Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार वर्षका बालकको भविष्यवाणी – भावी प्रधानमन्त्री ओली

Posted on August 25, 2014August 25, 2014 by Salokya

balak2 चार वर्षका एक बालक बोल्न सक्दैन, अरुको सहारा बिना उभिन पनि सक्दैन। तर आदित्य दाहालसँग एउटा अचम्मको शक्ति रहेछ- स्कूलै नगए पनि यिनले लेख्‍न भने सक्दा रहेछन्। लेखेरै उनले सबै प्रश्नका जवाफ दिन सक्ने रहेछन्। प्रश्नको जवाफमात्र हैन, भविष्यवाणी पनि गर्न सक्ने !

सगरमाथा टेलिभिजनका पत्रकारहरुले उनको बारेमा कार्यक्रम बनाउने क्रममा भावी प्रधानमन्त्री को हुन्छ भनेर सोधेछन्। उनलाई प्रश्न पनि लेखेरै सोध्नु पर्ने रहेछ।

जवाफमा आदित्य दाहालले लेखेरै भनेछन्- केपी ओली।

उनको भविष्यवाणी कतिको सही हुन्छ, भविष्यमा देखिने नै छ। हेरौँ उनले गरेका अरु भविष्यवाणीहरु।

balak10
नेपालको भावी प्रधानमन्त्री को हुन्छ भनेर सोध्दा उनले लेखे- केपी ओली। ओलीजी दङ्ग होलान्। भेट्न चाहिँ गएका छन् कि छैनन् कुन्नि।

balak11
नेपालमा संविधान कहिले बन्छ भनेर सोध्दा उनले लेखेका छन्- दलहरुको आपसी झगडा अन्त्यभएपछि २०७२ सम्ममा। भनेपछि एक वर्षमा संविधान भनेर अहिले नेताहरुले गरेको भाषण गलत हुने भो।

balak12
नेपाल लोडसेडिङमुक्त कहिले हुन्छ भनी सोधिएको प्रश्नको जवाफ भने यिनलाई पनि थाहा रहेनछ। हेर्नुस् त के जवाफ दिएका !

balak6
युक्रेनका राष्ट्रपतिको नाम तपाईँलाई थाहा छ ? यिनलाई त थाहा रहेछ।

balak7
गणतन्त्र दिवस कहिले मनाइन्छ भनेर सोध्दा उनी अलमलिए रे सुरुमा।

balak8
पछि उनकै आमाले लेखेर सोधेपछि भने ठीक जवाफ लेखेछन्- जेठ १५ गते।

balak9
सगरमाथा टेलिभिजनकै अफिसमा आउँदा उनले कोरियाली भाषामा लेखिएका कुराको नेपाली अनुवाद पनि गरेका रहेछन्। तर उनकै घरमा जाँदा भने फ्रेन्च भाषा लेख्दिनँ आज भनेछन्।

kada

aduwa

balak5
तिम्रो बारेमा खिचिएको भिडियो कुन कार्यक्रममा प्रसारण हुन्छ भनेर सोध्दा कार्यक्रमको नाम समेत लेखेछन्। त्यो कार्यक्रमबारे कुन ब्लगमा लेखिन्छ भनेर सोधेको भए त्यो पनि भन्थे कि !

balak1

डेढ महिनाअघि मात्रै आदित्यको यस्तो क्षमता भएको उनका आमाबाबुले थाहा पाएका रहेछन्। साढे दुई वर्षको उमेरसम्म यिनी बोल्न र हिँड्न पनि सक्थे। बिस्तारै उनी शारीरिक रुपमा कमजोर हुँदै गएछन्।

balak3

balak14

balak13

झापा पुर्ख्यौली घर भएका शेषराज दाहाल र ईश्वरा दाहालका छोरा हुन् आदित्य। गएको असार २५ गतेदेखि यस्तो अस्वभाविक क्षमता उनले देखाउने गरेको उनका मातापिता बताउँछन्।

balak4

balak15
आफ्नै बारेमा सोध्दा उनले यस्तो जवाफ लेखेछन्।

अहिले उनका मातापिता उनको उपचारको खोजीमा छन्। ज्योतिषलाई देखाउँदा ‘उल्का लागेको’ भनिदिएछन्। तपाईँलाई के लाग्छ ? यो के भएको हुनसक्छ ?

भिडियो हेर्नुस्-

36 thoughts on “चार वर्षका बालकको भविष्यवाणी – भावी प्रधानमन्त्री ओली”

  1. kishor says:
    August 27, 2014 at 12:15 am

    कहिलेहो सिमकार्ड नहेरी नम्बर भन्ने बाबुको बारेमा सनसनी पूर्ण समाचार टिभी मा हेरेको थिए, के भयो त्यो कुरा आजकल थाहा भएन| हाम्रो देशमा असल मान्छे बन्न गारो छ भगवान बन्न भन्दा |

    Reply
  2. sushil says:
    August 26, 2014 at 10:18 pm

    यस्ता प्रायोजित घटनाका पछि रमाएर बालकको दुर्दशा नहोस , समयमै उपचार होस् | अझै पनि ढुंगे युगमा बाच्ने हाम्रो मानसिकता भन्दा अरु केहि पनि होइन यो |

    Reply
  3. prawin says:
    August 26, 2014 at 8:28 pm

    I do not understand why people are talking so much about that kid. no matter if he can predict future or not, he is an extraordinary kid. even if memorized, do not forget he is 4 years. we should respect him, and help him to get cure. He will be extraordinary future for the country. dont involve him in politics and rajatantra..

    Reply
  4. शशङ् लामा, न्युयोर्क says:
    August 26, 2014 at 7:55 pm

    के साह्रो राजनीतिले गाँजेको हाव ! बच्चालाई धरी राजनितीक प्रश्न के सोध्या होला ?

    Reply
  5. Prabin says:
    August 26, 2014 at 5:14 pm

    चार वर्षका भविष्यवाणी पनि गर्न सक्ने बाबु का अरु भविष्यवाणी बारे थाहा भएन तर भावी प्रधानमन्त्री को हुन्छ भन्ने प्रश्न को उत्तर ठिक होला जस्तो छ| नेपाल को दुर्भाग्य र इत्तिहस हेर्दा बुडा खाडा, मर्न लागेका रोगि बाहेक अरु को यो देश मा सम्भंवाना कम छ भावी प्रधानमन्त्री हुने |
    कसो साथी हरु हो ?

    Reply
  6. Shree Basanta says:
    August 26, 2014 at 2:08 pm

    सहि उपचार गरेर बच्चाको भबिस्य ठिक नगरेर बाउ आमा पनि एस्तो सस्तो प्रचारमा किन लाग्या होला ? बच्चालाई कति सास्ती होला बिलक्षन देखाउन ओली, गोलि देखि कोरियन भाषा घोक्न र लेख्न लाएर ? हे भगवान संसारमा येस्ता बाउ आमा पनि हुँदा रहेछन आफ्नो टेन्सन छोरा लाई सार्ने | अब हाम्रा गाउँ ठाउँमा दुनियाले के के सोधेर कति हैरान पर्ने होला ?

    Reply
  7. sagun dhakal says:
    August 26, 2014 at 12:46 pm

    नेपाल को स्टेफेन हव्किंग पो बन्न लागेका हुन् कि?

    Reply
  8. purna prasad khatiwada says:
    August 26, 2014 at 12:44 pm

    यदि बालक ले भबिष्य बाणी गर्न सक्ने भय राजा बिरेन्द्र को बंश नाश कसले गर्यो ? मदन भण्डारी को हत्यारा र अमर लामा को हत्या कसले गर्यो यो बालक लाइ सोध्नु अनि तुरुन्तै कारबाई थाल्नु पर्यो ?

    बाकी कुरा हाम्लाई मतलब भयन , साचिकै भबिष्य बाणी गर्ने भय यो माथि को प्रश्न को सहि उत्तर सोध्नु पर्यो ?

    Reply
  9. devendra says:
    August 26, 2014 at 12:41 pm

    अचम्म… नेपालका नेताहरुका आनीबानी र आयु पनि सोधे हुन्थ्यो कि ?

    Reply
  10. chatur rai says:
    August 26, 2014 at 5:51 am

    यो बालकको व्यक्तिगत जीवनमा ठेस नलागोस,यसलाई इसु बनाउनेहरुलाई म यो भन्छु बिचरालाई आफनै भविश्यको बारेमा थाहा छैन, अरुको भाविश्को के कुरा गर्नु ?

    Reply
  11. Raju says:
    August 26, 2014 at 1:31 am

    सगरमाथा टेलिभिजनवालालाई जेलमा हल्नुपर्च. बुआ र आमालाई पनि, नेपालीको भवनाको खेलवाड र आँखामा छारो हाल्न खोजेकोमा दण्डित गर्नु पर्छ . बचालाई छिटो उपचारको जरुरी छ . यो सबै गरेर बचालाई नै अझ बिरामी बनाउनेछ . पैसा कमउने भाँडो नब्नाउ.

    Reply
  12. Sujata says:
    August 26, 2014 at 12:53 am

    Savant syndrome भनिन्छ. http://en.wikipedia.org/wiki/Savant_syndrome . Very Rare Condition.

    Reply
  13. shantdil says:
    August 25, 2014 at 8:40 pm

    केपी ओली ले बालकको सहारा लिनु पर्ने दिन आइपुगेको हो र ?

    Reply
  14. sanam sharma says:
    August 25, 2014 at 8:21 pm

    यो बाबु को बाबु आमा ले BBC documentary extraordinary people unit मा contact गर्नभय help हुन सक्छ,,,,

    Reply
  15. बिनोद तिमिल्सिना says:
    August 25, 2014 at 7:24 pm

    बच्चा भनेकै उल्का हुन नि,ठुलाले नसोचेको बच्चाले गर्छन्,दाँया बायाँका कुरा छिटै टिप्छन्।
    मलाई त अचम्म लागेन!किनकि मेरी ३ बर्ष कि छोरीको दैनिक उल्का र उत्पातसँग म परिचित छु।

    Reply
  16. Sanjay says:
    August 25, 2014 at 6:43 pm

    He is intelligent and remembers whatever taught. He needs a good guidance. Looks like he watches and listens to others a lot.

    Reply
  17. krishna says:
    August 25, 2014 at 5:32 pm

    सोध्न पर्ने प्रस्न त तिमीलाई कुन रोग ले गर्दा यस्तो असक्त भए हो कुन डाक्टरलाई देखाउदा ठिक हुन्छ भन्ने हैनर ?

    Reply
  18. नन्दन says:
    August 25, 2014 at 5:29 pm

    हुन् त म कुनै लाल बुजक्कड़ त होइन तर पनि, इनको टाउको को आकार हेर्दा अनि पहिला इनी राम्रै हिड्ने खेल्ने गरेको भिडियो हेर्दा, मेरो बुजाई मा इन्लाई कुनै रोग लागेको छ जसले इनको शारीरिक बिकाश मा बाधा पुर्याएको छ भने इनको मानसिक बिकाश द्रुत गति मा आगाडी बढेको छ, इनको आगाडी गरेको/भएको कुनै पनि कुरा १ / २ पटक देखे सुने पछि इनले टिप्छन होला तेही भएर इनमा त्यो गुण हरु आको होला,, भाबी प्रधानमन्त्री को भनेर मैले आफै लाइ प्रश्न गर्दा पनि अहिले केपी बाहेक अरु मेरो दिमाग मा आएन ……………….

    Reply
  19. DP says:
    August 25, 2014 at 5:04 pm

    I feel very sad to read this story. The child is very innocent. He looks very smart. God bless him. From the video i understood that the sickness has not be diagnosed so far. I am not a Doctor but from the description and my experiences, I would like to suggest his parents to consult doctor who is specialize with sickness like autisme. Please take this just as my suggestion

    Reply
  20. gopal kandel says:
    August 25, 2014 at 3:47 pm

    हाहाह अब बच्चा को सहाराले देश चल्ने भयो हैन? उसले वरिपरि जे सुन्छा तेही भन्छ नि

    Reply
  21. डिल्ली says:
    August 25, 2014 at 3:34 pm

    बच्चाको क्षमता अतुलनीय छ । त्यति सानो उमेर र त्यस्तो शारीरिक अवस्थामा यति धेरै गर्न सक्नु भनेको ठूलो कुरा हो । तर कोरियनबाट नेपालीमा उल्था गरेको “आमा” मिले पनि अर्को चाहीँ मिलेको छैन । 마늘 भनेको लसुन हो अदुवा हैन । अदुवालाई 생강 (सेङ्गाङ) भन्छन् । उनी झुक्किएका हुन सक्छन् ।

    युट्युबमा राखिएको भिडियो हेर्दा उनले नेपाली, संस्कृत लेखेकामा शुद्धा शुद्धि समेत धेरै देखिन्छ जुन सामान्यतया धेरै नेपालीले मिलाएका हुँदैनन् । शारीरिकरुपमा कम्जोर त्यसमा पनि ४ वर्षको कलिलो उमेरमा उनले देखाएको कृयाकलापलाई चमत्कारीक मान्न सकिन्छ । मातापिताले वालकको सुस्वास्थ्यमा ख्याल नराख्ने भन्ने कुरैै भएन तर पनि विशेष हेरचाह गरेर स-कुशल राख्न सकिन्छ कि !

    Reply
    1. ramesh says:
      August 25, 2014 at 4:01 pm

      येदि यो कुरा पहिले बालक लाइ घोकाइएको होइन भने , दरबार हत्या काण्ड को बारे मा किन नसोधेको? मलाई त यो प्रायोजित जस्तो लाग्यो. नेपाल मा बिगत मा पनि येस्ता प्रायोजित कुरा हुन्थे.

      Reply
    2. रैथाने says:
      August 26, 2014 at 11:45 pm

      마늘 भनेको अदुवानै हो!
      अक्षर हेर्दैमा थाहा हुन्छ नि साथि!
      यस्तो गनठ्याङ्ग गुण्ठुङ्ग पनि लसुन हुन्छ! लसुन त सुलुत्त पर्या हुन्छ!

      Reply
  22. prakash says:
    August 25, 2014 at 2:40 pm

    विलक्षण प्रतिभा !

    बेकारको नेताहरुलाई गर्ने खर्च यी प्रतिभाशाली बालकको उपचारको लागि गर्नु पर्ने बेला आएको छ |

    Reply
  23. suresh says:
    August 25, 2014 at 2:36 pm

    अरु कुरा त थाहा भएन तर घोकेको अलिकति नमिलेको देखें मैले. कोरियनमा 마늘 भनेको लसुन हो अदुवा होइन. गूगल ट्रांस्लेट मा पनि हेर्न सकिन्छ https://translate.google.com/#auto/ko/garlic

    Reply
  24. तुयू भाजु उदास says:
    August 25, 2014 at 2:18 pm

    अहिले सम्म यिनको ‘रोग’ वा ‘सिद्धि’ को बारेमा कुनै निश्चित धारणा बनेन.
    त्यसरी नै , यस्तो मामलामा सहजै प्रचार हुने पूर्वजन्म को कुरो पनि कतै पाइएन .
    नेपालका मनो-चिकित्सक ,वैज्ञानिक र अध्यात्मिक गुरुहरुको निम्ति चुनौती खडा छ!
    यसलाई स्वीकार गरेर कुनै ठोस निष्कर्श मा पुग्ने हो भने यही ठुलो उपलब्धि हुनेछ.

    Reply
    1. pradeep says:
      August 25, 2014 at 5:12 pm

      मैले बुझेको अनुसार एस्तो किमिसको असाधारण प्रतिभा schizophrenia बाट आउछ | एसको लागि hollywoood movie – ” A beautiful mind ” हेर्दा हुन्छ , एस बाट साबि कुरा थाहा हुन्छ |

      Reply
  25. max says:
    August 25, 2014 at 1:52 pm

    बिनास काले बिपरित बुद्दि . उपचार गर्न छोडेर भय नभएको कुरा गर्यो समय को बर्बाद. हामी नेपाली लै कहिले बुद्दि पलाउने हो.
    बोल्न नसक्नु को कारण के बिसेसंग्य कहाँ जानु पर्यो अनेथा उस्को भविसे के हुन्छ ?????????

    Reply
  26. raj says:
    August 25, 2014 at 1:47 pm

    कोरियाली भाषामामा लेखिएका कुराको नेपाली अनुवाद गलत छ. लसुन हुन पर्नेमा अदुवा भएछ.

    Reply
  27. pratik says:
    August 25, 2014 at 12:29 pm

    दरबार हत्याकाण्ड को बारेमा पनि सोधनी कि ?

    Reply
  28. Basudev Kunwar says:
    August 25, 2014 at 11:43 am

    ती बालक मा भएको त्यो अलौकिक ज्ञान ले अचम्भित हुनु भन्दा धेरै मलाई त्यो बालक मा लागेको अज्ञात बिमारीले दुख्खी तुल्लयायो …..

    Reply
  29. xyz says:
    August 25, 2014 at 11:16 am

    He belongs to Dahal family, why not ask something about Pushpa Kamal Dahal?

    Reply
    1. Gagan says:
      August 25, 2014 at 2:50 pm

      आफन्तको बारेमा बताउन मिल्दैन

      Reply
  30. Ratna says:
    August 25, 2014 at 11:00 am

    सोधिने प्रश्नहरु र उत्तरहरु पहिले नै नघोकायेको हो भने बालकमा अलौकिक शक्ति रहेछ भन्ने बुझ्नु पर्छ | अब मिडियामा छाए पछि उनलाई खेदो गरिनेछ | मेरो पनि एउटा प्रश्न त थियो तर कुनै दिन यसको जवाफ आउला नै उनिबाट – मेरो प्रश्न हो नेपालमा संबैधानिक राजतन्त्र फर्किन्छ कि फ़र्किन्दैन | बालकलाई सबैको आशिर्वाद लागोस |

    Reply
  31. क्षिर ध्वज says:
    August 25, 2014 at 10:36 am

    बाबु आमालाई पनि छोराले सहि मार्ग निर्देशन दिने भयो ….यो सत्य हो भने !!

    Reply
  32. लौटन अवधि says:
    August 25, 2014 at 10:16 am

    देउता उत्रिएको भनेर अन्ध हरु ले सानो नानि लाइ उल्कै लगाउलान जस्तो छ ! बाबु आमा होसियार हुनु पर्छ ! बच्चा को भबिस्य को सवाल छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme