Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संस्कृति चिनाउने उत्कृष्ट फोटो हेर्ने हैन त

Posted on August 31, 2014August 30, 2014 by Salokya

c&t
पिजे क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा छानिएका १५० वटा फोटोको प्रदर्शनी काठमाडौँमा भइसकेको छ। प्रदर्शनी अब काठमाडौँ बाहिर आयोजना हुँदैछ। प्रदर्शनी पुग्न नभ्याएकाहरुका लागि माइसंसारले उत्कृष्ट फोटोहरुको संग्रह राख्दै आएको छ। आज ‘कल्चर एन्ड टुरिजम’ विधामा छानिएका फोटोहरु हेर्नुस्। माथिका तीन फोटोहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु हुन्। पुरस्कार जितेका सर्वोत्कृष्ट फोटोहरु हेर्ने भए यहाँ छन् यी चाहिँ उत्कृष्ट ठहरिएर प्रदर्शनीका भित्तामा झुण्डिन छानिएका तर पुरस्कार नपाएका फोटोहरु हुन्। भित्र हेर्नुस्।

माधव नारायण व्रतका बेला बागमती नदीको किनारमा जल लिन लाइन लागेका हिन्दू महिलाको फोटो केशव थोकरले खिचेका हुन्।

अनिश रेग्मीले वसन्तपुर दरबार स्क्वायरमा खिचेको फागु पूर्णिमाको फोटो।

नारायण महर्जनले खिचेको रातो मच्छिन्द्रनाथ रथ यात्राको फोटो।

लक्ष्मण कर्माचार्यले स्वस्थानी ब्रतको बेला चाँगुनारायण मन्दिरमा खिचेको फोटो।

वीरेन्द्रराज बज्राचार्यले खिचेको यो फोटो खुम्बु क्षेत्रको हो।

पाटनकी कुमारी सात वर्षकी युनिका बज्राचार्यलाई गाजल लगाइदिँदै परिवारकी सदस्य। फोटो : दीपेश श्रेष्ठ

अजय मानन्धरले खिचेको यो फोटो श्रीपञ्चमीमा स्वयम्भूनाथ परिसरमा अक्षर लेख्दै गरेका बालकको हो।

माघे संक्रान्तिको नयाँ वर्ष मनाउने क्रममा नाच्दै गरेकी थारु महिलाको यो फोटो अजय मानन्धरले खिचेका हुन्।

लुम्बिनीमा अशोक स्तम्भ परिक्रमा गर्दै गरेका भिक्षुहरुको यो फोटो सञ्जीवकुमार मोक्तानले खिचेका हुन्।

माघे स‍ङ्क्रान्तिका दिन चितवनको देवघाटमा झाँक्रीहरुको यो फोटो सुशीलकुमार श्रेष्ठले खिचेका हुन्।

लामो समयदेखि पुरुषमात्र सहभागी हुने परम्परा तोड्दै इन्द्रजात्राका बेला हनुमानढोकास्थित श्वेत भैरव (हाथु द्य:) को मूर्तिबाट बगाइने पवित्र थ्वं (जाँड) महिलाहरुले खाँदै गर्दाको यो फोटो उमा विष्टले खिचेकी हुन्।

योमरी पुन्हिका दिन नेवार समुदायका एक महिला काली देवीको भेषमा परेडमा भाग लिन ओठ र अनुहारमा रंग लगाउँदै गर्दाको यो फोटो नभेष चित्रकारले खिचेका हुन्।

आमाको मुख हेर्ने औँसीका दिन माततीर्थ मन्दिरमा आफ्नी आमालाई बोकेर लाँदै गर्दाको यो फोटो सुनील प्रधानले खिचेका हुन्।

भक्तपुरमा बिस्केट जात्राका क्रममा रथ तान्दै गरेको यो फोटो विशाल गौतमले खिचेका हुन्।

वीरगञ्जको मस्जिदमा इदको पूर्वसन्ध्यामा प्रार्थना गर्दै गरेका एक मुस्लिमको यो फोटो मनीष पौडेलले खिचेका हुन्।

मधेसी समुदायका महिलाहरुले जलेश्वरमा छठ मनाउँदै गरेको यो फोटो राकेशप्रसाद चौधरीले खिचेका हुन्।

विवश कर्मचार्यले खिचेको यो फोटो मुस्ताङ जाने बाटोको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme