको गाडी हो. कम भन्सार महसुल तिरेर लिएको सो गाडी आयोजना समाप्त भए पछि फिर्ता लैजानु पर्छ अथवा पुरा भन्सार महसुल तिरेपछि यातायात निएमावाली अनुसारको Number लिएर चलाउन पाहिन्छ

    Reply
  8. purna nepali says:
    November 12, 2014 at 4:40 pm

    डाइबर दाई हन्नी सिंह को ठुलै फ्यान होलान नि त.

    Reply
  9. Lok says:
    November 12, 2014 at 3:17 pm

    Vehichle with this kind of number plates are being used by projects such as Hazma, which is supporting the construction of Dhulikhel-Sindhuli-Bardibas road. These vehicles support the construction of road. If you happen to travel to Sindhuli from Nepalthok, please notice; there are numerous this kind of vehicles.

    Reply
  10. binod sharma says:
    November 12, 2014 at 3:12 pm

    एस्तो number plate मैले पहिला pani देखे को थिए साएद yo भने को योजना हो
    कि

    Reply
  11. Prakash says:
    November 12, 2014 at 1:50 pm

    हेर्दा त ट्रक जस्तो छ, रातो नंबर प्लेट चै कसरि भएछ?

    Reply
    1. Rachindru says:
      November 13, 2014 at 10:44 pm

      प्रकाश जी साच्चै थाहा नभएको हो हजुर लाइ? निजि सवारी साधन रातो प्लेट को हुन्छ, ट्रक पनि, बस पनि, कार पनि, डोजर पनि…..

      Reply
  12. Shankar says:
    November 12, 2014 at 12:50 pm

    तेसो भए गाडी भबिस्य बाट गुडेर बर्तमान मा आएको हो कि या ने कि संघीय नेपाल को गाडी आज राजधानी मा ?

    Reply
  13. Rajendra Giri says:
    November 12, 2014 at 12:42 pm

    आजकल songs मा यो .. यो गरेर RAP Music बनाउने चलन छ .. तेही भएर नम्बर प्लेट पनि modern RAP style मा बनाको होला नि.. हि हि हि – 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme