Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्जेन्टिनी फ्यानको चेतावनी- ब्राजिल समर्थक छेउ नपर्नुहोला!

Posted on July 5, 2014July 5, 2014 by Salokya

नेपालमा गजब गजबका कुरा हुन्छन्। विश्वकपको ज्वरो पनि नेपालमा अरु ठाउँभन्दा बेसी नै चढ‌्छ।

विश्वकपमा नेपालतिर यस्तो छ, तपाईँ बस्नुभएको देशमा कस्तो ? आफूले देखेको बताउनुस् शीर्षकको ब्लगमा तपाईँहरुले विश्वभरबाट अरु देशमा बस्ने नेपालीको अनुभव पढिसक्नुभो होला।

तर नेपालमा भने ज्वरो बढेको बढ्यै छ।

यही क्रममा धादिङको अर्जेन्टिना फ्यान क्लबले र्‍याली निकाल्ने सूचना फेसबुकबाट दिएको र त्यो क्रममा ब्राजिलका समर्थकहरुलाई छेउ नपर्न चेतावनी दिएकोसमेत देख्न पाइयो।

arg
स्क्रिनसट साभार : भुवन

40 thoughts on “अर्जेन्टिनी फ्यानको चेतावनी- ब्राजिल समर्थक छेउ नपर्नुहोला!”

  1. Lhakpa says:
    July 16, 2014 at 7:39 am

    ति काम नभएका नेपाली हरुलाई १५ दिनसम्म खोरमा ठुनिनुको साथै १०००० रुपैया जरिवाना लगाउनुस नेपालसरकार.

    Reply
  2. Sunil says:
    July 11, 2014 at 9:04 am

    this letter is ” public Threat” so can consider it as “criminal Activity”
    worst than people gettting Punished 20days in prison for”facebok comment”

    Reply
  3. Rishav says:
    July 9, 2014 at 11:23 am

    If you want to support a country, then support a country who helped Nepal. Especially Germany because they are the biggest support of our country.( education,health,transport and etc)

    Reply
  4. chitrab s says:
    July 8, 2014 at 8:45 pm

    यिनी हरुलाई खेल न सिद्दिने समय सम्म पुलिस हिरासत मा भोक्कै हात खुट्टा बधेर थुन्नु पर्छ ,अनि जनही ५ हजार जरिवाना लगाई जिल्ला को आपत काल कोष मा रकम जम्म राख्नु पर्छ , यस्ता खाई न पाई का हर्कत लै बन्द गर्न कोषिस गर्नु पर्छ

    Reply
  5. Roshan says:
    July 7, 2014 at 3:30 pm

    नेपाल का नेता को पछाडी पनी येस्तै तरिका ले लाग्ने त होलान नी नेपाली हरु ! सुजो न बुजो खोला खोला कुदॊ , युरोप मा भएका लातिनो अमेरिका मा भए का दर्शक हरु लाई यति जागर चले को छैन होला नेपाली हरुलाई त्यस्तो नशा ,

    Reply
  6. surav says:
    July 7, 2014 at 12:50 pm

    क हि नभएको जात्रा हाडी गाउँमा भनेको यहि हो काम नपाएका मुलाहरु

    Reply
  7. Niranjan says:
    July 7, 2014 at 11:29 am

    I agree the action by Argentina fans is bit more than normal but why someone cant cheer for the things they like? The comments here are so funny and their logic too. People who probably never watch football or have no idea of the game….to me world cup is the time when at least lot of young people get to divert their mind away from politics. Otherwise always nepali congress, CPN UML OR Maoist etc etc…which we are not intersted…

    Reply
  8. Dambar Thapa says:
    July 7, 2014 at 12:16 am

    हेर त माना खाएर मुरी फलाउने बेला यी भुस्तिग्रेहरु लाइ फुर्सद धेरै भाको …. बा आमा ले कमाइदेको धन मा रजाइ गर्न पल्केका हरुको अरु के नै आउदो हो र दिमाग मा ….

    Reply
  9. bibek dhakal says:
    July 6, 2014 at 6:11 pm

    बौलाहरु! गालामा दुइ चड्कन लाइदिनुपर्ने…. हुन त मा ब्राजिल समर्थक हैन, तर अर्जेन्टिना को त झन् घोर असमर्थक …..सेमी फाइनलमा यसै गरि र्याली यतातिर निकालोस त हेरम!!!

    Reply
  10. G P Khatiwada says:
    July 6, 2014 at 12:21 pm

    हाहा हा हा हा ………म त हासेरै मर्ने भयो…..

    Reply
  11. Prajit man says:
    July 6, 2014 at 8:44 am

    कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेको येही हो/ तेस्तै ठाउँ न ठहर बुडीको रहर भनेको पनि येही हो/ हैन तिमि नेपालीहरुले यो अनाकनटार देशबाट के पाएका छौ?? अमेरिका बाट सबैभन्दा ठुलो रासीमा आर्थिक सहयोग पाएका छौ/ तेस्तै Germany uk Switzerland Italy Australia जापान Belgium korea लगाएतका धेरै देशले Nepal लाइ सहयोग गरिराखेको छ जुन देश हरु वोर्ल्ड कप मा सहभागी छन् कमसेकम नुनको सोझो गर्न पनि तिनको सपोर्ट गरे राम्रो होला कि कसो?? फ्यान भन्दैमा न गोरु बेचेको साइनो समेत नभएकाको के का लागि सुप्पोर्ट गर्ने?? सबै जना मेस्सी भन्दै दौडेका छन् खै मेस्सी ले यी फ्यान भनौदा लाइ कस्तो फुल पारिदिने हो ति हरिलतथाक लाइ कसले सोधिदिने??? …….लाइ भन्दा देख्नेलाई लाज भनेको येही हो//

    Reply
    1. Santu says:
      July 6, 2014 at 10:36 am

      you are 100% right. I hate Argentina because they hate Nepalese because of war between Argentina & England. Nepalese were also involved in that war (From English side. That’s why they hate us. So why I love them.

      Reply
    2. Janak K Thapa says:
      July 6, 2014 at 5:02 pm

      प्रजित मान जी! धादिंगको त्यो र्याली र त्यसले ब्राजिली समर्थकलाइ दिएको चेतावनीलाइ म पनि समर्थन गर्दिन तर कुनै पनि टिमलाइ समर्थन गर्ने/नगर्ने उस्को खेल, खेलाडी र उस्ले प्रदर्शन गर्ने खेलको स्तर हेरेर हो न कि त्यो देशले हामीलाई गरेको सहयोग हेरेर | हामीलाई पश्चिमाहरुले गर्ने सहयोगको दोब्बर उनीहरुले आफ्नो स्वार्थपूर्ति गर्छन र उनीहरुले गर्ने राजनैतिक हस्तक्षेप, सामान्य कुटनीतिक मर्यादाको समेत उल्लघन, मिडिया कब्जा आदि कुराहरुको कसले लेखाजोखा राखेको छ ? फेरि कुनै पनि देशले गर्ने सहयोग र विश्वकपमा उनीहरुको टिमको समर्थन एकदमै असम्बन्धित कुरा हो, यस्मा चै बरु गोरु बेचेको पनि साइनो हुदैन | अनि मित्र कुरा रह्यो मेस्सीको, मेस्सी कुनै एउटा देशको सम्पति हैन उ त विश्वभरका सारा फुटबलप्रेमीको साझा सम्पति हो | उस्ले फुटबलको कला, जादु र मनोरंजन बाहेक कसैलाई पनि केहि दिदैन… त्यसको बदलामा विश्वभरका फ्यानहरुले आफ्नो मुटुमा मेस्सिलाई सजाएका छन् | मेस्सिलाई समर्थन गरेकै भरमा कसैलाई हरिलठठक भन्ने अधिकार तपाईलाई कसले दियो मित्र?

      Reply
  12. Sunil. London says:
    July 6, 2014 at 1:14 am

    नालायकी को ज्वलन्त उदाहरण , हा हा हा !!!! मान्छे लाई कति फुर्सद ? यो लेख्नेको मानसिकता कस्तो रहेछ त ? शायद अर्जेन्टिना र ब्राजिल कता पर्छ भनेर त यिनीहरुलाई थाहा छ, एस्ता संकीर्ण विचार हुने हरुको योग्यता मा प्रश्न चिन्ह उठ्नु स्वाभाविक नै हो !!! आफुले अर्जेन्टिना को समर्थन गर्न पाउने भए कसैले ब्राजिलको समर्थन गर्न किन नपाउने ? यौटा उखान छ “काग लाई बेल पाक्यो हर्ष न बिष्मात” , अर्जेन्टिनाले जितेर नेपाली ले के पाउछन , ब्राजिल ले हारेर नेपालीले के पाउछन ? यो ठुलो बिकृति हो , एस्ता बिकृति लाई रोक्न नसक्ने हो भने नेपाली को अधोगति निश्चित छ !!!!
    यो कुनै काम नभएका सुकुल्गुंडा र स्थानीय दादा हरुको “काम” हुनुपर्छ !!! मान्छेलाई कति फुर्सद , राजेश हमालको बिहे नहुदा उनीहरुलाई टेन्सन , अब हमाल जी ले बिहे गरे सलमान खान को बिहे नभएकोमा चिन्ता लिन सुरु, हे दैव !!! धिक्कार छ धादिंग वासी हरुलाई जहाँ एस्तो दुखद र लाजले मर्नु पर्ने कुरा देखियो , “कतै नभाको जात्र हाडीगाउ मा भन्थे तर अब त “धादिंग” मा भन्नु पर्ने भो !!!!! खेलमा कसैले कसैको समर्थन गर्न पाउने अधिकार छ , प्रहरी प्रशासन धादिंग तिर छैन कि के हो ?

    Reply
  13. chiran says:
    July 6, 2014 at 12:48 am

    मेस्सी पनि छक् पर्चा होला यो नेपाल को जात्रा देखेर सपोट त ठिकै थियो तर यो जुलुस र रयाली भने अति भयो मैले हारे भने त नेपाल घुम्न आउदा मलाई त मार्छन कि क्या हो मेरै फ्यान ले डर पो लग्यो त

    Reply
  14. गगने says:
    July 6, 2014 at 12:10 am

    देशाँ ब्राजिल र अर्जेन्टिनाको फुटबलको छटा हेर्दा त्,
    लौ अर्जेन्टिनाले एघार बाह्र गोल हान्छाकी क्याहो जस्तो लाइराथ्यो गाठे!
    त्यो पुजापाठ रुद्री नारा जुलुस यत्रतत्र टाङ्गिएको अर्जेन्टिना र ब्राजिलको झण्डा, टिसर्ट लायर हिडेका ठिटा ठिटी आदि लाइ देखि ल्याउदा त् लौ ब्राजिल ले दश पन्ध्र गोल हानेर ल्याउने भयो भनेर भन्ने लाइराथ्यो!
    बाल बाल इज्जत बचाउनुपो परिराछ तिनीहरुलाई त्!

    Reply
  15. Kale says:
    July 5, 2014 at 9:16 pm

    नेपाली सभ्य रे,यस्तै हो सभ्यता ? बुद्धि घाँस खान गएसि यस्तै हो। सुशील कोईराला लाई के भको थाहा छैन नेयमार को लागि प्रार्थना ? देशको फाईदाको लागि नारा लाउनुनि बरु। यस्ता डुकुलट्ठक ले नै गर्दा हो देश बिग्रेको ।

    Reply
  16. jumanu says:
    July 5, 2014 at 7:58 pm

    नेपाली ले सगरमाथा र बुद्ध भनेर मात्र जिन्दगी भरि गर्व गर्नु पर्ने नियति यिनै जस्ता नालायक मात्र देश भरि भएर भाको हो. भूगोल को मात्र भर नपरेर भो र ! बाकि गर्व गर्ने ठाम खोइ?

    Reply
  17. श्याम says:
    July 5, 2014 at 7:30 pm

    हे भगवन ! भातमाराहरुको अरु के नै काम छ र ?
    घुर्कायुनी धम्कौने भन्दा के नै जन्या छन र चोरहरु |

    Reply
  18. Prem (Dubai) says:
    July 5, 2014 at 6:22 pm

    यस्ता सुकुल गुण्डा लाई त भाटे कारवाही गर्दा पनि फरक पर्दैन | तैना तुइ हाता लग्यो दुइ |

    Reply
  19. ujjal says:
    July 5, 2014 at 6:12 pm

    संसार मा नभएको जात्रा नेपालमै हुदो रहेछ …युवा भनौदा त यस्ता छन अनि देश कसरी उभो लग्छ र खै .. यो समय लाई यसरी खेर फल्नु सट्टा घरको कम गरे घरपरिवार कति खुसी हुनेथिए।भत्ता नै बाडेको छकी जस्तो छ नारा जुलुस गर्न र झण्डा बोक्न को लागि ।आफ्नो देश मा आर्काको देश को झण्डा बोकेर हिड्ने घर घर गल्ली गल्ली मा झण्डा ठडाउने प्रसासन कस्को केरा हेरेर बसेको छ ।समर्थन गर्न पाउनु कुनै पनि football प्रेमी को अधिकार हो समर्थन को पनि तरिक हुन्छनी एउटा , तर देश कै मानहनि गर्ने र दङा फैलिने खलको यो कस्तो समर्थन हो ..?!संसार मा अरु पनि त देश छन अन्त पनि त मनुष्य नै बस्छन खै कतै देखियन कतै सुनियन यस्तो जत्रा।।।।

    Reply
  20. रैथाने says:
    July 5, 2014 at 5:57 pm

    हाहाहा!
    रमाइलो गर्ने पनि हद हुन्छनी यार!
    मुलाहरु, समय र धन स्वाहा गर्दै भद्रगोल समाज बनाउन उध्धत्त!
    अर्जेन्टिना ले हार्यो भने एक दुइ जना हार्ट आट्याक्ट भयर हेरेको ठाउमै ढल्छ होला अनि दुइ चार जनाले आत्महत्यै गर्छ कि क्या हो!
    बाकि ले चाहि छाक छाड्ने र नुन बार्ने होला!
    यस्तालाई त अर्जेन्टिना तिरै खेद्न पाय हुने बरु!
    साले हरुलाइ टोकरीमा राखेर बुढि गण्डकीमा बगाएर सिधा अर्जेन्टिना डेलिभरी गर्नुपर्ने !

    Reply
  21. Hari Prasad Lamichhane-Now Canada for visit says:
    July 5, 2014 at 5:50 pm

    मलाई एक जना साउदी ले सोध्यो तेरो देशको खेल कति बेला छ भनेर, त्यो समय देखि लाजले फुटबलको चर्चा गर्न बिर्से मैले |

    Reply
  22. sujan nz says:
    July 5, 2014 at 5:00 pm

    भनेपछि नेपाल जान पनि सोच्नुपर्ने भयो ब्राजिलका समर्थक हरुलाई त // कता मारी पो हाल्ने हुन् कि भन्ने डर भो//

    Reply
  23. Krishna Bhatt says:
    July 5, 2014 at 3:59 pm

    हिन्दि मा भनाइ छ नि “बेगाने Saadi मे अब्दुल्ला दीवाना” ! तेस्तै हो यो काम!

    Reply
  24. Rajan Upriti says:
    July 5, 2014 at 3:41 pm

    यी सबै लाइ एउटै खोरमा जाक्नु पर्यो |

    Reply
  25. suman says:
    July 5, 2014 at 3:26 pm

    नेपाली कुकुर को बेलायती भुकाई भनेको येइ हो. . खेल हो जसले राम्रो खेल्छ उसले जित्छ, मेरो तेरो भन्नु पर्ने कुरै छैन. भोलि नेपाल कुनै दिन बिस्वकप खेल्छ होला, जिते त राम्रो, हार्यो भने के नेपाल बन्द तोडफोड गर्ने त.

    Reply
  26. Sarik says:
    July 5, 2014 at 3:19 pm

    I think they don’t know, how badly people of arjentina hates to nepalese (gurkhas).because of fokland island.

    Reply
    1. indra says:
      July 5, 2014 at 4:26 pm

      they don’t hate they just afraid of
      Gurkhas….

      Reply
    2. Santro says:
      July 7, 2014 at 12:41 pm

      you are right. But why other Nepalese cant understand this and supporting Argentina.

      Reply
  27. xyz says:
    July 5, 2014 at 3:17 pm

    अर्जेन्टिना हार्यो भने सुशील कोइराला को सरकार ढल्न बेर छैन अथवा एमाले को अधिबेसन रोक्ने छ

    Reply
  28. Nilima says:
    July 5, 2014 at 2:50 pm

    के गरेको एस्तो ,,, देख्ने लाइ लाज भयो/
    नेपाली हरु को सोचाई को स्तर हेरेर अच्चम लाग्छ/

    Reply
  29. Yam pakhrin says:
    July 5, 2014 at 2:49 pm

    काम नपाको मुलाहरु

    Reply
  30. गुरू राई says:
    July 5, 2014 at 2:48 pm

    काम नगरी बाउआमाको पसिनामा पनि खान पाइने र फुर्सद धेरै भएका युवाहरू भएकोले नेपालमा जात्रा भइरहन्छ । विकसित देशमा जस्तो अंश पनि नपाइने र बाउको सम्पत्ति पनि खान नपाइने आफ्नो लागि आफै कमाउनु पर्ने प्रावधान भएको भए देश विकसित पनि हुन्थ्यो र यस्ता गतिविधिहरूको सूचना पढेर समय खेर पनि फाल्न पर्दैनथ्यो ।

    Reply
  31. SR Bista says:
    July 5, 2014 at 2:12 pm

    “लिलै भउ लिलै भउ भडारि बा गुल्मी गउ” भनेर एक जना साथी ले उखान हाल्थे ! तेस्तै भो यहाँ नि…बाच्नु मात्र पर्छ के के लिला देख्न पाइन्छ…नांगै हिडेर मात्र लाज सरम लाग्ने भन्ने तथ्य नि गलत प्रमाणित भो…येस्ता येस्ता समाचार पढ्दा नि लाजै लाग्ने गाठे !! यसो गरि खाने बाटो सोचे त ज्यान ले नि “आसिक” दिन्थ्यो होला नि !!!

    Reply
  32. binay says:
    July 5, 2014 at 2:10 pm

    कहिँ नभएको जात्रा नेपालमा. होइन न यी नेपालीहरु मान्छे हुन कि के ……just a bullshit. The funny thing is: when we see FB, all Nepalese are analyzing the game as they are specialist of football. nonsense……..

    Reply
  33. kp sharma says:
    July 5, 2014 at 2:02 pm

    आबुइ !!!

    Reply
  34. Prakash Bhai says:
    July 5, 2014 at 1:49 pm

    अति के बिचको औला तक्र्याक्का संगले देखाइदिनु जस्तो के गरेको होला यो …

    Reply
  35. Sonam says:
    July 5, 2014 at 1:42 pm

    स्थानीय प्रशासन के हेरेर बस्छ नि एस्तो बेला

    Reply
    1. ujjal says:
      July 5, 2014 at 5:52 pm

      संसार मा नभएको जात्रा नेपालमै हुदो रहेछ …युवा भनौदा त यस्ता छन अनि देश कसरी उभो लग्छ र खै .. यो समय लाई यसरी खेर फल्नु सट्टा घरको कम गरे घरपरिवार कति खुसी हुनेथिए।भत्ता नै बाडेको छकी जस्तो छ जुलुस गर्न र झण्डा बोक्न को लागि ।आफ्नो देश मा आर्काको देश को झण्डा बोकेर हिड्ने घर घर गल्ली गल्ली मा झण्डा ठडाउने प्रसासन कस्को केरा हेरेर बसेको छ ।समर्थन गर्न पाउनु कुनै पनि football प्रेमी को अधिकार हो समर्थन को पनि तरिक हुन्छनी एउटा , तर देश कै मानहनि गर्ने र दङा फैलिने खलको यो कस्तो समर्थन हो ..?!संसार मा अरु पनि त देश छन अन्त पनि त मनुष्य नै बस्छन खै कतै देखियन कतै सुनियन यस्तो जत्रा।।।।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme