बाबुराम भट्टराई हिन्दी फिल्म नायक (अनिल कपूरको क्या) बाट ज्यादै प्रभावित थिए शायद्। त्यो फिल्ममा एउटा दृश्य छ- एक दिनका लागि मुख्यमन्त्री बन्दा जनताको गुनासो फोनबाट लिने। अनि आफै गएर गुन्डालाई कुटेर तह लाउने।
बाबुरामले पनि प्रधानमन्त्री हुँदा जनताको गुनासो सुन्ने भन्दै ‘हेलो सरकार’ हटलाइन सुरु गरे। हटलाइन त सुरु भयो, तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव शान्तराज सुवेदीका अनुसार त्यसमा ‘वास्तविकता र तथ्यमा आधारित भन्दा हचुवा किसिमका गुनासाहरु’ आउने रहेछ। कार्यालयले उजुरीका केही विषयहरु सार्वजनिक गरेको छ। हेरौँ न केही अजब गजबका उजुरीहरु। धन्न मेरो श्रीमती पोइल गयो भनेर उजुरी आएको रहेनछ। गाविस वा नगरपालिकामा गर्नुपर्ने उजुरीसमेत प्रधानमन्त्रीलाई आउने रहेछ।
- लोडसेडिङ्ग तालिका अनुसार नहुने, विचमा बत्ती पिलिक पिलिक आउने, काटिने गर्ने। विद्युत प्राधिकरणलाई फोन गर्दा फोन नै नउठ्ने।
- शिक्षा कार्यालयले दुर्गमका विद्यालयहरुलाई कम्प्युटर वितरण गर्छ। तर न सोलार न बिजुली केले चलाउने ?
- मैले व्याउने भैंसी किनेर ल्याएको थिएँ। देशभर पशु चिकित्सकको हड्तालका कारण मेरो भैंसी व्याउन नसकेर मर्यो। सहयोग माग्दा आन्दोलनका कारण आउन नसकिने जवाफ पाएँ। मेरो क्षतिपूर्ति कसले दिने?
- बहिनीको अप्रेसन गरेको छ, सिकिस्त छिन्। ज्वाई सउदी अरब हुनुहुन्छ। कम्पनीले बिदा दिएन।ज्वाईलाई भनेर तुरुन्त झिकाइदिनु पर्यो।
- सामाजिक व्यवहार सुधार ऐनले तोकेभन्दा बढी जन्ती आएका छन् कारवाही होस् वा जनसंख्या वृद्धिको आधारमा जन्ती संख्या बढाइयोस्।
- सवारी साधनहरुको विद्यार्थी छुट दिएका छैनन्। माग गर्दा उल्टै धम्की दिन्छन्। तुरुन्त कारवाही होस्।
- फुटपाथमा रहेका पसलहरुले यात्रुलाई हैरान पारे। काठमाडौं महानगरपालिकाले के हेरेर बसेको छ? हेलो सरकारले निर्देशन दिनुपर्यो।
- शहरी क्षेत्रमा भुस्याहा कुकुरहरुको नियन्त्रण हुनुपर्यो। यिनले बालबच्चा, स्कूले विद्यार्थी, बटुवालाई झम्टिने गर्दछन्। रेबिज हुने डर भयो।
- पटक पटक बन्द हड्ताल गर्ने जो सुकैलाई कडाभन्दा कडा कारवाही होस्।
- उच्च शैक्षिक योग्यता भएको द्वन्दपिडित भएकोले तत्काल नोकरी पाउँ।
- मासु पसलेहरुले खसी, कुखुरा लगायतको बध गरी मासु विक्री गर्दा छिमेकीको समस्या हेरेनन्। दुर्गन्ध र फोहोरले रोग फैलिन थाल्यो। नियन्त्रण हुनुपर्यो।
थप उजुरीहरु यहाँ क्लिक गरी हेर्नुस्।
लौ भन्नुस्, उजुरीको प्रकृति हेर्दा कस्तो लाग्यो तपाईँलाई ? हेलो सरकार प्रभावकारी भइरहेको लाग्छ कि लाग्दैन ? आफ्नो विचार तल कमेन्टमा दिनुस्।
प्रस्न सोध्न पनि अनुभव हुनु पर्छ . अनुभव बिनाका प्रस्न यस्तै हुन्छन सर्ब साधारण जनताका समस्या यस्तै हुन्छन..यस्ता समस्या बतानै समाधान उरुहुनु पर्छ जस्तो लग्छ .
यी सबै उजुरीहरूले नितिगत ब्यवस्था लागु गर्न नसकेको देखाएका छन् । उक्त ब्यवस्था गर्नु सट्टा उजुरीहरू अस्वाभाविक भएको देख्नु दुखद हो ।
यहाँका मन्तरीहरू त हल्दारे भैगए, कर्मचारीको सरूवा बढुवामा झुलेर बस्ने । त्यै देखाएर सचिब ज्यूहरूले दोष दिनुहुन्थ्यो त, खै त अाफ्नो जिम्मेवारी आउदा त मठ्ठै हैचन ।
अो बुद्दिजिवी सचिब ज्यू हरू तपाँइहरूको बिबेक प्रयोग गर्दा म नाथेले भेट्टाउने समस्याको जुरो पनि भेट्टाउनु भएन हगी ।
धिक्कार छ त्यो लोकसेवा आयोगलाइ पनि, त्यस्ता ब्यक्तिहरूलाइ योग्यताको दर्जियानी दिएको मा ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव शान्तराज सुवेदीका अनुसार त्यसमा ‘वास्तविकता र तथ्यमा आधारित भन्दा हचुवा किसिमका गुनासाहरु’ आउने रहेछ।
“नाच्न जान्दैन आँगन टेडो”
माथिका उजुरीहरु जायज र वास्तविकतामा आधारित देख्यौ भने त अनर्थ भै हाल्ला नि शान्तराज सुवेदी!!!!!!!!
समस्या देखेर अन्यथा लागेन, साधारण मान्छे का त्यस्तै हुन् समस्या , रकेट बिग्र्यो भनेर त कहाँ फोन गर्लान त नेपाली ले ?
आखिर जनताको दुख भनेको त्यै त हो नि, त्यो भन्दा अर्को के हुन्छ निरिह जनताको दुख? झिना मसिना कुरा त हुन्छ यी निरिह जनतासंग ठुला ठुला समस्या त ठुलाथालु संग हुन्छ तेस्को समाधान त सिधा टेबल तालक र ह्विस्किपान संग भै हाल्छनि किन हेल्लो सरकार चाहिन्छ?
निरिह जनताको विकल्प बिहिन अबस्थामा भेटायको उजुरी गर्ने सजिलो तरिका को उपयोग त गर्न पर्योनि! त त्यै गरेको छ जनताले अब यसलाई अन्यथा ठान्ने कुरालाइ उचित मान्दिन म!
अब मेरो भैसी मर्यो भन्ने कुरा यहा हासो वा हेयको कुरा हुन सक्छ तर कृषि प्रधान देशको एउटा आम निरिह कृषकको त्यो भैसी जीवनको एउटा पाटो हो र परिवार बाल बच्चाको पेट भरण पोषण को माध्याम हुन सक्दछ! एउटा निरिह किशान को परिवारको जीवनभरको बचत होला त्यो! कति क्रिशानाले कति ऋण काटेर किनेका हुन्छन भैसी र त्यो मर्नु भनेको कति किसानको घर खेत हुन सक्दछ त्यो सरकारको मन्त्रालयमा बस्ने सचिब र खरदारलाई भने हेका नहुन सक्छ किनकि उनीहरु दुध भैसीबाट दुहुदैनन यी त ब्यापारी संग दुहन्छन तेसैले भैसी मर्नुको पिडा यिनीहरुलाई थाहा हुन सक्दैन!
त्यो भैसी फेरी बढि पैरो भुकम्प जस्ता भाबिताब्यले मरेको नभैकन केहि स्वार्थि व्यक्ति र समुहको राजनीतिक खिचातानीको चेपुवामा परेर मरेको छ त क्षतिपूर्ति सरकारले दिनु पर्ने होइन र?
बिचरो त्यो किशान उजुरी कहा गर्न जावोस?
पुलिस चौकी जाउ भने समातेर कोची लात्ता ले भाकुर्लान भन्ने डर,
सिडिओ कार्यालयमा जाउ भने मारी हप्कायर थुन्दिने पो हो कि,
अदालत जान ओकिललाइ तिर्ने पैसो छैन
त के गरोस,
एक कल फोन गरि सिधा प्रमलाई उजुरी गर्न पाइन्छ र कसैले केहि भंलाकी भन्ने डर पनि नहुने भयकोले फोन बाटी सिधा प्रम लाइ भन्छु भनेर भन्या हुदो हो त्यो पनि बिचमा जेण्टलम्यान हरुले हावा बनाइदियो!
भैसी त मर्यो मर्यो त्यो उजुरी गर्न लिएको दुइ रुपैया तिर्न पो सकस भाछाकी?
यो सरकारी भत्ता हसुरेर व्हिस्की र सपेटा घिच्नेको वा निरिह जनतालाई बस्तुको बजारमुल्यामा च्यापेर अचार बनाउनेको नभयर ति आम जनताको हो जो तेती फ९ओन गर्नलाई पनि कसैसंग दुइ रुपैया सापटी माग्नुपर्ने अबस्थामा जीइ रहेका छन्!
हो बाबुरामको यो कार्यमा गलत उजुरी आछैन भन्दिन र यसको दुरुपयोग भाछैन पनि भन्दिन तर यो जस्तो जनमुखी र जनताको लागि जनताको पक्षमा रहेको गहन कार्यको खिल्ली उडाइयको छ, दुरुपयोग गरिएको छ!
यो दुवै कुरा यो देशको लागि निकै दुखद र दुर्भाग्यपूर्ण छ!
आवश्य पनि यो हचुवा उजुरी भन्न मिल्दैन. यी समस्या हरु जनता ले दैनिक भोगेर दुख पाएको अनि गुनाशो गर्दा केहि हुन६ कि भनेर हालेको हो.. एस्लाई उजुरी नमान्ने हो भने कस्तो कस्तो छैन मान्ने त..?? एस्त उजुरी हरु कओ कारबाही थालियोश अनि अरु उजुरी पी औन थाल्छन…
यस्ता उजुरीहरु झिना मसिना होइनन निकै गम्भीर खालका छन् I ”मैले व्याउने भैंसी किनेर ल्याएको थिएँ। देशभर पशु चिकित्सकको हड्तालका कारण मेरो भैंसी व्याउन नसकेर मर्यो। सहयोग माग्दा आन्दोलनका कारण आउन नसकिने जवाफ पाएँ। मेरो क्षतिपूर्ति कसले दिने?” यो उजुरी सुन्दा सिल्ली लाग्न सक्छ तर एसले भैशी को क्षतिपूर्ति मात्र होइन बन्दको कारणले हुने अरु पनि यस्तै समस्याहरु र तेसबाट हुने घाटा को पनि प्रतिनिदित्वो गर्छ……
बास्तव मा त्यो कार्यक्रम राम्रो हो तर नेपाली जनता को अज्ञानता चुर सीमा मा पुगिसक्यो आफै ले भुज्नु पर्छ. अरुlie दोष लगायर काम राम्रो हुदैन . !
यस्ता समस्यालाई हचुवा भनेर पन्छ्याउने , अनि पहिरो, बाढी अनि संक्रामक रोगलाई बुता भन्दा बाहिरको भनेर निरिह बन्ने | भने पछि के चाहि समस्याको समाधान यीनले गर्ने ? लाज सरम छैन !
त्यो सचिब को ससुराली को भैसी मरेको भए ठुलो दुख हुन्थियो होला अरुको मर्यो सानो लग्यो
यस्तै दैनिक जन जीवनमा आइपरेका अप्ठ्यारा हरुको नै त हो नि उजुरी गर्ने भनेको…मलाई त सामान्य लाग्यो ! यदि जनता को सहज जीवनयापनको बारेमा सरकार गम्भीर हुन्थ्यो त समस्या सानो होस् कि ठुलो…समाधानको लागि २४ सै घण्टा तत्पर हुनुपर्थ्यो…!
येस्ता महत्वपुर्ण गुनासालाई कर्मचारीले हचुवा भन्ने भए कस्ता गुनासा सुन्ने र फलोअप गने त ?
In my opinion all of the above complaints are based on daily life experiences of common Nepali citizens. We have all kinds of the above mentioned problems. From irritating daily power cuts to environmental pollution we the citizens face such situations at every moment in Nepal. If hello sarkar is the platform where we can speak, then nobody should be surprised with the variety of the complaints. There are untamed dogs in the cities which pose threats to us. A buffalo that can be milked costs more than Rs. 50,000. Who wouldn’t be sad when a pregnant buffalo died while its life could have been saved if the doctors were available? Nobody wants to be disturbed by road vendors while walking in the cities. We are losing time, energy, health, and many other things because of these conditions. Most of these loses are preventable. In many cases, the incompetence and carelessness of government officers are hugely responsible for such miseries. Can they be help accountable for these mistakes?
I do not understand what weird Mr. Subedi (the secretary of prime minister’s office) found in the complaints? There is nothing funny and humorous.
I suggest that it would have been much better if Mr. Salokya had quoted the title of this blog post. Or Does he also think that these complaints are baseless?
(I am well aware that hello sarkar might have received many bluff calls as well)
उजुरी भनेको सानो ठुलो घुमाउरो नमिलेको जस्तो पनि हुन सक्छ. जनता लाइ उजुरी को लागि यो यो कुरा हुनु पर्छ भन्यो भने त उजुरी राख्न नै समस्या पर्छ. मेरो बिचारमा त उजुरी छानबिन गर्ने निकायले समस्या को जड के हो पत्ता लगाएर तेस्लाई विभिन्न तरिकाले योजना र कार्यन्योयंन मा ल्याउनु पर्ने हो जस्तो लाग्छ. यदि जनता को लागि राम्रो गर्ने हो भने जति धेरै रिपोर्ट आउछ त्यो सकारात्मक नै हो – हामि मा एक दम धेरै समस्या छ भने त जानकारी दिञ्छ यसले!
बिर बहादुर को समस्या होला भरे के खाने ? ज्ञानेद्रको समस्या होला राजा फेरी कसरि बन्ने ?
दुबैलाई आ आफ्नो समस्या ठुलो | पशुपति नाथ का दुबैको फरियाद पुग्दा पशुपति पनि हैरान |
सुनेथे पहिले पहिले पशुपति पनि बोल्थे अरे , एस्त येस्ता माग ले ढुंगा भए रे |
भगवान ले तँ भन मा पुर्याउछु भन्छन | नेपाल का पी यम ले तँ भन मा सुन्छु भन्ने हुनाले जे भने पनि के फरक ?
भारतिय नागरिकले अबैधानिक तरिकाले नेपाली नागरिकता लिएको उजुरी कहाँ गर्ने ???
नेपाल ले हेर्ने बिभाग नै हैन यो. दिल्ली मा राख्नुस यो समस्या
– नेपाली प्रधानमन्त्री