Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो बिजोग देख्नुपरेको पारसको, राजा जाऊ छोरा बचाऊ!

Posted on October 11, 2014October 11, 2014 by Salokya

paras1
हामी सानो हुँदा एउटा विज्ञापन बज्थ्यो रेडियोमा। एउटाले भन्थ्यो- के गर्नु, आफ्नो त भाग्य नै यस्तो। अर्कोले हप्काउँथ्यो- भाग्य यस्तो होइन, बुद्धि त्यस्तो भन न पुड्के ! भाग्यमा छ भन्दैमा डोकोमा दूध अड्दैन।

थाइल्यान्डको पुलिसले पूर्व युवराजको दुब्लो पातलो ख्याउटे ज्यानमा हत्कडी लगाएर राखेको फोटो देखेपछि त्यस्तै लाग्यो। भाग्यले उनलाई नेपालको राजपरिवारमा जन्म दिलायो। उनका पिता राजा भए। शक्तिशाली राजा भए। गायक प्रवीण गुरुङको दुर्घटना हुँदा पनि गुरुङ आफै उनको कारमुनि आएकोले मरेको जस्तो भयो त्यही भाग्यको कमालले। पारसलाई युवराज बनाउँदा त्यही भाग्यले रत्नाकर डाँका त पछि बाल्मिकी भए भनेर सहानुभूति आयो। तर हुँदाखाँदाकी त्यस्ती राम्री पूर्वयुवराज्ञी हिमानी र छोराछोरीहरुलाई अलपत्र छाडेर ल्याङ्फ्याङ्गे पाराले थाइल्यान्डमा हल्लिँदै हिँडेका उनको पनि भाग्य त्यस्तो होइन, बुद्धि नै त्यस्तो भन्न बाध्य भइयो। केही राजावादीहरु अझै राजा आऊ देश बचाऊ भन्ने नारा लगाउन रुचाउँछन्। अब राजा जाऊ छोरा बचाऊ भन्नुपर्ने बेला भएको छ। लागू पदार्थको दुर्व्यसनबाट मुक्त गराउन परिवारले नै केही कदम चाल्नु पर्दैन? बचाउनु पनि कसरी, लागू पदार्थकै केसमा तीन चोटी पक्राउ परिसकेछ। अब त धरौटीमा पनि छाड्न गाह्रो पर्छ रे।

हेर्नुस् त कति ह्यान्डसम पारसको अहिले के साह्रो बिजोग भएको ! आर्मीको ड्रेसमा ठाँट्टिने पारस अहिले परदेशमा पुलिसको हत्कडी लगाएर बस्नु परेको छ।

paras12
एक जनाले भन्दै थियो- PARAS नामलाई उल्टोबाट पढ्दा SARAP हुन्छ रे। यी यस्तै भएछन् रे। नत्र क्रिकेटका पारस त पारसमणि झैँ चम्किएकै छन्।

32 thoughts on “कस्तो बिजोग देख्नुपरेको पारसको, राजा जाऊ छोरा बचाऊ!”

  1. Prakash Gautam says:
    October 14, 2014 at 8:33 am

    भिरबाट झर्न लागेकोलाई राम राम भन्नु बाहेक अरु केहि गर्न सकिदैन.
    बिचारा हिमानी अनि छोराछोरीहरु …|

    Reply
  2. sheela says:
    October 13, 2014 at 4:54 pm

    अब पारस साहा माथि कमेन्ट लेख्नु भन्दा पनि जीवन रक्षा को लागि हामी सामान्य जनताहरुले केहि पहल गर्नु
    राम्रो होला जस्तो लाग्न थाल्यो| एसको मतलव पारस गतिलो मान्छे भन्न खोजेको चाही पक्कै हैन| उसको नालयेकी पन बाट क्षत विक्षत भएका व्यक्ति लाई थाहा छ
    उस्ले गरेको क्रिया कालाप| सच्है भन्ने हो भने उसले कहिले पायो र सहि सल्लाहकार| सबै चाकडी बाज ले उक्साए मात्र र परिवार ले पनि आफ्नो महत्व कंगछ्या लाई नै प्रार्थमिकता दिए| त्यसैले आज बिदेसी भूमिमा नेपाली को हुर्मत लिलाम हुदै छ| यो नेपाल को स्वाभिमान मा आच आउने कुरा हो| येदि पारस साहा नेपाल आउन चाहन्छन भने म मेरै घरमा राखेर मेरो क्षमताले भायेसम्मको सेवा र उपचार गरेर एउटा अशल नागरिक बनाउन चाहन्छु| यो मेरो मानवता प्रतिको आस्था र सामान्य नेपाली हुनुको कर्तब्य बोध हो | म एउटा नेपाली हुनुको कारण ले मेरो अधिकार पनि हो|

    Reply
  3. cRIS says:
    October 13, 2014 at 11:37 am

    यिनलाई केले लखेटीरहेको छ?! सायद अब जिन्दगी भरि नै लखेटी रहने छ|

    Reply
  4. lax bro says:
    October 13, 2014 at 3:22 am

    मेरो विचारमा पारश netherlands मा गएर बस्यो भने धेरै समस्या हराउने थियो किनभने लेगल रुपमा धेरै सजिलो र स्ववाबिक छ .

    Reply
  5. ramesh says:
    October 12, 2014 at 2:33 pm

    पारस युवराज भैरहेको भए यो अबस्था मा उनि संग रिस उठाथ्यो होला, तर मलाइ त उनको परिवार प्रति अत्यन्तै सहानुभूति जाग्यो, बिशेष गरेर ज्ञानेन्द्र प्रति.
    हेर्नुस त् उनको दुर्भाग्य:
    १) दाजु को परिवार को हत्या को आरोप लाग्यो( येस्मा उनि दोषी नभए पनि,भए पनि )
    २) पुर्खा ले तरवार, साहस र कुटनीति ले बनाएको जोगाएको राजतन्त्र आफ्नै बुद्दि ले गुम्यो.( कहिले काही तास खेल्दा वा आपनो निर्णय ले ५००-१००० नोक्सान हुदा हामि लाइ कति पश्चाताप हुन्छ, आपनो कारण ले राजतन्त्र र आफ्नो गद्दी गुम्दा कस्तो भएको होला उनि लाइ)
    ३) एकातिर जवान बुहारी र कलिला नाती नातिना,को भार अर्को तिर एक मात्र छोरा को त्यो चाल.
    ४) एक मात्र छोरी को घर पनि सन्तोषजनक नहुनु, र ज्वाई भनौदो ले छोरी लाइ दुख दिईरहनु.
    ५) आफ्नो र श्रीमती को स्वस्थ पनि सन्तोषजनक नहुनु.
    ६) कहिले नसुध्रिने छोरो को बिभिन्न ताण्डव सुनी रहनु पर्ने, त्यो पनि बिदेशी भुमि मा.
    मानवता को नाता ले अघिल्लो समय पारस बिरामी हुदा उनको स्वस्थ्सुधार को सबै नेपाली ले कामना गरेकै हुन्, जब उनि आफै एस बारेमा सोच्न सक्देनन भने अरु ले के गर्न सक्छ र? अब उनको सुध्रिने बाटो भनेको आध्यत्मिक बाटो मात्र हो. उनलाई योग गराउने, बिपश्ना ध्यान केन्द्र मा लगेर ध्यान गराउने , सात्विक जिन्दगि को बाटो हो.
    धन्न आत्मबल भएका मानिस रहेछन ज्ञानेन्द्र. मलाई उनि, कोमल र हिमानी प्रति अत्यन्त सहानुभूति जाग्यो.

    Reply
  6. kali says:
    October 12, 2014 at 7:09 am

    साथीहरु गल्ति सबै बाट हुन्छ गल्ति भयो भन्दै मा पारस लई आफ्नो गल्ति सुधार्ने मौका पनि न दिनु यो त झन् ठुला गल्ति भयो नि होइन र ………परिवार र हामी ज़नाता को साथ पाए मा पारस फेरी राम्रा हुन्छन …………………..के पारसलइ आफ्नो परिवार संग बस्ने मन छैन होला र ???? मलाई लाग्छ पारस होम सिक् भएर एस्तो भएको हुनु पर्च ….यो अबस्था मा हामीले पारस को अपनामन होइन सम्मान गर्नु पर६ ……..

    Reply
  7. khem says:
    October 12, 2014 at 2:45 am

    किन कमल थापा केहि बोल्दैन उसको राजा को हबिगत हेरेर पनि !

    Reply
  8. Bam bahadur says:
    October 12, 2014 at 12:03 am

    बिचरा , जनतालाई भुसुना सम्झिनेलाई सजाय पुगेको छैन जस्तोछ !

    Reply
  9. Deepak says:
    October 11, 2014 at 11:30 pm

    पाप लागेको हो, अरु केहि होईन । भाज्ञ र दिमागम यही फरक छ, भाज्ञले उनलाई राजपरिबारमा जन्म दियो, ज्ञानले उनि ग्ँजडी भय ।
    कर्मको फल हो यो!!
    दिपक अधिकारी

    Reply
  10. गगने says:
    October 11, 2014 at 11:30 pm

    दरबार हत्याकाण्ड लगायत को थुप्रै अपराधको प्रायास्चित गर्दै यी जन्तु अब होशमा आउने चाहदैन किनकि जव होसमा आउछ तब आत्माले खुबै पोल्दछ!
    भयको यहि हो बिचारोलाई!
    यी गजडि प्रभुको थुप्रै भक्त भक्तिनी प्रजाहरु थिए ति कताकता गयछन कुन्नि आजकल त साइ सुइ सुनिदैन त गाठे!
    एउटा दह्रो भक्तिनी प्रजा थिइन् त्यो बेल्जिएम तिर कता बस्दि हुन् कुन्नि तिनले यी पारस सरकार अघिल्लो पटक हस्पिटल बाट बचाउन पशुपतिलाई गरेको भाकल पुरा गरिनन् कि क्याहो सरकार को हालात त भोलेबाबाको भक्त नर पिचास जस्तो पो भैगाछन त्!
    आफुले कमाएर भंग धतुरो खान पर्या भयापो कुरा, पुर्खाले जनताको पसिना र रगत लुटेको धन छदैछ जत्तिपनि तेस्मा एञ्जोय गर्न केले रोक्ने?

    Reply
  11. ramesh says:
    October 11, 2014 at 11:11 pm

    ज्ञानेन्द्र र हिमानी प्रति सहानुभूति छ, एस्तो छोरा र श्रीमान कसै लाइ नपरोस.

    Reply
  12. ashok says:
    October 11, 2014 at 10:57 pm

    यस्तो त सत्रुलाई पनि नहोस प्रभु; दु:ख र माया एकै चोटी लग्यो !

    Reply
  13. Rishav says:
    October 11, 2014 at 9:01 pm

    This is what the Royals of Nepal actually are. Thanks for bringing the news out. Hopefully the “royals” of Nepal become better citizens from now on, including that obnoxious old guy who always seems to get a heart attack but keeps surviving.

    Reply
  14. aryan says:
    October 11, 2014 at 8:43 pm

    अमेरिका को होमेलेस जस्तो पो छ यो त.. थुक्क एस्तो गति

    Reply
  15. kedar says:
    October 11, 2014 at 8:39 pm

    आत्मा भएको एउटा मानबले ज्ञानेन्द्रलाई जस्तो पुत्र पिडा
    शत्रुलाई पनी नपरोस भनेर कामना गर्छन,
    तर कर्मको सबै हिसाब राखेर बस्ने दैबले त्यसो भन्दा रहेनछन
    सायद मानवता र न्यायमा देखिने फरक येही होला

    Reply
  16. suzee says:
    October 11, 2014 at 8:39 pm

    राजा भन्ने कोहि हुन्न , तेसैले सब मानिस बराबर हुन्,
    यिनी पारस पनि फगत एक गजेडी हुन्,
    कुरो सकिगो,
    एस्तो कुरोमा टाउको दुखाउनु ठिक देख्दिन,

    सकिन्छ भने बरु हजारौ गरिब आम बाबु का दुर्व्यसनी छोरा छोरी लै केहि गरेर उनीहरुको भबिस्य सुधार्न सकिन्थ्यो कि भन्ने तिर ध्यान दिम ,

    Reply
  17. madan bajracharya says:
    October 11, 2014 at 8:22 pm

    राजपरिवारको सदस्य त् थिय तर उनि युबराज बन्ने राजपरिवारको सदस्य थियनन/पारस जुन बेला जन्मे हुर्के तेतिबेला नेपालको राजपरिवार र ब्यबस्थामा राज्परिबार कालाई कानुन नलाग्ने भयको कारण गलत संगतिमा परेको पारस उद्दण्ड बने/ पछि राजतन्त्र सुध्रिय ब्यबस्था बदले/ त् राजपरिवारका सबै सदस्यको आचरण र ब्यबहार बदले झैँ पारसको आचरण पनि बदलियाको थियो/ बदलियाको व्यवस्थाले कहिले युबराज नबन्ने पारस लाइ युबराज समेत बनायो/ युबराज बने पछि पारस पनि बदैलायाकै देक्गीयाको थियो/ तर फेरी ब्यबस्था र अबस्था बदलियो राजतन्त्र नै उन्मुलन भयो मात्र ज्ञानेन्द्रले मुर्खता गरेर शेर बहादुरको सरकार भंग गरेको कारणले/ शेर बहादुरले पस्छिमी मुलुकको बलियो रास्ट्रको समेत सहयोग र समर्थन पायर आफुले गर्न नसकेको काम गरेर पार्टी र देसमा आफु भन्दा शक्तिशाली र सफल प्रधान मन्त्रि बन्ने देखेकोले गिरिजाले शेर बहादुर लाइ पार्टीको साधारण सदस्य बात समेत न्किस्कासन गरे/ आफुलाई पार्टी बात निकाल्ने गिरिजालाई शेर बहादुरले बाघ झाप्पु दियर सडकमा पुर्यायो/ गिरिजा हिजो र र आजको अराजकता को मूल कारण थिय/ गिरिजाको ४ दलको बिरोध ले शेर बहादुर लाइ केहि नाप्ने थियनन/ शेर बहादुर ले संसद भंग गरेको कार्य असंबैधानिक नभयकोकुरा सर्बोच्च अदालतले समेत फैसला गरि सकेको तेस्मा यमाले जस्तो दोश्रो ठुलो दलको समेत शेर बहादुर लाइ साथ्सा दियको थियो/ त् सदन को काम कार्य मा हस्तछेप गर्न नपाउने राजा ज्ञानेन्द्र ले कुन्नि कसको गलत सल्लाह सुनेर शेर बहादुरको सरकार भंग गरे/ ग्यानेद्र को त्यो मुर्खताको कारणले ग्यानेद्र आफैको गद्दी गुम्यो/ पारसको युबराज पद मात्रै होइन भबिस्य मा राज बन्ने अवसर पनि गुम्यो/ हामीले सानो तिनो दुख आइपर्दा बा सानो तिनो अवसर गुम्दा चुरोट तान्ने रक्सि खाने धेरैले देखेकै कुराहो/पारसको युबराज पद गुम्नु सानो कुरा थियन/ फेरी उद्दण्ड र अरुलाई पिडा दिंदा खुसि हुने व्यक्तिहरु आफै ले कुनै पिडा सहन सक्दैन; उनीहरु मानशिक रुपमा अत्यन्त कम्जोर हुन्छन / पारस अहिले जे बने यसको कारण यहि हो जस्तै लाग्छ/ मेरो त् सहानुभूति छ पारस माथि/ मेरो यो सहानुभूतिको अर्को कारण अचेल देस भित्र अहिले गन्न पनि नसकिने कहिले नसुध्रिने र उहिलेको उद्दण्ड पारस भन्दा महा उदादंड र कानुनको मजाक उदाउने “पारसहरु” पनि हो/

    Reply
  18. Dhan Paija Pun says:
    October 11, 2014 at 5:27 pm

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
    हाम्रो गाजे थाइल्याण्ड मा पुलिस को फन्दा मा छ
    राजा आवो देश बचाओ
    त्याबे गाजे सर्लक्कै बधाओ

    Reply
  19. Dhan Paija Pun says:
    October 11, 2014 at 4:58 pm

    आफ्नै देस को पशुपति मा साधु हरु संग बसेर गजब ले गाजा तानेर
    बसे को भए के को पुलिस ले समात्त्यो र पारसे लाइ पराइ ले कहा चाद्छन त नि गाजे राज कुमार ( जाजे कुमार )

    Reply
  20. वल says:
    October 11, 2014 at 4:37 pm

    प्रबीन गुरुङलाई गाडीले धक्क्का दिएर फेरी रिभर्स गरेर निर्मम रुपमा किल्चेर मार्दा पारसको बचावट गर्नेहरुले अहिले सोच्न पर्छ| प्रबीनका ती निमुखा नाबालक छोराहरु र बिधवी पत्नीको मन कस्तो भयो र कुन पहाड खसे सरह भयो होला पारसको पछि लाग्नेले सोचेको होला? लाखौ हस्ताक्षर बीरेन्द्रमा चढाउदा पनि पारसलाई केही कारवाही भएन| बीरेन्द्र असल राजा हुन् भन्नेले यो कुरा बुझ्नपर्छ| रानी एश्वर्यका भाईहरु सलग्न भएको नमिता हत्याकाण्डमा किन दोषी तोक्न सकिएन? पारसले यो पनि देखेका थिए| त्यसबेला नेपाली जनताको आँखा धुलो हाल्न खोज्दै झुठो साक्षी नराखेर सुधार गर्नतिर लागेको भए सम्भवत आजको अवस्था आउने थिएन| राजतन्त्रको अन्त त्यहीबाट शुरु भएको हो| श्रीमती ५ को समानान्तर सरकार एश्वर्यले चलाउँदा राजा किन मौन थिए?
    दीपेन्द्र र पारसको एडीसी र चम्चाहरु बन्दै जजसले फायदा उठाए उनीहरुको दायित्व के हो? पछिबाट यो साबित भयो ज्ञानेन्द्र दाजु भन्दा पनि असक्षम रहे| उनले आफ्नै पत्नीलाई दशैंमा खुट्टा धोगाएको पनि फोटो निकाले, तैपनि नारीवादीहरु केहि बोलेनन्| हिन्दु संस्कृति ‘रे| बिष्णु अवतार ‘रे| ज्ञानेले दक्षिणकालीमा बलि चढाएर रगतको खोलो बगाउँदा कंहा थिए पशु सरंक्षणवादीहरु? ज्ञानेन्द्रको बढ्दो चडकभडक र जनताले मान्दै आएका हिन्दु संस्कृतिको जनतामुखी मूल सारको सरंक्षण गर्न नसक्नु उनको सामिप्यमा रहेका सल्लाहकारहरुको असफलता हो|
    यी सब उल्लेख गर्नुको उद्देश्य पुर्ब राजकुमार पारसको अहिलेको अवस्था बर्षौ देखिको सही अभिभावकत्वको दुर्भिक्ष, गलत रोल मोडल, विलासिता र अस्वाभाविक लालनपालन, उग्र, भड्किलो र हिंसात्मक व्यवहार प्रतिको निरन्तर हद सहनशीलता र लापरवाहीको परिणाम हो| यसको जिम्मेवारी पारस स्वयम् हुन् तर मुख्यत उनका बाबुलाई अनि केही हदसम्म आमालाई पनि जान्छ| छोरा सल्किदा हुन्, गिरिजासंग लड्न नसक्दा बाबुले राजतन्त्र खत्तम पार्यो, बाबुले छोरोको कर्तुतहरुको कारण राजतन्त्र प्रतिको खस्कदो जन आस्थाले गर्दा राजगद्दी त्याग्न परेको दोष दिंदा हुन्| चेपारोमा बिचरी हिमानी परेकी छिन| धन बैभव मात्र भएर हुँदैन, घर परिवार शान्ति वातावरण अनिवार्य हुन्छ|

    पारसलाई डिटक्स गराउन सबै प्रकारका, मानसिक र औषधिमुलक, इत्यादि विधि प्रयोग गरिनपर्छ| सफा स्थितिमा फर्काउन सम्भव देखिन्छ सही प्रयास गरिए किनभने उनीभन्दा चुर्लुम्म डुबेका साधेको स्थितिमा आएको थाहा पाइएको छ|
    परिवारले मन दरिलो बनाएर पारसलाई कुनै आरोग्य आश्रम, गुम्बा, वाट वा विहारमा सख्त निगरानी साथ् आरोग्य्तालाई लामो अवधि लक्ष्य बनाएर राखे उनको र परिवारको निवारण हुनेछ, नेपाली जनताले फेरी अर्को काण्ड सुन्न पाउने छैनन्|
    नत्र भने हेर्दै जानुस, उनले जेलबाट छुटेपछि थाईल्याण्डले साहरै दुख दियौ भनेर जाऊ तिम्रै नेपाल भनेर डिपोर्ट गरिदिन्छन र फेरी कुन दिन अर्को उद्दण्ड बितण्डा मचाएर आफैलाई समाप्त पार्ने हुन् वा अर्ध समाप्त पार्ने हुन् वा अरुलाई हानि पुर्याउने हुन् केहि थाहा छैन|
    केवल आफ्नो, आफन्त र नाताको घर मात्र होइन, अरु कसैको पनि घर नबिग्रियोस् भन्ने उद्देश्यले यो मन्तब्य राखिएको हो|

    Reply
  21. Bishwaraj says:
    October 11, 2014 at 3:46 pm

    गुहु मा बस्ने कीरालाई- फूलमा राख्दा लडेर गुहुमा नै झर्छ रे- ज्यानमारा पारस त्यस्तै हो- ३२ लक्षन युक्त श्रीमती नानीहरुलाई छाडेर बुढेसकालका बुबा आमालाई रुवाएर आफ्नो यो हालत, पुर्ब युवराजको बद्नाम, देशको बद्नाम I संगीतकार प्रविन गुरुंगको सिन्धुर पुछीएकी बिधुवी श्रीमती र उनका निर्दोस टुहुरा टुहुरीहरु र यस्तै अरु कतिका पापहरु भोग्दै छ- यस्तो छोरा जन्मनु भन्दा- गर्भमा नै तुहुनु बेश I जे होस्, पारस आइसीयोस- देश बचाईसीयोस भन्ने मित्रहरुको लागि खुशीको खबर….!!

    Reply
  22. Amrit Koirala says:
    October 11, 2014 at 3:29 pm

    बिजोग र बेजेत्ति योटै ठाउँमा देक्खियो..

    Reply
  23. तुयू भाजु उदास says:
    October 11, 2014 at 2:48 pm

    उहिलेको उखान झुठो हुँदो रहेनछ त –
    तेल के हेर्नु तेल को धार ; मान्छे के हेर्नु उसको साथि , संगाती र परिवार !
    परिवारले बेलैमा सही संस्कार दिन भ्याएको भए परिन्नथ्यो होला मझधार ?
    अब पछुतो गरेर काम छैन , जब ढुकुटी- चरोले सब कुरो सिध्याई नै सकेछ ;
    निकासको बाटो यौटै – ‘जे हुन्छ राम्रै हुन्छ ‘ भन्दै पशुपतिनाथ को पुकार्नुछ !

    Reply
  24. मान पाण्डे says:
    October 11, 2014 at 2:33 pm

    कमल थापाहरु किना माैन छन् ? उनिहरुको हुनेबाला राजाको यो गति छ , यस्ताका अगाडि कसरि “महाराजको जय!” भन्दै घुंडा टेक्ने होलान्!
    बिचरि हिमानि ! ….

    Reply
  25. nisha says:
    October 11, 2014 at 2:26 pm

    बैगुनी को जीउ पारा देख्दै ज्यान सिरिङ्ग भो होइ होइ हेर्दा हेर्दै सुन्दा सुन्दै एका देश को कथा जस्तो पो भो त पारस को जिन्दगि . खै के गाली गर्नु र ज्ञान unkle लै पनि बुढेश काल को सहारा एउटा छोरो को यो पारा देख्दा कति मन रुदो हो . एस्तो सन्तान को हालत त कसैले देख्न नपरोस भगवान.

    Reply
  26. Nand Kumar says:
    October 11, 2014 at 1:09 pm

    सुध्रिन मानिसलाई एक सजाए काफि छ, तर यो प्राणीत कुकुरको पुच्छर बाह्र बर्षसम्म ढुङग्रोमा हाल्दा पनि बाङ्गीरहेन खालको रहेछ। श्रीमती र लालाबालाको मायासामु कहिल्यै तानीन नसक्ने योत पशु रहेछ। धिक्कार छ यसको जीवनलाई।यस्तो नालायक छोरो अनि श्रीमान कसैको पनि नहोस् भगवान।राजाको काम पाए गर्ने , कि युबराज को काम पाए गर्ने न पाए अपहत्ते गरि मर्ने पारा ठिक भएँन पारस को

    Reply
  27. narayan says:
    October 11, 2014 at 11:30 am

    के गर्नु यो प्रिथिबी को भार ले , जे कर्म गारो तेस्को पाप त भोग्ने पर्छ , यो प्रकिर्तिको निं पनि हो
    उसले कति मान्छे मारो , कतिका बिचल्ली बनायो ,
    चक्र पांडी चालिसेले लेखेका छन्
    जलेको ब्रिकच्ये एउटाले ल़े बनै सारा जलाउदछ
    तेस्तै कुपुत्र पुत्र एउटाले कुले सारा बगाउदछ
    अनि राजा भएर ज्ञानेन्द्रले देश र जनता लाई भन्दा येस्त्ता पुत्रलाई प्रेम गर्नाले गद्दी बाट समेत हात धुनु पर्रों
    कति university study गर्नु भन्दा महाभारत का धिर्तारास्त्र र दुर्योधन को कथा पढेको भय बुद्धि पस्थोकी .
    जन्मे पछि सबै भन्दा ठुलो धर्म भनेको देशप्रेम हो , पुत्र मोहले सबै नकारत्मक भयो
    अचम्म मान्नु पर्दैन जस्तो बुद्दि तेस्तै कर्म , जस्तो कर्म तेस्तै बुद्दि को विकास

    Reply
  28. nimesh, KL says:
    October 11, 2014 at 11:05 am

    जंद्या ! आफु पनि बन्दैन आफ्नो परीवारलाई पनि खुशीमा राख्दैन भनेको सहि रहेछ . धिक्कार छ भूपू युवराज पारसको जीवन राष्ट्रको बोझ मात्रै .

    Reply
  29. roshan says:
    October 11, 2014 at 10:36 am

    ganja is not drugs its a medicine,nepalese people have been smoking ganja for centuries, it heals the mind body and soul,seeing the positive use of it now many countries are legalising the use of marijuana,and in this particular case ganja is not the problem the mental state of former prince is to blame, he is very frustrated and depressed man what he needs is family and good friends around him,i have always heard he is a good at heart but the influence of drugs and alcohol brings the devil out of him,anyways point is he is a guy on a downward spiral and he is nepalese i have sympathies for him and his family especially his kids and wife, may he learn the lesson and come on right path

    Reply
  30. श्रृजना शाह says:
    October 11, 2014 at 10:14 am

    यस्तो नालायक छोरो अनि श्रीमान कसैको पनि नहोस् भगवान। सुध्रिन मानिसलाई एक सजाए काफि छ, तर यो प्राणीत कुकुरको पुच्छर बाह्र बर्षसम्म ढुङग्रोमा हाल्दा पनि बाङ्गीरहेन खालको रहेछ। यस्ती सुन्दर श्रीमती र लालाबालाको मायासामु कहिल्यै तानीन नसक्ने योत पशु रहेछ। धिक्कार छ यसको जीवनलाई।

    Reply
  31. Shankar says:
    October 11, 2014 at 10:11 am

    येसो कलेज , युनि भर्सिटी ज्वाइन गर्नु , कि केहि काम गर्नु केहि कोर्स गर्नु त्यो खालि बस्यो
    अनि एस्तो भयो |
    राजाको काम पाए गर्ने , कि युबराज को काम पाए गर्ने न पाए अपहत्ते गरि मर्ने पारा ठिक भएँन पारस को |

    Reply
  32. Kishor says:
    October 11, 2014 at 10:05 am

    खुइअ …………….अरु त अरु बिबिसीक रबिन्द्र मिश्रहरु मनुज चौधरीको नाममा नेपाल पत्रिकामा स्तम्भ लेख्थ्ये र घुमाउरो पाराले पारस सरकार को चाकरी गर्थ्ये. हरे राम तिम्रो पारस सरकारको त्यो हाल छ तिमि कुन दुनियाँमा छौ . हेल्प नेपालको पैसा पठैदेउ बिचरालै जमानत को खाचो छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme