Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुन फोटो राम्रो, आफै छुट्याउनुस्

Posted on September 25, 2014 by Salokya

photo
नेपालको अस्थिर राजनीतिको एउटा उदाहरण यसबाट पनि देखिन्छ- उता अमेरिकामा बाराक ओबामा नै राष्ट्रपति छन्। यता नेपालबाट हरेक वर्ष उनको निम्तो मान्न पुग्ने नेता भने परिवर्तन भएको भएकै छ। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्क आउने राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले भोज आयोजना गर्छन् वर्षेनी र फोटो सेसन पनि हुन्छ। हरेक वर्ष फोटो खिचाउने नेता फरक फरक हुन्छन्। हेर्नुस् केही फोटो सेसन र कुन फोटो राम्रो लाग्यो र कुन कार्टुन लाग्यो, कमेन्टमा बताउनु होला।

1-PM Koirala with Obama Couple
यो वर्ष सुशील कोइराला। अविवाहित हुनाले एक्लै फोटो सेसन गराए।

परराष्ट्र सचिव अर्जुन बहादुर थापा
पोहोर अर्जुनबहादुर थापा। पोहोर सभामा सहभागी हुन अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी गएका थिए। तर फोटो खिचाउने मौका भने परराष्ट्र सचिव अर्जुनबहादुर थापाले पाए।

baburam
त्योभन्दा अघि बाबुराम भट्टराई र हिसिला यमि।

3950163430_53ba8ac220_z
त्योभन्दा अघि माधवकुमार नेपाल र गायत्री।

48 thoughts on “कुन फोटो राम्रो, आफै छुट्याउनुस्”

  1. Bhoj G says:
    September 27, 2014 at 11:56 am

    मेरो आँखालाई सुशील कोइरालाको फोटो राम्रो लग्यो उसको उच्चाई र हाँसोले होला I मा कु ने को अलि जोकोर देखियो सुटमा नेपाली टोपी तेसैमा उसको कदले गर्दा I बाकी पोसाकमा यो हुनु पर्ने त्यो भएन भन्नु चाहिं वैयत कुरा हो I संसारमा कुन देशको छ आफ्नो सुद्ध राष्ट्रिय पोसाक साथीहरु स प्रमाणको साथ आउनुस रु ५०००० इनाम तपाइलाई I

    Reply
  2. suzee says:
    September 26, 2014 at 4:42 pm

    जे भने नि मलाई चाही सुशील बाजे नै राम्रो , सबै जना मन खुलेर हाँसेका छन्, राम्ररी हेर्ने हो भने !!!!!!!!
    P : S: ओबामा को कार्यकाल को सबै UN सम्मेलन को फोटो हलेहुन्थ्यो नि ,

    Reply
  3. Rupesh says:
    September 26, 2014 at 4:18 pm

    मलाई त सुशील कोइराला नै ठिक लग्यो, नेपाली पोसाकले कति सुहाएको अरु चाही कार्टून लग्यो

    Reply
  4. radha mainali says:
    September 26, 2014 at 3:40 pm

    भाद गाउँले टोपीले नेपालको शान बढाएको छ/

    Reply
  5. JeevanB says:
    September 26, 2014 at 1:07 pm

    ओबामा संग फोटो खिच्ने जो कोहिले पनि पचास हजार अमेरिकन डलर तिर्नु पर्छ भन्ने सुनेको थिए, सायद त्यहि भएर होला हाम्रो नेताहरुले हाँसोमा कन्जुस्याई गरेको, राम्रो चाहि सु को कै छ|

    Reply
  6. Anil Rai says:
    September 26, 2014 at 1:03 pm

    सुशील कोइराला त अफगानिस्तानको हमिद कारजाई जस्तो देखिएको छ . सुट पाईन्ट ठिक छ .

    Reply
  7. rajani says:
    September 26, 2014 at 11:30 am

    उचाई हेरेर सारै रमाइलो लाग्यो

    Reply
  8. Suman says:
    September 26, 2014 at 9:22 am

    कमेन्ट हरु पढेर लाग्छ, बिचरा बाहुन हरुको राष्ट्रियेता तेही दौरा सुरुवालमा अडिएको रहेछ

    Reply
  9. शरद-क्षितिज पारिबाट says:
    September 26, 2014 at 8:56 am

    सबैभन्दा राम्रो सुशिल कोइरालाको फोटो छ भने सबै भन्दा कार्टून माकुने जी को dekhieko छ ! (यो आँखाको हेराइ हो, राजनीति संग नाजोड्नुहोला)

    Reply
  10. aryal says:
    September 26, 2014 at 8:45 am

    All funny except Sushil…try to make your image before you click otherwise u will be funniest ever.

    Reply
  11. rock says:
    September 26, 2014 at 7:51 am

    दौरा सुरवाल र टोपी भन्दा माथि कहिले नउठ्ने भयो नेपाली रास्ट्रियता .

    Reply
  12. bishnu says:
    September 26, 2014 at 6:48 am

    माकुने को सबै भन्दा राम्रो छ ! शुशिल कोइराला नम्बर २ र बाबुराम नम्बर चार !!

    Reply
  13. Dr. Suraj Maskey says:
    September 26, 2014 at 6:35 am

    PM Sushil Koirala is the best.

    Dr. Suraj Maskey

    Reply
  14. shailendra says:
    September 26, 2014 at 5:30 am

    अलि अलि हाईटले गर्दा हो या मुस्कानले गर्दा हो, सुशील बुडालाई अलि सुहाको देखियो, गिरिजा हुन्थे भने कमसेकम हाईट मिल्थियो

    Reply
  15. Dibesh Pradhan says:
    September 26, 2014 at 4:47 am

    फुच्चे देशको प्रधानमन्त्रीहरु फोटोमा फुच्चे नै देखिएको छ त…

    Reply
  16. Bhadra says:
    September 26, 2014 at 3:15 am

    अनुहार र कद त् जस्तो छ त्यो परिबर्तन गर्न सकिने कुरा भएन / सक्ने कुरा फेशन र मुश्कान हो त्यो हेर्दा क्रमश: सुशील ‘ माधब, अर्जुन र बाबुराम छन्, Dr लै त कोटको बटन लगाउन पनि आउँदो रहेन छ शयेद राम्रो टाई छोप्न मन लागेन कि?

    Reply
  17. keshab Gorkhali says:
    September 26, 2014 at 2:40 am

    सुशीलजी त अफगानिस्तान को पोसाकमा होइन र भन्या ?? खोइ मैलेता नेपाली ड्रेस त देखिदिना !!!

    Reply
  18. Basant says:
    September 26, 2014 at 1:57 am

    यी पुत्लाहरुले आफ्नो र आफ्नो पार्टी भन्दा माथि उठेर कहिले सोच्न पनि सकेन अनि काम गर्न पनि तेसैले यिनीहरु फोटोमा देखिए जस्तै मान्छे पनि सानै सोच पनि सानै…कुनै दिन सोच ले ओबामा भन्दा अग्लो भएको हेर्ने दिन चाडै आओस… बिजय दशमीको शुभकामना सबैलाई

    Reply
  19. Sandesh says:
    September 26, 2014 at 1:42 am

    यी चार जनाको तुलना गरेर हेर्दा सुशील काका राम्रा देखिएका छन्.

    Reply
  20. rohan vicram singh says:
    September 25, 2014 at 11:22 pm

    १) प्र. म. शुशिल कोइरालाको नेपाली राष्ट्रिय पोशाकमा ठाटिएर हसिलो अनुहारमा ओबामा बुढाबुढीसंग खिचिएको फोटो राम्रो लाग्यो! उनले सहि नेपालको प्रतिनिधित्तो गरेका छन्!

    २) सचिव अर्जुन बहादुर थापाले न नेपाली पोशाक लगाएका छन् न, उनि हेर्दा नेपाली जस्तो छन्, न त फोटोमा राम्रो संग हास्न सकेका छन्! यो ठिक लागेन!

    ३) बाबुरामको बुढाबुढीको नेपाली पोशाक नै छैन यिनीहरुले नेपालको प्रतिनिधित्तो गरेको जस्तो पनि छैनन्! यिनीहरुको मुहारमा प्रस्ट हाँसो पनि छैन! हिसिलाको फोटो उदेक लाग्दो छ!
    ४) माकुनेले नेपाली पोशाक नलगाए पनि टोपी चै लगाएको रहेछ! माकूनेले पनि हाँस्न चै कन्जुस नै गरेको रहेछ!
    सबै फोटोहरुमा ओबामा दम्पत्ति खुलेर हासेका छन्! हाम्रा नेताहरु चै न आफु हाँस्न जानेका छ न नेपाली जनताहरुलाई खुसि बनाएर हँसाउन सकेका छन्!

    Reply
    1. shreya nepali says:
      September 26, 2014 at 2:38 pm

      रामवरण यादव, परमानन्द झा हरुले आफ्नै मैथिली संस्कृति झल्काउने धोति कुर्ता लगाए भन्ने कत्तिको सुहौछा त रोहण जी? टाएर त बाल्नु हुन्न नि दौरा सुरुवाल लगायेना भनेर?

      Reply
  21. Lohani Indra says:
    September 25, 2014 at 11:08 pm

    अरुको त के कुरा गरे भो र , सुशील दा को फोटो सेसन चाहिं ठिकै लाग्यो .

    Reply
  22. bhusan says:
    September 25, 2014 at 10:45 pm

    Daura Suruwal and kote have given Koirala an upscale personality and identity. His confidence to stand beside world’s strongest leader is clearly noticeable in his wide smile on face.

    check other two PMs and their wives, they look completely nervous, flushed, zero confidence……..and dress look like they are there for a job interview, or a broker agent came to attend house closing.

    Reply
  23. Dharme says:
    September 25, 2014 at 9:30 pm

    सुशील कै फोटो सबै भन्दा राम्रो देखियो.

    Reply
  24. kishor says:
    September 25, 2014 at 8:42 pm

    कोइरालाजी को राम्रो किन कि उहा हास्नु भएको छ | हास्ने मान्छे को दिल खुला हुन्छ जस्तो लाग्छ|

    Reply
  25. शशङ् लामा, न्युयोर्क says:
    September 25, 2014 at 7:41 pm

    तत्कालिन परराष्ट्र सचिव अर्जुन बा थापा नै बढी जंचेका छन् | बाबुरामजीलाई सुटको कोड थाहा नभएको पाइयो| सुटमाथी ढाका टोपी जेरीमा चटनी हाले झैँ भाको छ माधव नेपालको हकमा | सुशिल कोइरालाको ड्रेस देखेर ‘कुन मुश्लिम देशको शासक हो ‘ भनेर मेरो बिदेशी मित्रले सोधेर ल्यायो| हुन पनि कोट बाहिर दौराको फेरो ल्वान्द्रांग झुण्डेको अनौठो देखिँदो रहेछ|

    Reply
  26. YADA says:
    September 25, 2014 at 7:26 pm

    १००% सुशील कोइरालाको राम्रोमा अनि तेस्तै १००% कार्टुनमा माकुने नि हैन त कि कसो /

    Reply
  27. बेखालाल नेपाल says:
    September 25, 2014 at 7:09 pm

    मलाई त ओबामा दम्पति नै सबै भन्दा राम्रो लाग्यो | कस्तो charm छ र handsome छ यी दम्पति| अरु त सबै फाल्तु जोकर!!!!

    Reply
  28. rajesh rai says:
    September 25, 2014 at 6:42 pm

    कुनै पनि राम्रो छैन / मात्र ओबामा

    Reply
  29. शशङ् लामा says:
    September 25, 2014 at 6:19 pm

    बिदेशी मान्यता अनुसार चल्ने हो भने सुट लगाएर उभ्भिन्दा कोटको टाँक अनिवार्य लगाउनु पर्छ | बाबुरामजीको टाइ लीण्ठिङ्ग बाहीर झुण्डीएको राम्रो देखीएको छैन |

    Reply
  30. तुयू भाजु उदास says:
    September 25, 2014 at 4:30 pm

    ओबामा को बराबरी गर्न यी सबले यौटा सानो चुक गरे ;
    झटपट दगुरेर एक हातको स्तुलमा उभिन अल्छी , अरे !

    Reply
  31. Ratna says:
    September 25, 2014 at 4:16 pm

    मलाई पनि पहिलो फोटो मन पर्यो, अरु फोटोमा त नेपालीहरु नै होइनन जस्तो देखिएका छन्, कम से कम माकुनेले टोपी चाही बिर्सियेनछन | दाहाल र भट्टराई त हेर्दै विदेशी | सुशील कोइराला, रामवरण यादव, परमानन्द झा सबै जनालाई राष्ट्रिय पोशाक लाइ रहनु भएकोमा गर्व लागेको छ ; यो परम्परा युग युग सम्म बाँची रहोस |

    Reply
  32. Ale says:
    September 25, 2014 at 3:59 pm

    येदि यो कार्टून प्रतियोगिता हो भने माकुने गायत्री भएको फोटो नम्बर वान |

    Reply
  33. Vijay says:
    September 25, 2014 at 3:33 pm

    बाबुरामले कोटको बटन खोलेको पिटिक्कै सुहाएन है….. ! ओबामा कै देखेर नि सिक्नुपर्छ नि !

    Reply
  34. Prabal says:
    September 25, 2014 at 3:32 pm

    फोटो त कोइराला बुढा कै राम्रो, दौरा सुरुवाल को कमाल!!!!!अरु सब तोरी लाहुरे कार्टून देकिन्चन शिवाय अमेरिकन रास्ट्रपति.

    Reply
  35. डिल्ली says:
    September 25, 2014 at 3:02 pm

    कोही अम्रिकानेहरू पर्यटक, पदयात्रीका त कोही बाइबल महिमा गाउँन, कोही चरेस बोक्न त कोही अर्काको चियो चर्जो गर्न नेपाल तिर भौतारिन्छन् भने कोही चाहीँ फ्री-“भोट” नारा बोकेर नेपाल तिर पसारिन्छन् । केही अम्रिकाने ठुटे नेताहरू हाम्रा बुख्याँचा नेतालाई दर्शन दिन निस्किन्छन् र आदेश दिएर फर्किन्छन् वा जागिर सकिएका अम्रिकाने बुढा नेता तुवाँलो लागेको आँखाले हिमाल हेर्न निस्किन्छन्। मोटर गाडीको धूवाँले डढेको फोक्सोमा हिमालको मोहनी हावा भरेर काल तर्काउन खोज्छन् । हाम्रा सरकारका प्रमुख बुख्याँचाहरू पर्यटक बनेर अम्रिकी अोबामाका दर्शन गर्न छिर्छन् ओबामासँग बसेर फोटो खिच्छन् र ओबामाको विकिरणयुक्त चुम्बकीय शक्ति आफ्नो थाप्लोमा प्रशारण भा’को फुर्ति झार्छन् । विकासको लछारपाटो हैन विनासको झोला बोकेर फर्किन्छन् । सबै नेताले तिर्थाटन गर्दैछन् पालै पालो गरेर । उसपारका यी बुख्याँचा सात समुन्द्र पारकाको आशिष थाप्न खोज्छन् । आशिष थापेर फर्किन भ्या” हुँदैन लाजिम्पाट दरबारले अर्को बुख्याँचा ठड्याइ सक्छ खाल्डे बारीमा । पद निवृत्त हुनु अघि बुख्याँचाहरूलाई राष्ट्रको ढुकुटी तिर्थाटनका लागि खुल्ला पार्छन् भने बाँकी रहेको ढुकुटी पुस्तौँ पछिका सन्ततिकालागि लुकाएर राख्छन् । पालो गरि गरि खाता खोल्न उतै लस्केका हुन् कि यी बुख्याँचा ! कोही खुस्किएको जुइनु जोड्न अम्रिका जान्छन् कोही फोक्सोको झ्याउ र भुडीमा उम्रेको च्याउ उखेल्न अम्रिका पुग्छन् । कुहिसकेको जुइनुमा “बालुवामा पानी” सरी नेपालीको पसिना हालेर पङ्चर भा’को बेलुन टाल्छन् । सबै बुख्याँचाले नेपालीलाई नै तर्साउने हुन् कुन चाहीँ राम्रो भन्नु र खै ?

    Reply
  36. rosi says:
    September 25, 2014 at 2:54 pm

    बाबुराम ले कोट को बटन खोलेको राहेछा. कसै ले पनि सिकयेना माथि को बटन लौन पर्छ भनेर ? हरे प्रधानमन्तरी रे , त्यसति माकुने पनि २ ओटा लागेको छ .

    सुशील कोइराला को ठिकै छ, हाम्रो आफ्नो राष्ट्रिय पोसाक मा पनि छन्

    Reply
  37. Netra Prasad Paudyal says:
    September 25, 2014 at 2:19 pm

    राष्ट्रिय पोसाक लगाएकोले शुसिल कोईरालाको फोटो नै उत्तम लाग्यो। बुढाले हल्का मुस्कान पनि दिएकाछन्। बाबुरामले अाफुलाई सबै भन्दा बुझक्की ठान्छन, तर कोट र टाई लगाएपछि कोटको बटनपनि लगाउनु पर्छ भन्ने कुरा यिनलाई थाहा रहेन्छ। अरू सबै ठिक ठिकै छन्।

    Reply
  38. hridaya says:
    September 25, 2014 at 2:09 pm

    ह__ने लाइ भन्दा देख्ने लाइ लाज भने जस्तो फोटो खिचाउनेलाइ भन्दा हेर्ने लाइ लाज, के कुरा गराई भो र !!

    Reply
  39. Shankar says:
    September 25, 2014 at 2:00 pm

    कुन फोटो राम्रो ? भन्दा फोटो त् सबै राम्रा किनकि एस यल आर ले लिएको फोटो गतिलै देखिन्छ |
    को राम्रो भन्दा चै
    एमाले भए –माकुने ,गायत्री
    कांग्रेस भए – सुसिल
    माउबादी भए -बा रा भ, हि या
    अमेरिकी भए -बाराक , मि

    Reply
  40. khatiwada shankar says:
    September 25, 2014 at 1:36 pm

    सुशिल कोइराला बेष्ट ।

    Reply
  41. Alikhit says:
    September 25, 2014 at 1:24 pm

    ओबामा भन्दा स्वास्नी चाई अग्ली हो कि क्या हो ? भन्नै पर्दा माकुने सबै भन्दा जोक्कर देखिएको छ, झुसिल सबै भन्दा राम्रो | अर्जुन बहादुर काठको पुतली जस्तो देखिएको छ | बाबुराम को उभिएको स्टाइल चाई ब्यारेक हान्नु अघि केटाहरुले गर्ने “गोडा फाट” जस्तो भा’छ |

    Reply
  42. shreya nepali says:
    September 25, 2014 at 1:20 pm

    मलाई यी दारीबा मुस्कुराउन नै जानेका छैनन् कि जस्तो लागेको थ्यो, अस्ति मोदी संगको फोटो हेरेर| आज त राम्रै मुस्कुराएछन् त, अलि जाउलो निलेको भएर हो कि आडैमा मिसेल भाको भएर हो 🙂

    Reply
  43. gopal thapa says:
    September 25, 2014 at 1:08 pm

    यो लास्ताको भुन्टेको चाही अलि हेर्न हुने जस्तो छ है साथीहरु

    Reply
  44. deepak says:
    September 25, 2014 at 12:15 pm

    बिचारा अोबामाले कसरी चिन्नु पोहाेर को, अहिले को ? जुन पनि त्यस्तै छन । माकुनेकाे दारी पलाएर फुली पनि सक्यो भन्दै सोचे होला ।

    Reply
  45. ramesh says:
    September 25, 2014 at 12:13 pm

    सुसिल जी त क्या राम्रा देखिएका अरु सवैभन्दा त ।

    Reply
  46. Navaraj says:
    September 25, 2014 at 12:01 pm

    अमेरिकाबाट सधै एउटै अनुहर। नेपालबाट सधै फरक अनुहार।

    Reply
  47. नन्दन चालिसे says:
    September 25, 2014 at 11:48 am

    मलाई माकुने र बाउरे फाल्तु जोकर हरु जस्तो लाग्यो, झुसिल बुडा को ठिकै हो, कम से कम आफ्नो राष्ट्रिय पोसाक को त प्रदर्शन भयो…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme