Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आज यो बाटो नजानुस् है, दुःख पाइएला !

Posted on August 3, 2014August 3, 2014 by Salokya

modi_visit_security1
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक भ्रमणका क्रममा सुरक्षा व्यवस्था चुस्त बनाउन उनको ‘सवारी’ चल्ने बेला सडक पूरै खाली बनाइँदैछ। सवारीका क्रममा आकाशबाट समेत सेनाले गस्ती गर्दैछ। सवारी हुनुअघिसमेत बाटो सर्वसाधारणका लागि बन्द गरिने भएकोले गाडी भएका वा पैदल यात्रुहरुले निम्न समयमा निम्न बाटोमा नगई वैकल्पिक बाटो प्रयोग गरे आफैलाई सजिलो हुनेछ। ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार समय ताालिका यस्तो छ-

modi_visit_security3

बिहान १० बजे देखि १२ बजेसम्म
सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरुले उक्त मार्ग प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्नुस्
सवा १ देखि पौने ३ बजेसम्म
होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर
दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म
सिंहदरबार, माईतीघर, भएर तीनकुनेतर्फ
साढे ४ देखि साढे ५ बजेसम्म
नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, गौशाला, चाबहिल, भएर बौद्धतर्फ जाने सवारी साधनहरु

त्यसैगरी दुई दिने विदाको हल्ला चलेपछि गृह मन्त्रालयले विज्ञप्ति नै निकाल्नु पर्‍यो-
Press

4 thoughts on “आज यो बाटो नजानुस् है, दुःख पाइएला !”

  1. Lochan (Qatar) says:
    August 3, 2014 at 1:30 pm

    हे भगवान् नेपालमा बाराक ओवामा नआऊन् । काठमाण्डूमा दुई दिन पानीको लाइन र बिजुली पनि नआउन सक्छ ।

    Reply
  2. Moon Gurung says:
    August 3, 2014 at 1:22 pm

    मोदी भारतको प्रधानमंत्रीहोइनर? नेपालको god father जस्तो किन बनाको नेपाली चोर नेताहरुले??? तिमि हरुले किन येसरी देशको बेइज्यत हुने गरेर के के नै गरेर देखाको?
    काठमाडौँ सहर धुनु भन्दा पहिला सोच्नुस कि मोदीले डेल्ली,लुखनोउ,गोरखपुर देखे छैनर?
    थुक्क नामर्द हरु… पल्लो घरको च्याउरे आउदा माइली फुरुक्क
    अब एसले तिमिहरुको गाथ ठोकेर जान्छ हेर्दै जौ न ……

    Reply
  3. Yam Pun says:
    August 3, 2014 at 11:04 am

    दक्षिण एसियाको डन पनि खतरा मुक्त छैन रहेछ

    Reply
  4. राम चन्द्र says:
    August 3, 2014 at 7:59 am

    पाहुनाको सत्कार त गर्नु पर्छ तर सर्ब साधारण लाइ दुख दिएर होइन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme