Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मरीमरी लाइन बस्ने हामी, दुःख गर्ने हामी, १४ करोड रुपैयाँ कमाउने कोरिया, जागिर पाउने जम्मा ३ हजारले

Posted on October 17, 2014 by Salokya

Record-number-of-youths-vie-for-jobs-in-Korea
यो फोटो कोरियाको जागिर खान पाउँला भन्ने आशाले हिलो बाटोमा घण्टौँ लाइन बसी पुलिसको लाठी खाँदै भाषा परीक्षाका लागि फाराम बुझाउनेहरुको हो। झण्डै ५९ हजार जनाले यसरी फाराम बुझाएका थिए। तर अस्ति रिजल्ट हुँदा चार हजारभन्दा कम पास भए। ५५ हजार जना हिस्स। फाराम बुझाउँदा एक जनाले २४ अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ बुझाउनु पर्थ्यो। फाराम बुझाउनेहरुबाट मात्रै १४ लाख १० हजार ४ सय ८० डलर बराबरको रकम (लगभग १४ करोड साढे १० लाख रुपैयाँ)कोरियालीले उठाए। अब हिसाब हेर्नुस् त- १४ करोड कोरियाले कमायो, जागिर जम्मा तीन हजारले पाउने !

EPS KOREA (4)
त्यही पनि यो पास भएका सबै ३ हजार ६ सय ६३ जना नै कोरिया जान पाउने भन्ने हुन्न। उनीहरुले फेरि २५० अङ्कको स्किल टेस्ट नामको अर्को परीक्षामा सहभागी भई त्यसमा पनि पास हुनुपर्छ। स्वास्थ्य परीक्षणमा पास हुनुपर्छ। अनि बल्ल कोरियामा काम गर्न जान पाउँछन्।

१४ करोड रुपैयाँ भनेको चानचुने कुरा होइन। यति धेरै रकम नेपालबाट लिएर के गर्छ त कोरियाले ? भाषा परीक्षा लिने व्यवस्थापन गर्नमात्र यति धेरै रुपैयाँ त पक्कै खर्च हुँदैन। यसको थोरै अंश आगामी दिनमा फाराम बुझाउने प्रक्रियालाई सरल बनाउन उपयोग गरिदिए कम्तिमा घण्टौँ लाइन बस्ने, पुलिसको लाठी खाने जस्ता दुःख त सहनु पर्दैन थियो बिचरा बेरोजगार युवायुवतीले !

अनलाइनबाट फाराम बुझ्ने, फाराम बुझ्ने ठाउँ धेरैभन्दा धेरै राख्ने, भिड व्यवस्थापन गर्ने, शुल्क जुन बैँकमा बुझाए पनि हुने गर्ने – १४ करोड रुपैयाँमा गर्न सकिने कुरा प्रशस्त छन्। हैन, फारामबाट आएको पैसा चोखो नाफा हो भनेर गोजीमा हाल्ने हो भने मात्रै यी कुरा गर्न सकिँदैन। नत्र त सोच्नु पर्दैन ? के हामी नेपाली सँधै गाँठ पनि गुमाउने, बेवकुफ पनि बन्ने !

सम्बन्धित लिङ्क
कोरियाको रोजगारी पाउन आजदेखिको यो संघर्ष
इपिएसमा ५५ हजारभन्दा बढी फेल

16 thoughts on “मरीमरी लाइन बस्ने हामी, दुःख गर्ने हामी, १४ करोड रुपैयाँ कमाउने कोरिया, जागिर पाउने जम्मा ३ हजारले”

  1. b. sharma, korea says:
    October 18, 2014 at 3:34 pm

    २० लाख तिरेर अमेरिका छिर्न मरिहत्ते गर्ने हामि नेपालीहरुको लागि १ लाख तिरेर मासिक कम्तिमा १ लाख कमाई को अवसर दिएको कोरिया लाइ दोष के दिनु खै ? कमजोरी हाम्रै हो, आफ्नै देशमा रोजगारी सिर्जना गर्न नसक्नु !!

    Reply
  2. harka shrestha says:
    October 18, 2014 at 1:11 pm

    अब फ़ेल भय पैसा फिर्ता भन्ने स्कुल हरु को हालत के हुनी हो ???? jau भाई हो पैसा लिन कुद कुद ………?

    Reply
  3. Robin says:
    October 18, 2014 at 9:38 am

    हाम्रा माननीय मन्त्रि महेश बस्नेत ले ३ करोडमा ५० हजारलाई रोजगारी दिन्छु रे |
    येही पैसो दिए हुने रहेछ |

    Reply
  4. Niraj says:
    October 18, 2014 at 1:50 am

    यो त् स्क्याम नै हो| यस्तो तरिकाले उठाएको पैसामा कर खोइ? कसरि लैजान्छ देश बाहिर? यो हाम्रो प्रशासनको कमजोरीले गर्दा हो|
    थाई एम्बेसीले भिसा फी भन्दै करोडौ कमाउँछ| हाम्रो परराष्ट्र मन्त्रालयले थाई सरकार संग रेसिप्रोकल नेगोसिएट गरेर नेपाली राहदानी वाहकलाई ट्रान्जिट र एक हप्ताको बसाई मा भिसा नलाग्ने र थाईलाई पनि नेपालमा सोही सहुलियत दिएको भए नेपालीलाई राहत हुने थियो तर हाम्रो सरकारमा बसेका हरुले यो सोच्ने होइननन| पाण्डे पछि अर्को पाण्डे र जो परराष्ट्र मन्त्रि भए पनि हालत त्यही हो, आफ्नै दुहुनो मात्र सोझ्याउने शिक्षा लिएका छन्|

    Reply
  5. Mk says:
    October 17, 2014 at 11:45 pm

    सरकार ले जत्तिसके छिटो र धेरै रोजगारी सिर्जना गर्नु पर्यो; सभासद तथा मन्त्रीहरुको संख्या तथा तलब भत्ता कटाएर भए पनि / जनमुखी नेता हरु कोहि भए , येही मौका हो गरेर देखाउने /

    Reply
  6. Dhruba Paudel says:
    October 17, 2014 at 5:45 pm

    सतीले सरापेको देस यस्तो हैरानी पाउनु नेपालीको परीचय नै भै सक्यो |
    कसलाई के भन्ने खोइ तिमी हासी रौ
    नेपाली जनता सधै बस्छन रोई

    Reply
  7. kedar says:
    October 17, 2014 at 4:42 pm

    कोरियाले जती नेपाली कोरिया लैजाने हो ति सबैलाई कोरियामा दियिने तलब त नेपाल मै उठाउने रहेछ नेपालीहरु बाटै, कस्तो बाठो कोरिया | भने पछि नेपाली त कोरियामा फ़ोगटमा काम गर्ने दाश पो भएत | हामि नेपालि तेसै गरिब त भाका होइनौं नि | येदी यो झेली तरिका अरब देशहरु र मलेशियाले सिको गरे भने चैं नेपाली खल्तीको धुलो काडछन् |

    Reply
  8. Limbu Haratarah says:
    October 17, 2014 at 4:41 pm

    कोरिया मात्रै बिकल्प ठान्ने मेरा दाजुभाई, गर्ने र गराउनेवाल, सरकार सबै दोषी, लु भन्नुस को चै निर्दोषी? Management site धेरै दोषी

    Reply
  9. तुयू भाजु उदास says:
    October 17, 2014 at 2:53 pm

    युवाको यस्तो बिजोग देखे पछी कुनै पनि दलको मथिंगल किन तातिन्न होला ?
    आफ्नै गाउँ ठाउँमा कुनै एक इलम गराउने वातावरण बनाउन गै.स.स. को ध्यान जान्दैन ?
    नेपालीहरु तसरी नै संधै लुटिने रहोस भन्ने यो देशका नेतावर्गको चाहना हो त ?
    यी 55,000 yuvale कुनै mntri va sinh drvar नै gheryo bhne ke jawab होला ?

    Reply
  10. bhakta says:
    October 17, 2014 at 1:58 pm

    यी कोरियाली हरु पनि डाकै हुन्छन.. अर्थ शोषण त भयो भयो गए पछि श्रम शोषण यति गर्छन ! जता गए पनि लाचार बन्दै जिउनु सिबाए केहि भएन…..

    Reply
  11. डिल्ली says:
    October 17, 2014 at 1:25 pm

    नेपालीले जानेकै गुमेको रकम गन्न त हो । भाषा परीक्षा अघि त कोरियान भाषा कक्षाको तयारी । पास नभए ग्यारेण्टी रकम फिर्ता भनेर पढाउनेहरूसँग अरु कति झ्वाम भा’ होला । भाषा परीक्षाकोलागि लाइन लाग्दा भोक, प्यास, निन्द्रा सबै माया मारेर कतिले त साहूको ऋण काढेर आए होलान् । प्राधिकरणको १७०० जना जागिरेको मागमा १ लाख निवेदन कर्ताले बुझाएको रकम पनि हिसाव गरि हेरौँ त कति निस्किने रहेछ । अमेरिकाको भिषा आवेदनले कति लग्ला ? कोरियाबाट त ३००० जतिले सावाँ, व्याज, प्याजका केही रकम फिर्ता लैजाने छन् । अमेरिकाकालागि त बालुवामा पानी नै हो । सबै हिसाव गर्ने हो भने देशमा भित्रिने भन्दा बाहिरिने रकम बढी निस्किन सक्छ । अरबमा गधा जोत्न जाँदा त लाइन लागेर नेपाली, भारतीय, अरबी दलाललाई खुवाउनु पर्छ भने कोरियामा त पैसो टिप्न जाने ! अक्करमा फलेको चिण्डो टिप्न टाँगोमा र मेहनतको लागानी पर्यो नि ! आफ्नै देशको बाटो अगाडी रहेका कुटनीतिक नियोग अगाडी उभिँदा समेत नेपालीले हप्की खानु पर्छ । टुसुक्क बसेर फारम भर्ने ठाउँ समेत पाउँदैनन् भने नेपालीको काम रुपैयाँ तिरेर पनि अपमानित हुने नै त हो । अब यसमा पनि मन्त्रीले ३००० लाई कोरिया पठाएको उपलब्धिको बखान गाउने छन् भने कोरियनले पनि ३००० जनालाई परोपकार गरेको फुइँ हाँक्ने छन् ।

    Reply
  12. prakash says:
    October 17, 2014 at 12:53 pm

    यो सब सक्ने (देश) ले गर्ने हो र यो कुनै नाैलो कुरा होईन ।बृटिसले गोर्खा भर्तीमा आवेदन दिने सबैलाई लान्छ? लादैन । धन्न यो जाँच दिन पैसा पर्दैन ! त्यस्तै टन्न पैसा तिरेेर- SAT , IELTS , TOEFL , GMAT , GRE दिने सबैले विदेश जान पाउँछन? पाउँदैनन नि हैन? यो विकशित देश हुनुको एउटा लक्षण हो । शायद हांमी विकशित भईदिएको भए हामी पनि आफू सुहाउदो नीति नियम बनाउथ्याै र छानी छानी विदेशी विध्यार्थी\कामदार\नागरिक ल्याउथ्याै होला ।
    हामीलाई त पैसा तिरी तिरी बिदेश नगाई भा’छैन । हाम्रा नेतालाई राष्ट्रिय भन्दा दलगत स्वार्थ मै अल्झदै ठिक छ । अनि हेप्ने भनेकै कम्जोर र निम्छरो लाई त हो नि हामीले पनि !
    यो हाम्रो परिवेशको एउटा दु:खद व्यंगात्मक विरोधाभाषपूर्ण सत्य- खसी\बोकाले बगरेलाई म खाईलाग्दो छु ,मलाई किनेर लग भन्दै पैसा दिदै रुवाबासी गरेको नियती !

    Reply
  13. xyz says:
    October 17, 2014 at 11:06 am

    This EPS is virtually like a ponzi or pyramid scheme to rob poor and innocent and unemployed Nepali youths. I call upon CIAA to undertake necessary investigation and brought to books the culprits engaged in this ponzi scheme. Rs 14 core is not a joke, if one adds on to this figure the money spent by the applicants for language training, efforts, time and other costs – it will become a huge amount. First, people working inside the Department of Foreign Employment must be targeted, this guy called Banstoal was seen on KTV, this man must be booked first. Then comes the South Korean thugs.

    Reply
  14. Subir says:
    October 17, 2014 at 11:00 am

    धेरै नेपालीको पैसा लिने, थोरै लाइ अलि-अलि दिने बाकी ठुलो रकम आफुले राख्ने अनि छानियाका नेपालीको श्रम त सित्तैमा | कोरियन काइदा कस्तो फाइदा ….. बिचार सोझा नेपाली घर मै ठगिने बाहिरै ठगिने | सतिले सरापेको देश ……..

    Reply
  15. sandeep says:
    October 17, 2014 at 10:35 am

    नेपालमा सधै एस्तै हुनेभो ielts , toefl , cae को नाममा गोरा हरुले लूट छन् अब आजकल चै nat , eps -klt को नाम मा एसियनहरुले कमाउन थाले हामी भने सधै हिस्स बुढी खिस्स दात !
    कैले होला TNL ( Test Of Nepali Language ) पास गरेर बिदेसीहरु नेपाल आउनुपर्ने दिन |

    Reply
  16. Radheshyam says:
    October 17, 2014 at 10:30 am

    I don’t think that $24 is expensive.
    If you go to US embassy for tourist visa they will charge NRs 16,000 for Tourist, Business, Transit, Crew Member, Student, Exchange Visitor, and Journalist visas (B1/B2, C1, C1/D, F1/F2, M1/M2, J1/J2, I). The visa fee is very expensive but many Nepalese people apply for US visa whether they get visa or not. If we create jobs inside the country we don’t need to go outside and not need to pay in vain.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme