Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कहिले बन्ला बाग्मती सम्पदा मार्ग यस्तो?

Posted on July 1, 2014July 1, 2014 by Salokya

bagmati1
थापाथली-टेकु सडक खण्ड साह्रै व्यस्त सडकमध्ये एक हो। अधिकांश समय त्यहाँ जाम हुन्छ। त्यसैले त्यहाँ हिँड्ने र गुड्नेहरुले धेरै अरु कुराहरु सोच्न भ्याइरहेका हुन्न। तर त्यो सडकमा धेरै हिँड्नेहरुलाई के थाहा नहुनसक्छ भने त्यहीँ छेउमा बाग्मती नदी बगेको छ र त्यहाँको नेपालको सांस्कृतिक सम्पदाको खानी छ। थापाथलीदेखि टेकु दोभानसम्मको करिब दुई किलोमिटर मार्गमा काठमाडौँको सभ्यताको गौरवपूर्ति इतिहास देख्न पाइन्छ। यहाँ हिन्दु र बौद्ध धर्मावलम्बीका अनगिन्ती सम्पदा र घाटहरु छन्। सातौँ शताब्दीसम्मका सम्पदा यहाँ भेटिएका छन्। अहिले अपहेलित जस्तो देखिएको यो ठाउँलाई अब संरक्षण गर्ने प्रयास सुरु भएको छ।

फोटो साभारः प्रशान्त खनाल
फोटो साभारः प्रशान्त खनाल

काठमाडौँ महानगरपालिकाले यो क्षेत्रमा सम्पदा मार्ग बनाउन खोजेको छ। स्थानीय समुदायको साझेदारीमा इतिहास जगेर्ना गर्ने प्रयास सुरु भएको छ।

यो ठाउँलाई यस्तो बनाउने कल्पना गरिएको छ। हेर्नुस् केही चित्रहरु-

bagmati2

bagmati3

bagmati4

bagmati5

bagmati6

bagmati7

bagmati8

bagmati9

bagmati10

bagmati11

कति मजा होला त यो ठाउँमा यसो टहलिँदा ! कहिलेसम्म बन्ला यस्तो ?

भिडियो हेर्नुस्

थप जानकारीका लागि
http://facebook.com/bagmatihangout
http://bagmatisampadapath.org.np/

18 thoughts on “कहिले बन्ला बाग्मती सम्पदा मार्ग यस्तो?”

  1. rubi says:
    July 4, 2014 at 2:12 pm

    २५-३० बर्ष अगाडी सम्म पनि बाग्मती नदि र त्यसको वरिपरि सफा र हरियाली थियो \ २०४५ साल देखि फोहर हुन थालेको हो / त्यसैले नगरपालिका तथा टोलबासी हरु मिलेर गर्न थाल्यो भने अबश्य पनि माथि चित्रमा देखाए जस्तै बाग्मतीको अनुहार फेरिन सक्छ/

    Reply
  2. suzee says:
    July 3, 2014 at 5:37 pm

    टुकुचे पूल देखि आँखा अस्पताल ,प्रहरी गण अनि बिद्यालय , टेकु तिर को चाही देखैइयेन , न फोटो न विदेओ …
    राम्रो प्रयास ,

    Reply
  3. cRIS says:
    July 3, 2014 at 1:03 pm

    No offence to no one! तर एउटा कुरा बुझ्न मन लाग्यो|

    यो प्रोजेक्ट त एकदमै राम्रो हो| तर यो कसरि चलि रहेको छ? बुझ्न मन लाग्यो| कसैले खुलस्त पाइदिनु हुन्थ्यो कि??

    यो प्रोजेक्ट काठमान्डू महानगर पालिकाले फन्ड गया रहेछ भन्ने बुझियो| साथै यसको संचालन गर्नको लागि स्थानिय गैरसरकारी निकायहरु संग सहकार्य गर्ने भन्ने रहेछ! अति राम्रो| तर यो प्रोजेक्टको बजेट कति हो भन्ने खुलईएको रहेनछ! यस्तो प्रोजेक्टहरुको फन्डको स्रोत, बर्षेनी कति, आदी कुराहरु पनि उपलाप्ध गरे बढी प्रभाबिलो हुन्थ्यो कि? बजेटको के-कति हिस्साहरु लिएर कुन-कुन निकायहरुले के-के काम गर्दैछन? प्रगति विवरण देखाउदै अरुलाई बिस्वास्मा लिएर छिटो-छिटो गर्न सकिन्छ| उदाहरणमा: माथि राखिएको animation मा कति खर्च भयो? कति समय लाग्यो? यस्ता सबैकुराहरु प्रश्तुत गर्दा जन्बिस्वास सजिलै जित्दै जान सकिन्छ| एक सुझाब मात्र|

    Reply
  4. prakash says:
    July 2, 2014 at 12:21 pm

    हुनु राम्रो हो | अति आवश्यक पिउने पानीको मेलम्ची परियोजना शताब्दी लाग्ला जस्तो छ भने यो परियोजनाको अबधि कती होला आलांकन गर्न गारो छैन |

    Reply
  5. Rajesh says:
    July 2, 2014 at 11:00 am

    माथीको दोस्रो चित्रमा जस्तै फेरी यस्तो राम्रो पार्कमा चटपटे बेच्ने सुविधा पनि हुने रहेछ पार्कमा हेर हेर हाम्रा बागमतिलाइ बिकास गर्छु भन्नेहरुको सुद्घी कि यो पनि भारतबाट नै बनाइएको डीजाइन हो बागमतिको ?

    Reply
  6. S.Bajracharya says:
    July 2, 2014 at 3:03 am

    एन्फा ग्रोउन्द र UN park पहिला नै बनिसके को छ .हामी देरै टाढा छैन माथि को द्रिसिया मा पुग्न.

    Reply
  7. kedar says:
    July 1, 2014 at 11:27 pm

    आँट भयो भने नसोचेको बाटो चौडा त भाको छ भने साँच्चै बनाउँछौं नै भनेर लाग्ने हो भने बेसीमा ४ बर्सको खेल हो | तर याहाँ सबै “तर” ले नै बिगारेको छ र पो मारो |

    Reply
  8. Priti Rana says:
    July 1, 2014 at 9:50 pm

    यसरी सम्भव छ:

    १. त्यहाको बासिन्दाहरु (टोलबासी)लाइ स्वामित्व दिने नियम सेट गरिदिने
    २. सरकारले खाली facilitation मात्रै गरिदिने…र design दिने….
    ३. बेला बेलामा ‘कसको राम्रो टोल” भनेर competition गरिदिने
    आफ्नो स्वामित्व भए पछि पैसा नि आफै उठाउछन

    Reply
  9. रैथाने says:
    July 1, 2014 at 7:21 pm

    बफ़्रे!
    अनि त्यो बग्मतिलाई चाहि अण्डर्ग्राउण्ड बगाइदिने रैच कि क्याहो?
    त्यो घाट तल त् गरिन गरिन चौर पो छ त्?
    कि फ़ोल्डिङ्ग बागमती बनाउने हो?
    ट्याक्क जलाउन लाश ल्यायेसी त्यो गरिन चौर चट्ट फोल्ड भएर मुनि जाने अनि बागमती फुत्त माथि आयर निलो भै सललल बग्ने क्या!
    खत्रा हुन्छ यार यस्तो बन्यो भने त्!
    यस्तो अजुवा बिश्वोकै दशौ आश्चर्य लाग्ने बिकाश हेर्न दुनिया उल्टेर आउनेथियो!
    काट्मनडुमानि बसु बसु लाग्छ नि हो यस्तो बने त!
    बागमती मुनिबाटि बगीराछ माथि हरियो चौरमा फुटबल खेलिराछ!
    यस्तो बनेत वोर्ल्डकप फुटबलको आयोजना गर्नपनि दिन्थ्यो होला फिफाले!
    आहा पशुपति नाथ पनि झुक्कीन्छ होला सुरुसुरुमा त्!

    Reply
  10. Bindu says:
    July 1, 2014 at 5:40 pm

    मानब निर्मित कुरा बनाउन असम्भब भन्ने त सवालै उठ्दैन .
    माथि देखाईएको योजना सतप्रतिशत सफल हुन सम्भब छ .
    तर सोचनीय कुरा के भने बागमती सम्पदा बनाईसके पछी मान्छेहरु चै यो माथी फोटोमा
    देखाईएको जस्तो थोरै हुदैन . काठमान्डूको जुनसुकै भागमा पार्क – सम्पदा आदि जे बनाओस त्यहाँ मान्छे भरिभराउ हुने छ — कहिँ पनि शान्त संग हिड्न सकिने स्थिति
    रहेन — चाहे ति ठाउँ पाटनको पैदल मार्ग होस् या बसन्तपुरको पैदल मार्ग या स्ब्यम्भु
    या पशुपतिनाथ — जहा पनि मान्छेसंग थोकिएला झैँ जोगिएर हिड्नु पर्ने अबस्था छ —

    महत्वपूर्ण कुरा ,
    पार्क – सम्पदा निर्माण संग संगै काठमान्डू बाहिर ठुल्ठुला अस्पताल — कलेज —
    देखि लिएर प्रशासनिक कार्य आदि बाडिनु पर्छ तब न काठमान्डूमै भर पर्नु पर्ने
    मान्छे अन्त पनि जान्छन र काठमान्डू खुल्ला हुन पुग्छ —-
    अनि बल्ल यस्ता सम्पदा पार्क आदिले शोभा दिन्छ काठमान्डूलाई ——–

    जे भा’को सुबिधा आदि काठमान्डूमै भए पछी मान्छे पनि काठमान्डू मै ओईरिने नै
    भो नि —-

    Reply
  11. anurodh says:
    July 1, 2014 at 4:51 pm

    यो पुस्ताले यस्तो भव्यता देख्न गाह्रै होला । अबको ४ सय वर्षपछि चाहिँ बन्ला की ।

    Reply
  12. sujan nz says:
    July 1, 2014 at 4:31 pm

    खोइ चित्र हेर्दा त आनन्द लाग्यो // तर हाम्रो देशको ताल हेर्दा चै यो पनि चित्र मै सिमित होला जस्तो पो लाग्यो त // पुर्व पश्चिम रेलमार्ग , काठमाडौँ- हेटौडा फास्ट ट्रयाक, सबै चित्रमा त खुब राम्रो देखिएको छ// खोइ कैले सम्म बन्ला त यी सब योजनाहरु??

    Reply
  13. dev says:
    July 1, 2014 at 3:28 pm

    कागजमा मात्र सिमित हुन्छ सलोक्ये जी … नेपालको बिकाश सुरुङ्ग मार्ग बनिहाल्यो रेल मार्ग पनि बनेकै हो अब यो सम्पदा पनि कागजमा बन्यो ..बास येही हेरेर भए पनि चित्त बुझाउनु पर्छ

    Reply
  14. Shankar says:
    July 1, 2014 at 3:10 pm

    अब हामीले प्रधानमन्त्रिको पद पनि तराइको कुनै नेतालाई सुम्पेपछि यो सब बिकाश हुन्छ |
    किनभने हामीहरु धेरै गफ गर्ने , काम थोरै गर्ने , गजक्क फुल्ने , काजि हुनुपर्ने |
    माउबादी —-धेरै बाठो
    कांग्रेसी नेताहरु -धेरै बाठो
    एमाले नेताहरु -अनुहार आफै बोल्छ |

    Reply
  15. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    July 1, 2014 at 1:13 pm

    म बाचुन्जेल बन्दैन होला, अहिले म पुग नपुग २६ बर्ष भए

    Reply
  16. Narayan says:
    July 1, 2014 at 1:12 pm

    वाव कत्ति राम्रो हुन्छ होला त्यो दिन देखि बागमती है ?

    Reply
  17. सागर says:
    July 1, 2014 at 12:59 pm

    हेर्न त मजै भो, बनिसक्ने र बनेपछि त्यसको संरक्षण हुने कुरामा कति जति आशा गर्दा ठिक होला ? जे होस् आशा गरौँ। एनिमेसनमा त चट्पट/नरिवलवाला पनि रहेछ। त्यो चैं नहोस, नत्र रत्न पार्कको हालत हुन्छ ।

    Reply
  18. राम चन्द्र says:
    July 1, 2014 at 12:50 pm

    सबै को चासो हुनुपर६ असम्भव केइ छैन . यो भन्दा राम्रो बन्न सक्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme